Inside

All Time Top 50 News

यस्तो रह्यो ३१ औं एएनए सम्मेलन, ३ दिनसम्म के के गतिबिधिहरु भए? PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 10 July 2013 17:33
Article Index
यस्तो रह्यो ३१ औं एएनए सम्मेलन, ३ दिनसम्म के के गतिबिधिहरु भए?
ANA Cultural Possession Photos 2013
ANA Opening Ceremony Photos 2013
ANA Business Stall Photos 2013
ANA Award Ceremony Photos 2013
ANA Heroes of the Himalaya Photos 2013
ANA Talent Show Photos 2013
ANA Fashion Extravaganza Photos 2013
ANA Women Forum (first) Photos 2013
ANA Women Forum (second) Photos 2013
ANA Sahakarya, Adhikaar, Lawyers, Business, Rural Dev. Forum Photos 2013
ANA International Poetry Festival, Bhanu Jayanti Photos 2013
ANA-FIPNA Indigenous Forum Photos 2013
ANA Grand Finale Cultural Nite Photos 2013
All Pages

Updated: Exclusive: 227 Photos, 3 videos; न्यू योर्क- झन्डै ३ हजार नेपालीहरुले भाग लिएको 'दि एसोसिएसन अफ नेपालीज इन अमेरिकाज' (एएनए) को जुलाई ४, ५ र ६ तारिखबिच न्यू योर्क राज्यको वेष्टचेस्टरस्थित हिल्टन होटेलमा सम्पन्न ३१ औं सम्मेलनमा के के गतिबिधिहरु भए? उक्त सम्मेलनबारे युएस नेपाल अनलाइनले सम्मेलन स्थलबाट तयार पारेको बिशेष रिपोर्ट पढ्नुहोस्:


Artists performing at ANA 31st Convention opening ceremony in Hilton Hotel, Westchester, New York on July 4, 2013. Photos: eEyeCam.com

Day One: पहिलो दिन: जुलाई ४, २०१३

३१ औं सम्मेलनको उद्घाटन समारोह

जुलाई ४ तारिख न्यू योर्कको वेष्टचेस्टर हिल्टन होटेलमा आयोजित ३१ औं एएनए सम्मेलनको उद्घाटन प्रमुख अतिथी नेपालकालागि अमेरिकि राजदूत पिटर बोडेले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।

American Ambassador peter Bode inaugurating the 3st ANA Convention by lighting the traditional lamp. Photos: eEyeCam.com

त्यस अघि बिभिन्न नेपाली संस्थाहरुका प्रतिनिधीहरु सम्मिलित साँस्कृतिक झाँकीले हिल्टल होटेलको प्राङ्गणलाई फन्को मारेको थियो। उद्घाटन समारोहमा बौद्ध लामा उर्गेन शेर्पा र हिन्दू पूजारी स्वामी बाल गोपालले बन्दना गर्दै सम्मेलनको सफलताको कामना गरेका थिए भने समारोहमा नेपाल र अमेरिकाको राष्ट्र गान प्रस्तुत गरिएको थियो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले ३१ औं एएनए सम्मेलनको उद्घाटन समारोहबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
ANA 31st Convention Opening Ceremony, New York, July 4, 2013 (Part-I)

उद्घाटन सत्रमा बसन्त डान्स सेन्टरका न्रित्य निर्देशक बिजयमान नकर्मीको कोरियोग्राफीमा २० जना कलाकारहरुले मनमोहक स्वागत न्रित्य गरे भने हेभेन्ली पाथ युएसएका कलाकारहरुले स्वागत गान प्रस्तुत गरेका थिए।


ANA 31st Convention Chief Coordinator Samir Maharjan and Interim President Tsewang Sherpalama. Photos: eEyeCam.com

उद्घाटन समारोहमा सम्मेलनका मुख्य संयोजक समिर महर्जनले स्वागत मन्तब्य गरेका थिए भने एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामाले एएनए संस्थाबारे प्रकाश पारेका थिए।

ANA Opening Ceremony guest speakers L to R: Nepali Congress president Sushil Koirala and NRNA ex-president Devman Hirachan, Poet Tulasi Diwas (Joshi).

ANA Opening Ceremony guest speakers L to R: FNCCI ex-president Kushkumar Joshi, NRNA General Secretary Tenzi Sherpa and Empower Women of Nepal (EDWON) founder Dr. Bishnu Maya Pariyar. Photos: eEyeCam.com

सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्ने अतिथीहरुमा प्रमुख अतिथी राजदूत पिटर बोडे, नेपाली काँग्रेसका सभापति सुशिल कोईराला, गैर आवाअसीय नेपाली संघ (एनआरएन) अन्तरराष्ट्रिय समितिका निबर्तमान अध्यक्ष एबं प्रमुख संरक्षक देबमान हिराचन, नेपाल उध्योग बणिज्य महासंघ (FNCCI) का पूर्व अध्यक्ष एबं नेपाल पूर्वधार बिकास कम्पनी लिमिटेड (NPBCL) का अध्यक्ष कुशकुमार जोशी, एनआरएन आईसिसी महासचिब तथा अन्तरराश्ट्रिय अध्यक्ष पदका उमेद्वार तेन्जी शेर्पा, इम्पावर दलित वुमन अफ नेपाल (EDWON) संस्थापक डा. बिष्णुमाया परियार र बरिस्ठ साहित्यकार तुल्सी दिवसले सम्बोधन गरेका थिए।


The guests at the ANA 31st Convention in New York on July 4, 2013. Photos: eEyeCam.com

सम्मेलनमा उपस्थित अन्य अतिथीहरुमा नेपाली अबैतनिक महाबाणिज्यदूत प्रेमराज महत (बाल्टिमोर) र ॠषि ढकाल (लस एन्जेलस), एनएनए ग्रामीण बिकास परियोजना निर्देशक डा. सुदीप श्रेष्ठ, अस्ट्रेलियाका धनाड्य नेपाली ब्याबसायी एबं एनआरएन अन्तरराश्ट्रिय अध्यक्ष पदका अर्का उम्मेद्वार शेश घले, एनआरएन आईसिसी महिला बिभाग उपसंयोजक राधा बस्नेत (क्यानाडा), एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष एबं एनआरएन अमेरिका बरिस्ठ उपाध्यक्ष शिवकुमार राई, एनआरएन उत्तर अमेरिका क्षेत्रिय उपसंयोजक राम खरेल, अधिकार कार्यकारी निर्देशक लुना रन्जित (न्यू योर्क), आइसिसी सदस्य भुवन गुरुङ (बोस्टन), अमेरिका नेपाल महिला संघ ग्रेटर वासिङ्टन (ANWA) अध्यक्ष बिष्णुकुमारी थापा, नेपाल आदिबासी जनजाति महिला महासंघ अमेरिका अध्यक्ष संगिनी राना मगर (न्यू योर्क) लगायत उपस्थित थिए। उद्घाटन समारोहको सन्चालन सोनाम जि शेर्पाले गरेका थिए।

एएनए सम्मान समारोह

'एएनए हिरो' (ANA Hero 2013) पुरस्कारद्वारा ३ ब्यक्तित्व: राजिव गोयल, बुना दाहाल र डेन्डी शेर्पा सम्मानित
९ अन्य बिभिन्न समाजसेवी ब्यक्तित्व, संस्था र मिडियाहरु सम्मानित


एएनएद्वारा समाजमा योगदान पुर्‍याएका बिभिन्न ब्यक्तित्व, संस्था र मिडियालाई एक सम्मान समारोहको आयोजना गरी सम्मानित गरिएको छ।

सम्मान समारोह समाजसेवी डा. बिष्णुमाया परियारको प्रमुख आतिथ्य र नेपाली अबैतनिक महाबाणिज्यदूत ॠषि ढकालको बिशेष आतिथ्यमा सम्पन्न गरिएको थियो। एएनए उपाध्यक्ष डा. गोबिन्दसिंह राउतले समारोहमा स्वागत मन्तब्य राखेका थिए भने महासचिब बिजय थापाले सन्चालन गरेका थिए।


ANA awards winners with Chief Guest Dr. Bishnu Maya Pariyar, ANA Interim President Tsewang Sherpalama and General Secretary Bijay Thapa. Photos: eEyeCam.com

ANA Hero 2013: Rajeev Goyal and Buna Dahal and Dendi Sherpa. Photos courtesy: NYU.edu, Buna Dahal's facebook profile & eEyecam.com

एएनए हिरो (ANA Hero 2013) पुरस्कारद्वारा समाजसेवी अधिवक्ता राजिव गोयल, आजन्म अन्धो एबं मोटिभेस्नल स्पिकर बुना दाहाल र शेर्पा संस्क्रितीका गायक एबं संगीतकार डेन्डी शेर्पालाई परम्परागत खादा र बुद्ध प्रतिमाद्वारा सम्मान गरिएको छ।


Dendi Sherpa was honored with ANA Hero- 2013 by Honorary Consular Rishi Dhakal and Buna Dahal was honored with ANA Hero- 2013 by Arjun P Mainali. Photos: eEyeCam.com

आजन्म अन्धो एबं मोटिभेस्नल स्पिकर दाहाललाई एएनए हिरो २०१२ एबं ब्लड डोनर्स अफ अमेरिका अध्यक्ष अर्जुनप्रशाद मैनालीले एएनए हिरो अवार्ड प्रदान गरेका थिए। शेर्पा संस्क्रितीका गायक एबं संगीतकार डेन्डी शेर्पालाई नेपाली अबैतनिक महाबाणिज्यदूत ॠषि ढकालले एएनए हिरो अवार्ड प्रदान गरेका थिए। समाजसेवी अधिवक्ता राजिव गोयल अनुपस्थित भएकोले सो अवार्ड डा. तारा निरौलाले ब्याबसायी लोकनाथ तिवारीबाट थापे।

एएनए सम्मेलनको अवसरमा समाजसेवामा उल्लेखनीय कार्य गर्ने ९ बिभिन्न ब्यक्तिव, संस्था र नेपाली मिडियालाई सम्मान बिभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ।

Guinness World Record holders Rabi Lamichhane and Rohit Timilsina were honored by ANA. Photos: eEyeCam.com

Adhikaar, New York-based Nepali NGO was honored by ANA. Photos: eEyeCam.com

एएनए सराहना पुरस्कारद्वारा विश्व कृतिमानी रोहित तिमील्सिना, रवि लामिछाने, क्यानाडाका समाजसेवी किरण ढुंगाना र 'अधिकार' संस्थालाई पुरस्कृत गरियो। उक्त पुरस्कार प्रमुख अतिथी डा. बिष्णुमाया परियारले प्रदान गरेकी थिईन्।



त्यसैगरी, ANA MEDIA PARTNER APPRECIATION पुरस्कारद्वारा ५ संचार माध्यमहरु क्रमस: युएसनेपाल अनलाइन डटकम (न्यु जर्सी/न्यू योर्क), बोस्टननेपाल डटकम (बोस्टन), ईनेपालिज़ डटकम (भर्जिनिया), जनपुकार डटकम (क्यालिफोर्निया) र बिआरटी नेपाल डटकम (कोलोराडो) लाई सम्मान गरिएको छ। उक्त पुरस्कार प्रमुख अतिथी डा. परियारले प्रदान गरेकी थिईन्।

३० सगरमाथा आरोहीहरुको उपस्थिती र सम्मान

उक्त सम्मेलनमा ३० जना सगरमाथा आरोहीहरुको बिशेष उपस्थिती रहेको थियो भने एएनएले उनीहरुलाई The heroes of the Himalaya भन्दै बिशेष कदर पत्र र परम्परागत खादाद्वारा सम्मान गर्‍यो।

Group photos of Mt. Everest Summiters at the ANA Convention. Photos: eEyeCam.com

उक्त कदर पत्र एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामाले एक मुस्ट सगरमाथा आरोहीहरुलाई प्रदान गरे। उक्त समारोहमा प्रमुख अतिथीकोरुपमा २१ पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कृतिमान कायम गरेका अप्पा शेर्पा उपस्थित रहेका थिए।

सबैभन्दा छोटो समय १० घण्टा ५६ मिनेटमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड तोड्ने लाक्पा गेलु शेर्पा, विश्वको ७ महादेशका उच्च शिखर आरोहण गर्न तम्सेकी सगरमाथा आरोही सहेली बस्नेत र ७ पटक सगरमाथा आरोही लाक्पा शेर्पा बिशेष अतिथिकोरुपमा उपस्थित थिए। सन्चालन सगरमाथा आरोही एबं पत्रकार आङछिरिङ्ग शेर्पाले गरेका थिए। ति आरोहीहरुले प्रदर्सनी स्थलमा ३ दिनसम्म आरोहण सम्बन्धी बिशेष प्रदर्शनी गरेका थिए।

ट्यालेन्ट शो: ट्यालेन्ट प्रतियोगितामा जेनी योन्जन प्रथम स्थान
चर्चित हाँस्य "मह" जोडी  र अन्य कलाकारहरुको प्रस्तुती


ट्यालेन्ट प्रतियोगितामा जेनी योन्जनले प्रथम स्थान जितिन् भने दोश्रो कृति ढुङ्गेल र प्रिया प्रधान भए। तेश्रो मोनिका र साचिको महर्जन बने।

The Winner of the ANA Talent Show, Jeny Yonjan receiving commendation letter and cash prize from ANA 31st Media Coordinator Surya Thapa. Photos: eEyeCam.com

The 2nd and 3rd runner up artists performing at the 31st ANA Convention in New York.

उता नेपालबाट आएका चर्चित हाँस्य जोडी "मह" उर्फ मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले दुई भाग गरी हाँस्य ब्यङ्य प्रस्तुत गरे। मह जोडीको प्रस्तुतीमा दर्शकहरु पेट मिचिमिची हाँसेको देखिन्थो भने राजनीतिक ब्यङ्य र बेथिती उपर घोचपेचले दर्शकहरुलाई मर्मान्त पारेको थियो।

Prominent Nepalese comedians Maha Jodi aka Madan Krishna Shrestha and Haribansh Acharya performing at the 31st ANA Convention in New York. Photos: eEyeCam.com

दुई विश्व कृतिमान कायम गर्ने प्रयास

एएनए सम्मेलनमा ४ वटा गिनिज वर्ल्ड रेकर्ड राखेका रोहित तिमिल्सिना र कृष्ण पाण्डेयले विश्व कृतिमान रच्ने प्रयास गरे।

चार पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाई सकेका रोहित तिमिल्सिनाले एएनए सम्मेलनमा एक मिनेटभित्र १८० जनालाई हातमा हात दिदै 'बुद्ध जन्मेको ठाउँ लुम्बिनी नेपालको भ्रमण गरौ' भन्दै ५ औं पटक विश्व कृतिमान कायम गर्ने प्रयास गरेका छन् भने नेपाल बुटवल घर भै हाल क्यान्ज़स शहरमा कार्यरत युवा कृष्ण पाण्डेयले बिपरित हिज्जे (Most Words Spelt Backwards in Once Minute) मा 'गिनिज वर्ल्ड रेकर्ड्स' तोड्ने प्रयास गरेका छन् । गिनिज वर्ल्ड रेकर्डले भिडियो हेरेपछि सम्भबत: यि दुई युवाले कृतिमानी कायम गर्नेछन्।


Four times Guinness World Record Holder Rohit Timilsina tried to set new world record beating 150 hands in one minute and Krishna Pandeya will tried to set Most Words Spelt Backwards in Once Minute world record. Photos: eEyecam.com

तिमिल्सिनाले यस अगाडी पहिलो विश्व कृतिमान २००८ मा टेनिस बल (गोलि) २१ वटा एक हातमा राखी १४:३२ सेकन्ड राखेका थिए । दोश्रो, बिश्व एड्स दिवसको अबसरमा ११६ जनालाई १ मिनेटमा चुम्बन गरि किर्तिमान कायम गरेका थिए । तेश्रो, न्यू योर्कको टाइम्स स्क्वायरमा सबैभन्दा लामो हस्त मिलाप (ह्यान्ड सेक) ३३ घण्टा, ३ मिनेट थियो । (हेर्नुहोस्), चौथो, न्यू योर्क शहरको ब्रूक्लिन ब्रिजमा १ सय ७३ फिट ३ इन्च दूरीको जुका हिडाई (Furthest Worm Move) कायम गरी गिनिस विश्व रेकर्ड बिश्व कृतिमान कायम गरेका थिए । (हेर्नुहोस्) यस अघी, सबैभन्दा छिटो उल्टो हिज्जे उच्चारण (Fastest reverse speller) कालागि कृष्ण पाण्डेयले गिनिस विश्व रेकर्ड कृतिमान कायम गर्ने घोषणा गरिसकेकाछन्। (हेर्नुहोस्)

Day Two: दोश्रो दिन: जुलाई ५, २०१३

सम्मेलनको दोश्रो दिन जुलाई ५ तारिख स्वास्थ्य, एएनए-एनआरए मिटिङ अफ माइन्ड, अप्लिफ्ट चाइल्ड, महिला फोरुम (पहिलो), एएनए ग्रामीण बिकास फोरुम, कविता महोत्सब, आदिबासी महिला, अधिकार इमिग्रेसन फोरुम र फेसन शो प्रतियोगिताको आयोजना गरिएको थियो।

एएनए-एन आर एन मिटिङ अफ माइन्ड फोरुम

यो फोरुममा अस्ट्रेलियाका धनाड्य शेश घले र एनआरएन आईसिसी महासचिब तेन्जी शेर्पाले एनआरएन आईसिसीको अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरे। फोरुमका अन्य प्यानेलिस्टहरुमा गैर आवाअसीय नेपाली संघ (एनआरएन) अन्तरराष्ट्रिय समितिका निबर्तमान अध्यक्ष एबं प्रमुख संरक्षक देबमान हिराचन, नेपाल उध्योग बणिज्य महासंघ (FNCCI) का पूर्व अध्यक्ष एबं नेपाल पूर्वधार बिकास कम्पनी लिमिटेड (NPBCL) का अध्यक्ष कुशकुमार जोशी, एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी, एनएनए ग्रामीण बिकास परियोजना निर्देशक डा. सुदीप श्रेष्ठ र एएनए सचिब बिष्णु गुरुङ 'एकता' थिए। सहजकर्ता शैलेश श्रेष्ठ थिए।

एएनए महिला फोरुम (पहिलो): "Gender Equality: Reality and Challenges"

एएनए महिला फोरुमको पहिलो भाग नेपाली दूताबासका उपप्रमुख अर्जुनकान्त मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो।

The panelist at the ANA Women Forum (first day) at the ANA 31st Convention, New York on July 5, 2013. Photos: eEyecam.com

उक्त फोरुमका प्यानेलिस्टहरुमा वकिल छत्र गुरुङ, एएनए उपाध्यक्ष डा. गोबिन्दसिंह राउत, नेपाल अमेरिका सोसाइटी उपाध्यक्ष सिता पाण्डे, अमेरिका नेपाल महिला संघ ग्रेटर वासिङ्टन (ANWA) प्रेसिडेन्ट बिष्णुकुमारी थापा, ३० औं एएनए सम्मेलन संयोजक पा साङ्ग लामा, पत्रकार रबी लामिछाने, वकिल बन्दिता शर्मा दाहाल, अधिकारकि नर्बदा छेत्री, र बुना दाहाल थिए। बक्ताहरुले समाजमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै लैङ्गिक समानताकोलागि महिला-पुरुष मिलेर मात्र सम्भब हुने बताएका थिए। विश्वका ७ महादेशका सर्बोच्च शिखर चढ्ने लक्ष लिएर हिंडेकी साइली बस्नेत पनि उक्त फोरुममा सम्बोधन गरेकी थिइन्।

सोही फोरुममा नेपालीज वूमन ग्लोबल नेट्वोर्क (NWGN) क्यालिफोर्निया च्याप्टरले आजन्म अन्धो रहेकी बुना दाहालले नेपालमा अन्धोहरुकोलागि गर्न लागेको कार्यकोलागि सङ्कलित अनुदान रकम १७०० डलर प्रदान गर्‍यो। एएनएकि सचिब बिष्णु गुरुङ 'एकता' ले सहजकर्ताको भूमिका निभाएकी थिईन्।

एएनए ग्रामीण बिकास फोरुम

यो फोरुममा एनएनए ग्रामीण बिकास परियोजना निर्देशक डा. सुदीप श्रेष्ठले उक्त प्रोजेक्टबाट नेपालमा शुरु गरिएको कार्यबारे जनकारी गराइएको थियो।

ANA Rural Development Project Director Dr. Sudeep Shrestha speaking at the forum.

उक्त परियोजना ग्लोबल कम्युनिटी डेभेलपमेन्ट इङ्क संस्थामार्फत नेपालमा कृषि क्षेत्रमा लगानी गरिएको छ। एएनएले एक लाख अमेरिकन डलरको लगानी गर्ने प्रतिबद्दता गरेको छ भने अमेरिकाको बिभिन्न राज्यमा रहेका बिबिध क्षेत्रका महानुभावहरुले ५० हजार डलर लगानी गर्ने प्रतिबद्दता गरि सकेका छन्। उता यस अघी नै एनआरएन आईसिसी संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले उक्त परियोजनामा १० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिबद्दता गरेकाछन्।

अन्तरराश्ट्रिय नेपाली कविता महोत्सब

नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिकाले नेपालबाट आएका बरिस्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्य र नेपाली दुताबासका उपप्रमुख अर्जुनकान्त मैनालीको बिशेष आतिथ्यमा 'अन्तरराश्ट्रिय नेपाली कविता महोत्सब' को आयोजना गर्‍यो।

International Nepali Poetry Festival hosted by Academy of Nepali Literature North America at the ANA convention. Photos: eEyecam.com

प्रतिस्ठानका अध्यक्ष बसन्त श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त महोत्सबमा स्वागत महोत्सब संयोजक एबं प्रतिस्ठानका उपाध्यक्ष बिनोद रोकाले गरेका थिए।

उक्त महोत्सबमा यस अघी प्रतिस्ठानले गरेको विश्वब्यापी कविता प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने कविताहरु क्रमश: पदम गौतमको "सपना पछ्याउँदै", हरिमाया भेटवालको "आमा र घाम" र इश्वरमणी अधिकारीको "घर" कविता बाचन गरियो।

महोत्सबमा आ-आफ्ना कविता बाचन गर्ने कविहरुमा तुलसी दिवस, उशा शेरचन, बिष्णु गुरुङ 'एकता', हरी काफ्ले, कल्पना सत्याल, पुनम काफ्ले, डा. प्रदीप भट्टराई, सहदेब पौडेल,  दीपा राई, गोबर्धन पूजा, गीता पन्थ, लालगोपाल सुबेदी, अनु शाह, प्रेम संग्रौला, मिना शाक्य, पर्ल रेग्मी, ममता कर्माचार्य, मनु लोहरुङ राई, पुरुसोत्तम ढकाल, गोबिन्द गिरी 'प्रेरणा', प्रकाश नेपाल र सिता पाण्डे थिए।

त्यसैगरी, महोत्सबमा दीपा राईको 'स्पन्दनका रागहरु' (कविता संग्रह) र गोबिन्दसिंह राउतको 'नेता' (नाटक) को प्रमुख अतिथी तुलसी दिवसद्वारा लोकार्पण गरिएको थियो।

महोत्सबमा धन्यवाद ज्ञापन कवि गोबर्धन पूजाले गरेका थिए भने सन्चालन प्रतिस्ठानका महासचिब हेमन्त श्रेष्ठले गरेका थिए।

इम्मिग्रेसन सम्बन्धी कानूनी फोरुम

न्यू योर्कमा कृयाशिल ७ जना नेपाली वकिलहरुले सम्बोधन गरेको यो फोरुममा अमेरिकि सदनबाट पारित हुन लागेको सुधारिएको आप्रबासी बिधेयक र अन्य कानूनी बिषयमा बिमर्श गरिएको थियो। सहभागी वकिलहरुमा खगेन्द्र जिसी, केशबराज सेढाई, रमेशकुमार श्रेष्ठ, बिनोद रोका, दुर्गाप्रशाद भुर्तेल, बासुदेब फुलारा र बन्दिता शर्मा दाहाल थिए।

New York-based Nepalese lawyers at the forum. Photos: eEyecam.com

'अधिकार' को आप्रबासी सम्बन्धी फोरुम

न्यू योर्कमा कृयाशिल नेपाली संस्था अधिकारले आप्रबासी समस्या सम्बन्धी फोरुम सन्चालन गर्‍यो।


Adhikaar's Immigration forum at the ANA Convention. Photos: eEyecam.com

उक्त फोरुममा वकिल राजी पोख्रेल, शैलेश श्रेष्ठ, डा. तारा निरौला र अधिकारकि कार्यकारी निर्देशक लुना रन्जित प्यानेलिस्टकोरुपमा भाग लिएका थिए। उनिहरुले अहिले अमेरिकि सद्नबाट ल्याउन लागिएको सुधारिएको आप्रबासी बिधेयक सम्बन्धी चर्चा गर्दै आप्रबासीहरुले भोग्नु परेको समस्याबारे प्रकास पारेका थिए।

एएनए फेसन एक्ट्राभागान्जा
मिस र मिस्टर एएनए भोग-२०१३ चुनिए स्‍मृति श्रेष्ठ र सुगम श्रेष्ठ

एएनए फेसन एक्ट्राभागान्जा शोमा १६ प्रतिस्पर्धी नेपाली युवा-युवतिहरुबिच भएको प्रतिस्पर्धाबाट स्‍मृति श्रेष्ठ र सुगम श्रेष्ठ 'मिस र मिस्टर एएनए भोग-२०१३' चुनिएकाछन्।


Mr. ANA Vogue 2013 Sugam Shrestha and Miss ANA Vogue 2013 Smiriti Shrestha after winning the coveted title at the 31st ANA Convention in New York on July 5, 2013.

उपाधिकासाथ विजेताले ३ हजार २५० डलरको मोडेल रिहाव कन्ट्याक्ट हात पार्नुकासाथै विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । मिस एएनए भोग स्मृतिले मिस तस्विरको उपाधिसमेत हात पारिन् ।

यसैगरी, प्रतियोगितामा मिस्टर पपुलर, मिस्टर मुस्कान, मिस्टरर डिसिप्लेनको उपाधि दिवेश भण्डारीले हात पारे भने जुवी गौचनले मिस पपुलर, मिस फेसानिस्टा र वेस्ट कपल फिमेल उपाधि जितिन् ।

Miss Popular Jubi Gauchan walking on the ramp with her Best Couple winner Rajeev Acharya after winning the coveted title at the 31st ANA Convention. Photos: eEyeCam.com

अन्य उपाधि विजेताहरुमध्ये कविता मानन्धरले मिस मुस्कान, विराज श्रेष्ठले मिस्टर फेसोनिष्टा, अंकिता बस्नेतले मिस साथी, राजीव आचार्यले बेस्ट कपल मेल र सविर श्रेष्ठले मिस्टर तस्विरको उपाधि जिते ।

प्रतियोगितामा सुगम श्रेष्ठ र जुवी गौचनले अफ्याक्ट्री स्टुडियोकातर्फबाट कन्ट्याक्ट हात पारे भने प्लानेटकातर्फबाट विराज श्रेष्ठले तीनवटा म्युजिक भिडियो र स्मृति श्रेष्ठले तीनवटा सर्टमूभीमा काम गर्ने कन्ट्याक्ट प्राप्त गरे ।

एएनए फेसन एक्स्ट भ्यागेन्जाका निर्णायकहरुमा उद्योगपति राहुल चौधरी, गायिका नलिना चित्रकार, सुरेश मानन्धर, ३१ औं एएनए सम्मेलनका मुख्य संयोजक समीर महर्जनलगायत रहेका थिए ।

उक्त शोमा गायक प्रेमराजा महत र नरेन्द्र प्यासीको गीत र स्थानीय नेपाली युवाहरुको ब्यान्ड कन्सर्टसहित आयोजना गरिएको थियो। शोको सन्चालन जोली अमात्य र सुरेश शाहीले गरेका थिए।

Day Three: तेश्रो दिन: जुलाई ६, २०१३

सहकार्य फोरुम

नेपाली संस्थाहरुलाई एक ठाउँमा ल्याउने काम सहकार्य फोरुमले गर्‍यो।

The panelists Sahakarya forum at the ANA Convention. Photos: eEyecam.com

उक्त फोरुममा सहभागि संस्थाहरु र प्रतिनिधीहरुमामा अधिकारकि कार्यकारी निर्देशक लुना रन्जित, इम्पावर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापक डा. बिष्णुमाया परियार, इम्पावोर-१ को-फाउन्डर नुर्बु शेर्पा, ग्रासरुट मुभ्मेन्ट अफ नेपाल (जिमिन) का सोनाम उक्याब, हेल्प नेपाल नेट वोर्क का अभय श्रेष्ठ र प्रेरणा श्रेष्ठ, नेपालको युवाका समिर मास्के, एनआरएन युएसएका प्रेसिडेन्ट प्रल्हाद केसी, सिन्धु-युएस वेलफेयर सोसाइटीका प्रेसिडेन्ट बंशलाल तामाङ, शेर्पा किदुग युएसएका प्रेसिडेन्ट आङ ग्याल्जेन शेर्पा र रुम टु रिडकि कृपाली गौतम थिए। फोरुममा सहजकर्ताको भूमिका डा. तारा निरौला र संज्ञा सिंहले निभाएका थिए।

एएनए महिला फोरुम (दोश्रो): "Substantive Role of Nepalese Women in Nation Building in Reference to Constitution Making Process in Nepal"

एएनए महिला फोरुम (दोश्रो) नेपालकी चर्चित वकिल एबं पूर्व सभासद सपना प्रधान मल्लको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

The panelists at the ANA Women Forum (second day) at the ANA Convention. Photos: eEyecam.com

वकिल शेरी मेयरहोफर किनोट स्पिकर रहेको उक्त फोरुमका प्यानेलिस्टहरुमा डा. तुल्सीराज महर्जन, एनआरएन आईसिसी महिला बिभाग उपसंयोजक राधा बस्नेत, डा. तारा निरौला, सुजाता वारियर, एनआरएन आईसिसी महासचिब तेन्जी शेर्पा, इम्पावर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापक डा. बिष्णुमाया परियार, दीपकराज काफ्ले र सीमा धामी थिए।


Nepalese women at the ANA Women Forum. Photos: eEyecam.com

बक्ताहरुले नेपालमा कानून बने पनि त्यसलाई लागु गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै महिलाहरुको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व हुनु पर्ने कुरामा जोड दिएका थिए।

फोरुममा लेखिका जेएस बस्नेतले आफ्नो पुस्तक Joyice बारे जानकारी गराएकी थिईन्। एएनए बोर्ड अफ डाइरेक्टर शारदासिंह खातीले सहजकार्ताको भूमिका निभाएकी थिईन्।

भानु जयन्ती समारोह

अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र श्रीजनाका यात्राहरुको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको दुई सताब्दियौं जन्म जयन्ती समारोहको आयोजना गरियो।


200th Bhanu Jayanti celebration at the ANA Convention. Photos: eEyecam.com

बरिस्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथी कवि दिवस, अनेसास केन्द्रिय अध्यक्ष गीता खत्री, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका अध्यक्ष बसन्त श्रेष्ठ, अनेसास बोर्ड अफ ट्रस्टी चेयर होमनाथ सुबेदीले सम्बोधन गरेका थिए।

भानु जयन्तीमा कविता बाचन गर्ने कविहरुमा तुलसी दिवस, लक्ष्मी बजगाई, अनन्त रिसाल, दीपा राई, ममता कर्माचार्य, भूपेन्द्र महत, प्रकाश नेपाल, गीता पन्थ, अनु शाह, उशा शर्मा, बन्दना कोइराला, मनु लोहोरुङ राई, पुरुसोत्तम ढकाल, मिना शाक्य, पुनम काफ्ले, जुनिता सुब्बा, होमनाथ सुबेदी, सिता खरेल, सहदेब पौडेल, सिता खरेल, ज्योति पौडेल, बिकास बिष्ट, गीता खत्री, बसन्त श्रेष्ठ, लोकनाथ तिवारी र बद्री पौडेल थिए।

अनेसास न्यू योर्क च्याप्टर अध्यक्ष पुनम काफ्लेले सभापतित्व गरेको उक्त दिवसको सन्चालन बिकास बिष्ट र सहदेव पौडेलले गरेका थिए।

आदिबासी फोरुम

नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा आदिबासी फोरुम सम्पन्न गरियो।


The panelists at the Indigenous Forum by FIPNA at the ANA Convention. Photos: eEyecam.com

अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त फोरुममा राजदूत डा. शर्मा, एनआरएन अन्तरराष्ट्रिय समितिका निबर्तमान अध्यक्ष एबं प्रमुख संरक्षक देबमान हिराचन, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष एबं एनआरएन अमेरिका बरिस्ठ उपाध्यक्ष शिवकुमार राई, एनआरएन आईसिसी महिला बिभाग उपसंयोजक राधा बस्नेत, एनआरएन आईसिसी महासचिब तेन्जी शेर्पा, इम्पावर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापक डा. बिष्णुमाया परिया, नेपाल आदिवासी जनजाति महिला महासंघकि पूर्व महासचिब सोमा राई, नेपाल मगर विद्यार्थी संघ पूर्व केन्द्रिय महासचिब नरेन्द्र थापा मगर, सुरेश चाम्लिङले सम्बोधन गरेका थिए।

फिप्ना कार्यबाहक अध्यक्ष बिनोद पोमोको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन महासचिब दिपेश लिम्बुले गरेका थिए।

बिजिनेस फोरुम: Made in Nepal

यो फोरुम बिशेष गरी नेपाल पूर्वधार बिकास कम्पनी लिमिटेड (NPBCL) ले ३७ अर्ब डलरमा ३ बर्षभित्र बनाउन आँटेको काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङ मार्गको बिषयमा केन्द्रित रह्यो। कम्पनीका अध्यक्ष कुशकुमार जोशीले नेपालीकै लगानी र शीपमा उक्त सुरुङमार्ग बनाएरै छाड्ने प्रण गरे भने कम्पनीका उपाध्यक्ष एबं टेक्निकल प्रोजेक्ट डाइरेक्टर लालकृष्ण केसीले सुरुङमार्गको प्राबिधिक पक्षबारे प्रकाश पारे।


The Business Forum at the ANA Convention. Photos: eEyecam.com

उक्त फोरुम का अन्य बक्ताहरुमा अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्मा, वकिलद्वय खगेन्द्र जिसी, दुर्गाप्रशाद भुर्तेल, अमेरिका नेपाल ब्याबसायी संघका अध्यक्ष मोहन ज्ञवाली, महासचिब प्रकाश थापा र एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामा थिए। सहजकर्ता वकिल गिरिजा गैतम थिए।

सम्मेलनको समापन

ग्रेयान्ड फिनालि साँस्कृतिक साँझ, खेलाकूद प्रतियोगिता पुरस्कार बितरण समारोह

बिगतका बर्षहरुमा जस्तो अर्को बर्षको एएनए सम्मेलन स्थल शहरको घोषणा यसपाली आयोजकहरुले गर्न सकेनन्।

उक्त साँझमा बरिस्ठ पप गायक ओमबिक्रम बिष्ट, बरिस्ठ लोकगायक प्रेमराजा महत, चर्चित गायिका नलिना चित्रकार र चर्चित पप गायक राजु लामाले दर्शकहरुलाई खुब तताए।


Nepalese artists performing at the ANA Convention. Photos: eEyecam.com

समापन साँझमा चर्चित हाँस्य मह जोडीले जुलाई ४ तारिखको प्रहसनलाई दोहोर्‍याएर प्रस्तुत गरे भने 'संयुक्त नेपाली कलाकार संघ (युना)' का न्यू योर्कमा रहेका कलाकारहरु र अन्य कलाकारहरुले साँगितिक प्रस्तुतीबाट दर्शकहरुको भरपुर मनोरन्जन दिलाउन सफल भए।


Prominent actress Gauri Malla and Laxmi Shrestha performing at the ANA Convention. Photos: eEyecam.com

युनाका कलाकारहरुमा गायनतर्फ सपना श्री, यम बराल, जगदीश समाल मगर, सिर्जना लामा, तिलक श्रेष्ठ, संजोक लामा, अभय ढुंगेल, राजेन्द्र राई, राजेश थापा मगर र बिमल डाँगीलगायतले सामूहिक र एकल गायन प्रस्तुत गरे । संगितकारहरु राज कपुर, बिमल बुढाथोकी, राजेन्द्र कर्ण र शिशिर श्रेष्ठले लाइभ संगित प्रस्तुत गरे। न्रित्यतर्फ गौरी मल्ल, लक्ष्मी श्रेष्ठ, रमेश उप्रेती र एलिशन लामाले मोहक न्रित्य प्रस्तुत गरे। बसन्त डान्स सेन्टरका बिजयमान नकर्मीको कोरियोग्राफी गरेका थिए।

उता न्हुछेनारायण डङ्गोल, राम श्रेष्ठ र गीता बिर्लाकोटीको समूहले दुईलाइभ साँगितिक प्रस्तुती गर्‍यो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले ३१ औं एएनए सम्मेलनको उद्घाटन समारोहबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
ANA 31st Convention Grand Finale, New York, July 4, 2013 (Part-III)


खेलाडीहरुको सम्मान

एएनए सम्मेलनको अबसरमा बिभिन्न खेलमा ७०० खेलाडीहरुले भाग लिएका थिए। फूटबल (सकर) मा १६ टिम, बास्केटबलमा १३ टिम, बलिबल खेलमा ८ टिम प्रतियोगितामा सहभागि थिए। उता गोल्फमा ३२ जना र टेबुल टेनिस खेलमा २७ जनाले प्रतिस्पर्धा गरेका थिए।

The first prize winner Volleyball Team of Magar Association USA at the ANA Convention. Photos: eEyecam.com

बिजयी टिम र खेलाडीहरुलाई एएनए अन्तरिम अध्यक्ष छेवाङ शेर्पालामा, सम्मेलन संयोजक समिर महर्जन र एएनए महासचिब बिजय थापाले नगद, ट्रफी, शिल्ड र प्रमाण पत्र प्रदान गरेका थिए।

खेलकूदका बिजयी टिमकालागि सकर खेलमा प्रथम हुने टिमलाई $२,५००, दोश्रो टिमलाई $१,५००, बास्केट बल प्रथम टिमलाई $२,०००, दोश्रो टिमलाई $१,०००, बलिबलमा प्रथम टिमलाई $१,०००, दोश्रो टिमलाई $५०० र टेबुलटेनिस खेलको बिजयीलाई $२५० डलर प्रदान गरिएको थियो।

Sportswomen at the ANA Convention. Photos: eEyecam.com

सम्मेलनका कमजोरी पक्ष

सम्मेलनका फोरुमहरु हुने समायान्तर कम राखिएकोले एकै पटक ३ वटा फोरुमसम्म जुधेको थियो जसका कारण पत्रकारहरुलाई रिपोर्टिङ गर्न हम्मे परेको थियो।

उता समापन साँस्कृतिक साँझमा भित्र छिरेकाले अर्को सिट 'आफ्नो मान्छे' लाई रिजर्ब गरेको कारण प्रबेश टिकट लिएर भित्र छेरेकाले बस्ने सिट नपाउने स्थिती श्रीजना भयो भने होटेल सुरक्षा टिमले हल भरिएको ठानेर टिकट काटी सकेकाहरुलाई भित्र प्रबेश बिशेध गरेको कारण आयोजकहरुले टिकट काटेका तर भित्र छिर्न नपाएकाहरुबाट नराम्रो खप्की खानु परेको थियो।

सम्मेलन रजिस्ट्रेसन संयोजक अन्जन श्रेष्ठले युएस नेपाल अनलाइनसंग कुराकानी गर्दै अब भबिश्यमा यस्तो समस्या नआउन टिकटको नम्बरअनुसार सिट नम्बरको ब्याबस्था लागु गर्नु पर्ने सुझाब दिए।

उता न्यू योर्कको ज्याक्सन हाइट्सदेखि वेष्टचेस्टर हिल्टनसम्म आवत जावत गर्न दैनिक यातायात सेवाको ब्यबस्था गरिएको भएपनि प्रयाप्त बस उपलब्ध हुन नसक्दा सम्मेलनमा पुगेकाहरुले बेलुकी फर्किदा मध्यरातपछि पनि बस कुर्नु परेको दुखेसो पोखेको सुन्न सकिन्थ्यो।

एएनएको ३१ बर्षको ईतिहासमा महत्वपूर्ण भूमिका खेल्ने एएनए हस्तीहरु, पूर्व अध्यक्षहरु र अधिकांश आजीवन सदस्यहरुको अनुपस्थिती रहस्यमय थियो। ४ बर्ष अघिसम्मसंगै हिंडेका सहकर्मीहरु सन् २०१० मा सम्पन्न २८ औं बोस्टन सम्मेलनमा आर्थिक घाटा परेपछि उब्जेको बिबादका कारण सम्मेलनमा आउन छाडेका हुन् तर सम्मेलनमा आउने वातावरण मिलाउन बर्तमान आयोजक समितीका अगुवाहरु किन असफल भए चर्चाको बिषय बन्न पुगेको छ।

सम्मेलनको उज्यालो पक्ष

नि:सन्देहरुपमा ३१ औं एएनए सम्मेलन एउटा सार्थक सम्मेलन बन्न पुग्यो। यसका फोरुमहरु नेपाल र नेपालीप्रति समर्पित थिए भने सम्मेलनले युवा र स्थापित कला प्रतिभाहरु, साहित्यकारहरु र ठूलो संख्यामा खेलाडीहरुलाई उत्प्रेरित गर्न र एक ठाउँमा भेला हुने मन्च प्रदान गर्‍यो।

उता प्रदर्शनि कक्षमा झन्डै दुई दर्जन अमेरिका र नेपालका ब्याबसायी, संघसंस्थाहरुको सहभागिता रहेको थियो।

यस्तो बहुआयामिक समिश्रित भेला शायद अमेरिकामा एएनएले मात्र गर्न सक्दछ। र, यो परम्परालाई अझ फस्टाउन आयोजकहरु अझ ब्यबस्थित र सतर्क हुनु जरुरी छ।

एएनएको यस अघी सम्पन्न सम्मेलनहरु

एएनएको यस अघी सम्पन्न सम्मेलनहरुमा क्रमश: कोर्निङ, न्यू योर्क (१९८३); लान्कास्टर, पेन्सल्भानिया (१९८४); वासिङ्टन डिसी (१९८५); बाउलिन ग्रिन, ओहायो (१९८६); टोरोन्टो, क्यानाडा (१९८७); लङ आइल्यान्ड, न्यू योर्क (१९८८); बोस्टोन, मासाचुसेट्स (१९८९); ओर्लान्डो फ्लोरिडा (१९९०); फेयरमोन्ट, वेष्ट भर्जिनिया (१९९१); रोचेस्टर, न्यू योर्क (१९९२); क्लेयरमोन्ट, क्यालिफोर्निया (१९९३); अर्लिङ्टन, भर्जिनिया (१९९४); डेन्भर, कोलोराडो (१९९५); न्यू योर्क- न्यू जर्सी (१९९६); बोस्टन, मासाचुसेट्स (१९९७); ग्रिन्सबोरो, नर्थ क्यारोलिना (१९९८); हार्टफोर्ट, कनेक्टिकट (१९९९); एट्लान्टा, जर्जिया (२०००); भ्यालिफोर्ज, पेन्सल्भानिया (२००१); च्यान्टिली, भर्जिनिया (२००२); डेन्भर, कोलोराडो (२००३); फोनिक्स, अरिजोना (२००४); डालस, टेक्सास (२००५); न्यू योर्क- न्यू जर्सी (२००६); लसएन्जेलस, क्यालिफोर्निया (२००७); बाल्टिमोर, मेरिल्यान्ड (२००८); बोस्टोन, मासाचुसेट्स (२०१०), डिसी-मेरिल्यान्ड (२०११) र डालस, टेक्सास (२०१२) मा सम्पन्न भईसकेकोछ।

 

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read ANA exclusive news at

-http://usnepalonline.com/ana/

यस्तो रह्यो ३१ औं एएनए सम्मेलन, ३ दिनसम्म के के गतिबिधिहरु भए?
ANA Cultural Possession Photos 2013
ANA Opening Ceremony Photos 2013
ANA Business Stall Photos 2013
ANA Award Ceremony Photos 2013
ANA Heroes of the Himalaya Photos 2013
ANA Talent Show Photos 2013
ANA Fashion Extravaganza Photos 2013
ANA Women Forum (first) Photos 2013
ANA Women Forum (second) Photos 2013
ANA Sahakarya, Adhikaar, Lawyers, Business, Rural Dev. Forum Photos 2013
ANA International Poetry Festival Photos 2013
ANA-FIPNA Indigenous Forum Photos 2013
ANA Grand Finale Cultural Nite Photos 2013
All Pages
Page 1 of 14


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.