Inside

All Time Top 50 News

एएनए-ग्रामिण नेपाल विकास परियोजनाको शुरुवात पुर्वि नेपालबाट गरिदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by ANA   
Monday, 24 September 2012 17:17

Exclusive: न्यू योर्क- संयुक्त राज्य अमेरिकाको राष्ट्रियस्तरको जेस्ठ संस्था एएनए (ANA) (दि एसोसियसन अफ नेपालीज इन अमेरिका) हालसालै विधिवत र आधिकारिकरुपमा एक गैर मुनाफा संस्था (एनजिओ) कोरुपमा नेपालमा दर्ता भएको छ । प्रारम्भिक चरणमा कोशी अंचल, सुनसरी जिल्लाबाट "एएनए- ग्रामिण नेपाल विकास परियोजना" सुरुवात गर्ने र कालान्तरमा यसको विकास तथा विस्तारसंगै अधिराज्य भरि लैजाने उदेश्य राखिएको छ ।


यो परियोजनाको कृषिमा आधारित ग्रामिण नेपाल विकासबाट सुरुवात गरिने छ । यसको कारवाहीलाई निरन्तरता दिन तिब्र गतिमा कदम चाली सकिएको छ ।

"एएनए- ग्रामिण नेपाल विकास परियोजना" का प्रमुख संयोजक डा. सुदीप श्रेष्ठ हुनु हुन्छ भने र यस गुरु योजनालाई निश्चित बिन्दुमा पुर्याउने हेतुले समाजमा बिभिन्न पेसामा संलग्न र समर्पित समुदायका व्यक्तित्वहरुलाई परिचालन गर्ने उदेश्य अनुरुप प्रमुख संयोजक डा. सुदीप श्रेष्ठको अधक्ष्यतामा एक कार्यदल पनि निर्माण गरि सकिएको छ ।

दि एसोसियसन अफ नेपालीज इन अमेरिका (एएनए) तीन दशक ईतिहास बोकेको एक गैर मुनाफा संस्था हो । मातृभूमिप्रति गर्नु पर्ने आफ्नो दायित्व, कर्तब्य र सामाजिक सेवाप्रति सदैब समर्पित यो संस्थाद्वारा "एएनए- ग्रामिण नेपाल विकास परियोजना" ले नेपाल र नेपालीहरुको हित र विकासलागि एक कोशे ढुंगा साबित हुन्छ भन्ने विश्वास गरिएको छ । एएनएको परियोजना एक लाख अमेरिकन डलरको भएता पनि प्रारम्भिक चरणको कामकोलागि एएनए- ग्रामिण नेपाल विकासलागि १०,००,००० .०० (दस लाख) नेपाली रुपैया बिनियोजन गरि सकिएको छ । एएनए- ग्रामिण नेपाल विकास परियोजना कुनै पनि स्थानीय निकाय तथा एनजीओ (NGO) संग सहकार्य नभै स्वतन्त्ररुपमा एएनए -नेपाल गैर मुनाफा संस्था (एनजिओ ) कोरुपमा कार्य गर्ने छ । एएनए नेपाल- दि एसोसियसन अफ नेपालीज इन अमेरिका (एएनए) को मस्तिष्कको उपज तथा यसको एक महत्वाकांक्षी ग्रामिण नेपाल विकास परियोजना हो ।

गत जुन महिनामा अमेरिकाको टेक्सास राज्यमा सम्पन्न ३० औ एएनए  सम्मेलनमा सहभागी हुन् आउनु भएका एनआरएन (गैर आवाशीय सघ) का संस्थापक तथा वर्तमान प्रमुख संरक्षक डा. उपेन्द्र महतोले उक्त परियोजनामा अभिरुची देखाई एक (१) मिलियन (१० लाख अमेरिकी डलर) लगानी गर्ने प्रतिबद्दता गर्नु भएको छ  । एएनए नेपालले एएनए ग्रामिण नेपाल बिकाश सम्बन्धि कार्य गर्ने छ भने उक्त परियोजनाको लगानी अमेरिकास्थित ग्लोबल कम्युनिटी डेभेलपमेन्ट (विश्व समुदाय बिकाश) मार्फत गरिने छ । उक्त परियोजनालाई सबैको साझा बनाउने हेतुले अमेरिकामा बसोबास गर्ने सम्पूर्ण गैर आवाशीय नेपालीहरुले (एनआरएन) नेपालको उन्नति र बिकाशकोलागि लगानी गर्न सकुन भन्ने हेतुले अमेरिकाको भर्जिनिया राज्यमा ग्लोबल कम्युनिटी डेभेलपमेन्ट (विश्व समुदाय बिकाश) संस्था दर्ता गरिएको छ । एएनएले  एक लाख अमेरिकन डलरको लगानी गर्ने प्रतिबद्दता गरेको छ भने ग्लोबल कम्युनिटी डेभेलपमेन्ट (विश्व समुदाय बिकाश) ले पनि एक लाख डलर कोष बृद्दी गर्ने उदेश्य अनुरुप डा. सुदीप श्रेष्ठकोको नेतृत्वमा गरेको पहल र ठोस कदम अनुरुप अमेरिकाको बिभिन्न राज्यमा रहेका बिभिन्न सघ तथा संस्थासंग आबद्द र बिबिध क्षेत्रका महानुभावहरुले ५०,०००.०० (पचास हजार डलर) लगानी गर्ने प्रतिबद्दता गरि सकेका छन्।

"एएनए- ग्रामिण नेपाल विकास परियोजना" सम्बन्धि कुनै जिज्ञाशा र अन्य जानकारी राख्न चाहने महानुभावहरुले यस परियोजनाका अधक्ष्य डा. सुदिप श्रेष्ठसंग संचार माध्यमद्वारा सम्पर्क गर्न सक्नु हुनेछ ।

Sudeep Shrestha, Ph. D.
Fellow, Johns Hopkins School of Public Health
Baltimore, MD
Fellow, Harvard Medical School, Harvard University, Boston, MA
email: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

छेवांग शेर्पालामा,
अन्तरिम अधक्ष्य
एएनए (ANA) (दि एसोसियसन अफ नेपालीज इन अमेरिका)

Read our related news:

-http://usnepalonline.com/ana/

एएनए (ANA) को ३० औं सम्मेलन यस्तो रह्यो, सम्मेलनबाट २७ हजार २९६ डलर मुनाफा !
ANA 30th Convention Video Reporting (16) (13+ Hours)
List of 30th ANA Convention Forums/Side events 2012
Opening Ceremony Photos (40)
Closing Ceremony & Mega Cultural Nite photos (30)
ANA Cultural Nite Photos (7)
Supernova Talent Show photos (19)
Women Forum photos (15)
NRN Forum photos (5)
Investment in Nepal Forum photos (5)
Nepal Development Forum photos (6)
Entrepreneurship Forum Photo (1)
Sports Forum photos (4)
Tourism Forum photos (8)
Swami Haridas Discourse photos (2)
International Nepali Poetry Festival 2012 photos (16)
Nepali Literature Seminar photos (9)
ANA Poetry Competition photos (24)
Quiz Contest photos (9)
Exhibition, Stalls photos (10)
All Pages

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.