NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 02 October 2009 11:02
न्यू योर्क Updated photo- नेपालमा पर्बत जिल्ला, शंकर पोखरी गाबिस, कुडापानी घर भएका हाल अमेरिकाको साउथ क्यारोलिना राज्यको स्पार्टनबर्ग शहरमा सिट्गो (CITGO) ग्यास स्टेसनका मालिक रबिन्द्र शर्माको गत मंगलबार (सेप्टेम्बर ३०) बेलुकी १०:३० बजे अज्ञात ब्यक्तीबाट उनकै ग्यास स्टेसनमा गोली हानी ह्त्या गरिएको छ।
स्व. शर्माका हाइ स्कुलदेखीका साथी लक्ष्मी गौडेल, जो भर्जिनियाबाट आज बिहान (शुक्रबार) मात्र घटनास्थलमा पुगेकाछन्, काअनुसार स्व. शर्माको हत्या 1001 North Church St., Spartanburg, South Carolina मा रहेको उन कै Citgo ग्यास स्टेसनको काउन्टर भित्र अज्ञात ब्यक्तीबाट गोली हानी हत्या गरिएको थियो। उनको साथमा उक्त ग्यास स्टेसनमा काम गर्ने एक मेक्सिकन कामदारलाई पनि गोली हानी हत्या गरिएको छ।
गौडेलकाअनुसार उक्त ग्यास स्टेसन स्व. शर्मा र गुल्मी घर भएका कृष्ण कडेलले संयुक्तरुपमा लगानी गरेर संचालन गर्दै आएका थिए। कडेल उक्त घटना हुनुभन्दा अढाइ घण्टा अघी नै नजिकैको घरमा फर्की सकेका थिए।
स्थानीय एक बटुवाले गौडेललाई बताएअनुसार उसले सो घट्नाको लगत्तै शर्मालाई गल ब्लाडरमा गोली लागेको कारण गुहार मागिरहेको देखेपछि पुलिसलाई खबर गरेका थिए। ति बटुवाले यो पनि भने कि मेक्सिकन स्टाफ चाँही घटनास्थल मै मृत्‍यु भई सकेको थियो। स्व. शर्माको भने नजिकैको Spartanburg Regional Medical Center अस्पतालमा लग्दै गर्दा मृत्‍यु भएको थियो।
४१ बर्शिय स्व. शर्माका श्रीमती यशोदा शर्मा र ५ बर्शिय एक छोरी नेपालमा नवलपरासीको कावासोतीमा बसोबास गर्दछन्। उनका आमा, बुवा, एक भाई, एक दाजु पनि नवलपरासी मै बसोबास गर्दछन्।
स्व. शर्माले अमेरिकि नागरिकताकालागि निबेदन दिइसकेका थिए, उनको फिङ्गर प्रिन्ट पनि भई सकेको थियो भने उनकी श्रीमतीको यही अक्टोबर महिनामा अमेरिका आउनका लागि अमेरिकन दुताबास काठमाडौंमा अन्तरबार्ताका लागि समय तोकिएको थियो।
यो दु:खद घटनापछि स्व. शर्माका साथीहरुले उनका परिवारलाई नेपालमा खबर गरेको र स्व. शर्मा कि श्रीमती यशोदा शर्मा र उनका भाईलाई अमेरिका ल्याउने तयारी भई रहेको गौडेलले युएस नेपाल अनलाइनलाई जानकारी गराए।
Late Rabindra Sharma. Photo courtesy: Khem Bhattachan
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
स्व. शर्माका अर्का मित्र खेम भट्टचनले जारी गर्नु भएको घटनाको विवरण:
साउथ क्यारोलिना स्टेटमा अस्ति राती ग्यास स्टेसनमा अपराधीहरुले गोली हानी हत्या गरिएका श्री रबिन्द्र शर्मा मेरो रुममेट हुनु हुन्थ्यो।
पर्बत जिल्लाको शंकरपोखरीमा जन्मी, हुर्की पछी नवलपराशी बसाई सरेपछी नेपाल ल क्याम्पसबाट बि० एल० गरेका रबिन्द्र शर्मा र मैले भर्जिनियाको फल्सचर्चमा एउटा Single Family House भाडामा लिएर बसेका थियौं।
साउथ क्यारोलिनामा ग्यास स्टेसन, फिलाडेल्फियामा सत्कार रेस्टुरेन्ट, फ्लोरिडामा स्लट-मेसिन ब्यबसायहरु शुरु गर्नु अघि लामो समय सम्म भर्जिनियामा म संगै बस्दा Windis मा "महा-प्रबन्धक" हुनु हुन्थ्यो।
अपराधीहरुले हत्या गरेको दुखद: समाचार सुन्दाबित्तिकै १२ घण्टा लामो गाडीको यात्रामा घटनास्थलतर्फ हिंडेका ३ वोटा गाडीमा १३ जना मित्रहरु बाटोमै मध्ये-रात परेकोले, हिजो नर्थ क्यारोलिना स्टेटमा बास बसेका छन्।
आज अफिस खुल्ने समयमा साउथ क्यारोलिना स्टेट को घटनास्थल Spartanburg City पुग्दै छन् साथीहरु। साथीहरु घटनास्थलमा पुगेपछी मात्रै बल्ल सबैकुरा थाहा हुन्छ।
दुतावासले कुनै कुरा बुझ्नुपरेमा घटनास्थल साउथ क्यारोलिना पुगेका हाम्रा मित्रहरु श्री लक्ष्मी गौडेलको सेल फोन नम्बर ७०३-२२०-८७८२ अथवा श्री राम बश्यालको सेल फोन नम्बर ५७१-३४४-५५०४ मा फोन गर्नु भएमा सबै कुरा थाहा हुनेछ।
दिबंगत: रबिन्द्र शर्माको नाम लेख्दा Spelling बिगारेर Rebinda Sharma लेखेको/भनेको साउथ क्यारोलिना स्टेट को स्थानीय टेलिभिजनको Breaking News को Link यहाँ छ:
http://www.wlos.com/shared/newsroom/top_stories/wlos_vid_986.shtml
खेम भट्टचन
सेल फोन ५७१-२४२-५५१०
Read our more related news:

-अमेरिका आएको ४५ दिन मै स्विमिङ पुलमा डुबेर मृत्‍यु

-न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो

-न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्

-न्यू योर्कमा गायक रुवि मुखियाको निधन: शब नेपाल पठाउन सहयोगका लागी अपिल

For more New York Nepalese community news go to:

 

Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?