NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकामा ANMA र NASeA को संयुक्त सम्मेलन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 07 September 2010 18:07
Article Index
अमेरिकामा ANMA र NASeA को संयुक्त सम्मेलन सम्पन्न
Women Forum photos
NRN & Other forum photos
INLS Poetry Forum photos
Indigenous & Other Forum photos
Cultural Nite photos
All Pages

Exclusive: 7 live videos, 4 audios & 87 photos: न्यू योर्क / लेक्जिङ्टन, केन्टकी- अमेरिकाको मध्य-पश्चिमी र दक्षिण-पुर्बी क्षेत्रिय दुई नेपाली संस्थाहरु Association of Nepalese in Midwest America (ANMA) र Nepalese Association in Southeast America (NASeA) को संयुक्त सम्मेलन यही सेप्टेम्बर ४ र ५ तारिखमा केन्टकी राज्यको लेक्जिङ्टन शहरमा सम्पन्न भएको छ।

 


NRN Forum interaction at the joint convention of ANMA-NASeA in Lexington, KY on September 5th, 2010. Photos: eEyeCam.com

उक्त संयुक्त सम्मेलनको उद्घाटन सेप्टेम्बर ५ तारिख अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रशाद शर्माले गर्नु भयो।


Nepalese Ambassador to the United States, H.E. Dr. Shankar P. Sharma speaking at the convention. Photos: eEyeCam.com

उद्घाटन समारोहमा सम्मेलन संयोजक राजेन्द्र खटिवडा, होस्ट संस्था केन्टुकी नेपाली सोसाइटीका प्रेसिडेन्ट भोज रावल, ANMA का प्रेसिडेन्ट मुकेश सिंह र NASeA का प्रेसिडेन्ट राजा घलेद्वारा स्वागत मन्तब्य ब्यक्त गरिएको थियो।

NASeA President Raja Ghale. Photos: eEyeCam.com

ANMA President Mukesh Singh.

Joint Convention Coordinator & ANMA newly elected President Rajendra Khatiwada. Photos: eEyeCam.com

उक्त संयुक्त सम्मेलनको भिडियो कन्फेरेन्स भिडियो अर्काइभ हेर्नुहोस्:



More live video archive at: http://www.ustream.tv/user/usnepalonline

NRN ICC General Secretary Ratan Jha. Photos: eEyeCam.com

समारोहमा नेपालबाट आउनु भएका नेकपा एमालेका केन्द्रिय सदस्य तथा अनेरास्वब्युका पूर्व अध्यक्ष योगेश भट्टराई, एनआरएन अमेरिका प्रेसिडेन्ट सुमन तिम्सिना, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (FIPNA) का अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, एसोसियसन अफ नेपालीज तराइयन इन अमेरिका (ANTA) का अध्यक्ष डा. बिनोद शाह, एनआरएन नर्थ अमेरिका को-ओर्डिनेटर डा. अम्बिका अधिकारी , NWGN का पूर्व प्रेसिडेन्ट डा. बिद्या रन्जित, दीपिका श्रेष्ठ र कतार NRN का पूर्व उपाध्यक्ष देब डङ्गोलले मन्तब्य राख्नु भयो।


UML Central Committee Member Yogesh Bhattarai. Photos: eEyeCam.com


NRN USA President Suman Timsina. Photos: eEyeCam.com


FIPNA President Karma G. Sherpa. Photos: eEyeCam.com

उक्त संयुक्त सम्मेलनको पहिलो दिनको अडियो अर्काइभ सुन्नुहोस्:

Being upload.

समारोहमा राज्य लक्ष्मी श्रेष्ठलाई Nepalese Women's Global Network (NWGN) को  Agent of Change पुरस्कार प्रमुख अतिथी राजदूत शर्माले प्रदान गरी सम्मान गर्नु भयो।

राज्य लक्ष्मी श्रेष्ठसंग युएस नेपाल अनलाइनले गरेको बिशेष भिडियो वार्ता हेर्नुहोस्:

Interview with Vijaya Laxmi Shrestha on September 5 2010:



शनिबारको कार्यक्रममा महिला, धर्म, नेपाल फोरम, इमिग्रेसन, सेभ द हिमाल, Mental Health & Suicide Prevention, INLS कविता प्रतियोगिता, Secure Your Driver Seat, Youth & Children Forum गोस्ठीको आयोजना गरियो ।


NRN USA VP Dr. Bidhya Ranjit. Photos: eEyeCam.com

महिला फोरमको भिडियो अर्काइभ हेर्नुहोस्:

Nepali Women Forum at ANMA-NASeA convention, KY Sept 4, 2010:



Empower Dalit Women of Nepal (EDWN) President Bishnu Maya Pariyar. Photos: eEyeCam.com

त्यस्तै, आइतबारको कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (FIPNA) द्वारा नेपालका आदिबासी जनजति समस्या सम्बन्धी अन्तर्कृया, वाइर्लेस प्रोजेक्टबारे महाबिर पुन मगरको लाइभ भिडियो कन्फेरेन्स, Collective Investment in Nepal, Society of Nepalese Engineers in USA forum, Yoga Session, स्वामी १००८ आत्मानन्द गिरीद्वारा प्रबचनलगायतका साइड इभेन्ट आयोजना गरियो ।

उक्त संयुक्त सम्मेलनको दोश्रो दिनको अडियो अर्काइभ सुन्नुहोस्:

Being uploaded.

वाइर्लेस प्रोजेक्टबारे महाबिर पुन मगरको लाइभ भिडियो कन्फेरेन्स भिडियो अर्काइभ हेर्नुहोस्:



सन् १९८२ मा स्थापना भएको एन्मा (ANMA) र सन् १९९१ मा स्थापना भएको नाजिया (NASeA) को संयुक्त सम्मेलनमा २९ राज्यबाट ५०० भन्दाबेशी अमेरिकि नेपालीहरु र क्यानाडा, नेपाललगायत अन्य मुलुकका पाहुनाहरुको उपस्थिती रहेको थियो।


Comedian Deepakraj Giri & Deepa Shree Niraula. Photos: eEyeCam.com

उक्त संयुक्त सम्मेलनको पहिलो दिन तीतो सत्य हाँस्य कार्यक्रमका कलाकार दिपकराज गिरी, नायिका दीपाश्री निरौला, गायक यम बराल, गायिका नलिना चित्रकार, गोपाल अधिकारी र सुनिता दुलाललगायतका नेपालबाट अमेरिकाको साँगितिक भ्रमणमा रहेका कलाकारहरुले रमाइलो साँस्कृतिक कार्यक्रम पस्किएका थिए।



त्यसैगरी, सम्मेलनको दोश्रो दिन स्थानीय नेपाली कलाकारहरुले बिबिध नेपाली साँस्कृतिक साँझ प्रस्तुत गरेका थिए।

उक्त साँस्कृतिक कार्यक्रमको भिडियो अर्काइभ हेर्नुहोस्:

अझ NASeA का प्रेसिडेन्ट राजा घले र उहाँकी धर्मपत्नी बिद्या घलेसंग अरु दुई जोडी एटलान्टा शहरबासी नेपालीहरुको सांस्कृतिक टोलीले सन् २०११ मा जर्जिया राज्यको एट्लान्टा शहरमा हुने संयुक्त सम्मेलनको स्वागत न्रित्यले अतिथीहरुलाई भाबुक बनाएको थियो।


NASeA President raja Ghale with his wife Bidhya Ghale and friends. Photos: eEyeCam.com

हेर्नुहोस् उक्त ANMA-NASeA Joint Convention 2011, Atlanta, Georgia स्वागत न्रित्य:



सम्मेलनमा सम्मेलन संयोजक राजेन्द्र खटिवडा ANMA को प्रेसिडेन्टमा निर्बाचित हुनु भएको घोषणा गरिएको थियो।



८ अमेरिकि र क्यानाडाली नेपाली न्यूज पोर्टलहरुद्वारा एकैसाथ प्रतक्ष प्रसारण गर्ने चाँजो पाँजो

उक्त संयुक्त सम्मेलनको ८ अमेरिका र क्यानाडाली नेपाली न्यूज पोर्टलहरुद्वारा एकैसाथ प्रतक्ष प्रसारण गर्ने चाँजो पाँजो मिलाइएको थियो । लाइभ कभरेज www.usnepalonline.com; www.nepalicount.com; www.mysansar.com; www.torontonepal.com; www.presschautari.com, www.bostonnepal.com, www.nepalmediacafe.com र  www.dcnepal.com ले आ-आफ्नो होमपेजमा एकैसाथ एउटै लाइभ स्ट्रिमिङ कोड प्रयोग गरेर प्रसारण गरेका थिए। यसको चाँजोपाँजो युएस नेपाल अनलाइनले गरेको हो।

यसरी एकैसाथ यती धेरै नेपाली अनलाइन संचार माध्यमहरुले मिलेर एउटै लाइभ कोड प्रयोग गरेर प्रतक्ष प्रसारण (Live broadcasting) गर्न लागेको पहिलो पटक हो।

प्रतक्ष प्रसारण (Live broadcasting) को भिडियो अर्काइभ हेर्नुहोस्:



युएस नेपाल अनलाइनको युस्ट्रिम लाइभ भिडियो च्यानेल हेर्नुहोस्:
http://www.ustream.tv/user/usnepalonline

उक्त संयुक्त सम्मेलनको साँस्कृतिक कार्यक्रमको पहिलो र दोश्रो दिनको अडियो अर्काइभ सुन्नुहोस्:

Being uploaded.

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

अमेरिकामा ANMA र NASeA को संयुक्त सम्मेलन सम्पन्न
Women Forum photos
NRN & Other forum photos
INLS Poetry Forum photos
Indigenous & Other Forum photos
Cultural Nite photos
All Pages

Page 1 of 6

 

 



 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?