Inside

All Time Top 50 News

मनी ट्रान्सफरमा नयाँ आयाम: 'मनीग्राम'द्वारा 'सिटी एक्सप्रेस'सँगको सहकार्यमा नेपालका विभिन्न स्थानबाट रकम भुक्तानी सेवा सुचारू PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sponsored Publication   
Friday, 12 August 2016 18:44

सहकार्यबाट विदेशमा बसेका नेपाली कामदारलाई वर्षैभरि र समायानुकूल तवरले रकम प्राप्त गर्न अब सजिलो
Sponsored article:
काठमाडौँ, २० साउन २०७३- बिश्वमा मनी ट्रान्सफर (रिमिट्यान्स) मा बिश्वसनीयता कमाएको 'मनीग्राम' ले नेपालमा आफ्नो पहुँच बढाउँदै 'सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.'सँग सहकार्य गरेको छ । विदेशमा काम गरिरहेका नेपालीलाई अब नेपालमा रकम पठाउनका लागि अझ सुविधाको टेवा पुगेको छ ।

 

City Express Money Transfer's Managing Director Chandra Tandon and MoneyGram's Sheshagiri Malia at the launching of their money transfer service in Nepal. Photos courtesy: City Express Money Transfer

दक्षिण एसियाका मनीग्रामका क्षत्रीय निर्देशक शेशागिरी मालिया भन्नुहुन्छ, "नेपालमा रहेका ग्राहकहरूलाई सहज र पायक पर्ने सेवा दिनका लागि संसारभरि रहेका नेपालीलाई सेवा र्पुयाउन मनीग्राम तत्पर छ । सिटी एक्सप्रेससँगको सहकार्यले अब सो सेवा अझै विस्तारित भएको छ र विशेष गरी मिडल इस्टमा (गल्फ क्षेत्र) काम गर्ने नेपालीका लागि यो सहकार्य उपयोगी साबित हुनेछ ।"

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डन भन्नुहुन्छ, "संसारको सबैभन्दा अग्रणी रेमिटान्स सेवा प्रदान गर्ने कम्पनि मनीग्रामसँग सहकार्य गरी सेवा र्पुयाउन पाउँदा हामी अत्यन्तै हर्षित र उत्साहित छौँ । यो सहकार्यले सुदृढ सेवा र्पुयाउन हामीलाई धेरै मद्दत गर्नेछ ।"



यसका साथै, मनीग्रामको सेवा सिटी एक्सप्रेसबाट प्राप्त गर्ने ग्राहकले कारोबार गर्ने बित्तिकै रू. ५० को टपअप आफ्नो मोबाइलमा प्राप्त गर्न सक्नेछन् । यो सहकार्यले मनीग्रामको नेपालमा उपस्थितिलाई अझ बलियो बनाएको छ ।

विश्व बैंकका अनुसार नेपालमा सन् २०१५ मा ५.८ बिलियन डलरको रेमिटान्स भित्रिएको जनाएको छ । यसमा कतारबाट १.६८ बिलियन डलर र साउदी अरेबियाबाट १.६० बिलियन डलर भित्रिएको जनाउ गरिएको छ । अन्य क्षेत्रहरूमा संयुक्त अरब इमिरेट्स, अमेरिका, कुवेत र मलेसिया अग्रणी स्थानमा छन् ।



मनीग्रामका बारेमा

मनीग्राम संसारको अग्रणी मनी ट्रान्सफर सेवा प्रदायक हो । यसले २०० भन्दा बढी देशहरूमा ३५०,००० भन्दा बढी स्थानबाट आफ्नो सेवा दिँदै आएको छ जसमा निजी व्यवसायी, अन्तर्राष्ट्रिय हुलाक तथा बैंकहरू पनि रहेका छन्। मनीग्रामले बिल भुक्तानी, मनी अर्डर तथा केही स्थानमा आधिकारिक चेकहरूको प्रक्रिया पनि पूरा गर्छ । मनीग्रामबारे थप जानकारी www.moneygram.com बाट प्राप्त गर्न सकिन्छ ।



सिटी एक्सप्रेसका बारेमा

नेपालको एक अग्रणी रेमिटान्स सेवा प्रदायक हो- सिटी एक्सप्रेस जसले नेपालका सुगम वा दुर्गम कुनै पनि क्षेत्रमा सेवा दिँदै आएको छ । सिटी एक्सप्रेसले जापान, साउदी अरेबिया, कतार, मलेसिया, तथा अन्य देशबाट रेमिटान्स भित्र्याउने आन्तरिक व्यवस्था गरेको छ । सिटी एक्सप्रेसको थप जानकारी www.ctxpress.com बाट प्राप्त गर्न सकिन्छ ।

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.