Inside

All Time Top 50 News

न्यू योर्कमा लिम्बुहरुद्वारा 5072 औं बलिहाङ तङ्नाम (तिहार) सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Buddha Chemjong   
Thursday, 15 November 2012 10:37
Article Index
न्यू योर्कमा लिम्बुहरुद्वारा 5072 औं बलिहाङ तङ्नाम (तिहार) सम्पन्न
More photos of Balihang Tangnam 2012
All Pages

Special: 20 photos: न्यू योर्क- किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा न्यू योर्क शहरमा 5072 औं बलिहाङ तङ्नाम (तिहार) पर्ब भब्यरुपमा सम्पन्न भएको छ ।


 

Limbu female performing Bhaileni at 5072nd Balihang Tangnam by Kirat Yakthung Chumlung USA in New York on November 11, 2012. Photos: eEyeCam.com

क्विन्स प्यालेंस पार्टि हल उडसाइडमा नोबेम्बर ११ तारिख आईतवार साँझ न्यू योर्कमा ८ औं बलिहाङ तङ्नाम मनाइएको हो।

बलिहाङ तङ्नाम किराती समुदायले परापुर्ब कालदेखी मनाउंदै आएको परम्परागत र ऐतिहासीक पर्ब हो । किराती सम्बतअनुसार यो 5072 औं बलिहाङ तङ्नाम पर्ब हो ।

चुम्लुङ अमेरिकाले सन् 2005 देखिलगातार यो पर्बलाई वार्षिक पर्बकोरुपमा मनाउंदै आएको छ । यसपालिको बलिहाङ तङ्नामको रौनक भने सधैंकोभन्दा फरक थियो किनकी सदाझैं पुरुषहरुको "झिलिमिली झिलिमिली देउसिरे" लाई पछि सारेर महिला सहभागीहरुबाट "भैलिनि आईन् आगन चुम्लुङको दक्षिणा मागन" भन्दै भैलो खेलिएको थियो । महिलाहरुको नेत्रित्व गर्दै इन्दिरा चेम्जोंग तुम्बाहम्फेले भैलो खेलाएकी थिईन् । त्यतिमात्र नभएर कार्यक्रमको अर्को रौनक लिम्बु लिम्बुनीहरुको जोडिले यसपालि कार्यक्रम स्टेजमै धान नाचेर लिम्बुहरुको संस्कृति न्यू योर्कमा प्रदर्शन गरिएको थियो ।


Limbu male performing Deusi-Bhailo at Balihang Tangnam by Kirat Yakthung Chumlung USA in New York on November 11, 2012. Photos: eEyeCam.com

उता लिम्बु फेदाङ्मा राम चोङबाङको नेत्रित्वमा लिम्बू भाषामा भाकिने "लारिङगेत नाम्लिङगेत" देउसिको भाकामा देउसी खेलिएको थियो । यस देउसी-भैलोमा देबेन्द्र लिम्बु, बिरेन्द्र लाबुंग लिम्बु, बुद्ध चेम्जोंग, नगेन्द्र इंगनाम, संजय मादेन, सन्तोष लिम्बु, राजकुमार लिम्बु, चेतन लिम्बु, योगेश लिंगदेन, देशहांग लिम्बु, शिब लाबुंग लिम्बु, केसर लिम्बु, प्रेम लिम्बु, कर्ण योंग्हांगलेसाथ दिएका थिए ।

Ram Chongbang performing Laringet Namlingget at Balihang Tangnam by Kirat Yakthung Chumlung USA in New York. Photos: eEyeCam.com

यसैगरी, कार्यक्रममा चर्चित लोकगायक सुमन बुढामगर, राम लिम्बु, गायिका यशोदा खालिङलगायतका अन्य कलाकारहरुले बिभिन्न गीत प्रस्तुत गरेका थिए भने राम लिम्बु, यशोदा खालिङ, हेलेन लिम्बु, लुना योङ्हाङ, रिया लिम्बु, देशहांग लिम्बु, सोधु योङ्हाङ् लगायतले बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

Folk singer Suman Budha Magar performing Deusi-Bhailo at Balihang Tangnam by Kirat Yakthung Chumlung USA in New York. Photos: eEyeCam.com

यता लोकदोहोरी गीतमा ख्याती कमाएका चर्चित लोकगायक सुमन बुढामगरले गीत संगीतसँगै देउसी-भैलोको भाकामा भट्याउँदै प्रशस्त मनोरञ्जनसँगै संस्थालाई दक्षिणा संकलनमा सहयोग पुर्याएका थिए । उनले भट्याउँदै गर्दा सहभागीहरुले थप मनोरञ्जन लिएका थिए । यस बलिहांग तङ्नाममा लिम्बु समुदाय मात्र नभएर अन्य समुदायको पनि उल्लेख्य उपस्थिति थियो ।

Critic Ambar Nembang speaking at the 5072nd Balihang Tangnam by Kirat Yakthung Chumlung USA in New York on November 11, 2012. Photos: eEyeCam.com

संस्थाका महासचिव दिपेश चबेगुद्वारा सञ्चालित कार्यक्रममा चुम्लुङ उपाध्यक्ष इन्दिरा चेम्जोङ तुम्बाहम्फेले स्वागत मन्तब्य, महासचिव दिपेस चबेगुले संस्थाकोबारेमा जानकारी र बलिहाङ तङ्नामको बारेमा वरिष्ठ समालोचक अमर नेम्बांग लिम्बुले प्रकाश परेका थिए । उनले परापुर्वकालमा बलिहाङ् राजा नाम गरेका किराती राजाले बिभिन्न राज्यहरुलाई परास्त गरेर आफ्नो राज्यभिषेकको अवसरमा यस सम्बतलाई शूरु गरेको यथेष्ठ प्रमाणहरु बिभिन्न धार्मिक पुराणहरुमा उल्लेख गरेको बताए ।

Chumlung USA president Debendra Sambahamphe speaking at the 5072nd Balihang Tangnam by Kirat Yakthung Chumlung USA in New York on November 11, 2012. Photos: eEyeCam.com

कोषाध्यक्ष बिरेन्द्र लाबुङ लिम्बुको संयोजकत्वमा रिटायर्ड सिंगापुर पुलिश फोर्सका गोर्खा मेजर सन्चमान लिम्बुको एड्भैजरी र प्लानिंगमा भएको उक्त कार्यक्रममा चुम्लुङ अध्यक्ष देबेन्द्र सम्बाहाम्फे लिम्बुले सम्पूर्ण उपस्थितिलाई धन्यवाद ज्ञापन गर्दै अर्को साल अझै रमाईलोसंग तङ्नाम मनाउने प्रण गर्दै कार्यक्रमको मैझारो गरेका थिए ।

Buddha Chemjong
Secretary
New York
Kirat Yakthung Chumlung USA
www.chumlungusa.com

Chumlung VP Indira Chemjong Tumbahamphe speaking at the the 5072nd Balihang Tangnam by Kirat Yakthung Chumlung USA in New York on November 11, 2012. Photos: eEyeCam.com


Chumlung General Secretary Dipesh Limbu speaking at the the 5072nd Balihang Tangnam by Kirat Yakthung Chumlung USA in New York on November 11, 2012. Photos: eEyeCam.com






Singer Yashoda Khaling Rai. Photos: eEyeCam.com

न्यू योर्कमा लिम्बुहरुद्वारा 5072 औं बलिहाङ तङ्नाम (तिहार) सम्पन्न
More photos of Balihang Tangnam 2012
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.