Inside

All Time Top 50 News

न्यू योर्ककि नेपाली चेली लुना रन्जित 'एशिया २१ युवा नेता- २०१३' पुरस्कारद्वारा सम्मानित हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 20 November 2013 21:51

Special: 33 photos: न्यू योर्क- न्यू योर्कका नेपालीहरुबीच बिभिन्न सामाजिक कार्य गरी लोकप्रियता कमाएको 'अधिकार' संस्थाकि संस्थापक सदस्य एबं कार्यकारी निर्देशक लुना रन्जितलाई न्यू योर्क शहरमा मुख्यालय रहेको 'एशिया सोसाइटी' संस्थाले ४० बर्षभन्दा काम उमेरका युवालाई प्रदान गरिने सन् २०१३ को "एशिया २१ युवा नेता" पुरस्कारद्वारा सम्मान गर्ने घोषणा गरेको छ।


Asia Society names Luna Ranjit among 2013 Class of Asia 21 Young Leaders. Photos courtesy: AsiaSociety.org

युवा नेत्री रन्जितले उक्त पुरस्कार आगामी डिसेम्बर ६-८ तारिखबीच चीनको जेन्जियाङ शहरमा हुने 'एशिया २१ युवा नेता सम्मेलन' (Asia 21 Young Leaders Summit) मा ग्रहण गर्ने कुरा एशिया सोसाइटीले जनाएको छ।

नेत्री रन्जित यो पुरस्कार प्राप्त गर्ने तेश्रो युवा नेपाली नेपाली हुन्। यस अघी सन् २०११ मा रबी कर्माचार्य र सन् २०१२ मा सुभानी सिंहले यो पुरस्कार प्राप्त गरेका थिए।

सन् २००६ देखि प्रदान गर्न शुरु गरिएको यो पुरस्कार यसपाली प्राप्त गर्ने ३१ जना युवा नेताहरु छन्। पुरस्कार सरकारी, ब्यवसाय, शिक्षा, नीति र कला क्षेत्रमा बिशिस्ट योगदान पुर्‍याएका युवा नेताहरुलाई प्रदान गरिन्छ।

अमेरिकाको प्रसिद्ध प्रिन्स्टन विश्वबिद्यालयबाट पब्लिक एड्मिनिट्रेसनमा मास्टर्स गरेकी युवा नेत्री रन्जितको पहलमा सन् २००५ मा स्थापना भएको 'अधिकार' संस्थाले बर्षमा झन्डै ८ सय नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई निशुल्क कानूनी परामर्स, स्वास्थ्य जाँच, दोभासे सेवा, अंग्रेजी शिक्षा र बिभिन्न शीपमूलक तालिमहरु प्रदान गर्दै आएको छ।

Luna Ranjit, Co-founder and Executive Director of Adhikaar. Photo by Aaron Colussi

अधिकारले न्यू योर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यू योर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights Act) पास गराउन सफल भईसकेको छ।

अधिकारले गरेको उल्लेखनिय कामको कदर स्वरुप सन् २००८ मै न्यू योर्क शहरको प्रतिष्ठित पुरस्कार Union Square Award प्राप्त गरेको थियो। उक्त पुरस्कारको नगद राशी ५० हजार अमेरिकी डलर रहेको छ।

यसबाहेक अधिकारले सन् २००७ मा New York Women's Foundation को Neibourhood Leadership Award, रिज्वूड नेपालीज सोसाइटीको The Community Leadership Award (20007), New York City Council Citation (2007),  Chhaya CDC Arts & Activism Award (2010), SAALT Change Maker Award (2011) बाट सम्मानित भएको छ।

Luna Ranjit with her banker IT professional husband Rushil Shakya after receiving Public Service Award from New York’s 14th Congressional District Congressman Joseph Crowley in 2011. Photo courtesy: Luna Ranjit's facebook profile

यसैबिच, गत मार्च ११ तारिख १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा अधिकारद्वारा आयोजित कार्यक्रममा 'अधिकार' संस्थाले गरेको उल्लेखनीय आप्रबासी सेवाको सम्मानस्वरुप न्यू योर्क शहरको कुइन्स बोरो प्रेसिडेन्ट हेलेन मार्शलद्वारा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" कोरुपमा सम्मान गरेको घोषणा गरिएको छ।


Adhikaar's 8th Annual gathering and picnic in New York on August 4, 2013. Photos Sonam Ukyab for Adhikaar

अधिकार' को स्थापना सन् २००५ मा बर्तमान कार्यकारी निर्देशक लुना रन्जित, तफाज्वा पासिपानोद्या, रश्मी श्रेष्ठ र श्रीजना श्रेष्ठले गरेका थिए । अधिकारको हालको बोर्डमा अजादे खालिली, ममता गुरुङ, डा. सुजान हाङ्गेन, उपासना मैनाली र उर्बसी कौल छन्। अधिकारमा डाइरेक्टर अफ अर्गानाइजिङ एन्ड एड्भोकेसी नर्बदा छेत्री हुन् भने कार्यक्रम को-अर्डिनेटर राजी पोख्रेल, अर्गनाइजिङ फेलो नम्रता प्रधान र एक्जिक्यूटिभ एसिस्टेन्ट प्रार्थना गुरुङ छिन्।

५ बर्ष अघी शिर्फ ५०० डलर अनुदानबाट शुरु गरिएको अधिकारको हालको बिभिन्न कार्यक्रमहरुको वार्षिक बजेट ५ करोड नेपाली रुपैयाँ बराबर नाघी सकेको छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting about Adhikaar's activities:

-http://usnepalonline.com/adhikaar/

-न्यू योर्कमा 'अधिकार' द्वारा ८ औं वार्षिक पिकनिक कार्यक्रम सम्पन्न

-न्यू योर्कमा 'अधिकार' को ८ औं 'स्प्रिङ्ग फर जस्टिश' फण्डरेजिङ सम्पन्न, वकिल सर्ली लिन सम्मानित

-न्यू योर्कमा नेपाली संस्था 'अधिकार' द्वारा नेपाली नयाँ बर्ष २०७० को अबसरमा रमाइलो भेला सम्पन्न

-अमेरिकामा रहेका सवा करोड कागज नभएका आप्रबासीहरुको अधिकारको माग गर्दै लाखौंको जुलुश प्रदर्शन

-न्यू योर्कमा 'अधिकार' द्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवसको अबसरमा आप्रबासी अधिकारकोलागि महिला नेत्रित्व सम्बन्धी संगोस्ठी सम्पन्न

-न्यू योर्कमा पहिलो नेपाली घरेलु कामदारहरुको भेला सम्पन्न

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.