Inside

All Time Top 50 News

पशुपतिनाथ बुद्ध फाउन्डेसनको बोष्टन टाऊन हल मिटिङ फेब्रुवरी ११ तारिख हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Wednesday, 06 February 2013 08:38

बोष्टन- अमेरिकाको ग्रेटर बोष्टन क्षेत्रमा पशुपतिनाथ र बुद्दको मन्दिरसहित नेपाली कम्युनिटी भवन बनाऊने पबित्र ऊद्देश्य राखी स्थापना गरिएको सँस्था "पशुपतिनाथ बुद्ध फाउन्डेसन न्यु ईङ्गलैण्ड" ले आगामी फेब्रुवरी ११ तारिख सोमबार टाऊन हल मिटिङको आव्हान गरेको छ ।


सोकोलागि सँस्थाका महासचिव महेश्वर पन्तव्दारा प्रेषित इमेलमा जनाईएको छ-

"आदरणीय न्यु इंगलैंडबासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु ! ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसि), हिमालयन लायन्स क्लब, बोस्टन लोक सुसेली समूहलगायत यहाँ क्रियाशिल संघ सँस्था र व्यक्तिहरुको सहभागितामा न्यु इंगलैंड क्षेत्र कै महत्वपुर्ण कार्यक्रमकोरुपमा नेपाली कम्युनिटी सेन्टरसाथमा पशुपतिनाथ र बुद्धनाथ मन्दिरको स्थापना गर्ने बृहत उद्देश्यले संयुक्त देउसी भैलो कार्यक्रम तपाईँहरुकै सहयोगमा सम्पन्न गरि उल्लेखनियरूपमा आर्थिक संकलन गर्न पनि सफल भएका छौं।

उक्त कार्यक्रमबाट उठेको पैसा सुरक्षित गर्न र अन्य कार्यक्रम अगाडी बढाउन 'पशुपतिनाथ बुद्ध फाउन्डेसन् अफ न्यु इंगलैंड' नामक सँस्था दर्ता गरिएको र सोहि सँस्थाको नाममा बैंक खाता खोलि देउसी भैलोबाट संकलित रकम सुरक्षित गरिएको कुरा सहर्ष जानकारी गराउदै उक्त फाउन्डेसन्को हालसम्म सम्पन्न र भाबी कार्यक्रमकोबारेमा सम्पूर्ण महानुभावहरुबाट सहयोग सल्लाह लिने तथा जानकारी गराउने उद्देश्यले आगामी फेब्रुवरी 11 तारिख सोमबारका दिन बेलुका 5 बजे मसला रेस्टुरेन्टमा (1127 Broadway Somerville MA) आम भेला (Town Hall Meeting ) बोलाईएको छ। उक्त भेलामा यहाँहरुको उपस्थितिकालागि हार्दिक अनुरोध गर्दछौँ।"

टाऊन हलले अहिलेसम्म भएगरेका कामलाई नियमित गर्दै भावि योजना पारित गर्ने जनाईएको छ । टाऊन हल मिटिङबाटै आधिकारिक कार्य समिति गठन गर्ने कुरामा सहमति भएको छ । ग्रेटर बोष्टन क्षेत्रमा नेपाली बसोबास गर्न थालेको तिन दशकभन्दा बढि भएता पनि बल्ल यसपाली नेपाली कम्युनिटिको पक्षमा राम्रो कामको थालनी भएको छ ।

फाऊण्डेशनलाई अगाडि बढाऊन, खाता सँचालन गर्न र सँस्थालाई आबश्यक बैधानिक प्रकृयाबाट अगाडि बढाऊन गठित तदर्थ समितिका सभापति बिष्णुमणी आचार्यले अमेरिकामा नेपालीको पहिचानसहित आपसि हक हित एकता र नेपाली सँस्कार सँस्कृतिको जगेर्नार्थ नेपाली कम्युनिटि हल आबश्यक भएकोले सोकोलागि आफुहरु पदमा बसेर काम गर्दा एक पैसा पनि बदमासी नगर्ने, आर्थिक पारदर्शिता शो गर्ने, आफुले पनि सहयोग गर्ने, अरुलाई पनि सहयोग गर्न अभिप्रेरित गर्नेलगायत अनेकौ बैधानिक ऊपाय अवलम्बन गरेर कम्युनिटी हल बनाऊने र पशुपतिनाथ बुद्द फाऊण्डेशनलाई अगाडि बढाऊने सोँचबारे बताए । बर्तमान तदर्थ समितिलाई नै टाऊन हल मिटिङले बैधानिकता दिएपनि नदिएपनि वा केही थपघट सहित नया समिति बनेपनि प्रजातान्त्रिक लोकतान्त्रिक तरिकाले टाऊन हलको म्याण्डेट अनुसार नै आफुले काम गर्ने पनि बताए ।

तदर्थ समितिका महासचिव व्दय बिरोचन नेपाल र महेश्वर पन्तव्दारा सँचालित सो बैठक नेपाली कम्युनिटी भवनको साझा अवधारणा सहित सँयुक्त भैलिधौसी गराऊन पहल गर्ने जिबिएनसीका अध्यक्ष तथा सो तदर्थ समितिका चियर पर्सन मिलन गुरुङको अध्यक्षतामा बसेको थियो । सहमति जुटेका ऊल्लेखित बिभिन्न बुदा ऊपर बैठकमा बिभिन्न ब्यक्ति ब्यक्तित्वले आ-आफ्नो बिचार राखेका थिए । तदर्थ समितिका प्रबक्ता सुन्दर गुरुङ, सल्लाहकार शिव प्रकाश र सुर्य थापा, कोषाध्यक्ष भुवानी गुरुङलगायत समाजसेवीहरु तथा नेपाली सँघ सँस्थाका प्रतिनिधीहरु लोकेश अधिकारी, हरि काफ्ले, यम पौडेल, बिष्णु कार्की, राम थापा, शुसिल पौडेल, बिष्णु राई, चन्द्र पुन मगर, धनकुमार गुरुङ, भक्त गुरुङ, ज्ञान प्रकाश शर्मासमेतले छलफलमा भाग लिएका थिए । निकै राम्रो छलफल भएकाले पशुपतिनाथ बुद्द फाऊण्डेशनको आगामी टाऊन हल मिटिङमा पेश हुने बिधान, कार्य निति, कार्य समिति र बिभिन्न एजेण्डा ऊपर निर्णयसमेत जुटेको छ ।

बोष्टनमा नेपाली कम्युनिटि हल बनाऊन सँयुक्त भैलीधौसीबाट सँकलित मध्ये अत्याबश्यक खर्च १,७७२ कटाई २४,१६० डलर बैङ्कमा जम्मा गरिएको र २,०५९ डलर ऊठन बाकी रहेको कुरा बैठकमा जानकारी गराईएको र सदस्यताको नया कार्यक्रम आएपछि बिकाश बजेट र भैपरी आऊने बजेट गरि दुई प्रकारका बजेट बनाऊन पर्ने कुरा छलफलमा ऊठेको थियो ।

तदर्थ समितिका सचिब हरि काफ्ले शैवले एक धार्मिक भनाई “धर्म मित्रँ मृतस्य:च”(धर्म नै मृत्यु पछिको साथी हो) भन्ने बैदिक भनाई राख्दै आफु बिदेश आएको १० बर्ष भएकाले बर्षको एक दिनको हिसाबले १० दिनमा हुन सक्ने कमाई १,००८ डलर नेपाली कम्युनिटी भवनकोलागि दिने घोषणा बैठकमा गरे ।

समरभिल टाऊन हल मिटिङबारे थप जानकारी      

स्थान : Masala Restaurant, 1127 Broadway, Somerville, MA
मिती: 02/11/2013 समय :साझ ५ बजे
एजेन्डाहरु:
1. फाउन्डेसनद्वारा हालसम्म सम्पन्न कार्यक्रमको जानकारी।
2. फाउन्डेसन्को भावी कार्यक्रमकोबारे छलफल तथा म्याण्डेट निर्धारण ।

आयोजक : पशुपतिनाथ बुद्ध फाउन्डेसन् अफ न्यु-इंगलैंड, अमेरिका

-Yem Poudel (YMKNepal.com) in Boston

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.