NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Administrator   
Sunday, 24 January 2010 19:05

न्यू योर्क- पुरानो वर्ष लाङ्ल्हो (साँडे) वर्षलाई बिदा दिई नयाँ वर्ष ताल्हो (बाग) को आगमनलाई स्वागत गर्दै आँउदो वर्ष भरि गाँउ, समाज, देशविदेशमा छरिएर रहेका सम्पूर्णलाई सुस्वस्थ्या एवं दिघायुको कामना गर्दै हिमाली आदिबासी जनजातिहरुले विभिन्न परम्परागत रितिथिति अनुसार विभिन्न कार्यक्रमहरुको आयोजना गरि संयुक्त राष्ट्र अमेरिकामा बसोबास गरिरहेका आदिबासी ह्योल्मो जनजातिहरुले ह्योल्मो सोनाम ल्होसार मनाएका छन् ।

Hyolmo women at the 2137 Hyolmo Sonam Lhoshar in New York. Photos: Ang Kami Sherpa (PhotoHera.com). View enlarged images


ल्होसारकै अवसर पारेर यही जनवरी २३ ह्योल्मो सोनाम ल्होसार आयोजक समितिले न्यूयोर्कको उडसाईडमा एक भव्य कार्यक्रमको आयोजना गरि ह्योल्मो सोनाम ल्होसार मनाएका छन् । नचहदा नचहादै पनि आफ्नो जन्म थलो मातृभूमि ह्योल्मोबाट टाडा सात समुद्र पारी भएपनि आफ्नो संस्कार सस्कृति र परम्पराको जगेर्ण गर्दै ल्होसारलाई आफ्नो तवरबाट हर्सोल्लासका साथ मनाएका छन् ।



आदिबासी ह्योल्मो जनजातिको संस्कार र परम्परानुसार विविध पुजापाठका साथ शुभारम्भ गरिएको उक्त कार्यक्रम तिब्बतीयन आध्यत्मिक नेता श्रदय दलाई लामाज्यूको संयुक्त राष्ट्र अमेरिकाको लागि प्रतिनिधि श्री कुङ्गो लोब्साङ ङ्हेन्दकज्यूको प्रमुख आथित्यमा सम्पन्न गरिएको थियो र कार्यक्रमको सभापतित्व ह्योल्मो सोनाम ल्होसार आयोजक समितिका संयोजक श्री कर्मा लामा ह्योल्मोले गर्नु भएको थियो ।

ह्योल्मोका लामा गुरुहरुको अगुवाईमा साङ सेर्किमका साथ स्ह्यालगर क्षेपा गरी साँस्कृतिक तथा धर्मिक विधिबाट ह्योल्मो सोनाम ल्होसार कार्यक्रमको उत्घाटन गरिएको थियो । स्ह्याल्गर क्षेपा पश्चात ल्होसार पर्वको विशेष्ताको रुपमा चिनिने चामलको रोटी, बाबार, फलफुल तथा अन्य खाने कुराहरुलाई आकर्शक रुपमा सजाईएको, त्हेर्का खाई कार्यक्रलाई साँस्कृतिक तथा पारम्परिक रुपबाट रौनक थप्ने काम भएको थियो ।

Photos: Ang Kami Sherpa (PhotoHera.com). View enlarged images

कार्यक्रममा विषेश अतिथिका रुपमा मान्त्रित आदिबासी ह्योल्मोको विषयमा अनुसन्धान गरिरेका तथा ह्योल्मो सम्बन्धी दुई वटा पुस्तकहरु प्रकाशन गरिसकेका मानवशास्त्री स्यारा ल्वरेन्स कलेजका प्राध्यपक डक्टर रबर्ट डेजलाईले ल्होसारको अवशरमा सम्पूर्ण ह्योल्मोहरु तथा अन्य ल्होसार मान्नेहरुलाई शुस्वास्थ्य एवं दिर्घायु तथा प्रगतीको कामना गर्दै शुभ कामना व्यक्त गरिएको थियो ।

रमणिय ह्योल्मो गाँउको सुन्दर दृष्यको पृष्ठभूमिमा आदिबासी ह्योल्मो जातिको सस्कृति झल्काउने परम्परागत भेषभूषा क्षुबामा सुसज्जित भई पुरुषको हातमा साँस्कृतिक बाजा ट्हाम्ङेन (टुङ्ना) र महिलाको हातमा (स्ह्यलगर तेन्डेल) सगुन बोकेको पोष्टर र साथमा विभिन्न देव दवीहरुको थाङकु र स्ह्युक्ठीले आकर्शक रुपमा सजाईएको स्टेजले ह्योल्मोको अथाह सास्कृतिक सम्पदाको झल्को दिईरहेको थियो । त्यस्तो आकर्शक रुपमा सजाईएको स्टेजमा परम्परागत ह्योल्मो भेषभूषामा सुसजित भएर ह्योल्मो स्हब्रु प्रदर्शन हुदाँ आफ्नो परम्परा र सस्कृति प्रेमी ह्योल्मोहरुले स्हब्रु गर्ने कलाकारहरुभन्दा पनि बढ्ता उत्साहित भएर आफ्नो कला र सस्कृति प्रतिको मायालाई जीवन्तता प्रदान गरिएको थियो । आफ्नो परम्परागत भेषभूषामा सुसजित भएर उपस्थित भएका ह्योल्मोहरुको उपस्थितिले आफ्नो पुख्र्याउली भेषभूषा प्रतिको गहिरो मायाको उजागर भएको थियो ।

Photos: Ang Kami Sherpa (PhotoHera.com). View enlarged images

भाषा, भेषभूषा, सस्कार, सस्कृति र रितिरिवाजहरु आदिबासी जनजातिहरुको परिचायक हो र नेपालको आदिबासी जनजातिहरुको सुचिमा सुचिकृत ह्योल्मो आदिबासी जनजाति यसबाट अछुत रहन सक्दैन । यिनै कुरालाई मध्येनजर राख्दै आदिबासी ह्योल्मो जनजातिहरु यस पृथ्वीको जुनसुकै कुनमा रहेतापनि आफ्नो भाषा, सस्कार, सस्कृति र भेषालाई संरक्षण गरिरहेको यथार्त यस ल्होसार कार्यक्रमको प्रस्तुतिले प्रमाणित गरेको छ ।

करिब पाँच घण्टासम्म ह्योल्मो स्हब्रुमा रमेका अमेरिकाबासी ह्योल्मोहरु वर्षको एकै पटक मात्र भए पनि यसरी आफ्नो सस्कृतिमा रमाउन पाएकोमा आयोजकलाई मुरी मुरी धन्यबाद प्रकट गर्दैथिए ।  
बेलुकी ७:४० बाट सुरु गरिएको विविध मनोरञ्जनात्मक कार्यक्रमको विषेश्ता अर्कै थियो ।

नेपालका चर्चित पप गायक राजु लामाको वेजोड गायन प्रस्तुतीले बख्खर बामे सर्न थालेकी सानी नानीदेखि उमेर घर्किएकाहरुसमेत उनको गीतको तालमा आफ्नो ताली बजाएर रमेका थिए । 'मेरो नेपाल मेरो नेपाल' बोलको गीतबाट सुरु गरिएको उनको सांगितिक प्रस्तुतीले एकै क्षण भए पनि आफ्नो सुन्दर देश नेपालको याद सबैलाई दिलाएको थियो । छिरीङ तोप्के ह्योल्मोको शब्द रचना रहेको एल्बम मेरी मायामा समाहित राजु लामा कै सुमधुर स्वा'रले सजिएको गीत 'नरुनु है निरमाया परदेशीलाई सम्झेर, आँखाको तिम्रो आसुले गलाको लाली बगाउला' बोलको गीतले सबैको मन छोएको थियो । यस बाहेक बादल पारीको देशबाट, उभो उभो खासा म जादा, हलै चलेछ लगायत उनका सुपर हिट गीतहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएको थियो ।



गीतकार छिरीङ तोप्के ह्योल्मोको गीत गाँउदा आफु पनि एक आदिबासी जनजाति र मंगोलियन समुदायकै एक सदस्य भएको साथै आफ्नो सांगीतिक समूहको नाम पनि मंगोलियन हार्टस भएको र कार्यक्रम पनि ह्योल्मो सोनाम ल्होसारको भएकोले दर्शकहरुमा अझ उत्साह र जोश थप्न ह्योल्मोहरुको परम्परातग भेषभूषामा सुसजित भएर गीत गाईदिदा दर्शकहरुको उत्साहको सीमा थिएन । गायक राजु लामाले कुनै पुर्वग्राह राखेर त्यस्तो गरेको नभई सबैलाई मनोरञ्जन दिलाउनु पर्ने एक कलाकारको धर्म पुरा गरेको बताएका थिए । राजु लामाले करिब पउने दर्जन गीतहरु गाईसक्दा पनि उत्साहित दर्शकहरुले वान्स मोर वान्स मोरको नारा लगाई राखेको थियो ।

गायक राजु लामाको साथमा अर्का गायक गोम्बु शेर्पाले पनि शेलो तथा अन्य आधुनिक गीतहरु प्रस्तुत गरेर दर्शहरुलाई मन्त्रमुक्द बनाएका थिए । यसै गरी बहु प्रतिभाका धनी गायिका तथा नृत्यांगना यसोदा खालिङको प्रस्तुति पनि कुनै कम थिएन । नृत्य निर्देशक एवं जादुगर धर्मवीर लामाको जादु र नृत्यको संयुत प्रस्तुतिले दर्शकहरुलाई चकित पारेको थियो ।

कार्यक्रमा अर्का गायक संयोग लामाको प्रस्तुतिले दर्शकहरुलाई आ-आफ्नो कुर्सी छाडी कम्मर मर्काउन बाध्य बनाएको थियो । ह्योल्मोका स-साना नानीहरुको प्रस्तुति कम रोमान्चक थिएन । दुधे बालकहरु मञ्चमा विना हडबढाहका साथ त्यसरी नृत्य प्रस्तुत गर्दा सबै जना चकित भएका थिए । नेपालको ईमेज च्यानलका उद्घोषिका सुश्री साङ्गे ओमु ह्योल्मो तथा एच बी सी ९४ एफ एमका उदघोसिका सुश्री साङ्गे लामा ह्योल्मोद्वरा संचालन गरिएको उक्त कार्यक्रममा ह्योल्मोका कलाकार श्रीमती कविता शेर्पा ह्योल्मोले पनि 'चोली राम्रो पालपाली ढाकाको' बोलको गीत प्रस्तुत गरेकी थिईन् । ह्योल्मोका प्रतिभाहरु उदघोसिका द्वय सुश्री साङ्गे ओमु ह्योल्मो र सुश्री साङ्गे लामा ह्योल्मोको स्तरिय प्रस्तुतिले कार्यक्रमलाई सुनमा सुगन्ध थपिन पुगेको थियो ।

-Temba Dongba Hyolmo in New York



Photos: Ang Kami Sherpa (PhotoHera.com). View enlarged images

Photos: Ang Kami Sherpa (PhotoHera.com). View enlarged images




Photos: eEyeCam.com







Photos: eEyeCam.com




DJ Nawang with his friend. Photos: eEyeCam.com

USNepalOnline' contributing videographer Sambhu Moktan, MoktanDigital.com. Photos: Ang Kami Sherpa (PhotoHera.com). View enlarged images

Comments

avatar sang laus yolmo
0
 
 
wow yolmo haru jaha gaye pani yesri losar manayeko dekhda ra afnu dress lau derai barsa pa6i dekhna pauda sarai khusi lageu ra derai ramro lageu. tashi delek thujechhey.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?