NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा लिम्बुहरुद्वारा चासोक तङ्नाम (न्वाँगी पूजा) सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Nagendra Ingnam "Atharaili"   
Thursday, 15 December 2011 01:35

Special: 2 photos: न्यू योर्क- किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा न्यू योर्कस्थित ज्याक्सनहाईट्समा चासोक तङ्नाम (उधौली) पर्व न्वाँगी पूजा गर्दै सम्पन्न भएको छ ।

Limbus celebrated Chasok Tangnam in New York on December 11, 2011. Photos: Nagendra.

चुम्लुङ अमेरिकाले सन् २००४ देखि नै आफ्नो वार्षिक कार्यक्रमअनुसार लगातार चासोक तङ्नाम मनाउँदै आएको छ । यसपालिको सन्दर्भ भने सोही दिन किराती भाषा तथा लिपीको जगेर्ना गर्ने क्रममा मारिएका शहीद सिरिजोङ्गाहाङ सिङ थेबेको पनि जन्मदिन परेकोले 'सिरिजोङ्गा जयन्ती' पनि मनाउने अवसर मिलेको थियो ।

सन् १७०४ मा ताप्लेजुङ जिल्लाको सिनाम तेल्लोकमा जन्मेका शहिद सिरिजोङगा सन् १७४१ मा सिक्किममा अराजक भनी मारिएका थिए ।

उधौली (न्वाँगी पूजा) पर्व नेपाली पात्रोअनुसार मङ्सिर पुर्णिमाको दिन मनाईन्छ । नेपाल सरकारले केही सालयता किरात धर्मावलम्बीहरुको  (उधौली पर्व) न्वाँगी पूजालाई राष्ट्रिय पर्वको मान्यता दिएकोले नेपालमा सार्वजानिक बिदा दिईन्छ । किरात परम्परागत उधौली पर्वलाई किराती समुदाय मध्येको लिम्बूहरुको भाषामा चासोक तङ्नाम भनिन्छ । परापूर्ब कालमा पाकेको अन्नबाली आफ्नो ईष्ट देवहरुलाई नचडाई खाँदा अशुभ भई दु:ख बिमार हुने, धतधत्ताउने, बहुलाउने र गाँड निस्कने जस्ता लक्षणहरु देखा परेकाले पुर्खाहरुले अन्नवली पाकेपछि न्वाँगी पूजा गरेरमात्र खाने परम्परा बसाएअनुसार चासोक तङ्नाम पर्व न्वाँगी पूजाकासाथ निरन्तररुपमा मानिंदै आएको हो ।



न्यू योर्कवासी लिम्बुहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमलाई चुम्लुङका सचिव बुद्ध चेम्जोङले सञ्चालन, उपाध्यक्ष ईन्दिरा चेम्जोङ तुम्बाहाम्फेले उपस्थितिलाई स्वागत गरेका थिए भने प्रेम मेन्याङ्बो र राम चोङ्बाङले चासोक तङ्नामकोवारेमा प्रष्ट्याएका थिए । किराती धार्मिक विधिअनुसार राम चोङ्बाङले फेदाङमाको भूमिकामा तरुल, जाँड र काँचो अन्न चडाएर पूजा अर्चना गरेका थिए। यसै अवसरमा न्यू योर्कमा हालै आएर बसोबास गर्दै गरेका समुदायका ब्यक्तिहरुलाई पनि संस्थाकोतर्फबाट खदा पहिर्‍याएर संस्थागतरुपमा स्वागत गरिएको थियो ।

चुम्लुङ अमेरिकाका कार्यवाहक अध्यक्ष देवेन्द्र सम्बाहाम्फेको अध्यक्षतामा भएको उक्त चासोक तङ्नाम कार्यक्रमलाई सम्बाहाम्फेले धन्यवाद ज्ञापन गरेर च्याब्रुङ नाचको रमाईलोसँगै कार्यक्रमको समापन भएको थियो ।

-Nagendra Ingnam 'Atharaili' in New York

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?