Inside

All Time Top 50 News

न्यू योर्कमा हुने ३१ औं सम्मेलनमा ८ हजारभन्दा बेशी सहभागि हुने, बिशिस्ट अतिथीहरु को को आउँदैछन्? के के हुँदैछ? PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 02 July 2013 01:42

७०० खेलाडीहरुका बिभिन्न खेलका २७ टिम प्रतिस्पर्धा गर्दै, ६०० होटेल रुम पुरा बुक
Updated: Exclusive: 72 photos:
न्यू योर्क- यही जुलाई ४, ५ र ६ तारिखबिच न्यू योर्कको वेष्ट चेस्टर हिल्टन होटेलमा हुन लागेको ३१ औं एएनए सम्मेलनमा भाग लिन ८ हजारभन्दा बेशी सहभागि हुने आयोजकहरुले दावी गरेकाछन्। उक्त सम्मेलनमा नेपाली राजनीतिक दलका नेता, एनआरएन, ब्याबसायी, सामाजिक अगुवा, पर्बतारोही र कलाकारहरुको लर्को लाग्ने भएको छ।

 

Association of Nepalis in Americas (ANA)'s 31st Convention will be held at Hilton Hotel, Rye Brook, Westchester, New York between July 4, 5 and 6, 2013. Animation: USNepalOnline

अतिथीहरुको लर्को

अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्मा प्रमुख अतिथीकोरुपमा र नेपालकालागि अमेरिकि राजदूत पिटर बोडे बिशेष अतिथीकोरुपमा उपस्थित हुने छन्।

उता एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामाले युएस नेपाल अनलाइनलाई जानकारी गराएअनुसार ३१ औं एएनए सम्मेलनमा स्वास्थोचारकालागि अमेरिका आएका नेपाली काँग्रेसका सभापति सुशिल कोईराला बिशेष अतिथीकोरुपमा उपस्थित हुने छन्।

सम्मेलनमा नेपाली अबैतनिक महाबाणिज्यदूत प्रेमराज महत (बाल्टिमोर) र ॠषि ढकाल (लस एन्जेलस) पनि सहभागि हुने छन्।

नेपालबाट एएनए सम्मेलनमा भाग लिन नेपाल उध्योग बणिज्य महासंघ (FNCCI) का अध्यक्ष सुरज बैध्य, पूर्व अध्यक्ष कुशकुमार जोशीसहित ९ जनाको प्रतिनिधी मन्डल आउँदैछ।

नेपालबाटै पूर्व सभासद तथा वकिल सपना प्रधान मल्ल, नेपाल बास्केट्बल एशोसियसनका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपमहासचिब टेन्डी शेर्पा, एनएनए ग्रामीण बिकास निर्देशक डा. सुदीप श्रेष्ठ र बरिस्ठ साहित्यकार तुलसी दिवस पनि सहभागी हुनेछन्।

एनआरएन अगुवाहरुको जम्काभेट

उता गैर आवाअसीय नेपाली संघ (एनआरएन) अन्तरराष्ट्रिय समितिका निबर्तमान अध्यक्ष एबं प्रमुख संरक्षक देबमान हिराचनले एएनए सम्मेलनमा भाग लिन आउँदै गरेको युएस नेपाल अनलाइनलाई जानकारी गराएकाछन् भने एनआरएन आईसिसी महासचिब तथा अन्तरराश्ट्रिय अध्यक्ष पदका उमेद्वार तेन्जी शेर्पा र अस्ट्रेलियाका धनाड्य नेपाली ब्याबसायी एबं एनआरएन अन्तरराश्ट्रिय अध्यक्ष पदका अर्का उम्मेद्वार शेश घले पनि एएनए सम्मेलनमा उपस्थित हुने एएनए अन्तरिम अध्यक्ष शेर्पालामाले जानकारी गराए।

अन्य आमन्त्रित र सहभागि हुने निधो भएका अतिथीहरुमा एनआरएन आईसिसी महिला बिभाग उपसंयोजक राधा बस्नेत (क्यानाडा), एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष एबं एनआरएन अमेरिका बरिस्ठ उपाध्यक्ष शिवकुमार राई, एनआरएन उत्तर अमेरिका क्षेत्रिय संयोजक मुकेश सिंह (युएसए) उपसंयोजक राम खरेल, आइ सिसी सदस्य भुवन गुरुङ (बोस्टन), इम्पावर दलित वुमन अफ नेपाल संस्थापक डा. बिष्णुमाया परियार (बोस्टन), अधिकार कार्यकारी निर्देशक लुना रन्जित (न्यू योर्क), अमेरिका नेपाल महिला संघ ग्रेटर वासिङ्टन (ANWA) अध्यक्ष बिष्णुकुमारी थापा, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अध्यक्ष गीता खत्री (न्यू योर्क), एन्मा-नासिया जोइन्ट कन्भन्सन संयिजक डा. रामचन्द्र बराल (जर्जिया), नेपाल आदिबासी जनजाति महिला महासंघ अमेरिका अध्यक्ष संगिनी राना मगर (न्यू योर्क) सहभागी हुनेछन्।

साँस्कृतिक प्रस्तुती: चर्चित हाँस्य जोडी "मह" र अन्य कलाकारहरु

उता नेपालबाट आएका चर्चित हाँस्य जोडी "मह" उर्फ मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य, बरिस्ठ गायिका मीरा राणाको बिशेष प्रस्तुती रहने छ। आयोजककाअनुसार प्रसिद्ध हाँस्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले जुलाई ५ र ६ तारिख बेलुकी बिशेष हाँस्य प्रस्तुती गर्ने भएकाछन्।

न्यू योर्कमा रहेका संयुक्त नेपाली कलाकार संघ (United Nepalese Artists association USA, Inc.) का कलाकारहरुले जुलाई ६ तारिखको ग्रान्ड फिनाली साँस्कृतिक साँझमा बिशेष साँस्कृतिक कोशेली पश्किन लागेको संघका महासचिब गायक तिलक श्रेष्ठले जानकारी गराएकाछन्। गायनतर्फ सपना श्री, यम बराल, जगदीश समाल मगर, सिर्जना लामा, तिलक श्रेष्ठ, संजोक लामा, अभय ढुंगेल, राजेन्द्र राई, राजेश थापा मगर र बिमल डाँगीलगायतले सामूहिक र एकल गायन प्रस्तुत गर्नेछन् । गीतकालागि लाइभ संगित संगितकारहरु राज कपुर, बिमल बुढाथोकी, राजेन्द्र कर्ण र शिशिर श्रेष्ठले प्रस्तुत गर्नेछन्। न्रित्यतर्फ गौरी मल्ल, लक्ष्मी श्रेष्ठ, रमेश उप्रेती र एलिशन लामाको प्रस्तुती रहनेछ। बसन्त डान्स सेन्टरका बिजयमान नकर्मीको कोरियोग्राफीमा मोहक न्रित्य पस्किईने छ।

एएनए सम्मेलनमा ४ वटा गिनिज वर्ल्ड रेकर्ड राखेका रोहित तिमिल्सिना र कृष्ण पाण्डेयले अर्को विश्व कृतिमान रच्ने

चार पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाई सकेका रोहित तिमिल्सिनाले ३१ औं एएनए सम्मेलनमा ५ औं पटक विश्व कृतिमान कायम गर्ने भएका छन् । उनले एक मिनेटभित्र १५० जनालाई हातमा हात दिदै 'बुद्ध जन्मेको ठाउँ लुम्बिनी नेपालको भ्रमण गरौ' भन्दै विश्व कृतिमान राख्ने जानकारी दिएका छन् भने नेपाल बुटवल घर भै हाल क्यान्ज़स शहरमा कार्यरत युवा कृष्ण पाण्डेयले बिपरित हिज्जे (Most Words Spelt Backwards in Once Minute) मा 'गिनिज वर्ल्ड रेकर्ड्स' तोड्ने प्रयास गर्ने भएका छन् ।

Four times Guinness World Record Holder Rohit Timilsina will try to set new world record beating 150 hands in one minute and Krishna Pandeya will try to set Most Words Spelt Backwards in Once Minute world record. Photos courtesy: Rohit and Krishna

तिमिल्सिनाले यस अगाडी पहिलो विश्व कृतिमान २००८ मा टेनिस बल (गोलि) २१ वटा एक हातमा राखी १४:३२ सेकन्ड राखेका थिए । दोश्रो, बिश्व एड्स दिवसको अबसरमा ११६ जनालाई १ मिनेटमा चुम्बन गरि किर्तिमान कायम गरेका थिए । तेश्रो, न्यू योर्कको टाइम्स स्क्वायरमा सबैभन्दा लामो हस्त मिलाप (ह्यान्ड सेक) ३३ घण्टा, ३ मिनेट थियो । (हेर्नुहोस्), चौथो, न्यू योर्क शहरको ब्रूक्लिन ब्रिजमा १ सय ७३ फिट ३ इन्च दूरीको जुका हिडाई (Furthest Worm Move) कायम गरी गिनिस विश्व रेकर्ड बिश्व कृतिमान कायम गरेका थिए । (हेर्नुहोस्) यस अघी, सबैभन्दा छिटो उल्टो हिज्जे उच्चारण (Fastest reverse speller) कालागि कृष्ण पाण्डेयले गिनिस विश्व रेकर्ड कृतिमान कायम गर्ने घोषणा गरिसकेकाछन्। (हेर्नुहोस्)

३३ सगरमाथा आरोहीहरुको उपस्थिती र सम्मान

उक्त सम्मेलनमा ३३ जना सगरमाथा आरोहीहरुको बिशेष उपस्तिथी हुने एएनए अन्तरिम अध्यक्ष शेर्पालामाले जानकारी गराए।

उनकाअनुसार २१ पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कृतिमान कायम गरेका अप्पा शेर्पा र सबैभन्दा छोटो समय १० घण्टा ५६ मिनेटमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड तोड्ने लाक्पा गेलु शेर्पा पनि सो टोलीमा सहभागी हुनेछन्। ति आरोहीहरुले आरोहण सम्बन्धी बिशेष प्रदर्शनी गर्ने जनाइएको छ भने उनीहरुको बिशेष सम्मान गरिनेछ।

१२ बिभिन्न ब्यक्तिव, संस्था र नेपाली मिडियालाई सम्मान

एएनए सम्मेलनको अवसरमा समाजसेवामा उल्लेखनीय कार्य गर्ने १२ बिभिन्न ब्यक्तिव, संस्था र नेपाली मिडियालाई सम्मान बिभिन्न विधामा पुरस्कार प्रदान गर्ने एएनएले निर्णय गरेको छ।

ANA Hero 2013: Rajeev Goyal and Buna Dahal and Dendi Sherpa. Photos courtesy: NYU.edu, Buna Dahal's facebook profile & eEyecam.com

एएनए हिरो (ANA Hero 2013) पुरस्कारद्वारा सामाजिक समाजसेवी अधिवक्ता राजिव गोयल, बुना दाहाल र डेन्डी शेर्पालाई पुरस्कृत गरिनेछ।

त्यसैगरी, विश्व कृतिमानी रोहित तिमील्सिना, रवि लामिछाने, क्यानाडाका समाजसेवी किरण ढुंगाना र 'अधिकार' संस्थालाई एएनए सराहना पुरस्कारद्वारा पुरस्कृत गरिनेछ।

L to R: Rohit Timilsina, Rabi Lamichhane, Kiran Dhungana and Adhikaar. Photos courtesy: USNepalOnline.com, Rabi Lamichhane, Kiran Dhungana and Adhikaar's facebook prorfile

उता ५ संचार माध्यमहरु ५ संचार माध्यमहरु क्रमस: बोस्टननेपाल डटकम (बोस्टन), युएसनेपाल अनलाइन डटकम (न्यु जर्सी/न्यू योर्क), ईनेपालिज़ डटकम (भर्जिनिया), जनपुकार डटकम (क्यालिफोर्निया) तथा बिआरटी नेपाल डटकम (कोलोराडो) लाई ANA MEDIA PARTNER APPRECIATION पुरस्कारद्वारा पुरस्कृत गरिने छ ।

नेपालका बाढी पिढितलाई आर्थिक सहयोग जुटाउने, ३१ औं एएनए सम्मेलन प्रत्येक प्रबेश शुल्कबाट $१ डलर प्रदान गर्ने

नेपालमा भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीबाट ठुलो धन जनको क्षति भएकोमा ३१ औं एएनए सम्मेलन आयोजक समिति तथा एएनए कार्य समितिले सम्मेलनमार्फत प्रत्येक सहभागी शुल्कबाट उठेको रकमबाट $१ डलर प्रदान गर्ने निर्णय गरेको छ।

 

३१ औं सम्मेलनमा अरु के के हुँदैछ?

सम्मेलनमा मह जोडी र अन्य कलाकारहरुको बिशेष साँस्कृतिक कार्यक्रमका आलावा साँस्कृतिक झाँकी, फेसन शो, कविता-साहित्य संगोस्ठी, महिला संगोस्ठी, ट्रेड शो, चलचित्र प्रदर्शनी, रक्तदान, स्वास्थ्य, आप्रबासी, आदिबासी, एएनए-एनआरएन, सहकार्य फोरुमलगायत आयोजना हुँदैछ।

उता प्रदर्शनी स्थल क्षेत्रमा जुलाई ५ तारिख संगितकार न्हुछेनारायण डङ्गोलको समूहद्वारा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म साँगितिक प्रस्तुती गर्ने जनाइएको छ। उता हाँस्य कलाकार गोपाल नेपाल 'फिस्टेको' जुलाई ५ मा बिशेष प्रहसन रहनेछ । सोही दिन फेसन शो र लाइभ ब्यान्ड प्रस्तुत गरिने छ ।

The winners of the 31st ANA Convention Fashion Show Extravaganza 2013: Ankita Basnet, Asmita Dhakal, Biraj Shrestha, Dibesh Bhandari, Dipesh Bhandari, Jubi Gauchan, Kabita Manandhar, Kanchan Ghimire, Malsma Rajbhandari, Pravin Sharma, Rajiv acharya, Sabir Shrestha, Sakar Thapa, Smriti Shrestha, Sugam Shrestha & Sweta Joshi. Photo courtesy: www.ana-fashion.com


उक्त फेसन शोमा मिस्टर भोग एएनए २०१३ र मिस भोग एएनए २०१३ चुनिनेछ। त्यस प्रतिस्पर्धाकालागि ८ जना युवा र ८ जना युवति मोडेल चुनिसकिएकोछ।

जुलाई ६ तारिख प्रदर्शनी स्थल क्षेत्रमा बालबालिकाहरुकोलागि कला, स्पेलिङ बि लगायत कार्यक्रमको आयोजना गरिएको छ।



सम्मेलन स्थलमा ४० वटा बिभिन्न ब्याबसायिक स्टलहरु प्रदर्शनीमा राखिने मुख्य संयोजक समिर महर्जनले जानकारी गराएकाछन्। उनकाअनुसार झन्डै २५ वटा सशुल्क स्टल बुक भईसकेको छ।

नेपालबाट नेपाल उध्योग बणिज्य महासंघ (FNCCI) कोतर्फबाट १२ वटासम्म स्टल हुन सक्ने संयोजक महर्जनले जानकारी गराए।

७०० खेलाडीहरुका बिभिन्न खेलका २७ टिम प्रतिस्पर्धा गर्दै

एएनए सम्मेलनमा ७०० खेलाडीहरुले बिभिन्न खेलमा प्रतिस्पर्धा गर्न लागेको खेलकूद उपसंयोजक शाक्ये शेर्पाले युएस नेपाल अनलाइनलाई जानकारी गराए। उनकाअनुसार फूटबल (सकर) का १६ टिम, बास्केटबलका १३ टिम, बलिबल खेलका ८ टिम प्रतियोगितामा सहभागि हुनेछन्। उता गोल्फमा ३२ जना र टेबुल टेनिस खेलमा २७ जनाले प्रतिस्पर्धा गर्ने शेर्पाले बताए।

खेलकूदका बिजयी टिमकालागि १० हजार डलर नगद पुरस्कारको ब्याबस्था गरिएको छ। जसअनुसार सकर खेलमा प्रथम हुने टिमलाई $२,५००, दोश्रो टिमलाई $१,५००, बास्केट बल प्रथम टिमलाई $२,०००, दोश्रो टिमलाई $१,०००, बलिबलमा प्रथम टिमलाई $१,०००, दोश्रो टिमलाई $५०० र टेबुलटेनिस खेलको बिजयीलाई $२५० डलर प्रदान गरिनेछ।

सम्मेलन स्थलसम्म कसरी जाने?

एएनए सम्मेलन न्यू योर्क शहरदेखि झन्डै एक घण्टाको दूरिमा रहेको वेष्ट चेस्टरस्थित हिल्टन होटलमा आयोजना गरिदैछ।

उक्त एएनए सम्मेलन स्थलसम्म पुग्नकोलागि न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्सस्थित डिजी प्लस इङ्क, ७६ स्ट्रिट अगाडिबाट बस सेवाको ब्याबस्था गरिएको एएनए सम्मेलन मुख्य संयोजक समिर महर्जनले जानकारी गराए।

बस सेवा बिहान ८ बजेदेखि राती १२ बजे अन्तिम कार्यक्रमपछिसम्म उपलब्ध गराइनेछ। उक्त सेवाकोलागि एकतर्फी ५ डलर र राउन्ड ट्रिपकोलागि ८ डलर शुल्क लाग्ने छ।

नेपाली पोशाक लगाउनेहरुलाई भने बस यात्रा नि:शुल्क

उता परम्परागत नेपाली पोशाक लगाउनेहरुलाई भने बस यात्रा नि:शुल्क उपलब्ध गराइने एएनएले जनाएको छ।

एएनएको यस अघी सम्पन्न सम्मेलनहरु

एएनएको यस अघी सम्पन्न सम्मेलनहरुमा क्रमश: कोर्निङ, न्यू योर्क (१९८३); लान्कास्टर, पेन्सल्भानिया (१९८४); वासिङ्टन डिसी (१९८५); बाउलिन ग्रिन, ओहायो (१९८६); टोरोन्टो, क्यानाडा (१९८७); लङ आइल्यान्ड, न्यू योर्क (१९८८); बोस्टोन, मासाचुसेट्स (१९८९); ओर्लान्डो फ्लोरिडा (१९९०); फेयरमोन्ट, वेष्ट भर्जिनिया (१९९१); रोचेस्टर, न्यू योर्क (१९९२); क्लेयरमोन्ट, क्यालिफोर्निया (१९९३); अर्लिङ्टन, भर्जिनिया (१९९४); डेन्भर, कोलोराडो (१९९५); न्यू योर्क- न्यू जर्सी (१९९६); बोस्टन, मासाचुसेट्स (१९९७); ग्रिन्सबोरो, नर्थ क्यारोलिना (१९९८); हार्टफोर्ट, कनेक्टिकट (१९९९); एट्लान्टा, जर्जिया (२०००); भ्यालिफोर्ज, पेन्सल्भानिया (२००१); च्यान्टिली, भर्जिनिया (२००२); डेन्भर, कोलोराडो (२००३); फोनिक्स, अरिजोना (२००४); डालस, टेक्सास (२००५); न्यू योर्क- न्यू जर्सी (२००६); लसएन्जेलस, क्यालिफोर्निया (२००७); बाल्टिमोर, मेरिल्यान्ड (२००८); बोस्टोन, मासाचुसेट्स (२०१०), डिसी-मेरिल्यान्ड (२०११) डालस, टेक्सास (२०१२) मा सम्पन्न भईसकेकोछ।

 

एएनए अन्तरिम कार्य समिती र ३१ औं एएनए सम्मेलन तयारी समिती कस्तो छ?


Honorable Advisors

Ambassador of Republic of Nepal to the USA and Canada

ANA Board of Trustee (BOT)


L to R: Tsewang Sherpa lama, Secretary General; Laxman Pradhan (CPA), Chief Financial Officer; Dr. Sudeep Shrestha, BOT Member; Hemanta Shrestha, BOT Member. Photos courtesy: anany2013.org & fb profiles


ANA Board of Executive Officers (BEO)

L to R: Tsewang Sherpa lama, Interim President (New York); Dr. Govinda Singh Rawat (Canada), Senior Vice-President; Pasang Lama (Texas), Interim Vice-President; Bijay Thapa “Mahodaya” (Virginia), Interim Genral Secretary Bishnu Gurung 'Ekta' (California), Interim Secretary. Photos courtesy: anany2013.org & fb profiles




L to R: Bishnu Karki (MA), Interim BEO Member; Sharda Khati (Maryland), Interim BEO Member; Mina Shakya (Florida), Interim BEO Member; Nawaraj Shrestha (Colorado), BEO Member, Ram Hari Bhandary (Connecticut), BEO Member. Photos courtesy: anany2013.org


ANA 31st Convention New York 2013 Organizers

ANA 31st Convention Chief Coordinator Samir Maharjan. Photo courtesy: ANANY2013.org

L to R: Samir Maharjan- Chief Coordinator; Sonam G Sherpa- Entertainment Coordinator; Allan Maharjan- Chief Secretariat; Keshab Seadie- Financial coordinator; Binod Roka- Literature Coordinator. Photos courtesy: anany2013.org & fb profiles

L to R: Keshab Rai- Public Relations Coordinator; Anjan Shrestha- Registration coordinator; Wangla Lama- Sports coordinator; Kumar Sherchan- Soccer Coordinator; Shaky Sherpa- Basketball Coordinator. Photos courtesy: anany2013.org

L to R: Ang Tshering Sherpa- Golf Coordinator; Jangbu Sherpa- Volleyball Coordinator; Suroj Gurung- Table Tennis Coordinator; Udaya Lal Shrestha- Event Planner; Surya Thapa- Media Coordinator. Photos courtesy: anany2013.org

L to R: Tsewang Sherpa- Forums Coordinator; Bishwo Shah- Security Coordinator; Satendra Shah- Accountant; Mohan Gyawali- Interstate Community; and Public Relations; Nirmal Pradhan- Marketing Co-Coordinator. Photos courtesy: anany2013.org & fb profiles

L to R: Sunita Sharma Koirala- Marketing Co-Coordinator; Ang Chhiring Sherpa- Himalaya-Everest Summiters Coordinator; Dr. Binod Shah- Medical Coordinator; Shailesh Shrestha- Magazine Coordinator; Bijay Maharjan- Travel and Local attractions Coordinator. Photos courtesy: anany2013.org & fb profiles

L to R: Dipendra KC- ANA inventory Management; Jayadev Lama- Volunteer Coordinator; Bijay Thapa- ANA Recognition Ceremony Coordinator; Bikrant Man Shrestha- Fashion Chief Coordinator; Apala Upadhyay- Fashion Co-Chair. Photos courtesy: anany2013.org

L to R: Arjun Subedi- Fashion Co-Chair; Sarad Bikram Singh- Fashion Chief Advisor; Prashant Rajbhandari- Fashion Chief Advisor; Ram Hari Bhandary- ANA Marketing Team; Tara Niroula- Sustainable Political Transition in Nepal: Challenges, Misconceptions and Opportunities Forum. Photos courtesy: anany2013.org & fb profiles

L to R: Bandana Rai- Children's Program Co-Coordinator, Indu Lamichhane- Children's Program Co-Coordinator; Bishnu Gurung- ANA Womens Forum Coordinator; Sharda Khati- ANA Womens Forum Coordinator; Manju Sangraula- Free Health Clinic Coordinator. Photos courtesy: anany2013.org & fb profiles


L to R: Meena Shakya- Free Health Clinic Coordinator; Hemanta Shrestha- ANA Academy of Nepali Literature Forum; Darshan Rauniyar- Vision for Nepal and Mobilizing a Movement for Change Forum; Dr. Sudeep Shrestha- ANA Rural Development Coordinator; Rabi Lamichhane- The World Will Admire Nepal Forum. Photos courtesy: anany2013.org & fb profiles

L to R: Girija Gautam- Shree, Shreee Swami Aatmaa Nananda Forum; Laxman Pradhan- ANA Marketing Team; Dr. Govinda Singh Rawat- ANA Marketing Team; Pasang Lama- ANA Marketing Team; Bishnu Karki- ANA Marketing Team. Photos courtesy: anany2013.org



L to R: Nawaraj Shrestha- ANA Marketing Team; Prajjwol Gautam- IT Team Member Developer; Gita Khatri- Literature Coordinator. Photos courtesy: anany2013.org


थप जानकारीकोलागि एएनए ३१ औं सम्मेलनको आधिकारिक वेबसाइट हेर्नुहोस्: www.anany2013.org


युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गर्नेछ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

-http://usnepalonline.com/ana/

-अमेरिका आई पुगे प्रशिद्ध हाँस्य मह जोडी, ३१ औं एएनए सम्मेलन न्यू योर्कमा जुलाई ४ र ६ तारिख बिशेष प्रस्तुती गर्ने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनमा ४ वटा गिनिज वर्ल्ड रेकर्ड राखेका रोहित तिमिल्सिनाले अर्को विश्व कृतिमान रच्ने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलन फेशन शोका १६ प्रतिस्पर्थी छनौट

-न्यू योर्कबाट एएनएले नेपालका बाढी पिढितलाई आर्थिक सहयोग जुटाउने, ३१ औं एएनए सम्मेलन प्रत्येक प्रबेश शुल्कबाट $१ डलर प्रदान गर्ने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनमा १२ बिभिन्न ब्यक्तिव, संस्था र नेपाली मिडियालाई सम्मान गरिने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनमा नेपालका चर्चित हाँस्य जोडी 'मह' द्वारा प्रहसन गरिने, हेर्ने होइन त?

-विश्वको सर्बोच्च शिखर सगरमाथामा एएनए (ANA) को झन्डा फरफर्याईयो

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनको मूल नारा 'नेपालकोलागि ३१ औं एएनए सम्मेलन' किन?

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनमा कृष्ण पाण्डेयले ''गिनिज वर्ल्ड रेकर्ड्स'' तोड्ने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलन (जुलाई ४-६) को मूल समारोह समितिको गठन

-एएनए-ग्रामिण नेपाल विकास परियोजनाको शुरुवात पुर्वि नेपालबाट गरिदै

एएनए (ANA) को ३० औं सम्मेलन यस्तो रह्यो, सम्मेलनबाट २७ हजार २९६ डलर मुनाफा !
ANA 30th Convention Video Reporting (16) (13+ Hours)
List of 30th ANA Convention Forums/Side events 2012
Opening Ceremony Photos (40)
Closing Ceremony & Mega Cultural Nite photos (30)
ANA Cultural Nite Photos (7)
Supernova Talent Show photos (19)
Women Forum photos (15)
NRN Forum photos (5)
Investment in Nepal Forum photos (5)
Nepal Development Forum photos (6)
Entrepreneurship Forum Photo (1)
Sports Forum photos (4)
Tourism Forum photos (8)
Swami Haridas Discourse photos (2)
International Nepali Poetry Festival 2012 photos (16)
Nepali Literature Seminar photos (9)
ANA Poetry Competition photos (24)
Quiz Contest photos (9)
Exhibition, Stalls photos (10)
All Pages

-एएनएको अधिकारिक प्रेस बिज्ञप्ती: ३० औं एएनए टेक्सास सम्मेलन $. २७,२९६.७३ आर्थिक लाभ गर्न सफल !

-ANA Official Press release on 30th ANA-Texas Convention 2012

-एएनए (ANA) ३० औं सम्मेलन भब्यतापूर्वक सम्पन्न, अर्को सम्मेलन न्यू योर्क शहरमा हुने
अमेरिकि राष्ट्रपति बाराक ओबामाद्वारा सम्मेलनको सफलताको कामना गर्दै शुभकामना ब्यक्त
ANA Lifetime Hero Award द्वारा डा. डिना बाङ्देल र ANA Hero Award 2012 द्वारा अर्जुनप्रशाद मैनाली र वकिल माथ्यू हाड्ले सम्मानित

-एएनए (ANA) ३० औं सम्मेल्नको लाइभ रिपोर्टिङ कभरेज

-एएनए सुपरनोभा ट्यालेन्ट शो मा नेपाली बाल प्रतिभाहरुको रोचक प्रस्तुती, टेक्सास नेपाली ग्रुप प्रथम

-एनएनए (ANA) को ३० औं महासम्मेलन  (जुन २९-जुलाई १) लाई राष्ट्रपति ओबामाद्वारा शुभ-कामना
३ दर्जन भन्दाबेशी कार्यक्रमको पसारो र नेपालीको ओईरो लाग्दो !

-ANA 30th Convention, Dallas, TX Schedule June 29-July 2, 2012

-एएनए (ANA) को ३० औं सम्मेलनको रौनकता कस्तो छ?    
जुन २९ - जुलाई २ बिच डालस, टेक्सासमा हुने महासम्मेलनमा के के हुँदैछ?

-ANA: Mega Rock Night, Dallas, TX, June 29

-Nurses Forum in Dallas Texas at ANA convention, June 30

-Blood Donation at 30th ANA Convention Texas, June 30

-ANA Cultural Show, Dallas, TX, June 30

-ANA Town Hall Meeting in Hilton Anatole Hotel, Texas, July 1

-ANA Grand Finale Mega Concert & Closing Ceremony, July 1

-ANA: Single Ready to Mingle, Dallas, TX, July 1

-International Nepali Poetry Competetion 2012, Dallas, TX, June 30, deadline May 15

-ANA Fashion Extravaganza 2012; Deadline: May 20

-ANA 30th Convention Sports events, June 29- July 1, 2012

-First ANA Spelling Contest. Where are bees ?, June 29

-Invitation to the joint 8th Annual ANMA-NASeA Convention 2012, August 31- September 2

-Letter from ANA Legal Counsel about Membership/Candidates & Election

-अन्तत: एएनए (ANA) संस्थाको दर्ता पुन: कायम भयो

-एएनए (ANA) ३० औं सम्मेलन टेक्सासको आह्वान: 'एउटा सपना, एउटा समुदाय र एउटा समारोह' : सबैकोलागि संयुक्त नयाँ शुरुवात ...!

-एएनए (ANA) बिबादको टुङ्गो यसरी लाग्यो

-What is happening with ANA?

-एएनए डिसी सम्मेलन १० हजार २८१ डलर नाफामा

एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
ANA Grand ceremony 2011 photos (25)
ANA Talent Show 2011 photos (14)
Investment for Nepal forum photos (12)
First International Nepali Women Literature Conference photos (24)
Giving back to Nepal forum photos (8)
ANA Fashion Show 2011 photo (12)
Indigenous-FIPNA forum photos (8)
NRN USA forum photos (4)
CAn USA forum photos (3)
ANA Media Chat & Track forum photos (8)
Other photos (4)
All Pages

-एएनए (ANA) को २९ औं डिसी सम्मेलनको सफल मन्चन यसरी भयो, ३० औं सम्मेलन टेक्सासको डालस शहरमा हुने
एएनएका संस्थापकहरुको उपस्थिती र आशिर्बाद बिना नै हाँकिएको नौकामा अब कस्ले शयर गर्ला?

-ANA Election Notice and Announcement by ITFANA, ANA Interim Board and Election Committee

-एएनएको २९ औं सम्मेलनमा गहकिला फोरमहरुमा छलफल

-एएनए २९ औं अधिवेशनमा नेपाली राष्ट्रियता र नेपाली पहिचान झल्काउने साँस्कृतिक झाँकी प्रदर्शन

-एएनएको २९ औं डि.सी. सम्मेलनको पहिलो दिन नेपाली प्रतिभाहरुको खोजी

-एएनएको २९ औं डि.सी. सम्मेलन आजदेखि शुरु हुँदै

-न्यू योर्कमा एएनएका ४ हस्तीहरुबीच गोप्य वार्ता

-Overview of June 30th to July 1st programs at the 29th ANA Convention

-ANA ELECTION for 2011-2013 slated for JULY-AUGUST 2011

-8 ANA Past Presidents are not attending 29th ANA Convention

--Message from Newly Elected ANA officers (2011)

-ANA Affairs: Decisions of June 15, 2011 Meeting are Invalid

-ANA Joint meeting put on hold its election process

-एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

-एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण

--An open letter to ANA past presidents

-एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन

--अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित

-ANA Membership Verification Committee's report 2011

-एएनएको लेखकवन्धुहरुमा हार्दिक अनुरोध

-Appeal to Paid ANA General and Life Members

-Call for applications for inter-state talent contest during 29th ANA DC Convention May 25

-अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार

-Welcome to the 29th ANA DC Convention in Washington DC

-एएनएको २९ औं सम्मेलनको सभा स्थलस्थलको टुङ्गो लाग्यो

-२९ औं एएनए डिसी सम्मेलनमा हुने अन्तरराज्य प्रतिभा प्रतियोगिताकोलागि आबेदन आव्हान

-२९ औं एएनए सम्मेलनमा एएनएका पूर्व अध्यक्षहरुको विशेष सम्मान गरिने

-ANA 29th Convention in Washington D.C. on July 1, 2 & 3

-No Longer with current leadership of ANA

-What happened inside ANA ? Now Moving ANA Forward

-एएनए सम्मेलनको नारा तय: "समझदारी र एकता: साझा प्रतिवद्धता"

-ए.एन.ए.को २९ औं सम्मेलन वासिंगटन डिसीमा हुने

-एएनए सम्मेलनमा दुई बाल बालिकाका कृति बिमोचित

-अमेरिकाको बोस्टोन शहरमा एएनए (ANA) को २८ औं सम्मेलन शुरु, ५ हजार नेपाली ओइरिए

-बोस्टोनमा हुने एएनए भेलामा सबैभन्दा ठुलो पुरस्कार राशी कविता प्रतियोगिता, ३०० बेशी कवि सहभागी हुँदै

About ANA (Association of the Nepalis in America)

ANA is an organization of the people of Nepali origin in the Americas and international friends of Nepal. ANA was founded on July 1983 in New York and Incorporated in Washington DC in 1983 as a non-profit tax exempt organization.

Visit official website: http://anaonline.org

31st ANA New York Convention 2013: http://anany2013.org

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.