NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा न्हुगु दं नेपाल सम्वत् ११३२ या भिन्तुनाको अबसरमा म्हः पूजाको आयोजना सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by New York Newa Guthi   
Thursday, 10 November 2011 11:00

न्यू योर्क- न्यू योर्क नेवाः गुठीको आयोजनामा नेवार जातीको संस्कृतिलाई अझ बढी जनसमुदाय समक्ष उद्धृत गर्ने उदेश्यले पहिलो पटक न्हुगु दंको उपलक्ष्यमा सामुहिक रुपमा म्हः पूजाको आयोजना गरिएको थियो ।



यही अक्टोवर २७ २०११ बिहीवारका दिन न्हुगु दं ११३२ या भिन्तुना नयाँ वर्ष ११३२ को उपलक्ष्यमा शुभकामना प्रदान गरिदैं कार्यक्रम थालनी गरिएको थियो ।

कार्यक्रममा न्यू योर्क नेवाः गुठीका कार्यकारिणी अध्यक्ष्य न्हुच्छे नारायण डंगोलको सभापति रहनु भएको थियो भने भूपू संस्कृति पर्यटन र नागरिक मन्त्री र विभिन्न संघ संस्थामा रही समाज सेवामा लाग्नु भएका हाल ललितपुर विकासकालागि समाजका अध्यक्ष  बुद्धिराज बज्राचार्य प्रमुख अतिथि रहनु भएको थियो ।

यस्तै भन्ते कृष्णमान तुलाधर अतिथिकारुपमा रहनु भएको थियो । कार्यक्रममा सहभागी हुनु भएको सम्पूर्ण सहभागीहरुलाई यस न्यू योर्क नेवाः गुठीका कोषाध्यक्ष समीर महर्जनले स्वागत भाषण गर्नु भएको थियो भने यस कार्यक्रमको संचालन गुठीका महासचिव धर्मेन्द्र गोपालीले नेवारी भाषामा नै कार्यक्रम साचालन गरिएको थियो ।

एक किसान शंखधर शाख्वाले आफ्नो सबै सम्पति लगानी गरी काठमाडौंका दासहरुको मोचन र गरिबहरुको ऋण माफ गरिएको खुशीयालीमा मोचन गरिएका दासहरुलाई सम्मान गर्दै उनीहरुको शरीरमा ईश्वरको बास छ भन्ने मान्यता बसाल्न उनीहरुको सामूहिक पूजा गराए जुन कार्यक्रम हरेक वर्ष दोहोरिन थाल्यो र कालान्तरमा त्यही काम म्हः पूजाका रुपमा स्थापित भएको थियो । सुरुसुरु यस्तो पूजा सामुहिक रुपमा गरिन्थ्यो भने कालान्तरमा यो परम्परा नेवार समुदायमा घरघरमा सीमित हुन थाल्यो । यही परम्परालाई आज न्यूर्योक नेवाः गुठीले सामुहिक रुपमा आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी बुद्धिराज बज्राचार्यले नेपाल सम्वत्को थालनी र म्हः पूजाका महत्वबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियॊ । नेपाल सम्वत् ११३२ को भिन्तुना दिनुका साथै म्हः पूजा आफ्नै शरीरको पूजा आफूले वर्ष दिनभरी गरिएको कार्यहरुको सफलताका खुशीयालीमा र आउदो वर्षमा पनि आफ्नो लक्ष्य सफलताका कामनाकासाथ आफूले आफ्नै आत्मा र शरीरको पूजा गरिने भएकोले यसलाई म्ह पूजा भनिएको र यसको अति महत्वपूर्ण रहेको कुरा बताउनु भयो । नेवारी कला संस्कृति र भाषाका जर्गेना गर्ने उद्देश्यले विदेशमा बसेर पनि यस्तो कार्यक्रम गरिदैं आएकोमा न्यूयोर्क नेवा गुठीलाई धन्यवाद दिनु भएको थियो भने हामीलाई अझ बढी हौसला बढेको छ ।



कार्यक्रम विभिन्न जातजाति तथा विदेशका नागरिकहरु गरी करिब १७५ जना सहभागी हुनु भएको थियो । म्हः पूजा विधिपूर्वक नै मण्डप बनाई सहभागी सबैलाई मण्डपमा बसी आफ्नो आफ्नो मण्डपलाई पूजा गरी पूजा प्रारम्भ गरिएको थियो । पूजाको लगत्तै फुल माछा र वारासहित सगुन स्वकं लिई पूजाको समाप्त गरिएको थियो भने पूजा लगत्तै समयबजी भोज को पनि व्यवस्था गरिएको थियो ।

यस पूजाकालागि सहयोग गरिदिनु हुने स्वयमसेवकहरु सूर्य महर्जन,  श्रृजना तुलाधर, मोहिनी कर्माचार्य, मकल शाक्य, प्रभा श्रेष्ठ र सर्मिला श्रेष्ठलाई पनि न्यूयोर्क नेवा गुठी धन्यवाद दिन चाहन्छु ।

त्यस्तै कार्यक्रमलाई सहभागी गरिदिनु हुने स्वयमसेवकहरु राजभाई डंगोल, राजा शाक्य, विष्णुमान प्रधान, विनय शाक्य, ऐलान महर्जन, शुशील महर्जन, श्रृया तुलाधर, अनिल महर्जन, सुवर्ण शाक्य, सुन्दरलाल महर्जन, उमित डंगोल, संजय सिलाकार र राजु तुलाधर तथा गुड मार्केट उडसाईटलाई पनि धन्यवाद दिन चाहन्छु ।

त्यस्तै प्रकाशन र प्रदर्शनमा सहयोग गरिदिने डिजिटल भिडियोका शम्भु मोक्तान, हिमालय टाइम्स्का आङ्ग छिरिङ्ग शेर्पा, विश्व सन्देशका विजय पौडेल हाम्रोफोटो डट कमका अशोक पन्त र एबीसी च्यानलका किशोर पन्थी र अन्य प्रकाशनमा सहयोग गरिदिन भएका सबैलाई पनि धन्यवाद दिन चाहन्छ । अन्तमा कार्यक्रमलाई आर्थिक सहयोग गरिदिनु हुने क्विन्स डाईमण्डका सूर्य महर्जन र समीर महर्जन, रारा ग्रुपका राजु तुलाधर र राजा शाक्य र सेवा मनी ट्रान्सफरका सुजन श्रेष्ठलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहांहरुबाट सधै यस्तै सहयोगको पनि अपेक्षा गर्दछु ।

धन्यवाद

धर्मेन्द्र गोपाली
महासचिव
न्यू योर्क नेवाः गुठी

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?