Inside

All Time Top 50 News

एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 11 July 2011 09:55
Article Index
एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
ANA Grand ceremony photos (25)
ANA Talent Show 2011 photos (14)
Investment for Nepal forum photos (12)
First International Nepali Women Literature Conference photos (24)
Giving back to Nepal forum photos (8)
ANA Fashion Show 2011 photo (12)
Indigenous-FIPNA forum photos (8)
NRN USA forum photos (4)
CAn USA forum photos (3)
ANA Media Chat & Track forum photos (8)
Other photos (4)
All Pages

एएनएका संस्थापकहरुको उपस्थिती र आशिर्बाद बिना नै हाँकिएको नौकामा अब कस्ले शयर गर्ला?
Exclusive: 12 videos; 142 photos:
न्यूयोर्क/वासिङ्गटन डिसी- एएनए अर्थात एसोसिएसन अफ नेपालीज इन अमेरिका (Association of Nepalis in America-ANA) को २९ औं डिसी सम्मेलन (जूलाई १-४) मा २२ वटा नेपाल र नेपाली सम्बन्धी साइड इभेन्ट, ३८ खेलकूद टिमका झन्डै ७ सय खेलाडी, १५ सय रजिस्टर सदस्यहरुसहित झन्डै ३ हजार नेपालीहरुको उपस्थिती रहेको थियो ।



Nepalese Ambassador Dr. Shankar P. Sharma inaugurating the 29th ANA Grand Ceremony at Marriott Westfields Hotel, Chantilly, VA, USA on July 2, 2011. Photos: eEyeCam.com

रडाकोबिच सफलता

निबर्तमान अध्यक्ष सिमोन ढुङ्गाना समूह र संस्थापना समूहबिचको अस्तित्वको महायुद्ध र गत बर्षको बोस्टन सम्मेलनमा तत्कालिन ब्यबस्थापन समितीको लापर्बाहीका कारण पौने एक लाख डलर घाटा हुन गएदेखि आरोप प्रत्यारोपको रडाकोले पराकास्ठा नाघेपनि अन्तत: एएनएको डिसी सम्मेलन आयोजक समितीका १० जना अगुवाहरुको अहोरात्र नि:शुल्क र निस्वार्थ खटाईको कारण सम्मेलन पूर्णरुपमा सफल हुन पुग्नु एएनएको निरन्तरता चाहनेहरुकालागि अत्यन्त सुखद समाचार भएको छ।


Investment for Nepal forum at 29th ANA Convention in Chantilly, VA, USA on July 3, 2011. Photos: eEyeCam.com

एएनए (ANA) ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने

यसै बिच, जूलाई ३ तारिख बसेको एएनएको साधारण सभाद्वारा एएनए (ANA) को ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने भएको छ।

साधारण सभाले अर्को एएनए कार्यकारी समितीको निर्वाचन नहुन्जेल २९ औं एएनए सम्मेलन अध्यक्ष छेवाङ शेर्पालामालाई अन्तरिम बोर्ड अध्यक्ष तोकेको छ।

उक्त साधारण सभाले एनएका २४४ जना आजीवन सदस्यहरु, अन्य १५ डलर सदस्यता शुल्क तिरेका सदस्यहरु, बोस्टन सम्मेलनमा रजिस्टर्ड झन्डै १२ सय सदस्यहरु र डिसी सम्मेलनका १५ सय रजिस्टर्ड सदस्यहरु आगामी निर्वाचनकालागि मतदान गर्न र उम्मेद्वार बन्न योग्यताको मान्यता दिएको छ।

उक्त साधारण सभामा ६०-७० जना एएनए सदस्यहरु भाग लिएको मिडिया एबं प्रचार संयोजक गुणराज लुइटेलले युएस नेपाल अनलाइनलाई जानकारी गराएका छन्।


Giving Back to Nepal forum at 29th ANA Convention in Chantilly, VA, USA on July 3, 2011. Photos: eEyeCam.com

को को हुन् डिसी सम्मेलनका अगुवा?

सम्मेलनका अध्यक्ष छेवाङ शेर्पालामा हुन्। उनी न्यू योर्क निवासी भएका कारण डिसी क्षेत्रमा रहेर अहोरात्र खट्ने ९ जनाको सम्मेलन नेत्रित्व टोलीलाई एएनएको डिसी सम्मेलनको स्यावासी दिदा अतिसयोक्ती हुने छैन। ति हुन्- कार्यक्रम संयोजक हेमन्त श्रेष्ठ, मिडिया एबं प्रचार संयोजक गुणराज लुइटेल, खेलकूद संयोजक चन्द्र लामा, ट्यालेन्ट संयोजक नायक सरोज खनाल, साइड इभेन्ट संयोजक बिष्णुकुमारी थापा, समारोह संयोजक रबिना थापा, स्वयम्सेवक संयोजक बिजय थापा, आर्थिक संयोजक सिपिए लक्ष्मण प्रधान र स्टल-भेन्डर संयोजक राजेश श्रेष्ठ।


The child artists performing Nepali national anthem at 29th ANA Convention in Chantilly, VA, USA on July 2, 2011. Photos: eEyeCam.com

यो मुख्य आयोजक टोलीले सम्मेलन पूर्वको झन्डै ३ महिनासम्म सम्पूर्ण आ-आफ्नै खर्चमा सम्मेलन सफल पार्नलागि परेको कुरा मिडिया एबं प्रचार संयोजक गुणराज लुइटेलले युएस नेपाल अनलाइनलाई बताए। रेस्टुरेन्टमा डाकिएका अनगिन्ती बैठक र खाना, गाडीको कुदाइकालागि लाग्ने ग्यास, अनगिन्ती टेलिफोन कल र अन्तमा वासिङ्गटन डिसी नजिकै भर्जिनियास्थित सम्मेलन स्थल म्यारियोट होटेलमा आफुहरुले नै पहिलो बुकिङ गरे सम्पूर्ण खर्च ब्यहोरेको उनले खुलस्त पारे।

U.S. Congress candidate Darshan Rauniyar. Photos: eEyeCam.com

उता पोहर सालको बोस्टन सम्मेलनमा भने यि जम्मै कुराको बिल भर्पाइ सम्मेलनको खर्चमा जोड्ने काम भएको थियो जसकाकारण सम्मेलनले झन्डै पौने एक लाख डलर घाटा ब्यहोर्नु परेको थियो। यसपाली भने लुइटेलकाअनुसार सम्मेलनमा आम्दानी ८० देखी ९० हजार भएको र खर्च पनि त्यसैको हाराहारीमा हुने लख काटे। उनले सम्मेलनको आय-ब्यय केही दिन भित्रै जारी गर्ने पनि बताए।


Indigenous-FIPNA forum at 29th ANA Convention in Chantilly, VA, USA on July 3, 2011. Photos: eEyeCam.com

घाटा आफ्नो थाप्लोमा, नाफा एएनए र नेपाली मन्दिरलाई

अचम्म को कुरा यो आयोजक टोलीको बाचा के थियो भने यदी सम्मेलन घाटामा गयो भने यो टोलीले ब्यक्तिगत रुपमा ब्यहोर्ने र नाफामा गए एएनए र म्यारिल्यान्डमा नेपाल एजुकेसन एन्ड कल्चर सेन्टर (NECC) द्वारा बनाउन लागिएको नेपाली मन्दिरलाई प्रदान गर्ने सहमति भएको थियो।

डिसी सम्मेलनको उज्यालो पक्ष


First International Nepali Women Literature Conference was held at 29th ANA Convention in Chantilly, VA, USA on July 2 & 3, 2011. Photos: eEyeCam.com

२२ वटा नेपाल र नेपाली सम्बन्धी साइड इभेन्ट अन्तर्गत पहिलो नेपाली अन्तरराश्ट्रिय महिला साहित्य सम्मेलन, नेपालमा लगानी र च्यारिटी सम्बन्धी संगोस्ठी, आदिबासी जनजाति सम्बन्धी संगोस्ठी, मिडिया च्याट एन्ड ट्रेयाक, योगा प्रबचन, किड्स क्याम्प, ३८ खेलकूद टिमका झन्डै ७ सय खेलाडीहरुको सकृय सहभागीता, १५ सय रजिस्टर सदस्यहरुसहित झन्डै ३ हजार नेपालीहरुको उपस्थितीका बिच सम्पन्न ट्यालेन्ट शो प्रतियोगितामा सहभागि नेपाली अमेरिकि किशोर किशोरी प्रतिभाहरुको प्रतिभा प्रस्फुटन, फेसन शो, नेपाली झाँकीको प्रदर्शन, बिबिध साँस्कृतिक कार्यक्रमको भब्य प्रस्तुती आदीले डिसी सम्मेलनलाई एक अबिस्मरणीय सम्मेलनकोरुपमा एएनएको ईतिहासमा दर्ज गराउन सफल भएको छ।


Pop singer Nalina Chitrakar performing with  her model. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त सम्मेलनका बिभिन्न साइड इभेन्टहरुबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

29th ANA Convention, Chantilly, VA, USA, July 1-4, 2011 Special Video reporting:

 

ANA Talent Show winner Astha Shrestha performing belly dance at 29th ANA Convention in Chantilly, VA, USA on July 2, 2011. Photos: eEyeCam.com

डिसी सम्मेलनको अँध्यारो पक्ष

एएनएको डिसी सम्मेलनको सफल मन्चनकोलागि आयोजकहरु जति धन्यवादका पात्र बनेका छन् उक्त सम्मेलनमा एएनएका संस्थापक र सकृया ब्यक्तित्वहरुको अनुपस्थिती मिठो खाना खाँदा दाँतमा परेको ढुङ्गा सरह हुन गएको छ।

एएनएका पूर्व ९ अध्यक्षहरु मध्ये एक जना डा. श्याम कार्की मात्र सम्मेलन अबधीभर देखा परे। अझ उनले संचार माध्यमहरुले सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेसण गर्नु पर्ने बताउँदै एनएनएका ९ पूर्व अध्यक्षहरु मध्ये आफू मात्र यसपालीको एएनए सम्मेलनमा उपस्थित भएको तर कुनै नेपाली मिडियाले किन आफू मात्र सहभागी भएको भनेर प्रश्न नगरेकोमा गुनासो पनि गरे।

उता २४४ जना आजीवन सदस्यहरु र एएनएका पूर्व पदाधिकारीहरुमध्ये अधिकांश उपस्थित भएनन्।

त्यसैगरी, डिसी सम्मेलन पूर्व घोषणा गरिएको निर्वाचनमा उम्मेद्वार बनेका र निर्वाचन आयुक्त राजाप्रशाद उपाध्यायद्वारा निर्बाचित घोषणा गरिएकाहरु अध्यक्ष प्रह्लाद केसी (MA), उपाध्यक्ष रोजर अधिकारी (CA), महासचिब क्यानाडाकि राधा बस्न्यात, कोशाध्यक्ष डा. गम्भिरमान श्रेष्ठ र सुचना निर्देशक डा. तुल्सी जोशी कोही पनि उपस्थित भएनन्।

उम्मेद्बारी दाखिला गर्ने अन्तिम मिती जूलाई २० तारिख

यसै बिच, डिसीमा सम्पन्न साधारण सभाद्वारा निर्वाचन आयुक्त राजाप्रशाद उपाध्यायलाई बस्खास्त गरी उनको समितीका सदस्यहरु सुदिप श्रेष्ठ, हिरा शर्मा र शारदा खातीलाई यथावत कायम राखी अर्को निर्वाचनको मिती तोकी सकिएको छ।

एएनए अन्तरिम बोर्ड अध्यक्ष छेवाङ शेर्पालामाले जारी गरेको प्रेस बिग्यप्तीअनुसार उम्मेद्बारी दाखिला गर्ने अन्तिम मिती जूलाई २० तारिख तोकिएको छ।

उक्त सुचनाअनुसार २९ औं डिसी सम्मेलन पूर्व घोषणा गरिएको निर्वाचनमा उम्मेद्वारहरुले पुन: नयाँ निर्वाचन नियमअनुसार उम्मेद्बारी दाखिला गर्नु पर्ने जनाइएको छ। (पढ्नुहोस् उक्त प्रेस बिग्यप्ती)

अब के होला ?

एएनएका संस्थापकहरुको सिङ्गौरी खेलमा आगामी दिनहरुमा अरु भिडन्त हुने निस्चित देखिएको छ। छेवाङ शेर्पालामालाई डिसी सम्मेलनले दिएको म्यान्डेटकाबारेमा अर्को पक्षले औपचारिक मुख नखोले पनि डिसी सम्मेलन अघीको निर्वाचनमा आफू निर्बाचित भएको र डिसी सम्मेलनमा एएनएको साँचो आफूहरुको हातमा दिइनु पर्छ भन्ने प्रह्लाद केसी समूहको मागलाई डिसी सम्मेलनबाट अस्विकार मात्र गरिएन बल्की नयाँ निर्वाचन तालिकाको घोषणा भएबाट जुङ्गाको लडाईं त अब बल्ल पो शुरु हुने सम्भावना देखिएको छ।

अप्डेट जारी छ। सबैको जय होस्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

ANA Grand ceremony photos (25)
ANA Talent Show 2011 photos (14)
Investment for Nepal forum photos (12)
First International Nepali Women Literature Conference photos (24)
Giving back to Nepal forum photos (8)
ANA Fashion Show 2011 photo (12)
Indigenous-FIPNA forum photos (8)
NRN USA forum photos (4)
CAN USA forum photos (3)
ANA Media Chat & Track forum photos (8)
Other photos (4)
All Pages

 

Read related news about ANA:

-http://usnepalonline.com/ana/

-एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
एएनएका संस्थापकहरुको उपस्थिती र आशिर्बाद बिना नै हाँकिएको नौकामा अब कस्ले शयर गर्ला?

-ANA Election Notice and Announcement by ITFANA, ANA Interim Board and Election Committee

-एएनएको २९ औं सम्मेलनमा गहकिला फोरमहरुमा छलफल

-एएनए २९ औं अधिवेशनमा नेपाली राष्ट्रियता र नेपाली पहिचान झल्काउने साँस्कृतिक झाँकी प्रदर्शन

-एएनएको २९ औं डि.सी. सम्मेलनको पहिलो दिन नेपाली प्रतिभाहरुको खोजी

-एएनएको २९ औं डि.सी. सम्मेलन आजदेखि शुरु हुँदै

-न्यू योर्कमा एएनएका ४ हस्तीहरुबीच गोप्य वार्ता

-Overview of June 30th to July 1st programs at the 29th ANA Convention

-ANA ELECTION for 2011-2013 slated for JULY-AUGUST 2011

-8 ANA Past Presidents are not attending 29th ANA Convention

--Message from Newly Elected ANA officers (2011)

-ANA Affairs: Decisions of June 15, 2011 Meeting are Invalid

-ANA Joint meeting put on hold its election process

-एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

-एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण

--An open letter to ANA past presidents

-एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन

--अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित

-ANA Membership Verification Committee's report 2011

See exclusive photo feature of the 29th ANA Convention 2011

A Nepali girl performing at 29th ANA Convention in Chantilly, VA, USA on July 2, 2011. Photos: eEyeCam.com Photos: eEyeCam.com

ANA Grand ceremony photos (25)
ANA Talent Show 2011 photos (14)
Investment for Nepal forum photos (12)
First International Nepali Women Literature Conference photos (24)
Giving back to Nepal forum photos (8)
ANA Fashion Show 2011 photo (12)
Indigenous-FIPNA forum photos (8)
NRN USA forum photos (4)
CAN USA forum photos (3)
ANA Media Chat & Track forum photos (8)
Other photos (4)
All Pages


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.