Inside

All Time Top 50 News

एनएनए (ANA) को ३० औं महासम्मेलन (जुन २९-जुलाई १) लाई राष्ट्रपति ओबामाद्वारा शुभ-कामना PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 27 June 2012 04:53

३ दर्जन भन्दाबेशी कार्यक्रमको पसारो र नेपालीको ओईरो लाग्दो !
: Exclusive:
Photos: 21: डालस, टेक्सास- अमेरिकि राज्य टेक्सासको डालस शहरमा जुन २९ देखि जुलाई १ तारिखबिच हुन लागेको "एसोसियसन अफ नेपालीज इन अमेरिकाज" (ANA) को ३० औं सम्मेलनको पूर्व सन्ध्यामा उक्त कार्यक्रममा भाग लिने र लिन नभ्याउने अमेरिकि नेपालीहरुबिच चर्चाको शिखरमा पुगेको छ भने अमेरिकि राष्ट्रपति बाराक ओबामाले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना पठाई सकेको एएनए महासचिब बिजय थापाले युएस नेपाल अनलाइनलाई जानकारी गराएकाछन्।


झन्डै ४ हजार २ सय सदस्य रहेको एएनए (ANA) को उक्त महासम्मेलनमा ३ दर्जन अर्थात ३६ भन्दाबेशी साइड इभेन्टहरु हुन लागेको छ। (तल हेर्नुहोस् पुरा लिस्ट)

उद्घाटन समारोह (Opening Ceremony) मा के के हुँदैछ? को कसले सम्बोधन गर्दैछन्?

एएनए ३० औं सम्मेलनको उद्घाटन समारोह जुन ३० तारिख शनिबार अपरान्ह ३ बजे शुरु हुने जनाइएकोछ।

उक्त उद्घाटन समारोहमा नेपाली संस्क्रिती झल्कने बिभिन्न साँस्कृतिक झाँकी र लोक न्रित्यहरु प्रस्तुत गरिनुकासाथै आयोजक र बिशिस्ट अतिथीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। समारोहमा गैर आवासिय नेपाली संघ (NRNA) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थिती पक्का भएको आयोजकहरुले जानकारी गराएकाछन्।

उक्त समारोहमा अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्मा, एनआरएन अमेरिका (NRN USA) प्रेसिडेन्ट प्रल्हाद केसी, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष तथा एनआरएन अमेरिका महासचिब शिवकुमार राई, इम्पावोर दलित वूमन अफ नेपाल (EDWON) कि संस्थापक बिष्णुमाया परियार, एनआरएन आइसिसीका निबर्तमान महासचिब रतन झा, एनआरएन आइसिसीका नर्थ अमेरिका क्षेत्रीय संयोजक तथा एन्मा (ANMA) का पूर्व अध्यक्ष मुकेश सिंहलगायतका सामाजिक अगुवाहरु सहभागि हुने बताइएकोछ।

उद्घाटन समारोहमा मतब्य ब्यक्त गर्ने अतिथी बक्ताहरुमा राजदूत डा. शंकरप्रशाद शर्मा, डा. उपेन्द्र महतो, प्रह्लाद केसी, शिवकुमार राई, बिष्णुमाया परियार, मुकेश सिंह र डा. सुदिप श्रेष्ठ रहेको जानकारी प्राप्त भएको छ।

आयोजकहरुकातर्फबाट स्वागत मन्तब्य एएनए महासचिब बिजय थापाले गर्नेछन् भने एएनए अध्यक्ष छेवाङ शेर्पालामाले सभापतित्व ग्रहण गर्नेछन्।

डालस कन्भेन्सनकोतर्फबाट संयोजक पासाङ् लामा या उपसंयोजकद्वय धिरेन गुरुङ र महेन्द्र पौडेल मध्ये एकले स्वागत मन्तब्य दिनेछन्।

उद्घाटन सत्र मै एएनए लाइफ टाइम हिरो (१ वटा), एएनए हिरो २०१२ (२ वटा) र एएनए प्रेसिडेन्सियल अवार्ड (३ वटा) प्रदान गर्ने कार्यक्रम रहेको छ।

आयोजकहरु

एएनएका अन्तरिम प्रेसिडेन्ट छेवाङ शेर्पालामा हुन् भने महासचिब बिजय थापा हुन्। ३० औं टेक्सास सम्मेलन संयोजक पासाङ् लामा हुन्। त्यसैगरी, सह-संयोजकमा धिरेन गुरुङ र महेन्द्र पौडेल छन्।

ANA 30th Convention Team: L to R: ANA interim president Tsewang Sherpalama, General Secretary Bijay Thapa, ANA Texas Convention Chief Coordinator Pasang Lama, Co-Chairs Dhiren Gurung & Mahendra Poudyal. Photos courtesy: ANATexas.org


बिभिन्न साइड इभेन्ट अर्डिनेटरहरुमा सगुन श्रेष्ठ, शार्दुला जोशी, राम गमल, अनिल मानन्धर, राम भण्डारी, भबिका जोशी, जीवन सिग्देल, राधाकृष्ण काफ्ले, कल्पना रिमाल, बन्दना हमाल, रिचा शर्मा, नबिना बस्नेत, बचन तिवारी, खर भण्डारी, प्रशान्त पौडेल र अर्जून केसी छन्।

L to R: Convention Co-Coordinator Sagun Shrestha; Culture Programs Coordinator Shardula Joshi; Opening Ceremony & Security Coordinator Ram Gamal ; Opening Ceremony Co-Coordinator Anil Manandhar;  Sports Coordinator Ram Bhandari; Spelling Bee Coordinator Bhabika Joshi; ANA Forum Coordinator Jiwan Sigdel; ANA Literary Programs Coordinator Radha Krishna Kafle. Photos courtesy: ANATexas.org

L to R: ANA Stalls Coordinator Kalpana Rimal; Finance Coordinator Bandana Hamal; ANA Marketing Chair Richa Sharma; ANA Fashion Extravaganza Chair Nabina Basnet; ANA Mega Rock Night Coordinator Bachan Tiwari; Bhutanese Cultural Night Coordinator Khara Bhandari; ANA DJ Coordinator Prashant Poudyal; Fine Art & Photography Coordinator Arjoon KC. Photos courtesy: ANATexas.org


एएनए फोरम (ANA Forum)अन्तर्गत तय गरिएका साइड इभेन्टहरु

टेक्सासको डलास शहरस्थित हिल्टन होटेल कन्भेन्सन सेन्टरमा 'एउटा सपना, एउटा समुदाय र एउटा समारोह' (One Dream, One Community, One Event) मुल मन्त्र राखेर जुन २९ - जुलाई १ बिच आयोजना हुन लागेको एएनए ३० औं सम्मेलनमा एएनए फोरम (ANA Forum) अन्तर्गत तय गरिएका साइड इभेन्टहरु:

1. एनआरएन फोरुम (संयोजक: गिरिजा गौतम)

2. इन्भेस्ट्मेन्ट इन नेपाल फोरुम (संयोजक: रतन झा)

Speakers/Panelists:
Prahlad K.C.
Mukesh Singh
Pasang Lama
Anjan Shrestha
Dr. Sudeep Shrestha
Chair-Person: Dr. Upendra Mahato
Guest Speaker: Dr. Shankar Prasad Sharma

3. नेपाल डेभलप्मेन्ट फोरुम (संयोजक: जीवन सिग्देल, रामहरि पाण्डे)

Speakers/Panelists
“Global Climate Change Issues: Challenges and Opportunities for Nepal” by Dr. Bibhakar Shakya
“Household energy use patterns and environmental issues in Nepal: Challenges and Opportunities” by Dr. Sunil Malla
“Impressions and Reactions during my trip to Nepal”by Dr. Bob Hopkins
“ANA-Rural Nepal Development Program”by Dr. Sudeep Shrestha
"Development & Social Change" Bishnu Maya Pariyar, founder, Empower Dalit Women of nepal (EDWON), MA, USA

4. इम्पावोरिङ्ग वूमन फोरुम (संयोजक: बिष्णुमाया परियार)

Speakers/Panelists
Bishnu Thapa
Prudence KC
Bishnu Gurung “Ekata”
Bandana Hamal
Kalpana Rimal
Richa Sharma
Guest Speaker: H.E. Ambassador Dr. Shankar Prasad Sharma

5. टुरिजम फोरुम (संयोजक: प्रमेश श्रेष्ठ)

Speakers/Panelists
Dr. Shankar Sharma
Gary Guller
Andy Cockrum
Khenchen Tsewang Gyatso Rinpoche
Rhonda Graham

6. इन्टर्प्रेनेउर्सिप फोरुम (संयोजक: बिएन पन्त)
7. आइ टि फोरुम (संयोजक:)
8. नर्सिङ फोरुम (संयोजक: मन्जु संग्रौला)
9. इमिग्रेसन फोरुम (संयोजक: गिरिजा गौतम)
10. एएनए फेडेरल काउन्सिल जेन्रल एसेम्बली (संयोजक: सिमोन ढुङ्गाना)
11. एएनए टाउन हल मिटिङ (संयोजक: पासाङ् लामा)
12. स्पोर्टस फोरुम (संयोजक: सिता पाण्डे)

13. रियल स्टेट एन्ड ल फोरुम (संयोजक: सुरज पौडेल)

Speakers/Panelists
Suraj Poudyal
Lynn Andris
Rakesh I. Patel

14. लाइफ एन्ड फिलोसोफी फोरुम (संयोजक: शैलेश पोख्रेल)
15. ब्लाइन्ड एन्ड भिजन फोरुम (संयोजक: बुना दाहाल)
16. स्वामी श्री हरिदास डिस्कोर्स एन्ड भजन (संयोजक: इन्दिरा जोशी)
17. बियोन्ड दि हेड्लाइन फोरुम (संयोजक: सन्तोष भट्टराई)

18. चिल्ड्रेन फोरुम (संयोजक: भबिका जोशी)

Speakers/Panelists
Bhabika Joshi
Kazal Lamichhane
Ashra Acharya

ANA महासम्मेलनका अन्य साइड इभेन्टहरु निम्नानुसार छन्-

19. ग्रान्ड ओपेनिङ सेरेमोनी एन्ड एएनए फोरुम (संयोजक: राम गमल)
20. नेपाली साहित्य फोरुम (संयोजक: डा. गोबिन्दसिंह राउत, बाशु शर्मा)
21. स्पेलिङ बि- लिटल बि (संयोजक: भबिका जोशी)
22. कुइज कन्टेस्ट (संयोजक: बिनय अर्याल)
23. रक्तदान कार्यक्रम (संयोजक: देबी आचार्य, जीवन जोशी, डा. नन्द रेग्मी)
24. फेसन एक्स्ट्राभागान्जा (संयोजक: सरद बि सिंह)
25. साँस्कृतिक साँझ (संयोजक: सार्दुला जोशी)
26. फाइन आर्ट्स एन्ड फोटोग्राफी प्रदर्शनी (संयोजक: संयोजक: अर्जुन केसी)
27. स्यान्ड मन्डला (संयोजक: पिसिडी डालस)
28. किड्स स्पोर्टस (संयोजक: पुष्पा गुरुङ, सुनिल मल्ल)
29. पूल टुर्नामेन्ट (संयोजक: निमा शेर्पा)
30. टेबल टेनिस (संयोजक: सन्दिप गुरुङ)
31. टेनिस क्लिनिक (संयोजक: सुजय लामा)
32. फ्री जुम्बा क्लास (संयोजक: शार्दुला जोशी)
33. सिङ्गल रेडी टु मिङ्गल (संयोजक: रिचा, बन्दना, शार्दुला, जिज्ञाशा)
सुपर नोभा 34. ट्यालेन्ट शो (संयोजक: बिनिता श्रेष्ठ)
35. मेगा रक नाइट (संयोजक: बचन तिवारी)

36. चलचित्र (संयोजक: अनोज केसी, भुवन आचार्य, अन्डर ग्राउन्ड टाकिज, आईच प्रोडक्सन, प्लेनत थ्री फिल्म्स, ड्रिम 27 प्रोडक्सन्स)

Chapali Height
Apabad
Khagras
Tulashi

37. पाण्डे सेवा समाज पुनर्मिलन (संयोजक: रामहरि पाण्डे)
38. सेन्ट मेरिज पुनर्मिलन (संयोजक: सिम्रिक न्यौपाने)
39. भि.एस. निकेतन पुनर्मिलन (संयोजक: रामहरि पाण्डे)
40. आनन्दकुटी बिद्यापिठ पुनर्मिलन (संयोजक: पासाङ् लामा)
41. जनकपुर ग्रेयाजुएर ट्स पुनर्मिलन (संयोजक: डा. बिनोद शाह)
42. सिद्धार्थ बनस्थली पुनर्मिलन (संयोजक: राम पाण्डे)
43. सेन्ट जेभियर्स पुनर्मिलन (संयोजक: शैलेश पोख्रेल)
44. भानुभक्त मेमोरियल हाई स्कूल पुनर्मिलन (संयोजक: धिरेन गुरुङ)
45. बुढा निल्कन्ठ स्कूल पुनर्मिलन (संयोजक: लक्ष्मी यु पाण्डे)
46. बक्स अफिस (संयोजक: पासाङ् लामा)
47. रजिस्ट्रेसन (संयोजक: महेन्द्र पौडेल)
48. फिजिकल साइन्सेस सिम्पोजियम (संयोजक: बिनय अर्याल)
49. आइटि सोलुसन्स, स्टाफिङ विथ सक्सेस क्यारियर्स इन आइटि (संयोजक: जीवन सिग्देल)
50. मार्केटिङ (संयोजक: रिचा शर्मा)
51. प्रेस कन्फेरेन्स (संयोजक: पासाङ् लामा)
52. डिजे नाइट (संयोजक: मस्त पि)
53. ग्रान्ड फिनाले मेगा कन्सर्ट एन्ड क्लोजिङ सेरेमोनी (संयोजक: श्रादुला जोशी, बिपिन थकाली, सरोज खनाल)

खेलकूद प्रतियोगिता

खेलकूदतर्फ फुट्बल, क्रिकेट, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, टेनिस, बास्केट बल, गल्फ र पूल टुर्नामेन्ट प्रतियोगिताको आयोजना गरिएको छ।

ANA Sports Tournament

खेल्कूद प्रतियोगिता अन्तर्गत बिभिन्न ९ वटा खेलहरु आयोजना गरिदैछ। जसअनुसार फुट्बल, क्रिकेट, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, टेनिस, बास्केट बल, गल्फ र पूल टुर्नामेन्ट समाबेश गरिएको छ।

यो बर्ष फूटबल तथा बास्केट बलका बिजेतालाई ३ हजार डलर नगद पुरस्कार तथा एएनए बडी रनिंग शिल्ड प्रदान गरिने छ । यसै बर्षदेखि लागु हुने गरि तीन बर्षसम्म लगातार बिजयी फूटबल समुहलाई १० हजार ७७७ डलर र बास्केट बल समुहलाई ५ हजार ५५५ डलर नगद पुरस्कार तथा एएनए बडी रनिंग शिल्ड प्रदान गरिने घोषणा गरिएको छ ।

एएनएका अन्तरिम प्रेसिडेन्ट छेवाङ शेर्पालामाकाअनुसार खेलकूदको पुरस्कार प्रायोजन र ब्याबस्थापनाकालागि ३५ हजार डलर सङ्कलन भईसकेको छ।

ANA Supernova Talent Show

हरेक बर्षको आकर्शण एएनए सुपरनोभा ट्यालेन्ट शो यो बर्ष पनि आयोजना गरिएको छ। अमेरिका भरीका संगित, अभिनय, न्रित्य, प्रहसन र अन्य कला क्षेत्रमा दखल भएका प्रतिभाहरुबिच हुने प्रतिस्पर्धा सबैभन्दा चासोको बिषय बन्ने आयोजकहरुको विश्वाश छ।

पहिलो पुरस्कार बिजेतालाई नेपाल आउने-जाने राउन्डट्रिप हवाई टिकटको ब्यबस्था गरिएको छ भने दोश्रो पुरस्कार IPad-3 र तेश्रो पुरस्कार PS3 Console को ब्यबस्था गरिएको छ।


5th ANA Fashion Extravaganza

फेसनका पारखीहरुका निम्ती ५ औं एएनए फेसन शो (ANA Fashion Extravaganza) को आयोजना गरिएकोछ।  "An exhilarating Quest of Style and Virtue" मुलमन्त्र रहेको यो शोमा पहिरन कला र ग्ल्यामरमार्फत नेपाली मोडेलहरुले आ-आफ्नो प्रतिभा देखाउने छन्।

अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब

नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको आयोजनामा हुने उक्त कविता महोत्सबमा विश्वभरका नेपाली कविहरुका कविता मध्येबाट प्रथम हुनेलाई एक हजार यूएस डलर नगद र प्रमाण पत्र रहेको "हेम सरिता पाठक भानुभक्त काब्य पुरस्कार", दोश्रो हुनेलाई तिन सय यूयस डलर नगद र प्रमाण पत्र रहेको "शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार" र तेस्रो हुनेलाई दुइ सय यूएस डलर नगद र प्रमाण पत्र रहेको "बसुन्न्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार' प्रदान गरिनेछ।

1st ANA Fine Art and Photography Exhibition

यो सम्मेलनमा पहिलो चोटि फोटोग्राफी सम्बन्धी प्रदर्शनी र प्रतियोगिताको आयोजना गरिदैछ। पुरस्कारहरुमा अनलाइन सामाजिक सन्जाल 'फेसबुक'मा लाइक (like) गरिएको आधारमा "Viewer’s Choice Award" प्रदान गरिनेछ भने "Jurors Choice Award" अन्तर्गत ८ जना जुरर्सले चुनेका २० वटा फोटोहरुलाई पुरस्क्रित गरिनेछ। त्यसैगरी, "Honorary Award" अन्तर्गत थप २० वटा फोटोहरु इभेन्ट संयोजक र जुरर्सले चुन्नेछन्।

1st ANA Spelling Bee Contest

यो बर्ष बाल बालिकाहरुको प्रतिभा प्रस्फुटनको मापन गर्ने धेयअनुरुप पहिलो पटक स्पेलिङ बि प्रतियोगिताको आयोजना गरिएको छ। जसअनुसार 'लिटल बि' अन्तर्गत ग्रेड १ देखि ४ सम्मको र 'बिग बि' अन्तरगत ग्रेड ५ देखि ८ सम्मका बालबालिकाबिच प्रतिस्पर्धा हुनेछ।

1st ANA Quiz Contest

यो बर्ष पहिलो पटक आयोजना गर्न लागिएको अर्को प्रतियोगिता हो- एएनए कुइज् प्रतियोगिता (ANA Quiz Contest)। १३ देखि १९ उमेरबिचका किशोर किशोरीहरुले भाग लिन सकिने यो प्रतियोगितामा १० समूहमा ५० जना बालबालिकाहरुले आफ्नो नाम दर्ता गराइ सकेकाछन्।

ति १० समूहहरुमा अन्नपूर्ण, त्रिबेणी, त्रिशुली, कर्णाली, गण्डकी, नारायणी, लोह्त्से, बागमती, राप्ती र धौलागिरी छन्। पहिलो पुरस्कार बिजेता टिमका ५ जना प्रत्येकले एक एक वटा ल्यापटप पाउनेछन् भने दोश्रो र तेश्रो हुने समूहले ट्रफी र अन्य पुरस्कार पाउने जनाइएको छ।

1st ANA School Reunion

पहिलो पटक स्कूल पुनर्मिलन कार्यक्रमको आयोजना गर्न लागिएकोछ जसानुसार आ-आफ्नो बिद्यालयका पुराना क्लासमेट र अन्य सिनियर र जुनइयर क्लासका बिद्यालार्थीहरुबिच भेटघाट र छलफल हुनेछ।

ANA Zumba Classes

जुन ३० र जुलाई १ तारिख बिहान ९ देखि १० बजेबिच हुने जुम्बा क्लासमा नेपाली, हिन्दी, ल्याटिनो र अमेरिकि पप संगितमा न्रित्यको माध्यमबाट ब्यायाम सिकाइनेछ।



ANA Mega Rock Night

एएनए ३० औं सम्मेलनको उद्घाटन समारोहकै दिन जुन २९ तारिख शुक्रबार "मेगा रक नाइट" को बिशेष सांगितिक साँझको आयोजना गरिएकोछ। उक्त साँझमा एकल ब्यान्डहरुको प्रस्तुतीकासाथै बिभिन्न कलाकारहरुको कला प्रस्तुती रहनेछ।



एएनए साँस्कृतिक साँझ

हरेक बर्ष एएनए सम्मेलनको प्रमुख आकर्शण मध्ये साँस्कृतिक साँझ एक हो। यसपाली उक्त बिबिध साँस्कृतिक कार्यक्रम जुन ३० तारिख बेलुकी आयोजना गरिदैछ।

यसका अलावा जुन २९ तारिखदेखि जुलाई १ तारिखबिच हरेक साँझ डिजे मस्ता पिको तजबिजमा संगितको रमाइलो रमझमको आयोजना गरिनेछ।

एएनएको यस अघी सम्पन्न सम्मेलनहरु

एएनएको यस अघी सम्पन्न सम्मेलनहरुमा क्रमश: कोर्निङ, न्यू योर्क (१९८३); लान्कास्टर, पेन्सल्भानिया (१९८४); वासिङ्टन डिसी (१९८५); बाउलिन ग्रिन, ओहायो (१९८६); टोरोन्टो, क्यानाडा (१९८७); लङ आइल्यान्ड, न्यू योर्क (१९८८); बोस्टोन, मासाचुसेट्स (१९८९); ओर्लान्डो फ्लोरिडा (१९९०); फेयरमोन्ट, वेष्ट भर्जिनिया (१९९१); रोचेस्टर, न्यू योर्क (१९९२); क्लेयरमोन्ट, क्यालिफोर्निया (१९९३); अर्लिङ्टन, भर्जिनिया (१९९४); डेन्भर, कोलोराडो (१९९५); न्यू योर्क- न्यू जर्सी (१९९६); बोस्टन, मासाचुसेट्स (१९९७); ग्रिन्सबोरो, नर्थ क्यारोलिना (१९९८); हार्टफोर्ट, कनेक्टिकट (१९९९); एट्लान्टा, जर्जिया (२०००); भ्यालिफोर्ज, पेन्सल्भानिया (२००१); च्यान्टिली, भर्जिनिया (२००२); डेन्भर, कोलोराडो (२००३); फोनिक्स, अरिजोना (२००४); डालस, टेक्सास (२००५); न्यू योर्क- न्यू जर्सी (२००६); लसएन्जेलस, क्यालिफोर्निया (२००७); बाल्टिमोर, मेरिल्यान्ड (२००८); बोस्टोन, मासाचुसेट्स (२०१०) र डिसी-मेरिल्यान्ड (२०११) मा सम्पन्न भईसकेकोछ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read our special reporting on ANA:

-http://usnepalonline.com/ana/

-ANA 30th Convention, Dallas, TX Schedule June 29-July 2, 2012

-एएनए (ANA) को ३० औं सम्मेलनको रौनकता कस्तो छ?    
जुन २९ - जुलाई २ बिच डालस, टेक्सासमा हुने महासम्मेलनमा के के हुँदैछ?

-अन्तत: एएनए (ANA) संस्थाको दर्ता पुन: कायम भयो

-एएनए (ANA) ३० औं सम्मेलन टेक्सासको आह्वान: 'एउटा सपना, एउटा समुदाय र एउटा समारोह' : सबैकोलागि संयुक्त नयाँ शुरुवात ...!

-एएनए (ANA) बिबादको टुङ्गो यसरी लाग्यो

-एएनए डिसी सम्मेलन १० हजार २८१ डलर नाफामा

एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
ANA Grand ceremony 2011 photos (25)
ANA Talent Show 2011 photos (14)
Investment for Nepal forum photos (12)
First International Nepali Women Literature Conference photos (24)
Giving back to Nepal forum photos (8)
ANA Fashion Show 2011 photo (12)
Indigenous-FIPNA forum photos (8)
NRN USA forum photos (4)
CAn USA forum photos (3)
ANA Media Chat & Track forum photos (8)
Other photos (4)
All Pages

More reading at: http://usnepalonline.com/ana/

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.