Inside

All Time Top 50 News

न्यू योर्कमा चुम्लुङ न्यु योर्क च्याप्टरद्वारा रक्तदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Indira Chongbang   
Tuesday, 08 September 2009 01:47
न्यू योर्क- 'रक्तदान जीवन दान' भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ अमेरिका न्युयोर्क च्याप्टरले न्युयोर्क ब्लड सेन्टरको समन्वयमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
 
A blood doner at the Chumlung blood donation program. Photos courtesy: Indira
 
चुम्लुङले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाली लगायत बिदेशीहरु ४७ जना मध्ये ४० जनाले रक्तदान गर्न सफल भएका थिए ।

रक्तदाताहरुको नामावली यस प्रकार छ: विनोद पोमु, मुनेन्द्र लिम्बु्, अर्जुन मैनाली, इन्दिरा चोङबाङ, बिरेन्द्र लाबुङ लिम्बु, तिलक श्रेष्ठ, अनिल लिम्बु, दिपेश चबेगु, योगेश लिङदेन, अशोक ज्ञवाली, हेमबहादुर थापा, कर्णप्रसाद लिम्बु, कुलबहादुर लिम्बु्, केशब लामा, लबकुमार बुढा मगर, केशर बहादुर लिम्बु, विभा शाह बम, पुर्ण थेबे, अमृत श्रेष्ठ, अर्जुनबहादुर िसंह, संजय थापा, बिक्रम नेम्बाङ, सिइओ सॆल्गु, पुर्ण राना मगर, स्टेशी रिमिड, टंक मगर, शुशीला लिम्बु, क्रिस्टिना होयामेग, मनोज खनाल, उमा खनाल, मेरी लिम्बु, बिजय थुलुङ, चित्र बस्नेत, रोशन ढुंगाना, मदन कुमार लिम्बु, अमिता कार्की, शुशिला घले, मरिट फल्लेरोड, सम्झना सुब्बा र
सिमा लिम्बु छन्।

कार्यक्रममा रक्तदाता तथा स्वयमसेवकहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो। प्रशंसापत्रको वितरण आदिवासी जनजाति महासंघ अमेरिका 'फिप्ना'का अध्यक्ष कर्मा ग्यालजेन शेर्पा, किरात याक्थुङ चुमलुङ अमेरिकाका केन्द्रिय अध्यक्ष पुर्ण थेबे, किरात याक्थुङ चुम्लुङ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष बिनोद पोमु र सहसचिब पुष्पालता थाम्सुहाङले गरेका थिए ।
 
FIPNA President Karma G. Sherpa presenting appreciation letter to Labkumar Budha Magar, General Secretary of Langhali Association USA INC. Photos courtesy: Indira
कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न जातीय संघसस्थाका व्यक्ति तथा बुदिजीवीहरु बंशलाला तामाङ, सोमनाथ घिमिरे, अर्जुन मैनाली लगायतका उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरुबाट आर्थिक सहयोग प्रदान गरिएको थियो । आर्थिक सहयोग गर्नेहरुमा हिमालय कनेक्सन, अर्जुन मैनाली, केशबराम राई, दिपेश लिम्बु, मुस्ताङ थकाली किचेन, लालीगुरास रेष्टुरेन्ट, कमला लोकचन, कुलबहादुर लिम्बु, धानुका लिम्बु, बिरेन्द्र लाबुङ लिम्बु आदि रहेका थिए ।
 
Chumlung Central Committee President Purna Thebe presenting appreciation letter to a blood doner. Photos courtesy: Indira
 
कार्यक्रममा तिलक श्रेष्ठ, कुलबहादुर लिम्बु, बिरेन्द्र लाबुङ लिम्बु, दिपेश चबेगु, अर्जुन मैनाली लगायतले स्वयम सेवक गरेका थिए भने कार्यक्रमको संयोजक संस्थाका सदस्य योगेश लिङदेन रहेका थिए ।

कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग पुरयाउने सम्पुर्ण व्यक्ति तथा संघसंस्थाहरुलाई किरात याक्थङ चुम्लुङ अमेरेकिा न्युयोर्क च्याप्टरका अध्यक्ष बिनोद पोमुले हार्दिक आभार तथा धन्यबाट प्रकट गरेका थिए ।
 
Chumlung NY Chapter President Binod Pomo presenting appreciation letter to a blood doner. Photos courtesy: Indira
 
न्युयोर्क ब्लड सेन्टरका अनुसार एकजना मान्छेले प्रदान गरेको रक्तदानले तीन जना मान्छे बच्न सक्छ । नियमित रक्तदान गर्ने विशेषगरी पुरुषहरुलाई हट एट्याक्क हुने सम्भावना कम हुन्छ । विश्वमा बार्षिकरुपमा ८१ मिलियन मान्छेहरुलाई रगतको आवश्यक भइरहेको तथ्याँकहरुले देखाउँछ ।

-Indira Chongbang in New York





 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.