Inside

All Time Top 50 News

न्यू योर्कमा अमेरिका-नेपाल फ्रेन्ड्सिप सोसाइटी (ANFS) द्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 08 April 2012 03:09
Article Index
न्यू योर्कमा अमेरिका-नेपाल फ्रेन्ड्सिप सोसाइटी (ANFS) द्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न
More photos from ANFS Nepali New Year 2069 program 2012
All Pages

४ ब्यक्तित्व सम्मानित, नयाँ कार्य समितीमा परिता राजभण्डारी अध्यक्ष निर्बाचित
Special: 1 video, 35 photos:
न्यू योर्क- नेपाली नयाँ बर्ष २०६९ को अबसरमा नेपाल फ्रेन्ड्सिप सोसाइटी (ANFS) द्वारा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।


Newly elected America-Nepal Friendship Society (ANFS) executive committee members with the ANFS board chair Dr. Rajendra Pradhan and outgoing president Dr. Binod Shah. Photos: eEyeCam.com

नयाँ कार्य समिती

शनिबार अप्रिल ७ तारिख सगरमाथा रेस्टुरेन्ट हल उड्साइड कुइन्समा आयोजना गरिएको उक्त कार्यक्रममा नयाँ कार्य समितीको निर्वाचन भएको घोषणा गरिएको थियो। जसअनुसार अध्यक्षमा परिता राजभण्डारी निर्बाचित भएकिछिन्। निर्बाचित अन्य पदाधिकारीहरुमा क्रमश: उपाध्यक्ष डा. बिनय श्रेष्ठ, महासचिब डा. रोजी राजभण्डारी, कोशाध्यक्ष शारदा कार्की र सदस्यहरुमा संजय पराजुली र कपिला देबकोटा छन्।

कार्यक्रममा प्रमुख अतिथी मिनिस्टर कन्सुलर अमृत राई तथा पूर्व अध्यक्ष त्रय डा. तारा निरौला, कमल बि. कार्की र मुना बेलाबासेले सम्बोधन गर्दै सोसाइटीका नब निर्बाचित पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गरेका थिए।

४ ब्यक्तित्व सम्मानित

उक्त कार्यक्रममा सोसाइटी Volunteer Service Award द्वारा द्वारा दिपक श्रेष्ठलाई सम्मान गरियो भने तोरण प्रधान जैनलाई Community Service Award द्वारा सम्मान गरियो।

त्यसैगरी, ANFS Achievement Award द्वारा न्रित्यङ्गना देबी थापा मगर (ओली) र पप गायक राम श्रेष्ठलाई सम्मान गरिएको थियो।

Honorees: Deepak Shrestha, Devi Thapa Magar (Oli), Ram Shrestha and Toran Pradhan Jain. Photos: eEyeCam.com

सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी मिनिस्टर कन्सुलर अमृत राईले पदक र सोसाइटीका बोर्ड चेयर डा. राजेन्द्र प्रधानले पुष्प गुच्छाद्वारा सम्मान गरिएको थियो।

ANFS-Burnstin Scholarship स्थापना

निबर्तमान अध्यक्ष डा. बिनोद शाहले जाँदाजाँदै १ लाख १ नेपाली रुपैयाँ बराबरको ANFS-Burnstin Scholarship छात्रब्रित्ती स्थापना गरेको घोषणा गरे। नेपालकालागि मानार्थ कन्सुल जनरल तथा वकिल मार्भिन ए ब्रुस्टिनले अमेरिकि डलर २ हजार ७ सय उक्त छात्रब्रित्तीकोलागि प्रदान गरेको पनि जानकारी गराइयो।

ANFS logo and Honorary Consul General of Nepal Marvin A. Brustin. Photo: eEyeCam.com

ब्रुस्टिनले सन् २०११ मा नेपालमा कृषि कार्यक्रमकोलागि ८ हजार डलर सोसाइटीमार्फत अनुदान दिएको पनि डा. शाहले युएस नेपाल अनलाइनलाई बताए।

बिबिध साँस्कृतिक कार्यक्रम

नेपाली नयाँ बर्ष २०६९ को अबसरमा सोसाइटीले बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गर्‍यो।

युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो प्रस्तुती हेर्नुहोस्:

ANFS Nepalese New Year 2067 Cultural Nite, NY, April 7, 2012




उक्त कार्यक्रममा गायनतर्फ राजेन्द्र राई, एन्जिला राई, गोमा योन्जन गुरुङ, न्हुछेनारायण डङ्गोल, गीता बिर्लाकोटी र राम श्रेष्ठले आ-आफ्नो गीत प्रस्तुत गरेका थिए भने
प्रसन्न शाहले संगित प्रस्तुत गरेका थिए।

Kripali Gautam performing Nepali folk dance at the event.

न्रित्यतर्फ एश्वर्य शर्मा, कृपाली गौतम, श्रेया बेलाबासे, यलिशा राधिका शाह, तेजस्वी थापा, रायन श्रेष्ठ, रोशन शर्मा, रोहित शर्मा, रक्षा बिष्ट, पुज्यता राजभण्डारी र बसन्ती राईको न्रित्य रहेको थियो।

उता कवि बिनोद रोकाले आफ्ना रसिला मुक्तकहरु पाठ गरेर ताली मात्र होइन "ओन्स मोर" पनि खाए।

कार्यक्रमको अन्तमा निबर्तमान महासचिब बिजय थापाले सोसाइटीले २९ औं बर्ष प्रबेश गरेको उल्लेख गर्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सन्चालन रामराज छेत्री र शैलेश श्रेष्ठले गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा नयाँ बर्षको उल्लास, गायिका देबिका प्रधानको धुनमा रमे राजदूत पनि

-Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)


Artist Devi Thapa Magar (Oli) receiving ANFS Achievement Award 2012 from Minister Consular Amrit Rai. Photos: eEyeCam.com


Deepak Shrestha receiving ANFS Volunteer Award 2012 from Minister Consular Amrit Rai. Photos: eEyeCam.com

Pop singer Ram Shrestha receiving ANFS Achievement Award 2012 from Minister Consular Amrit Rai. Photos: eEyeCam.com

Toran Pradhan Jain with her ANFS Community Service Award 2012. Photos: eEyeCam.com

न्यू योर्कमा अमेरिका-नेपाल फ्रेन्ड्सिप सोसाइटी (ANFS) द्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न
More photos from ANFS Nepali New Year 2069 program 2012
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.