Inside

All Time Top 50 News

एएनए (ANA) को ३० औं सम्मेलनको रौनकता कस्तो छ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 07 June 2012 03:47

जुन २९ - जुलाई २ बिच डालस, टेक्सासमा हुने महासम्मेलनमा के के हुँदैछ?
Exclusive: 1 video, 26 photos:
न्यू योर्क- एसोसियसन अफ नेपालीज इन अमेरिकाज (ANA) को ३० औं सम्मेलन हुन जम्मा ३ हप्ता मात्र बाँकी हुँदा उक्त सम्मेलन चर्चाको शिखरमा पुगेको छ।



झन्डै ४ हजार २ सय सदस्य रहेको एएनए (Association of Nepalis in the Americas) का आयोजकहरुले सम्मेलनको अन्तिम तयारी पुरा भएको जानकारी गराएकाछन्।

एएनएका अन्तरिम प्रेसिडेन्ट छेवाङ शेर्पालामा हुन् भने महासचिब बिजय थापा हुन्। ३० औं टेक्सास सम्मेलन संयोजक पासाङ् लामा हुन्। त्यसैगरी, सह-संयोजकमा धिरेन गुरुङ र महेन्द्र पौडेल छन्।

ANA 30th Convention Team: L to R: ANA interim president Tsewang Sherpalama, General Secretary Bijay Thapa, ANA Texas Convention Chief Coordinator Pasang Lama, Co-Chairs Dhiren Gurung & Mahendra Poudyal. Photos courtesy: ANATexas.org

बिभिन्न साइड इभेन्ट अर्डिनेटरहरुमा सगुन श्रेष्ठ, शार्दुला जोशी, राम गमल, अनिल मानन्धर, राम भण्डारी, भबिका जोशी, जीवन सिग्देल, राधाकृष्ण काफ्ले, कल्पना रिमाल, बन्दना हमाल, रिचा शर्मा, नबिना बस्नेत, बचन तिवारी, खर भण्डारी, प्रशान्त पौडेल र अर्जून केसी छन्।

L to R: Convention Co-Coordinator Sagun Shrestha; Culture Programs Coordinator Shardula Joshi; Opening Ceremony & Security Coordinator Ram Gamal ; Opening Ceremony Co-Coordinator Anil Manandhar;  Sports Coordinator Ram Bhandari; Spelling Bee Coordinator Bhabika Joshi; ANA Forum Coordinator Jiwan Sigdel; ANA Literary Programs Coordinator Radha Krishna Kafle. Photos courtesy: ANATexas.org

L to R: ANA Stalls Coordinator Kalpana Rimal; Finance Coordinator Bandana Hamal; ANA Marketing Chair Richa Sharma; ANA Fashion Extravaganza Chair Nabina Basnet; ANA Mega Rock Night Coordinator Bachan Tiwari; Bhutanese Cultural Night Coordinator Khara Bhandari; ANA DJ Coordinator Prashant Poudyal; Fine Art & Photography Coordinator Arjoon KC. Photos courtesy: ANATexas.org


२ लाख डलरको "एएनए आपत्कालिन कोश" को स्थापना

उता एएनएका अन्तरिम प्रेसिडेन्ट छेवाङ शेर्पालामाले अमेरिका नेपाल टेलिभिजन (ANTV) को "नमस्ते न्यू योर्क" कार्यक्रम अन्तर्गतको जम्काभेटमा बिशेष भेटवार्ता गर्दै २ लाख डलरको "एएनए आपत्कालिन कोश" को स्थापना, एक लाख डलरको नेपालमा ग्रामीण बिकास प्रोजेक्टको शुरुवात र आगामी बर्षदेखि नेपाल पत्रकार महासंघसंग मिलेर नेपालको सुब्याबस्था (good governance) सम्बन्धी रिपोर्टिङ गर्ने उत्कृष्ट पत्रकारलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेकाछन्।

प्रेसिडेन्ट शेर्पालामाले एएनए सम्मेलनलाई कुम्भ मेला भन्ने गरिएकोमा आपत्ति जनाउँदै अब क्वान्टिटीभन्दा क्वालिटीलाई जोड दिएको जानकारी दिए।

उनले एनआरएन अमेरिका (NRN USA) संग नेपालमा संयुक्तरुपमा सामाजिक कार्य र लगानी गर्ने मामिलामा मेमोरान्डम अफ अन्डर्स्ट्यान्डिङ (MoU) मा हस्ताक्षर गरिने खुलाशा गरे।

 

हेर्नुहोस् उक्त बिशेष भिडियो भेट्वार्ता:

यो भेट्वार्ता अमेरिका नेपाल टेलिभिजनको अनुमति लिएर पुन: प्रसारण गरिएको हो।

ANTV NY Jamkabhet with ANA president Tsewang Sherpalama

www.antvusa.com

उता बिशेष सुत्रकाअनुसार एएनए बोर्डले एनआरएन अमेरिकासमक्ष्य आगामी सम्मेलनहरु संयुक्तरुपमा आयोजना गर्ने प्रस्ताब गरेकोछ।

स्मरण रहोस्, अमेरिकाको दक्षिण-पुर्बी क्षेत्रिय र मध्य-पश्चिमी दुई नेपाली संस्थाहरु Nepalese Association in Southeast America (NASeA) र Association of Nepalese in Midwest America (ANMA) ले संयुक्त सम्मेलन गर्दै आएकाछन्। यि दुई संस्थाको ८ औं वार्षिक संयुक्त सम्मेलन आगामी अगस्ट ३१ देखि सेप्टेम्बर २ तारिखबिच इन्डियनापोलिस, इन्डियानामा सम्पन्न हुँदैछ।

एएनए (ANA) ३० औं सम्मेलनमा के के हुँदैछ?

अमेरिकि राज्य टेक्सासको डलास शहरस्थित हिल्टन होटेल कन्भेन्सन सेन्टरमा 'एउटा सपना, एउटा समुदाय र एउटा समारोह' (One Dream, One Community, One Event) मुल मन्त्र राखेर जुन २९ - जुलाई २ बिच आयोजना हुन लागेको एएनए ३० औं सम्मेलनमा जोश र जाँगरले उम्लिएका युबा जमातकोलागि खेलकूद, राजनीति र समाज सेवामा समर्पित अमेरिकि नेपालीहरुकोलागि एएनए फोरम, साहित्यानुरागीहरुकोलागि साहित्यिक कार्यक्रम, उम्दा किशोर-किशोरीहरुकोलागि कुइज कन्टेस्ट र स्पेलिङ बि; फेशन, पहिरन र संगितका पारखीहरुकालागि ट्यालेन्ट शो र साँगितिक साँझको आयोजना गरिदैछ।

उद्घाटन समारोह (Opening Ceremony)

एएनए ३० औं सम्मेलनको उद्घाटन समारोह जुन २९ तारिख शुक्रबार अपरान्ह ३ बजे शुरु हुने जनाइएकोछ।

उक्त उद्घाटन समारोहमा नेपाली संस्क्रिती झल्कने बिभिन्न साँस्कृतिक झाँकी र लोक न्रित्यहरु प्रस्तुत गरिनुकासाथै आयोजक र बिशिस्ट अतिथीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। समारोहमा गैर आवासिय नेपाली संघ (NRNA) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थिती पक्का भएको आयोजकहरुले जानकारी गराएकाछन्।

उक्त समारोहमा एनआरएन अमेरिका (NRN USA) प्रेसिडेन्ट प्रल्हाद केसी, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष तथा एनआरएन अमेरिका महासचिब शिवकुमार राई, इम्पावोर दलित वूमन अफ नेपाल (EDWON) कि संस्थापक बिष्णुमाया परियार, एनआरएन आइसिसीका निबर्तमान महासचिब रतन झा, एनआरएन आइसिसीका नर्थ अमेरिका क्षेत्रीय संयोजक तथा एन्मा (ANMA) का पूर्व अध्यक्ष मुकेश सिंह, रिज्वूड नेपालीज सोसाइटीका अध्यक्ष श्री पराजुली, अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (INLS) का केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाललगायतका सामाजिक अगुवाहरु सहभागि हुने बताइएकोछ।

ANA FORUM

एएनए फोरुम अन्तर्गत १० बिभिन्न साइड इभेन्ट (फोरुम) हरु आयोजना गरिदैछ, ति हुन्- Nepal Forum, Investment in Nepal, Real Estate Forum,Tourism Forum, Women Empowerment Forum, Energy and Environment Forum, Children Forum, Social development Forum, Entrepreneurship Forum र Career Choice and Professional Networking Forum ।

ANA Sports Tournament

खेल्कूद प्रतियोगिता अन्तर्गत बिभिन्न ९ वटा खेलहरु आयोजना गरिदैछ। जसअनुसार फुट्बल, क्रिकेट, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, टेनिस, बास्केट बल, गल्फ र पूल टुर्नामेन्ट समाबेश गरिएको छ।

यो बर्ष फूटबल तथा बास्केट बलका बिजेतालाई ३ हजार डलर नगद पुरस्कार तथा एएनए बडी रनिंग शिल्ड प्रदान गरिने छ । यसै बर्षदेखि लागु हुने गरि तीन बर्षसम्म लगातार बिजयी फूटबल समुहलाई १० हजार ७७७ डलर र बास्केट बल समुहलाई ५ हजार ५५५ डलर नगद पुरस्कार तथा एएनए बडी रनिंग शिल्ड प्रदान गरिने घोषणा गरिएको छ ।

एएनएका अन्तरिम प्रेसिडेन्ट छेवाङ शेर्पालामाकाअनुसार खेलकूदको पुरस्कार प्रायोजन र ब्याबस्थापनाकालागि ३५ हजार डलर सङ्कलन भईसकेको छ।

ANA Supernova Talent Show

हरेक बर्षको आकर्शण एएनए सुपरनोभा ट्यालेन्ट शो यो बर्ष पनि आयोजना गरिएको छ। अमेरिका भरीका संगित, अभिनय, न्रित्य, प्रहसन र अन्य कला क्षेत्रमा दखल भएका प्रतिभाहरुबिच हुने प्रतिस्पर्धा सबैभन्दा चासोको बिषय बन्ने आयोजकहरुको विश्वाश छ।

पहिलो पुरस्कार बिजेतालाई नेपाल आउने-जाने राउन्डट्रिप हवाई टिकटको ब्यबस्था गरिएको छ भने दोश्रो पुरस्कार IPad-3 र तेश्रो पुरस्कार PS3 Console को ब्यबस्था गरिएको छ।



5th ANA Fashion Extravaganza

फेसनका पारखीहरुका निम्ती ५ औं एएनए फेसन शो (ANA Fashion Extravaganza) को आयोजना गरिएकोछ।  "An exhilarating Quest of Style and Virtue" मुलमन्त्र रहेको यो शोमा पहिरन कला र ग्ल्यामरमार्फत नेपाली मोडेलहरुले आ-आफ्नो प्रतिभा देखाउने छन्।

अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब

नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको आयोजनामा हुने उक्त कविता महोत्सबमा विश्वभरका नेपाली कविहरुका कविता मध्येबाट प्रथम हुनेलाई एक हजार यूएस डलर नगद र प्रमाण पत्र रहेको "हेम सरिता पाठक भानुभक्त काब्य पुरस्कार", दोश्रो हुनेलाई तिन सय यूयस डलर नगद र प्रमाण पत्र रहेको "शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार" र तेस्रो हुनेलाई दुइ सय यूएस डलर नगद र प्रमाण पत्र रहेको "बसुन्न्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार' प्रदान गरिनेछ।

1st ANA Fine Art and Photography Exhibition

यो सम्मेलनमा पहिलो चोटि फोटोग्राफी सम्बन्धी प्रदर्शनी र प्रतियोगिताको आयोजना गरिदैछ। पुरस्कारहरुमा अनलाइन सामाजिक सन्जाल 'फेसबुक'मा लाइक (like) गरिएको आधारमा "Viewer’s Choice Award" प्रदान गरिनेछ भने "Jurors Choice Award" अन्तर्गत ८ जना जुरर्सले चुनेका २० वटा फोटोहरुलाई पुरस्क्रित गरिनेछ। त्यसैगरी, "Honorary Award" अन्तर्गत थप २० वटा फोटोहरु इभेन्ट संयोजक र जुरर्सले चुन्नेछन्।

1st ANA Spelling Bee Contest

यो बर्ष बाल बालिकाहरुको प्रतिभा प्रस्फुटनको मापन गर्ने धेयअनुरुप पहिलो पटक स्पेलिङ बि प्रतियोगिताको आयोजना गरिएको छ। जसअनुसार 'लिटल बि' अन्तर्गत ग्रेड १ देखि ४ सम्मको र 'बिग बि' अन्तरगत ग्रेड ५ देखि ८ सम्मका बालबालिकाबिच प्रतिस्पर्धा हुनेछ।

1st ANA Quiz Contest

यो बर्ष पहिलो पटक आयोजना गर्न लागिएको अर्को प्रतियोगिता हो- एएनए कुइज् प्रतियोगिता (ANA Quiz Contest)। १३ देखि १९ उमेरबिचका किशोर किशोरीहरुले भाग लिन सकिने यो प्रतियोगितामा १० समूहमा ५० जना बालबालिकाहरुले आफ्नो नाम दर्ता गराइ सकेकाछन्।

ति १० समूहहरुमा अन्नपूर्ण, त्रिबेणी, त्रिशुली, कर्णाली, गण्डकी, नारायणी, लोह्त्से, बागमती, राप्ती र धौलागिरी छन्। पहिलो पुरस्कार बिजेता टिमका ५ जना प्रत्येकले एक एक वटा ल्यापटप पाउनेछन् भने दोश्रो र तेश्रो हुने समूहले ट्रफी र अन्य पुरस्कार पाउने जनाइएको छ।

1st ANA School Reunion

पहिलो पटक स्कूल पुनर्मिलन कार्यक्रमको आयोजना गर्न लागिएकोछ जसानुसार आ-आफ्नो बिद्यालयका पुराना क्लासमेट र अन्य सिनियर र जुनइयर क्लासका बिद्यालार्थीहरुबिच भेटघाट र छलफल हुनेछ।

ANA Zumba Classes

जुन ३० र जुलाई १ तारिख बिहान ९ देखि १० बजेबिच हुने जुम्बा क्लासमा नेपाली, हिन्दी, ल्याटिनो र अमेरिकि पप संगितमा न्रित्यको माध्यमबाट ब्यायाम सिकाइनेछ।

ANA Mega Rock Night

एएनए ३० औं सम्मेलनको उद्घाटन समारोहकै दिन जुन २९ तारिख शुक्रबार "मेगा रक नाइट" को बिशेष सांगितिक साँझको आयोजना गरिएकोछ। उक्त साँझमा एकल ब्यान्डहरुको प्रस्तुतीकासाथै बिभिन्न कलाकारहरुको कला प्रस्तुती रहनेछ।



एएनए साँस्कृतिक साँझ

हरेक बर्ष एएनए सम्मेलनको प्रमुख आकर्शण मध्ये साँस्कृतिक साँझ एक हो। यसपाली उक्त बिबिध साँस्कृतिक कार्यक्रम जुन ३० तारिख बेलुकी आयोजना गरिदैछ।

यसका अलावा जुन २९ तारिखदेखि जुलाई १ तारिखबिच हरेक साँझ डिजे मस्ता पिको तजबिजमा संगितको रमाइलो रमझमको आयोजना गरिनेछ।

एएनएको यस अघी सम्पन्न सम्मेलनहरु

एएनएको यस अघी सम्पन्न सम्मेलनहरुमा क्रमश: कोर्निङ, न्यू योर्क (१९८३); लान्कास्टर, पेन्सल्भानिया (१९८४); वासिङ्टन डिसी (१९८५); बाउलिन ग्रिन, ओहायो (१९८६); टोरोन्टो, क्यानाडा (१९८७); लङ आइल्यान्ड, न्यू योर्क (१९८८); बोस्टोन, मासाचुसेट्स (१९८९); ओर्लान्डो फ्लोरिडा (१९९०); फेयरमोन्ट, वेष्ट भर्जिनिया (१९९१); रोचेस्टर, न्यू योर्क (१९९२); क्लेयरमोन्ट, क्यालिफोर्निया (१९९३); अर्लिङ्टन, भर्जिनिया (१९९४); डेन्भर, कोलोराडो (१९९५); न्यू योर्क- न्यू जर्सी (१९९६); बोस्टन, मासाचुसेट्स (१९९७); ग्रिन्सबोरो, नर्थ क्यारोलिना (१९९८); हार्टफोर्ट, कनेक्टिकट (१९९९); एट्लान्टा, जर्जिया (२०००); भ्यालिफोर्ज, पेन्सल्भानिया (२००१); च्यान्टिली, भर्जिनिया (२००२); डेन्भर, कोलोराडो (२००३); फोनिक्स, अरिजोना (२००४); डालस, टेक्सास (२००५); न्यू योर्क- न्यू जर्सी (२००६); लसएन्जेलस, क्यालिफोर्निया (२००७); बाल्टिमोर, मेरिल्यान्ड (२००८); बोस्टोन, मासाचुसेट्स (२०१०) र डिसी-मेरिल्यान्ड (२०११) मा सम्पन्न भईसकेकोछ।

 

लौ, अब जाने होइन त एएनए सम्मेलन?

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

ANA (Association of Nepalis in America):

-http://usnepalonline.com/ana/

-International Nepali Poetry Competetion 2012, Dallas, TX, June 30, deadline May 15

-ANA Fashion Extravaganza 2012; Deadline: May 20

-ANA 30th Convention Sports events, June 29- July 1, 2012

-First ANA Spelling Contest. Where are bees ?, June 29

-Invitation to the joint 8th Annual ANMA-NASeA Convention 2012, August 31- September 2

-Letter from ANA Legal Counsel about Membership/Candidates & Election

-अन्तत: एएनए (ANA) संस्थाको दर्ता पुन: कायम भयो

-एएनए (ANA) ३० औं सम्मेलन टेक्सासको आह्वान: 'एउटा सपना, एउटा समुदाय र एउटा समारोह' : सबैकोलागि संयुक्त नयाँ शुरुवात ...!

-एएनए (ANA) बिबादको टुङ्गो यसरी लाग्यो

-What is happening with ANA?

-एएनए डिसी सम्मेलन १० हजार २८१ डलर नाफामा

एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
ANA Grand ceremony 2011 photos (25)
ANA Talent Show 2011 photos (14)
Investment for Nepal forum photos (12)
First International Nepali Women Literature Conference photos (24)
Giving back to Nepal forum photos (8)
ANA Fashion Show 2011 photo (12)
Indigenous-FIPNA forum photos (8)
NRN USA forum photos (4)
CAn USA forum photos (3)
ANA Media Chat & Track forum photos (8)
Other photos (4)
All Pages

-एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
एएनएका संस्थापकहरुको उपस्थिती र आशिर्बाद बिना नै हाँकिएको नौकामा अब कस्ले शयर गर्ला?

-ANA Election Notice and Announcement by ITFANA, ANA Interim Board and Election Committee

-एएनएको २९ औं सम्मेलनमा गहकिला फोरमहरुमा छलफल

-एएनए २९ औं अधिवेशनमा नेपाली राष्ट्रियता र नेपाली पहिचान झल्काउने साँस्कृतिक झाँकी प्रदर्शन

-एएनएको २९ औं डि.सी. सम्मेलनको पहिलो दिन नेपाली प्रतिभाहरुको खोजी

-एएनएको २९ औं डि.सी. सम्मेलन आजदेखि शुरु हुँदै

-न्यू योर्कमा एएनएका ४ हस्तीहरुबीच गोप्य वार्ता

-Overview of June 30th to July 1st programs at the 29th ANA Convention

-ANA ELECTION for 2011-2013 slated for JULY-AUGUST 2011

-8 ANA Past Presidents are not attending 29th ANA Convention

--Message from Newly Elected ANA officers (2011)

-ANA Affairs: Decisions of June 15, 2011 Meeting are Invalid

-ANA Joint meeting put on hold its election process

-एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

-एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण

--An open letter to ANA past presidents

-एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन

--अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित

-ANA Membership Verification Committee's report 2011

-एएनएको लेखकवन्धुहरुमा हार्दिक अनुरोध

-Appeal to Paid ANA General and Life Members

-Call for applications for inter-state talent contest during 29th ANA DC Convention May 25

-अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार

-Welcome to the 29th ANA DC Convention in Washington DC

-एएनएको २९ औं सम्मेलनको सभा स्थलस्थलको टुङ्गो लाग्यो

-२९ औं एएनए डिसी सम्मेलनमा हुने अन्तरराज्य प्रतिभा प्रतियोगिताकोलागि आबेदन आव्हान

-२९ औं एएनए सम्मेलनमा एएनएका पूर्व अध्यक्षहरुको विशेष सम्मान गरिने

-ANA 29th Convention in Washington D.C. on July 1, 2 & 3

-No Longer with current leadership of ANA

-What happened inside ANA ? Now Moving ANA Forward

-एएनए सम्मेलनको नारा तय: "समझदारी र एकता: साझा प्रतिवद्धता"

-ए.एन.ए.को २९ औं सम्मेलन वासिंगटन डिसीमा हुने

-एएनए सम्मेलनमा दुई बाल बालिकाका कृति बिमोचित

-अमेरिकाको बोस्टोन शहरमा एएनए (ANA) को २८ औं सम्मेलन शुरु, ५ हजार नेपाली ओइरिए

-बोस्टोनमा हुने एएनए भेलामा सबैभन्दा ठुलो पुरस्कार राशी कविता प्रतियोगिता, ३०० बेशी कवि सहभागी हुँदै

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.