Inside

All Time Top 50 News

एएनएको अधिकारिक प्रेस बिज्ञप्ती: ३० औं एएनए टेक्सास सम्मेलन $. २७,२९६.७३ आर्थिक लाभ गर्न सफल ! PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by ANA   
Wednesday, 11 July 2012 01:44

टेक्सास- ३० औं एएनए टेक्सास सम्मेलनले पुन: अर्को ईतिहास रच्दै एएनए डिसी सम्मेलनले प्रमाणित गरेको मार्ग दर्शनलाई पछ्याउँदै कूल $ २७२९६. ७३ (सत्ताइस हजार दुई सय छयानब्बे डलर र त्रिहत्तर सेन्ट) आर्थिक लाभ गर्न सफल भएको छ ।



सम्पूर्णमा अभिबादन !

३० औं एएनए टेक्सास सम्मेलनले पुन: अर्को ईतिहास रच्दै एएनए डिसी सम्मेलनले प्रमाणित गरेको मार्ग दर्शनलाई पछ्याउँदै कूल $ २७२९६. ७३ (सत्ताइस हजार दुई सय छयानब्बे डलर र त्रिहत्तर सेन्ट) आर्थिक लाभ गर्न सफल भएको छ । २८ बर्षसम्म आर्थिक घाटा र पारदर्शिता नभएको बिभिन्न आरोप र प्रत्यारोपको चपेटामा परेको ए एन ए अन्तत्वगत्वा निरन्तर दुई बर्षदेखि सहि योजना, कुशल नेतृत्व ,कर्मठ र ईमान्दार संयोजकहरुको सयुक्त प्रयाशद्वारा आर्थिक घाटा हुनबाट जोगाई अत्यधिक लाभ दिन सफल भएको छ । ३०औ सम्मेलन समाप्तसंगै एएनए आयोजकहरुलाई अनवरत रुपमा प्रसंशा र सकारात्मक सुझाब प्राप्त भएका छन, यसकोसाथै हाम्रा कमि कमजोरी कार्य प्रति ध्यानाकर्षण गराईएको छ । हामीले यी सल्लाह र सुझाबलाई हृदयंगम गर्दै आगामी बर्षमा अझ माझिने कुरामा हामी विश्वास दिलाउन चाहन्छौं।

सर्बप्रथम, एएनए टेक्सास सम्मेलनका अत्यन्तै कर्मठ सम्पूर्ण संयोजकहरुलाई हृदय देखि नै कृतज्ञता ज्ञापन गर्न चाहन्छौं । सम्पूर्ण स्वयंसेवक, सहभागी, शुभ चिन्तक, लब्ध प्रतिष्ठित अतिथिहरुप्रति आभारी व्यक्त गर्दछौं । सम्मेलनलाई आर्थिक रुपमा प्रायोजन (सौजन्य ) गर्ने सम्पूर्ण उधोगपति, व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने सम्पूर्ण मान्यबरहरु तथा ब्यापारी वर्ग प्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौं ।

३० औं सम्मेलनको हरेक समाचारलाई निरन्तर ६ महिनादेखि समाचार प्रकाशित तथा बिश्व भरि सू-सुचित गर्नु हुने संचार सहयात्री क्रमस: टेक्सास नेपाल डटकम, जनपुकार डटकम, युएसनेपाल अनलाइन डटकम, नेपाल होराईजन डटकम, डिसीनेपाल डटकम, ईनेपालीज़ डटकम, ग्लोब नेपाल डटकम, साझा डटकम, सगरमाथा टिभी, युयसए, हाम्रोसमाज डटनेट, बिआरटिनेपाल डटकम, एलए नेपाल डटकम, नेपाल मदरल्याण्ड डट ओर्ग, बोस्टन नेपाल डटकम, टोरोन्टो नेपाल डटकम, हिमालि स्वरहरु, विश्वपरिक्रमा, नेपाल मिडिया क्याफे, एभरेस्ट टाईम्स न्युज डटकम, एभरेस्ट रेडियो, अमेरिका नेपाल टिभी, युएसए, नेपाल ११ रेडियो, नेपाल माग्जिन, रेडियो युवा, व्हाइटहिमाल टिवी, खबर सम्प्रेसन, क्यानाडा र सम्पूर्ण संचारकर्मीहरुप्रति धन्यबाद ज्ञापन गर्न चाहन्छौं ।

सबै गोलबद्द भएको कारण मात्र टेक्सास एएनए सम्मेलन यो अवस्थामा अवतरण गर्न सफल भएको ठानेका छौ । एएनएको ईतिहासमा क्षेत्रीयरुपमा सर्वप्रथम एएनए टेक्सासको स्थापना भएको सहर्ष जानकारी गराउदछौं । यो हामीले गरेको मेहनत र तपस्या को परिणाम हो । ३० औ एएनए टेक्सास सम्मेलन अहिलेसम्म कै ईतिहासमा सबैभन्दा एएनएलाई आर्थिक मुनाफा दिने सम्मेलन ठहर भएको छ ।

हामी यो स्वीकार गर्दछौं कि यो सम्मेलनले सबैले गरेको इक्षा र आशालाई पूर्ण रुपमा सम्बोधन तथा समेट्न सकेन होला तर पनि यो सम्मेलन त्यति खराब पनि भएन होला भन्ने विश्वास लिएका छौं । ३० औ एएनए टेक्सास सम्मेलनले प्रथम पटक 'सुपर नोवा', हाजिरी जवाफ प्रतियोगिता, हिज्जे प्रतियोगिता तथा बालबालिकाहरुकोलागि बाल मंच (फोरम ) सुरुवात गरेको छ । यो हाम्रा युवा पिढीहरुकोलागि एक कोसे ढुंगा साबित भएको छ । युवा पिढीहरुलाई केन्द्रित गर्दै बिभिन्न मंच (फोरम) कार्यक्रम संचालनले नया उत्साह बढेको महसुस गरिएको छ ।

एएनएमा खेलाडीहरुको अत्यधिक मोह र अभिरुची देखिएकोले यो बर्षदेखि उनीहरुलाई अझ प्रोत्साहन गर्ने उदेश्य अनुरुप खेलकूद क्षेत्रमा मात्र $ ३५,०००.०० पैतिश हजार डलर बिनियोजन गरिएको छ र' एएनए बड्डी रंनिंग शिल्ड ' यो बर्षदेखि नै सुरुवात गरिएको छ । यो सम्मेलनले सबै नेतृत्व वर्ग, वैयक्तिक र समाजसेविहरुको शिर उच्च पारेको छ । हामीले $.२७२९६.७३ (सत्ताइस हजार दुई सय छयानब्बे डलर र त्रिहत्तर सेन्ट) यस संस्थालाई आर्थिक लाभ दिन सफल भएका छौं । यो सबै सम्भब केवल यहाहरु कै सहयोगबाट मात्र सम्भब भएको छ । एएनए बृहत रुपमा उचाईमा बढ्दै छ र अझमाथि जाने मार्गतर्फ लम्कदै छभन्दा अतिसयोक्ति नहोला भन्ने ठान्दछौं ।

अन्त्यमा ३१ औं एएनए सम्मेलनमा न्यु योर्कमा भेट्ने बचन बद्दताकोसाथ बिदा !

पासांग लामा
३० औं एएनए सम्मेलन प्रमुख संयोजक

३० औं एएनए सम्मेलन, प्रमुख आर्थिक अधिकृत, बन्दना हमालद्वारा तैयार गरिएको ३० औं एएनए सम्मेलन आर्थिक प्रतिवेदन यस प्रकार प्रस्तुत गरिएको छ ।

Here is the financial report “STATEMENT OF ACTIVITIES” presented by ANA ­2012 Convention Chief Financial Officer, Bandana Hamal.

Description

 

Amount

Cash Collection From Ticket Selling and Registration

 

 

Day    1

 

7,445.00

Day    2

 

18,769.81

Day    3

 

8,204.92

PayPal    Collection    (Registration,    Ticket    Selling    and    Sponsor)

 

43,356.00

Fund    Raise    and    Sponsor

 

74,188.00

Total    Revenue    and    Support

 

151,963.73

Expenses

 

 

Fashion    Extravaganza

 

5,440.00

Sports    Expenses    and    Prizes

 

35,345.23

Culture    and    Entertainment    AV

 

36,101.77

Supernova

 

341.21

Opening    Ceremony

 

252.75

Administrative    Expenses

 

34,317.33

Security

 

8,324.00

Forum

 

1,128.00

Spelling    Bee/Quiz

 

2,916.71

Poetry    competition

 

500.00

Total    Expenses

 

124,667.00

Changes    in    Net    Assets

 

27,296.73

Donation    to    NST

 

7,500.00

Total    Remaining    Assets

 

19,796.73


DI S CL AI M E R : All supporting documents will be submitted to ANA Interim President and Chief Financial Officer. Contact This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it for further information.        
Sincerely,

Pasang Lama        
Chief Coordinator ANA Convention 2012        
www.anatexas.org

Read more about ANA:

-http://usnepalonline.com/ana/

एएनए (ANA) को ३० औं सम्मेलन यस्तो रह्यो, सम्मेलनबाट २७ हजार २९६ डलर मुनाफा !
ANA 30th Convention Video Reporting (16) (13+ Hours)
List of 30th ANA Convention Forums/Side events 2012
Opening Ceremony Photos (40)
Closing Ceremony & Mega Cultural Nite photos (30)
ANA Cultural Nite Photos (7)
Supernova Talent Show photos (19)
Women Forum photos (15)
NRN Forum photos (5)
Investment in Nepal Forum photos (5)
Nepal Development Forum photos (6)
Entrepreneurship Forum Photo (1)
Sports Forum photos (4)
Tourism Forum photos (8)
Swami Haridas Discourse photos (2)
International Nepali Poetry Festival 2012 photos (16)
Nepali Literature Seminar photos (9)
ANA Poetry Competition photos (24)
Quize Contest photos (9)
Exhibition, Stalls photos (10)
All Pages

-एएनए (ANA) ३० औं सम्मेलन भब्यतापूर्वक सम्पन्न, अर्को सम्मेलन न्यू योर्क शहरमा हुने
अमेरिकि राष्ट्रपति बाराक ओबामाद्वारा सम्मेलनको सफलताको कामना गर्दै शुभकामना ब्यक्त
ANA Lifetime Hero Award द्वारा डा. डिना बाङ्देल र ANA Hero Award 2012 द्वारा अर्जुनप्रशाद मैनाली र वकिल माथ्यू हाड्ले सम्मानित

-एएनए (ANA) ३० औं सम्मेल्नको लाइभ रिपोर्टिङ कभरेज

-एएनए सुपरनोभा ट्यालेन्ट शो मा नेपाली बाल प्रतिभाहरुको रोचक प्रस्तुती, टेक्सास नेपाली ग्रुप प्रथम

-एनएनए (ANA) को ३० औं महासम्मेलन  (जुन २९-जुलाई १) लाई राष्ट्रपति ओबामाद्वारा शुभ-कामना
३ दर्जन भन्दाबेशी कार्यक्रमको पसारो र नेपालीको ओईरो लाग्दो !

-ANA 30th Convention, Dallas, TX Schedule June 29-July 2, 2012

-एएनए (ANA) को ३० औं सम्मेलनको रौनकता कस्तो छ?    
जुन २९ - जुलाई २ बिच डालस, टेक्सासमा हुने महासम्मेलनमा के के हुँदैछ?

 

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.