Inside

All Time Top 50 News

एएनए (ANA) को ३० औं सम्मेलन यस्तो रह्यो, सम्मेलनबाट २७ हजार २९६ डलर मुनाफा ! PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 12 July 2012 19:42
Article Index
एएनए (ANA) को ३० औं सम्मेलन यस्तो रह्यो, सम्मेलनबाट २७ हजार २९६ डलर मुनाफा !
ANA 30th Convention Video Reporting (16) (13+ Hours)
List of 30th ANA Convention Forums/Side events 2012
Opening Ceremony Photos (40)
Closing Ceremony & Mega Cultural Nite photos (30)
ANA Cultural Nite Photos (7)
Supernova Talent Show photos (19)
Women Forum photos (15)
NRN Forum photos (5)
Investment in Nepal Forum photos (5)
Nepal Development Forum photos (6)
Entrepreneurship Forum Photo (1)
Sports Forum photos (4)
Tourism Forum photos (8)
Swami Haridas Discourse photos (2)
International Nepali Poetry Festival 2012 photos (16)
Nepali Literature Seminar photos (9)
ANA Poetry Competition photos (24)
Quize Contest photos (9)
Exhibition, Stalls photos (10)
All Pages

अर्को बर्ष सन् २०१३ को ३१ औं सम्मेलन न्यू योर्क शहरमा गर्ने घोषणासंगै तयारी शुरु
: Exclusive: 16 videos (13+ hours), 210 Photos:
न्यू योर्क/डालस्, टेक्सास- "एसोसियसन अफ नेपालीज इन अमेरिकाज" (ANA) को ३० औं सम्मेलन भब्यतापूर्वक सम्पन्न भएको छ। सम्मेलनबाट २७ हजार २९६ डलर मुनाफा गर्न आयोजकहरु सफल भएको कुरा एएनए टेक्सास सम्मेलन संयोजक पासाङ्ग लामाले एक प्रेस बिज्ञप्ती जारी गरी जानकारी गराएकाछन्।


The cultural possession at the 30th Convention of the Association of Nepalis in the Americas (ANA) on June 30, 2012. Photos: eEyeCam.Com

उता एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामाले उक्त संस्थाको आगामी ३१ औं सम्मेलन न्यू योर्क शहरमा गरिने घोषणा गरेकाछन् भने न्यू योर्कको कुइन्स शहरस्थित कुइन्स डाइमन्ड जुएलरीका मालिक नेपाली ब्याबसायी समिर महर्जनलाई सम्मेलनको संयोजक तोकिएको छ।

युएस नेपाल अनलाइनले ३० औं एएनए सम्मेलनको तीन दिन (जुन २९-जुलाई १) बिच सम्मेलन स्थलबाट टुविटर (https://twitter.com/usnepalonline/) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो। (हेर्नुहोस्) उक्त रिपोर्टिङ युएस नेपाल अनलाइनको फेसबुक पेज (http://www.facebook.com/usnepalonline) र न्यूज् पोर्टलको होम पेज www.usnepalonline.com मा रहेको ट्विटरको ट्विट अप्डेट बक्समा एकैसाथ सम्प्रेशण गरिएको थियो।

Day 1: पहिलो दिन: जुन २९, २०१२

ANA Supernova Talent Show

एएनए ३० औं सम्मेलनको पहिलो दिन जुन २९ तारिख बेलुकी पाँचतारे हिल्टन अनाटोल होटेल सभाकक्ष ट्रिनिटी हलमा नेपाली बाल प्रतिभाहरुबिच एएनए सुपरनोभा ट्यालेन्ट शो प्रतियोगिताको आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा 'टेक्सान नेपाली ग्रुप' का ९ जना नेपाली बालिकाहरुद्वारा प्रस्तुत भाबुक "जहाँ रहेपनि जता गएपनि यो मन त नेपाली नै हो" सामूहिक न्रित्यले प्रथम स्थान जित्न सफल भएको छ।

The 1st ANA Supernova Talent Show. Photos: eEyeCam.Com

टेक्सान नेपाली ग्रुपका कलाकारहरुमा अन्जली अधिकारी, बिनिभा मानन्धर, मेहा मिश्र, रिचा काफ्ले, सारिसा मल्ल र सेरेन पाण्डे थिए। उक्त प्रतियोगितामा प्रज्ञा भट्टराई दोश्रो भएकिछिन् भने गुन्जन उपाध्याय तेश्रो भएकिछिन्।

पहिलो पुरस्कार बिजेतालाई नेपाल आउने-जाने राउन्डट्रिप हवाई टिकटको ब्यबस्था गरिएको छ भने दोश्रो पुरस्कार IPad-3 र तेश्रो पुरस्कार PS3 Console को ब्यबस्था गरिएको छ।

उक्त प्रतियोगितामा भाग लिने बालबालिका तथा किशोर किशोरीहरुमा सौरभ भट्टराई, सृस्‍टि घिमिरे, सुप्रिया सिवाकोटी, श्रेया दाहाल, आकाँक्षा कडरिया, गुन्जन उपाध्याय, शुभना सिवाकोटी, अंशुक थापा, जनम राना, अनु काफ्ले, अनिमा ज्ञवाली, प्रज्ञा भट्टराई, प्रतिक भूसाल, अश्ना अधिकारी, सिल्भिया मानन्धर, कभिन नेपाल, उदय ज्ञवाली, उत्तम ज्ञवाली, दिभएश खत्री, आक्रिती आचार्य, दिब्या खत्री, समिक्षा आचार्य, सन्शुभ जोशी, निहारिका दाहाल, प्रसिद्ध शर्मा र मेघ्ना गुरुङ थिए। अप्रतियोगी कलाकारहरुमा इभान शर्मा र मन्नु कोइराला थिए।

प्रतियोगितामा ३० औं टेक्सास सम्मेलन उपसंयोजक महेन्द्र पौडेलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रमको सन्चालन बिनिता जोशीले गरेकि थिईन्।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट:

ANA 30th Convention Heighlight, Dallas, TX, USA, June 29-July 1, 2012




Mega Rock Night

सोही दिन बेलुकी सुपरनोभा ट्यालेन्ट प्रतियोगिता पछि 'मेगा रक नाइट' को आयोजना गरिएको थियो। उक्त साँगितिक साँझमा  Nisarga Band, Rashik & the Rock Flew Band, Ink Blot (Austin) Band, केबिन श्रेष्ठ, एन्जेल लामा, पूजा शर्मालगायतले रक गीत संगित प्रस्तुत गरेका थिए। उक्त साँझको सन्चालन सिवानी राठौरले गरेकी थिईन्।

सम्मेलनको यो पहिलो दिन यि कार्यक्रमहरुको अलावा खेलकूद प्रतियोगिता, चित्रकला प्रदर्शनी, स्यान्ड मन्डला, ब्लाइन्ड एन्ड भिजन इम्पेयर फोरुम र लाइफ एन्ड फिलोसोफी फोरुम सन्चालन गरिएका थिए।

Day 2: दोश्रो दिन: उद्घाटन समारोह, जुन ३०, २०१२

एएनए ३० औं सम्मेलनको दोश्रो दिन जुन ३० तारिख दिउँसो ३:३० बजे सम्मेलनको औपचारिक उद्घाटन समारोह शुरु हुनु अघि बिबिध नेपाली जात जातिको संस्क्रिती झल्किने भेशभुशा, बाजागाजासहितको झाँकीकासाथ सम्मेलन स्थल हिल्टन होटेलको खुल्ला बगैचा वरिपरि र प्रदर्शनी कक्षको परिक्रमा गरिएको थियो।

उक्त झाँकी परिक्रमामा आयोजकहरु एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामा, एएनए महासचिब बिजय थापा, एएनए टेक्सास सम्मेलन संयोजक पासाङ्ग लामा, उपसंयोजकद्वय धिरेन गुरुङ र महेन्द्र पौडेलकासाथ एएनएका निबर्तमान अध्यक्ष सिमोन ढुङ्गाना, सम्मेलनका प्रमुख अतिथीकोरुपमा निम्त्याइएका अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्मा सहभागि थिए।

The cultural possession at the 30th Convention ANA on June 30, 2012. Photos: eEyeCam.Com

उक्त झाँकी परिक्रमामा सहभागि अन्य अतिथीहरुमा रसियाबाट आएका गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष तथा एनआरएन अमेरिका महासचिब शिवकुमार राई, इम्पावोर दलित वूमन अफ नेपाल (EDWON) कि संस्थापक बिष्णुमाया परियार, एनआरएन आइसिसीका निबर्तमान महासचिब रतन झा, एनआरएन आइसिसीका नर्थ अमेरिका क्षेत्रीय संयोजक तथा एन्मा (ANMA) का पूर्व अध्यक्ष मुकेश सिंह, नर्थ अमेरिका क्षेत्रीय उपसंयोजक राम खरेल, एनआरएन आइसिसी सदस्यहरु भुवन गुरुङ र आदित्य महर्जनलगायतका सामाजिक अगुवाहरु सहभागि थिए।

झाँकी परिक्रमापछि उद्घाटन सभाकक्षमा पुगेर सभामा परिणत भएको थियो। समारोहमा कला प्रस्तुत गर्ने कलाकारहरुमा झुमन छेत्री, मन्नु थापा कोइराला, अस्मिता पाण्डेलगायत थिए।

उद्घाटन सत्रको शुभारम्भ स्वागत गीत, नेपाल र अमेरिकाको राष्ट्र गान, हिन्दू पूजारीद्वारा मन्त्रोच्चारण र बुद्धिस्ट लामाद्वारा बुद्ध बन्दनाबाट शुरु भएको थियो।

उद्घाटन समारोहमा एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामाले सभापतित्व गरेका थिए भने स्वागत मन्तब्य सम्मेलन संयोजक पासाङ्ग लामा र राम गमलले राखेका थिए ।

The guests and the organizers at the Opening Ceremony of the 30th Convention of ANA in Hilton Anatole Hotel, Dallas, Texas, USA on June 30, 2012. Photos: eEyeCam.Com

उपसंयोजक धिरेन गुरुङले अमेरिकि राष्ट्रपति बाराक ओबामाद्वारा पठाईएको शुभकामना पत्र पढेर सुनाएका थिए। उक्त शुभकामना पत्र सम्मेलनको स्मारिका पत्रिकामा पनि प्रकासित गरिएको छ।

उक्त शुभ कामना पत्रमा राष्ट्रपति ओबामाले एएनए ३० औं सम्मेलन सफलताको कामना गर्दै नेपाली अमेरिकनहरुले अमेरिकाको समुन्नति र प्रगतीकोलागि महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेका छन्। (उक्त कार्यक्रमको भिडियो रिपोर्टिङ हेर्नुहोस्)

उपसंयोजक गुरुङले क्यानाडाकालागि नेपाली राजदूत महामहिम डा. भोजराज घिमिरेद्वारा सम्प्रेसित शुभकामना पत्र पनि पढेर सुनाएका थिए भने अर्का उपसंयोजक महेन्द्र पौडेलले एएनए ३० औं सम्मेलनबारे प्रकाश पार्दै पाहुनाहरुको स्वागत गरेका थिए।

ANA 30th Convention Coordinator Pasang Lama. Photos: eEyeCam.Com

उद्घाटन समारोहमा मन्तब्य ब्यक्त गर्ने अतिथीहरुमा गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, एएनएका निबर्तमान अध्यक्ष सिमोन ढुङ्गाना, इम्पावोर दलित वूमन अफ नेपाल (EDWON) कि संस्थापक बिष्णुमाया परियार, Hon'ble Dallas County Judge Clay Jenkins, Part District Governor of Lions Dist. 2-X1 Frank Pickens, Motivational Speaker Gary Luller, Dr.Tshewang Gyatso Rinpoche, नेपालीज सोसाइटी अफ टेक्सास अध्यक्ष डा. प्रेम अधिकारी, भुटानिज कम्युनिटी अध्यक्ष प्रकाश कोइराला, स्वामी हरी दास जि, अमेरिकि काँग्रेसका उम्मेद्वार दर्शन रौनियार, इन्द्रेणी साँस्कृतिक संघ प्रेसिडेन्ट नेत्र पाण्डे, युएनडिएफ टेक्सास अध्यक्ष जनक राना मगर, अनेसास टेक्सास अध्यक्ष बासु भण्डारी, वकिल माथ्यू हाड्ले र शिव काफ्लेले सम्बोधन गरेका थिए।

The guests at the Opening Ceremony of the 30th Convention of ANA in Hilton Anatole Hotel, Dallas, Texas, USA on June 30, 2012. Photos: eEyeCam.Com

ANA Hero Award 2012 द्वारा वकिल माथ्यू हाड्ले र अर्जुनप्रशाद मैनाली समानित

सभा बिसर्जन अघि एएनए अन्तरिम अध्यक्ष शेर्पालामाले इराकमा मारिएका नेपालीहरुको परिवारलाई क्षेतिपूर्ति दिलाउन अहम् भूमिका खेलेका वकिल माथ्यू हाड्लेलाई ANA Hero Award 2012 द्वारा सम्मान गरेका थिए।

ANA Hero Award 2012 awarded to Mathew Hadley. H.E. Ambassador Dr. Shankar P. Sharma (center) presented him. ANA Interim President Tsewang Sherpalama is on his left. Photos: eEyeCam.Com

यही ANA Hero Award 2012 पुरस्कारद्वारा न्यू योर्कका रक्तदाता समाजसेवी तथा ब्लड डोनर्स अफ अमेरिका अध्यक्ष अर्जुनप्रशाद मैनालीलाई पनि आजै सम्मान गर्ने कार्यक्रम भएपनि अन्तिम समयमा आएर आयोजकहरुले समापन समारोहको दिन जुलाई १ तारिख प्रदान गर्ने निर्णय गरेका थिए। यही कारण मैनाली पुरस्कार नथापी न्यू योर्क फर्कन वाध्य भएका थिए। (उक्त कार्यक्रमको भिडियो रिपोर्टिङ हेर्नुहोस्)

उता ANA Lifetime Hero Award द्वारा डा. डिना बाङ्देललाई सम्मान गर्ने कार्यक्रम पनि समापन समारोहसम्मकोलागि सारियो। समारोहको सन्चालन बिनिता जोशी र सिवानी राठौरले गरेका थिए।

The participants at the opening ceremony of ANA 30th Convention. Photos: eEyeCam.Com

बिबिध साँस्कृतिक कार्यक्रम

उक्त उद्घाटन समारोहकोपछि बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। प्रतिभाशाली स्थानीय कलाकारहरुद्वारा मन्जुश्री न्रित्य, मारुनी नाँच, नेवारी न्रित्य, आधुनिक न्रित्यहरु प्रस्तुत गरिएको थियो।

ति कलाकारहरुमा शार्दुला जोशी, अनु पाण्डे, अनु काफ्ले, अनिमा ज्ञानवाली, मनिषा प्रसाई, निस्तोज भट्टराई, डम्बर बोहरा, सुप्रिया सिवाकोटी, सुजाता बस्नेत, अनुपा चव्हान, बिद्या निरौला, बन्दना अधिकारी, इभा शर्मा, सिल्भिया मानन्धर, आयुस्मा बज्रचार्य, आस्ना अधिकारी, समिक्षा श्रेष्ठ, सुरज बस्नेत, दिनेश सिवाकोटि, बिकास गौतम, उमेश सिवाकोटी, अबिरल पाण्डे, अनुपम पाण्डे, आशा ओझा, सृस्‍टि घिमिरे, त्रियुक्ता घिमिरे, न्रिप रेग्मी, अलिशा ढकाल, भरोशा अधिकारी, ठाकुर कोइराला, अस्टमाया कोइराला र सविना जोशी थिए।

The cultural program at the ANA 30th Convention on June 30. Photos: eEyeCam.Com

त्यसैगरी अन्य कलाकारहरुमा मन्नु थापा कोइराला, इन्नु थापा, श्रद्दा थापा, शुभना सिवाकोटी, समिक्षा आचार्य, अमि लम्साल, प्रज्ञ भट्टराई, प्रज्ञा लम्साल, शैलेश पोख्रेल, मन्झना केसी, शोभा त्रिपाठी, निश्चल छेत्री, सोनिया शाह, अनुप थाकु, प्रबिण महर्जन, उकेश कंडेल, जेसिका भण्डारी, मोनिका नेपाल, बियाङ्का नेपाल, रन्जना राई, मीना भण्डारी, दुर्गा घिमिरे, कमला दङ्गल, रोजिना राई, सुश्मा राई, टिका गुरुङ, नेहा पोख्रेल, क्रिशा रेग्मी, सैशा अधिकारी, सस्मिता अधिकारी, जीतु गुरुङ, छबिकला पाठक, चन्द्र चुडाल, भब्याता अधिकारी, मनिया बिष्ट, नेत्र पाण्डे, उत्तम खड्का, नताली श्रेष्ठ, पोमल गिरी, प्रमिसा तिम्सिना, मोनिका शर्मा, आयुशा अधिकारी, बसिल अर्याल, सोमुना अर्याल, अमित लामिछाने, बासु पौडेल, अमृत कंडेल, सारस पौडेल र निरन्जन शर्मा थिए।

उक्त कार्यक्रमको सन्चालन संयुक्तरुपमा रिचा शर्मा, शैलेश पोख्रेल र सुमन सार्कीले गरेका थिए। (उक्त कार्यक्रमको भिडियो रिपोर्टिङ हेर्नुहोस्)

Day 3: तेश्रो दिन: समापन समारोह, जुलाई १, २०१२

एएनए ३० औं सम्मेलनको तेश्रो दिन जुलाई १ तारिख समापन समारोहमा खेलकूद प्रतियोगिता, सुपरनोभा ट्यालेन्ट प्रतियोगिताका बिजेताहरुलाई पदक र प्रसंशा पत्र प्रदान गरियो।

ANA Hero Award 2012 पुरस्कार घोषणा र सम्मान

ANA Lifetime Hero Award द्वारा डा. डिना बाङ्देललाई सम्मान गरियो।

Dina Bangdel receiving ANA Lifetime Award from ANA Interim President Tsewang Sherpalama. Photos: eEyeCam.Com

ANA Hero Award 2012 पुरस्कारद्वारा न्यू योर्कका रक्तदाता समाजसेवी तथा ब्लड डोनर्स अफ अमेरिका अध्यक्ष अर्जुनप्रशाद मैनालीलाई सम्मान गरियो। जुन ३० तारिख उद्घाटन समारोहमा प्रदान गर्ने भनिएपनि अन्तिम समयमा आएर आयोजकहरुले समापन समारोहको दिन जुलाई १ तारिख प्रदान गर्ने निर्णय गरेका थिए। यही कारण मैनाली पुरस्कार नथापी न्यू योर्क फर्कन वाध्य भएका थिए। उनको यो पुरस्कार उनकोतर्फबाट यो पङ्क्तिकारले ग्रहण गरिदिएको थियो।

104th time blood donor Arjun P. Mainali donating his blood. He is the president of Blood Donors of America. Photos: Ashok Pant (NepalPhotoNews.com)

यस अघि जुन ३० तारिख सम्पन्न उद्घाटन समारोहमा इराकमा मारिएका नेपालीहरुको परिवारलाई क्षेतिपूर्ति दिलाउन अहम् भूमिका खेलेका वकिल माथ्यू हाड्लेलाई ANA Hero Award 2012 द्वारा सम्मान गरिएको थियो।

त्यसैगरी, एएनएको बिशेष सम्मानद्वारा २९ औं एएनए डिसी सम्मेलनका संयोजक हेमन्त श्रेष्ठ, एएनए ३० औं सम्मेलन खेलकूद संयोजक चन्द्र लामा, एएनए ३० औं सम्मेलन साँस्कृतिक संयोजक सरोज खनाल, कृपाली गौतम, पत्रकार तारा बराल र नेवा पासपुचका अध्यक्ष लक्ष्मण प्रधानलाई सम्मान गरियो। (उक्त कार्यक्रमको भिडियो रिपोर्टिङ हेर्नुहोस्)

त्यसैगरी, सन् २०१० को २८ औं एएनए बोस्टन सम्मेलनमा दिने घोषणा गरिएको सन् २०१० को एएनए प्रेसिडेन्सियल अवार्ड सगरमाथा टिभीका प्रोड्युसर राम खरेललाई निबर्तमान अध्यक्ष सिमोन ढुङ्गानाद्वारा प्रदान गरियो।

३१ औं एएनए सम्मेलन न्यू योर्क शहरमा गरिने घोषणा

यसै समारोहमा एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामाले उक्त संस्थाको आगामी ३१ औं सम्मेलन (२०१३) न्यू योर्क शहरमा गरिने घोषणा गरे भने न्यू योर्कको कुइन्स शहरस्थित कुइन्स डाइमन्ड जुएलरीका मालिक नेपाली ब्याबसायी समिर महर्जनलाई सम्मेलनको संयोजक तोकियो। (उक्त कार्यक्रमको भिडियो रिपोर्टिङ हेर्नुहोस्)

Samir Maharjan was appointed as the ANA 31st Convention Coordinator by ANA Interim President Tsewang Sherpalama at the closing ceremony of 30th ANA Convention in Dallas, TX on July 1, 2012. Photos: eEyeCam.Com

समापन सांस्कृतिक साँझको रौनक

जुन २९ तारिख सुपरनोभा ट्यालेन्ट प्रतियोगिता र मेगा रक नाइट, जुन ३० तारिख बिबिध साँस्कृतिक साँझको आयोजना गरी स्थानीय कलाकारहरुको मनमोहक साँस्कृतिक कोशेली पस्केका आयोजकहरुले जुलाई १ तारिखको समापन कार्यक्रममा अमेरिका भरी र नेपालबाट आएका चर्चित र प्रतिभाशाली कलाकारहरुको प्रस्तुती रहेको एक भब्य मेगा कन्सर्टको आयोजना गरेका थिए।

नायिका सारंगा श्रेष्ठ र नबिन केसीको मनमोहक फ्युजन न्रित्य, लुना श्रेष्ठ र मन्जेश्वरी भट्टको मोहक आधुनिक न्रित्यले दर्शकहरुलाई लठ्ठ बनाएको थियो भने नायक सरोज खनाल र उनको समूहले पस्केको एकांकी नाटक "एका देशको नेपाल" ले नेपालको बिसंसगतीको तीखो ब्यङ्य मात्र कसेन बल्की नेपालको मायालाई अरु बल्झाउन सफल भएको थियो।

Actress Saranga Shrestha performing at the Mega Concert Night at the closing ceremony of 30th ANA Convention in Dallas, TX on July 1, 2012. Photos: eEyeCam.Com

उता चर्चित हाँस्य कलाकार मनोज गजुरेलले समसामयिक बिषय बस्तुकाबारेमा रोचक-घोचक एकल प्रहसन प्रस्तुत गरेका थिए। उनले यसका अलावा साहित्यिक गोस्ठीहरुमा कविलाई अपहरणकारीकोरुपमा प्रस्तुत गरिएको चर्चित कविता पाठ गरेर साहित्यकारहरुलाई गलल हँसाएका थिए।

त्यसैगरी, जग्लिङमा गिनिज बुक विश्व रेकर्ड कायम गरेका डेभिड स्लिकले आफ्नो शीप र जादू प्रदर्शन गरेर भरपुर मनोरन्जन दिलाउन सफल भए।

समापन समारोहको औपचारिक कार्यक्रम डा. गोबिन्दसिंह राउतले र सांस्कृतिक कार्यक्रमको सन्चालन सिवानी राठौर, मनन सापकोटा र निक्की पाण्डेले संयुक्तरुपमा गरेका थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट:

ANA 30th Convention Grand Finale Cultural Program, Dallas, TX, July 1, 2012




एएनए फोरम (ANA Forum) हरुको आयोजना: सहभागि कम, कुरा र काम चाँही धेरै !

'एउटा सपना, एउटा समुदाय र एउटा समारोह' (One Dream, One Community, One Event) मूलमन्त्र राखेर जुन २९ - जुलाई १ बिच सम्पन्न एएनए ३० औं सम्मेलनमा झन्डै ३ दर्जन फोरमहरुको आयोजना गरियो।

तर आयोजकहरुको सम्मेलन ब्याबस्थापनमा बुद्धी पुर्याउन नसक्दा रजिस्ट्रेसन बुथ, प्रदर्शनी, मुख्य सभाकक्ष एउटा दुनियाँमा र फोरमहरु सन्चालन गर्ने कक्ष अर्को दुनियाँमा राखिएको कारण साँस्कृतिक र उद्घाटन कार्यक्रममा देखिएका १५ सयदेखि २ हजार सहभागिहरुलाई पत्ता लगाउनै गाह्रो भएको देखियो। फोरमहरु निक्कै दुरीमा राखिएकोले अत्यन्त न्यूनमात्र सहभागि हुन सके।

यद्दपी फोरमहरु चाँही निक्कै गहकिला बिषयमा राखिएका थिए। एनआरएन फोरम, महिला शसक्तिकरण फोरम, पर्यटन फोरम, नेपाल बिकास फोरम, लगानी फोरम जस्ता 'हाई स्टेक' र 'हाई प्रोफाइल' फोरमहरुको मन्चन कम सहभागिताको बावजूद सफलतापूर्वक गरियो।

"म जीवनमा दोश्रो देशको नागरिकता लिदिन"- गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो

एनआरएन फोरुममा मुख्य बक्ताकोरुपमा गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सम्बोधन गर्दै "धनी देशको गरीब नागरिक भएर जति मजा आउँछ गरीब देशको धनी नागरिक भएर त्यति मजा आउँदैन" भन्दै सबै नेपालीको सपना नेपाल सम्रिद्ध बनोस भन्ने रहेको उल्लेख गरे।

एनआरएन मुभमेन्ट राम्रो काम गर्न शुरु भएको हो भन्दै उनले प्रत्येक बिदेश बस्ने नेपालीको उद्धेश्य पनि नेपाली सम्रिद्ध बनाउँ भन्ने रहेको बताए। नेपालको उन्नतीकोबारे चिन्तित हुँदै उनले भने- "देश अरुले बनाइ दिदैन तपाईं हामी आफैले बनाउने हो र हामी बनाउन सक्छौं।"

NRN Forum at the 30th ANA Convention in Dallas, TX on June 30, 2012. Photos: eEyeCam.Com. (उक्त कार्यक्रमको भिडियो रिपोर्टिङ हेर्नुहोस्)

उनले आफूले नेपालको नागरिकता कुनै हालतमा नत्याग्ने बताउँदै बरु आफू मर्नु अगाडि बिदेशी नागरिकलाई नेपालको हरियो पासपोर्ट चाहिन्छ भनेर भन्न बनाउने अभियानमा लागेको बताए- "२००३ मा मैले एनआरएन शुरु गर्दा कतिले यसले दुइ नम्बरी गरेर कमाएको पैसा नेपालमा लिगल गर्न यसो गरेको छ भनियो। दोहोरो नागरिकताको कुरा गर्दा कति नेताहरुले यसले बिदेशी नागतिकता लिएको छ र दोहोरो नागरिकताको कुरा गरेको छ भने। मैले पब्लिकली भन्ने गरेको छु कि म जीवनमा दोश्रो देशको नागरिकता लिदिन र म मर्नुभन्दा अगाडि यो हरियो पासपोर्ट अरु देशका नागरिकले यो चाहिन्छ भनेर भन्ने बनाउने अभियानमा छु।"

वकिल गिरिजा गौतम सहजकर्ता रहेको उक्त फोरममा बोल्ने अन्य बक्ताहरुमा एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी, एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामा, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष तथा एनआरएन अमेरिका महासचिब शिवकुमार राई, इम्पावोर दलित वूमन अफ नेपाल (EDWON) कि संस्थापक बिष्णुमाया परियार, एनआरएन आइसिसीका नर्थ अमेरिका क्षेत्रीय संयोजक मुकेश सिंह, नर्थ अमेरिका क्षेत्रीय उपसंयोजक राम खरेल, नेपालीज सोसाइटी अफ टेक्सास अध्यक्ष डा. प्रेम अधिकारी र अन्जन श्रेष्ठ थिए।


डा. उपेन्द्र महतो ग्रामीण कृषि ब्यावसायमा १० लाख डलर लगानी गर्न तयार !

अझ जुलाई १ तारिख आयोजित नेपालमा लगानी फोरममा डा. सुदिप श्रेष्ठले नेपाल फर्केर कृषि ब्यावसायमा नेपाली किसानहरुसंग मिलेर ब्यावसाय गर्न दश लाख अमेरिकि डलर लगानीकोरुपमा सङ्कलन गरिरहेको उल्लेख गर्दै पावोर पोइन्ट गर्न सक्दा नसक्दै गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले आफूले १० लाख डलर लगानी गर्न तयार रहेको घोषणा गरे। (उक्त कार्यक्रमको भिडियो रिपोर्टिङ हेर्नुहोस्)

NRNA ICC founding president Dr. Upendra Mahato speaking at Investment in Nepal Forum at the 30th ANA Convention where he has committed to invest 1 million US dollars in rural agriculture project in Nepal which is led by Dr. Sudeep Shrestha. Photos: eEyeCam.Com

एएनए नेपाल ग्रामीण बिकास प्रोजेक्टअन्तर्गत स्थापित ग्लोबल कम्युनिटी डेभपल्मेन्ट इङ्कमार्फत न्यूनतम १०० डलरको एक शेयर लिएर डा. श्रेष्ठको कृषि ब्यावसायमा सहभागि हुन सकिन्छ। डा. श्रेष्ठ हार्वार्ड र जोन हप्किन्स विश्व बिद्यालयमा फेलोशिप सकेर नेपाल फर्किन लागेका जोशिला युवा हुन्।

Dr. Sudeep Shrestha, Project Manager in Nepal of Global Community Development (GCoD) Inc., is Food and Nutrition Specialist who is a scholar educated and trained at University of Connecticut, Harvard and Johns Hopkins University in the USA. Photos: eEyeCam.Com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट:

Investment in Nepal Forum at ANA 30th Convention, Dallas, TX, July 1, 2012



नेपाली खेलाडीहरुको प्रत्साहनकोलागि २० हजार डलर कमिन्टमेन्ट !

उता सिता पाण्डे सहजकर्ता रहेको खेलकूद फोरममा एएनए अन्तरिम अध्यक्ष शेर्पालामाले बेलायतमा डन्डीबियो खेल खेल्न सिकाएर आफूले त्यहाँको रेजिडेन्सी लिएको रोचक तथ्य खुलासा गर्दै नेपाली खेलाडीहरुको प्रत्साहनकोलागि यदी एनआरएन आइसिसी (NRNA ICC) ले २० हजार डलर कमिट गर्दछ भने एएनएले पनि त्यतिनै फण्ड प्रदान गर्न तयार रहेको घोषणा गरे। (उक्त कार्यक्रमको भिडियो रिपोर्टिङ हेर्नुहोस्)

At Sports Forum from L to R: Gobinda Giri Prerana, Simon Dhungana, Shiva K. Rai and moderator Sita Pandey. Photos: eEyeCam.Com

महिलाहरुसँग आयोजकहरु आच्छुआच्छु !

यो बर्ष एएनए नेत्रित्वले महिला शसक्तिकरणकोलागि महिलाहरुको बिशेष सहभागिता गराएको र बिशेष कार्यक्रमहरुको ब्याबस्था गरिने आश्वासन पाएर बिभिन्न राज्यबाट डालस, टेक्सास सम्मेलन पुगेका नेपाली महिला नेत्रीहरु तब जिल्ल परे जब जुन ३० तारिखको मुख्य उद्घाटन सत्रमा मन्चमा आसिन १० जना पुरै पुरुष मात्रै देखे।

त्यतिमात्र कहाँ हो र ! १८ जना बक्तामा एक जना पनि महिला बक्ता नराखेपछि एनआरएन अमेरिकाकि निबर्तमान महासचिब बिष्णुकुमारी थापा, अमेरिका नेपाल वोमन एसोसिएसन अफ ग्रेटर वासिङ्गटन डिसीकि उपाध्यक्ष सुनिता सिवाकोटीलगायतले बिरोध जनाएपछि बल्ल मात्र इम्पावोर दलित वूमन अफ नेपाल (EDWON) बोस्टन कि संस्थापक बिष्णुमाया परियारलाई सम्बोधन गर्न बोलाइएको थियो।

Empowering Women Forum's Coordinator & Empower Dalit Women of Nepal (EDWON), Boston's founder Bishnu Maya Pariyar (center) is seen happy with ANA Interim President Tsewang Sherpalama (right) after he apologized the mistake for not including any women during the grand opening ceremony of the 30th ANA Convention in Dallas, TX on June 30, 2012. Photos: eEyeCam.Com

उता एएनए अन्तरिम अध्यक्ष शेर्पालामाले सम्मेलनको तेश्रो दिन जुलाई १ तारिख आयोजित महिला शसक्तिकरण फोरममा महिलाहरुसंग उद्घाटन सत्रमा भएको त्रुटीप्रति माफि माग्दै महिला फोरमकि सहजकर्ता बिष्णुमाया परियारको संस्था 'एड्वोन' र 'हेल्प फोर डेस्परेट एन्ड निडी पिपल' संस्थालाई ५०/५० डलर प्रदान गरे।

The panelists and the guest speakers at the Empowering Women Forum. Photos: eEyeCam.Com

यता एएनए टेक्सास सम्मेलन संयोजक पासाङ्ग लामाले चाँही महिला फोरममा समय मागेर सम्बोधन गर्दै धरधरी रुएरै आफूले जानेर कुनै गडबडी नगरेको र बिना स्वार्थ कार्यक्रम सफल बनाउन लागि परेको बताए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट:

Empowering Women Forum, Dallas, TX, July 1, 2012



उक्त महिला फोरममा प्यानेलिस्टमा बिष्णु गुरुङ, प्रुडेन्स केसी, बन्दना हमाल, कल्पना रिमाल र रिचा शर्मा थिए भने अतिथी बक्ताकोमा अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्मा, गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष तथा एनआरएन अमेरिका महासचिब शिवकुमार राई, महासचिब बिजय थापा, एएनए टेक्सास सम्मेलन संयोजक पासाङ्ग लामा, डा. समता प्रशाद, रमा झा र सुनिता सिवाकोटी, थिए।

३ वटा साहित्य गोस्ठीहरुको आयोजना

यसपालिको सम्मेलनमा सबैभन्दा एक्स्पोजर पाएको फोरम साहित्यिक कार्यक्रम भएको छ।

एएनएको संरक्षकत्वमा स्थापना भएको 'नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका' को आयोजनामा जुलाई १ तारिख "अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब" को आयोजना गरिएको छ भने अरु दुई वटा साहित्यिक कार्यक्रमहरु: एएनए कवि सम्मेलन र साहित्य संगोस्ठीको कार्यक्रम गरिएको छ।

अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब

नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको आयोजनामा जुलाई १ तारिख अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब सम्पन्न गरिएको छ।

उक्त कविता महोत्सबमा विश्वभरका नेपाली कविहरुकाबिच भएको कविता लेखनमा प्रथम, दोश्रो र तेश्रो हुने कविहरुको घोषणा गरियो। जसअनुसार प्रथम गणेश खड्का (भोजपुर्, हाल सिसेल्स) दोश्रो जीवन खत्री (रामेछाप) र तेश्रो श्रीजना शर्मा (युके) भएका छन्।

Nepali Literature Academy North America hosted the International Nepali Poetry Festival at the 30th ANA Convention in Dallas, TX on July 1, 2012. Photos: eEyeCam.Com

कविता मध्येबाट प्रथम हुनेलाई एक हजार यूएस डलर नगद र प्रमाण पत्र रहेको "हेम सरिता पाठक भानुभक्त काब्य पुरस्कार", दोश्रो हुनेलाई तिन सय यूयस डलर नगद र प्रमाण पत्र रहेको "शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार" र तेस्रो हुनेलाई दुइ सय यूएस डलर नगद र प्रमाण पत्र रहेको "बसुन्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार' प्रदान गरिनेछ।

कार्यक्रममा प्रतियोगीहरु मध्येबाट छनौटमा परेका १२ उत्कृष्ट कविताहरु बिभिन्न कविहरुले बाचन गरेका थिए। १२ उत्कृष्ट कविताहरुका कविहरुमा मिरा थापा, हेम गुरुङ, सुधिर छेत्री, श्याम रेग्मी, कृष्ण किसु, सुमनराज श्रेष्ठ, जीवन खत्री, डा. प्रदिप राजभन्डारी, दिनेश पौडेल, श्रीजना शर्मा, चन्द्र राउत र गणेश खड्का थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट:

International Nepali Poetry Festival at ANA 30th Convention, Dallas, TX, July 1, 2012



छनौटमा परेका १२ कविताहरुको साथै आ-आफ्नो कविता बाचन गर्ने कविहरुमा मिरा शाक्य, तारा बराल, अंकुश नेपाल, बासु शर्मा, राधाकृष्ण काफ्ले, शशी भट्टराई, मणीराज धिताल, डा. गोबिन्दसिंह राउत, रमा सिंह, मनोज गजुरेल, बासु भण्डारी, डा. उपेन्द्र महतो र भुवनेश्वर प्रधान थिए।

यसै महोत्सबमा झमक घिमिरेद्वारा लिखित 'जीवन काँडा कि फूल' कृतिको अंग्रेजी संस्करण A Flower in the Midst of Thorns को बिमोचन गरियो। हस्त गौतमद्वारा प्रकाशित उक्त पुस्तकको बिमोचन अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्मा र गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संयुक्तरुपमा गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त महोत्सबमा महोत्सबका संयोजक सुन्दर जोशीले स्वागत मन्तब्य राखेका थिए। सन्चालन प्रतिष्ठानका महासचिब तथा अमेरिका नेपाल टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठले गरेका थिए।

एएनए कवि सम्मेलन

जुलाई १ तारिख आयोजना गरिएको एएनए कवि सम्मेलनमा १४ कविहरुले प्रतियोगितामा भाग लिए भने ४ अप्रतियोगी कविहरुले आ-आफ्नो कविता पाठ गरेका थिए।

प्रतियोगितामा बिक्रान्तबिक्रम राणा (बोस्टोन) प्रथम भएभने दोश्रो चम्पा पाण्डे (टेक्सास) र तेश्रो हिरा पौडेल भए। (उक्त कविता बाचनको भिडियो रिपोर्टिङ हेर्नुहोस्)

The 1st placed winner Bikrant Bikram Rana, 2nd placed winner Champa Pandey and 3rd placed winner Hira Poudel. Photos: eEyeCam.Com

अन्य प्रतियोगी कविहरुमा डा. नन्द रेग्मी, उशा पन्थी, निता रेग्मी, शैलेश पोख्रेल, राम प्रशाद खरेल, पं बद्रीप्रशाद सापकोटा, इन्दिरा भूसाल, भुवनेश्वर प्रधान, शिव काफ्ले, शशी भट्टराई र राजन कोइराला थिए। अप्रतियोगी कविहरुमा बिजय न्यौपाने, बिप्लब प्रतिक, मनोज गजुरेल, मिना पाण्डे र हस्त गौतम थिए।

Poet Biplab Pratik releasing a poetry book "Kopila" by Krishnakumari Poudyal. Photos: eEyeCam.Com

उक्त सम्मेलनमा बाल कवि कृष्णकुमारी पौडेलको "कोपिला" कविता संग्रहको बिमोचन कवि बिप्लब प्रतिकद्वारा गरियो। कार्यक्रमको सन्चालन बालकृष्ण जोशीले गरेका थिए।

एएनए साहित्य संगोस्ठी

जुन ३० तारिख एएनए साहित्य संगोस्ठीको आयोजना गरियो। संगोस्ठिको शिर्शक "डायस्पोरिक नेपाली साहित्य प्रवासी कि आप्रवासी: एक छलफल" रहेको थियो।

ANA Literature Seminar at the at the 30th ANA Convention in Dallas, TX on June 30, 2012. Photos: eEyeCam.Com

नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाका अध्यक्ष बसन्त श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त संगोस्ठीमा डा. गोबिन्दप्रशाद भट्टराई, होमनाथ सुबेदी र डा. खगेन्द्रप्रशाद लुइटेलको कार्यपत्रहरु उनिहरु उपस्थित नभएकोले क्रमश: गोबिन्द गिरी प्रेरणा, हस्त गौतम र राधाकृष्ण काफ्लेद्वारा प्रस्तुत गरिएको थियो भने डा. डिना बाङ्देल, अर्जुनकान्त मैनाली र छेवाङ शेर्पालामाले डायस्पोरिक साहित्यबारे मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रमको सन्चालन सिता पाण्डेले गरेकी थिइन्। (उक्त कार्यक्रमको भिडियो रिपोर्टिङ हेर्नुहोस्)

खेलकूद प्रतियोगिता

खेलकूदतर्फ बिभिन्न ९ वटा खेलहरु फुट्बल, क्रिकेट, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, टेनिस, बास्केट बल, गल्फ र पूल टुर्नामेन्ट प्रतियोगिताको आयोजना गरियो।

ANA Interim President Tsewang Sherpalama with winner soccer team members from Baltimore at the closing ceremony of 30th ANA Convention in Dallas, TX on July 1, 2012. Photos: eEyeCam.Com

यो बर्ष फूटबल तथा बास्केट बलका बिजेतालाई ३ हजार डलर नगद पुरस्कार तथा एएनए बडी रनिंग शिल्ड प्रदान गरियो। यसै बर्षदेखि लागु हुने गरि तीन बर्षसम्म लगातार बिजयी फूटबल समूहलाई १० हजार ७७७ डलर र बास्केट बल समुहलाई ५ हजार ५५५ डलर नगद पुरस्कार तथा एएनए बडी रनिंग शिल्ड प्रदान गरिने घोषणा गरिएको छ ।

5th ANA Fashion Extravaganza

फेसनका पारखीहरुका निम्ती ५ औं एएनए फेसन शो (ANA Fashion Extravaganza) को आयोजना गरिएकोछ।  "An exhilarating Quest of Style and Virtue" मूलमन्त्र रहेको यो शोमा पहिरन कला र ग्ल्यामरमार्फत नेपाली मोडेलहरुले आ-आफ्नो प्रतिभा देखाए।

1st ANA Fine Art and Photography Exhibition

यो सम्मेलनमा पहिलो चोटि फोटोग्राफी सम्बन्धी प्रदर्शनी र प्रतियोगिताको आयोजना गरियो। पुरस्कारहरुमा अनलाइन सामाजिक सन्जाल 'फेसबुक'मा लाइक (like) गरिएको आधारमा "Viewer’s Choice Award", "Jurors Choice Award" अन्तर्गत ८ जना जुरर्सले चुनेका २० वटा फोटोहरुलाई पुरस्क्रित गरियो।

1st ANA Quiz Contest

यो बर्ष पहिलो पटक आयोजना गरिएको अर्को प्रतियोगिता हो- एएनए कुइज् प्रतियोगिता (ANA Quiz Contest)। १३ देखि १९ उमेरबिचका किशोर किशोरीहरुले भाग लिन सकिने यो प्रतियोगितामा १० समूहमा ५० जना बालबालिकाहरु प्रतिस्पर्धामा उत्रिएका थिए।

The participants of ANA Quiz Contest. Photos: eEyeCam.Com

ति १० समूहहरुमा अन्नपूर्ण, त्रिबेणी, त्रिशुली, कर्णाली, गण्डकी, नारायणी, लोह्त्से, बागमती, राप्ती र धौलागिरी थिए। पहिलो पुरस्कार बिजेता टिमका ५ जना प्रत्येकले एक एक वटा ल्यापटप पाउनेछन् भने दोश्रो र तेश्रो हुने समूहले ट्रफी र अन्य पुरस्कार पाउने पाउनेछन्।

1st ANA Spelling Bee Contest

बाल बालिकाहरुको प्रतिभा प्रस्फुटनको मापन गर्ने धेयअनुरुप पहिलो पटक स्पेलिङ बि प्रतियोगिताको आयोजना गरिएको छ। जसअनुसार 'लिटल बि' अन्तर्गत ग्रेड १ देखि ४ सम्मको र 'बिग बि' अन्तरगत ग्रेड ५ देखि ८ सम्मका बालबालिकाबिच प्रतिस्पर्धा गरिएको थियो।

एएनएको यस अघी सम्पन्न सम्मेलनहरु

एएनएको यस अघी सम्पन्न सम्मेलनहरुमा क्रमश: कोर्निङ, न्यू योर्क (१९८३); लान्कास्टर, पेन्सल्भानिया (१९८४); वासिङ्टन डिसी (१९८५); बाउलिन ग्रिन, ओहायो (१९८६); टोरोन्टो, क्यानाडा (१९८७); लङ आइल्यान्ड, न्यू योर्क (१९८८); बोस्टोन, मासाचुसेट्स (१९८९); ओर्लान्डो फ्लोरिडा (१९९०); फेयरमोन्ट, वेष्ट भर्जिनिया (१९९१); रोचेस्टर, न्यू योर्क (१९९२); क्लेयरमोन्ट, क्यालिफोर्निया (१९९३); अर्लिङ्टन, भर्जिनिया (१९९४); डेन्भर, कोलोराडो (१९९५); न्यू योर्क- न्यू जर्सी (१९९६); बोस्टन, मासाचुसेट्स (१९९७); ग्रिन्सबोरो, नर्थ क्यारोलिना (१९९८); हार्टफोर्ट, कनेक्टिकट (१९९९); एट्लान्टा, जर्जिया (२०००); भ्यालिफोर्ज, पेन्सल्भानिया (२००१); च्यान्टिली, भर्जिनिया (२००२); डेन्भर, कोलोराडो (२००३); फोनिक्स, अरिजोना (२००४); डालस, टेक्सास (२००५); न्यू योर्क- न्यू जर्सी (२००६); लसएन्जेलस, क्यालिफोर्निया (२००७); बाल्टिमोर, मेरिल्यान्ड (२००८); बोस्टोन, मासाचुसेट्स (२०१०) र डिसी-मेरिल्यान्ड (२०११) मा सम्पन्न भईसकेकोछ।

सुन्नेलाई सुनको माला, पढ्नेलाई फूलको माला अर्को साल न्यू योर्कमा भेट होइजाला !

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on ANA activities:

-http://usnepalonline.com/ana/

-एएनएको अधिकारिक प्रेस बिज्ञप्ती: ३० औं एएनए टेक्सास सम्मेलन $. २७,२९६.७३ आर्थिक लाभ गर्न सफल !

--एएनए (ANA) ३० औं सम्मेल्नको लाइभ रिपोर्टिङ कभरेज

-ANA Official Press release on 30th ANA-Texas Convention 2012

एएनए (ANA) को ३० औं सम्मेलन यस्तो रह्यो, सम्मेलनबाट २७ हजार २९६ डलर मुनाफा !
ANA 30th Convention Video Reporting (16) (13+ Hours)
List of 30th ANA Convention Forums/Side events 2012
Opening Ceremony Photos (40)
Closing Ceremony & Mega Cultural Nite photos (30)
ANA Cultural Nite Photos (7)
Supernova Talent Show photos (19)
Women Forum photos (15)
NRN Forum photos (5)
Investment in Nepal Forum photos (5)
Nepal Development Forum photos (6)
Entrepreneurship Forum Photo (1)
Sports Forum photos (4)
Tourism Forum photos (8)
Swami Haridas Discourse photos (2)
International Nepali Poetry Festival 2012 photos (16)
Nepali Literature Seminar photos (9)
ANA Poetry Competition photos (24)
Quize Contest photos (9)
Exhibition, Stalls photos (10)
All Pages
Page 1 of 20


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.