Inside

All Time Top 50 News

एएनएको २९ औं सम्मेलनमा गहकिला फोरमहरुमा छलफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Gunaraj Luitel   
Sunday, 03 July 2011 23:48

वासिङ्गटन डिसी- एएनएको २९ औं सम्मेलनमा विभिन्न महत्वपूण फोरमहरुमा व्यापक छलफल हुनुकोसाथै विभिन्न निर्णयहरु पनि भएका छन् ।

नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले डायस्पोरा साहित्यको एतिहासमा पहिलो पल्ट 'प्रथम अन्तरराष्ट्रिय महिला साहित्य सम्मेलन' सम्पन्न गरेको थियो । प्रमुख अतिथि राजदूतावासका उपनियोग प्रमुख अर्जुनकान्त मैनालीले साहित्य जगतको लागि आफूले सक्दो काम गर्ने बचनबद्धताको साथ समुद्घाटन गर्नु भएको उक्त सम्मेलनमा संसारका विभिन्न क्षेत्रमा साहित्य क्षेत्रमा लाग्नु भएका लव्धप्रतिष्ठित महिला साहित्यकारहरुको उपस्तिथि रहेको थियो ।

सो अवसरमा नेपालबाट आउनु भएकी वरिष्ठ साहित्यकार पद्मावती सिंह, चन्द्रकला नेवार, गीता खत्री र मञ्जु निरौलाले डायस्पोरा साहित्यानुरागीहरुले नेपाली भाष साहित्यको उत्थानमा दिएको योगदानको प्रसंसा गर्नु भयो । साहित्यकार गीता खत्री र मंजु निरौला, विनोद रोका सीता पाण्डेले अन्तरराष्ट्रिय महिला साहित्य सम्मेलनको निरन्तरता हुन गर्ने कुरामा जोड दिनु भएको थियो ।

सोही अवसरमा नेपाल साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले प्रकाशन गरेको 'महिला श्रष्ठा चिन्तना र सृजना' नामक पुस्तकको विमोचन पनि गरिएको थियो । युवा कवियत्री नम्रता गुरागाईले संचालन गर्नु भएकोले प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठले यस सम्मेलनले घोषणापत्र जारी गर्ने जानकारी दिनु भयो । सो अवसरमा सात्यिकारहरु रुकु कार्की, ललिता दोषी, विश्वविमोहन श्रेष्ठ, गोविन्द सिंह राउतले पनि सक्रिय सहभागिता जनाउनु भएको थियो ।

यसैगरी, जनस्वास्थ्य सम्बन्धी पनि गोष्ठी पनि सम्पन्न भयो । डा. महेश्वर वैधद्धारा संचालित जनस्वास्थ्य सम्बन्धी गोष्ठीमा डा. गुणराज सुवेदीले शरीरको तौल नियन्त्रण, डा. प्रजल जोशीले योगा गर्दा अपनाउनु पर्ने सावधानी, डा. राजेन्द्र क्षेत्रीले मेडिकल असिष्टेन्टकोबारेमा प्रकाश पार्नु भयो ।

लक्ष्मण प्रधानले संयोजन गर्नु भएको लगानीकर्ता र ब्यवसायिकहरुको फोरममा विभिन्न ठाउमाव्यवसाय गर्नु भएका नेपाली लगानीकर्ता तथा व्यवसायिक व्यक्तिहरुको समभागिता थियो । सो अवसरमा अमेरिकी कांग्रेसमा प्रत्यासी दर्शन रौनियारले आफू चुनाव जितेको खण्डमा साना लगानीकर्ताहरुलाई सक्दो सहयोग पुर्याउने बचनबद्धता दिनु भयो ।

यसैगरी, 'गिभ ब्याक टु नेपाल' भनेर नेपाललाई विदेशमा बस्नेहरुले के दिन सक्छौं भन्ने विषयमा एनआरएन अमेरिकाले छलफल कार्यक्रमको आयोजना गर्‍यो । सो अवसरमा राजदूत डा. शंकर शर्माले आफूले नेपाललाई केही गर्नेहरुलाई सहयोग गर्ने कुरा बताउनु भयो । सो सभामा अमेरिकी कांग्रेसका प्रत्यासी दर्शन रौनियारले नेपालमा ठूलो संख्याको संसद नचाहिने विचार ब्यक्त गर्नु भयो । यसैगरी, कुर्ता, सुरुवाल बेचेर दुई हजारभन्दा बढी दलित महिलाहरुलाई सहयोगपुर्याउनु हुने विष्णुमाया परियार र जयदेव हाडाले नेपालमा शिक्षाको क्षेत्रमा सहयोग गर्न आग्रह गर्नु भयो । उक्त फोरमका संचालक एनआरएनका बोर्ड सदस्य तथा संचार संयोजक राम खरेलले नेपाललाई सहयोग गर्न ठूलै ब्यापारी हुनु पर्दैन सानो स्तरमा भए पनि सहयोग गर्न सकिन्छ भन्नु भयो ।

मितिः जुलाई ३ २०११

-GUNARAJ LUITEL
Media Coordinator
29th ANA Convention, Washington DC, USA
TEL: 703-720-0360

ANA (Association of Nepalis in America) special news section:

Read related news about ANA:

-http://usnepalonline.com/ana/

-एएनएको २९ औं डि.सी. सम्मेलनको पहिलो दिन नेपाली प्रतिभाहरुको खोजी

-एएनएको २९ औं डि.सी. सम्मेलन आजदेखि शुरु हुँदै

-न्यू योर्कमा एएनएका ४ हस्तीहरुबीच गोप्य वार्ता

-Overview of June 30th to July 1st programs at the 29th ANA Convention

-ANA ELECTION for 2011-2013 slated for JULY-AUGUST 2011

-8 ANA Past Presidents are not attending 29th ANA Convention

--Message from Newly Elected ANA officers (2011)

-ANA Affairs: Decisions of June 15, 2011 Meeting are Invalid

-ANA Joint meeting put on hold its election process

-एएनए डिसी सम्मेलनमा ५० भन्दा बढी खेलकूद टीम सहभागी हुने

-एएनए बोस्टन सम्मेलनको घोटाला सम्बन्धी उक्त सम्मेलनको सह-संयोजकको स्पष्टिकरण

--An open letter to ANA past presidents

-एनए (ANA) निर्वाचन परिणाम बिबादको भुङ्ग्रोमा: नबनिर्बाचित कार्य समितिलाई एनएका ९ मध्ये ८ जना पूर्व अध्यक्षहरुद्वारा समर्थन

--अमेरिकामा 'एएनए' (ANA) संस्थाको अध्यक्षमा प्रल्हाद केसी निर्बिरोध निर्बाचित

-ANA Membership Verification Committee's report 2011

-एएनएको लेखकवन्धुहरुमा हार्दिक अनुरोध

-Appeal to Paid ANA General and Life Members

-Call for applications for inter-state talent contest during 29th ANA DC Convention May 25

-अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार

-Welcome to the 29th ANA DC Convention in Washington DC

-एएनएको २९ औं सम्मेलनको सभा स्थलस्थलको टुङ्गो लाग्यो

-२९ औं एएनए डिसी सम्मेलनमा हुने अन्तरराज्य प्रतिभा प्रतियोगिताकोलागि आबेदन आव्हान

-२९ औं एएनए सम्मेलनमा एएनएका पूर्व अध्यक्षहरुको विशेष सम्मान गरिने

-ANA 29th Convention in Washington D.C. on July 1, 2 & 3

-No Longer with current leadership of ANA

-What happened inside ANA ? Now Moving ANA Forward

-एएनए सम्मेलनको नारा तय: "समझदारी र एकता: साझा प्रतिवद्धता"

-ए.एन.ए.को २९ औं सम्मेलन वासिंगटन डिसीमा हुने

-एएनए सम्मेलनमा दुई बाल बालिकाका कृति बिमोचित

-अमेरिकाको बोस्टोन शहरमा एएनए (ANA) को २८ औं सम्मेलन शुरु, ५ हजार नेपाली ओइरिए

-बोस्टोनमा हुने एएनए भेलामा सबैभन्दा ठुलो पुरस्कार राशी कविता प्रतियोगिता, ३०० बेशी कवि सहभागी हुँदै

 

ANA (Association of Nepalis in America) special news section:

ANA is an organization of the people of Nepali origin in the Americas and international friends of Nepal. ANA was founded on July 1983 in New York and Incorporated in Washington DC in 1983 as a non-profit tax exempt organization. Since its inception ANA has grown steadily as an international organization attracting a diverse membership that includes resident Nepalis in the Americas and many other international scholars, scientists, outdoor enthusiasts, and philanthropists who share an interest in the Nepali Culture.

Visit official website: http://anaonline.org & www.ana-convention.org/2011


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.