Inside

All Time Top 50 News

बोस्टनमा नेपालीहरुद्वारा CNN Hero अनुराधा कोइरालाको भब्य नागरिक अभिनन्दन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 02 May 2011 16:29

"राज्यले सामाजिक समस्यालाई केही गर्दैन, हामी आफैले गर्नु पर्छ"- अनुराधा कोइराला, सिएनएन हिरो २०१० तथा संस्थापक माइती नेपाल
Exclusive: 1 video; 26 photos:
हार्डवार्ड, क्याम्ब्रिज- विश्व प्रशिद्ध अमेरिकि टेलिभिजन च्यानेल सिएनएनद्वारा स्थापित सिएनएन हिरो अफ दि इयर २०१० द्वारा सम्मानित नेपाली नारी ब्यक्तित्व तथा माइती नेपालकि संस्थापक एबं अध्यक्ष अनुराधा कोइराला (गुरुङ) लाई नेपालीहरुद्वारा भब्य नागरिक अभिनन्दन गरिएको छ।



Bishnumaya Pariyar of NRN USA & EDWON honoring CNN Hero & Maiti Nepal founder Anuradha Koirala at Harvard Kennedy School auditorium in Boston on May 1, 2011. Photos: eEyeCam.com

मे १ तारिख बोस्टनको क्याम्ब्रिजस्थित हार्डवार्ड विश्व बिद्यालयको स्टार अडिटोरियममा आयोजित उक्त अभिनन्दन तथा बिशेष अन्तर्कृया समारोहमा कोइरालालाई बोस्टनस्थित नेपाली संस्थाहरु: ग्रेटर बोस्टन नेपालीज सोसाइटी (GBNC), बोस्टन छलफल, नेपालको युवा, इम्पावोर दलित उमन अफ नेपाल (EDWON), हेल्प नेपाल नेटओर्क, बोस्टन नेपाली युथ मुभ्मेन्ट, एनआरएन अमेरिका, नेपाली कम्युनिटी न्यू हेम्प्सायर, बोस्टन शेर्पा, तमु र तामाङ समाज, युनाइटेड किरात राइ ओर्गनाइजेसन अफ अमेरिका (UKROA) न्यू इङ्ल्यान्ड च्याप्टर, हिमालयन लायन्स क्लब अफ न्यू इङ्ल्यान्डलगायत संस्थाहरुले संयुक्त रुपमा अभिनन्दन गरेका थिए।


The members of Boston Nepalese community with Anuradha Koirala. Photos: eEyeCam.com

उक्त समारोहमा जिबिएनसीकोतर्फबाट कोशाध्यक्ष बिष्णुमणी आचार्य र महासचिब मिलन गुरुङले ५०१ डलरको चेक र उक्राओ न्यू इङ्ल्यान्ड च्याप्टरकोतर्फबाट ३०१ डलरको चेक अनुदान कोइरालालाई हस्तान्तरण गरिएको थियो।

एनआरएन अमेरिकाकि बोर्ड अफ डाइरेक्टर तथा EDWON कि संस्थापक बिष्णुमाया परियारले आयोजकहरुकातर्फबाट सिएनएन हिरो कोइरालालाई परम्परागत खादा ओढाइ स्वागत तथा अभिनन्दन गर्नुभएको थियो।

परियारले माइती नेपालका कार्यकरी निर्देशक विश्वराम खड्का, फेन्ड्स अफ माइती नेपालकि ब्रिजिट कजालिस कोलिन र जोसेफ एच कोलिनलाई पनि खादाद्वारा स्वागत गर्नुभएको थियो।


Maiti Nepal founder & Chairperson Anuradha Koirala, Director Bishwaram Kadka, Friends of Maiti Nepal's Brigitte Cazalis-Collins and Joseph H. Collins. Photos: eEyeCam.com

कोइरालालाई अभिनन्दन गर्ने नेपाली प्रतिनिधीहरुमा एनआरएनका सिनियर भाईस प्रेसिडेन्ट प्रह्लाद केसी, महासचिब तथा नेपाल आदिबासी जनजाति महासंघ (फिप्ना) का अध्यक्ष शिवकुमार राइ, प्रबक्ता भुवानी गुरुङ, हिमालयन लायन्स क्लब अफ न्यू इङ्ल्यान्डका शिव प्रकाश, बोस्टन तमु समाजका रत्न गुरुङ, बोस्टन तामाङ समाजका प्रेम तामाङ, नेपाली कम्युनिटी न्यू हेम्प्सायरका मिन गौतम, उक्राओका बिष्णु राइ नेपाली खबर पत्रिकाका बिजय तामाङ, डा. उशा शर्मा, GBNC का आजाद प्रधानलगायत हुनुहुन्थ्यो।



बोस्टन छलफलका संस्थापक तथा हेल्प नेपाल नेटओर्क अमेरिकाका प्रेसिडेन्ट शैलेश गोङ्गलले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको उक्त समारोहमा अभिनन्दित कोइरालाकासाथै बिष्णुमाया परियार, विश्वराम खड्का, ग्रेटर बोस्टन नेपालीज सोसाइटीका अध्यक्ष ध्रुब घिमिरे, ब्रिजिट कजालिस कोलिन र जोसेफ एच कोलिनले सम्बोधन गर्नुभएको थियो।


Help Nepal Network USA President Shailesh Gongal. Photos: eEyeCam.com

कार्यक्रमको सन्चालन एलिना प्रधानले गर्नुभएको थियो। उक्त समारोह डा. पुकार मल्ल, शैलेश गोङ्गल, बिष्णुमाया परियार, एलिना प्रधानलगायत युबाहरुको चाँजोपाँजोमा डाकिएको थियो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त नागरिक अभिनन्दन तथा अन्तरकृया कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

CNN Hero Anuradha Koirala reception in Harvard University, Boston May 1, 2011




अभिनन्दित कोइरालाले आफुले सिएनएन हिरो अवार्ड सबै नेपालीहरुको एकता र सद्भाबको कारण पाउन सफल भएको भन्दै उपस्थित नेपालीहरुलाई आभार ब्यक्त गर्नुभयो।


Maiti Nepal founder & Chairperson Anuradha Koirala. Photos: eEyeCam.com

तत्कालिन सरकारले हालको माइती नेपालको काठमाडौं गौशालास्थित भवन निर्माण गर्दा उल्टो ९० लाख रुपैयाँ भ्याट ट्याक्स लगाएर असुली गरेको बताउँदै सरकारले सामाजिक समस्या समाधान गर्ला भनेर पर्खेर बस्नुभन्दा सबै मिलेर समस्या समाधान गर्नतिर लाग्नु पर्ने कुरामा जोड दिनु भयो।

माओवादी दश बर्से जनयुद्धको दौरान काठमाडौंका गल्ली गल्लिमा खुलेको डन्सबार रेस्टुरेन्टहरुमा चेलीबेटीहरुलाई अघोशित रुपमा देहब्यापारमा लाग्न वाध्य पारिएकोप्रति आफ्नो आपत्ति जनाउँदै कोइरालाले उक्त डान्सबार खोल्ने र प्रोत्साहन गर्नेहरु पुलिसका हाकिम र राजनीतिक नेताहरु नै बेशी भएको तथ्य पेश गर्दै त्यस्तो हुनु बिडम्बना भएको बताउनुभयो।


Nepalese at the reception of CNN Hero & Maiti Nepal founder Anuradha Koirala at Harvard Kennedy School auditorium in Boston on May 1, 2011. Photos: eEyeCam.com

कोइरालाले देह ब्यापारमा लागेका नेपाली महिलाहरुको औसत उमेर १६ बर्ष रहेको बताउँदै ६, ७ बर्षका कलिला बालबालिकासमेत बेचिने गरेको तीतो तथ्य पेश गर्नुभयो।

उहाँले नेपालको बर्तमान कानूनमा बलात्कार गर्नेलाई २० बर्षको सजायतोकिएपनि राज्यले कानूनको प्रभाबकारी कार्यन्बयन गर्न नसकेको बताउँदै आफ्नो माग त्यस्ता बलात्कारीलाई आजन्म कैद र सर्बश्वहरण गर्नु पर्ने ब्यबस्था गरिन पर्ने रहेको बताउनु भयो।

माइती नेपालले आफ्नो पहलमा नक्कली पासपोर्टको आरोपमा जेल परेका ५ सय १८ जना नेपाली महिलाहरुलाई भारतको तिहार जेलबाट मुक्त गरी उद्दार गरेको स्मरण गर्दै खाडी मुलुकमा गएका चेलीहरुको अवस्था नाजुक रहेकोमा चिन्ता ब्यक्त गर्नुभयो। कुवेतमा रहेका राजदूतले आफूलाई चिठ्ठी लेखेर श्रम मन्त्रालयलाई बोधार्थ गरी महिलाहरुको उद्दार गर्न माग गर्ने गरेको बताउँदैमहिला कामदार पठाउने मुलुक र भित्रेयाउने मुलुकबिच ति कामदार महिलाहरुको सुरक्षा हुने गरी द्विदेशीय सम्झौता हुनु पर्ने बताउनु भयो।

Maiti Nepal's annual report 2010. Courtesy: www.maitinepal.org

माइती नेपालले आफ्नो स्थापना काल सन् १९९३ देखी हजारौं बेचिएकी र बेचिन लागेकी नेपाली चेलीहरुलाई उद्धार गरिसकेकोछ। २६ जिल्लामा आफ्नो कार्यालय रहेको माइती नेपालले नेपाल-भारत सीमा नाकाहरुमा ललाइफकाइ बेच्न भारततिर लान आँटिएका चेलीबेटिहरुलाई आफ्नो सुपरिबेक्षण टोलीले पहिचान गरी बेचिनबाट रोक्ने र बेचिई सकेका चेलीहरुलाई भारतका बिभिन्न बेश्यालयहरुबाट उद्दार गर्ने गर्दछ।

माइती नेपालले जारी गरेको गत आर्थिक बर्षको बजेटअनुसार सन् २००९/१० को बजेट ७ करोड ६२ लाख ८३ हजार ३१ रुपैयाँ रहेको छ जस मध्ये १२ प्रतिशत अर्थात ९७ लाख ५ हजार ४३९ बाँकी रहेको छ।

यस बिच, गत बर्षको अप्रिलमा अमेरिकि सरकारले दुई बर्षकोलागि ५ लाख अमेरिकि डलर अनुदान गर्ने घोषणा गरेको छ भने सिएनएन हिरो अवार्ड बाट ७५ लाख रुपैयाँ प्राप्त भएको कुरा निर्देशक खड्काले जानकारी गराउनुभयो।

-Pradeep Thapa Magar in Boston. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 



Bishnumaya Pariyar, Board of Director, NRN USA & Founder, Empower Dalit Women of Nepal (EDWON). Photos: eEyeCam.com



Dhruba Ghimire, President, Greater Boston Nepali Community (GBNC). Photos: eEyeCam.com



Friends of Maiti Nepal's Joseph H. Collins. Photos: eEyeCam.com



Friends of Maiti Nepal's Brigitte Cazalis-Collins. Photos: eEyeCam.com



Emcee Elina Pradhan and co-host Dr. Pukar Malla, President, Harvard Graduate Council, Kennedy School of Government, Harvard University. Photos: eEyeCam.com



Emcee Elina Pradhan. Photos: eEyeCam.com



Nepalese at the reception of CNN Hero & Maiti Nepal founder Anuradha Koirala at Harvard Kennedy School auditorium in Boston on May 1, 2011. Photos: eEyeCam.com







UKRAO New Hempshire President Bishnu Rai presenting $301 donation check to Anuradha Koirala. Photos: eEyeCam.com



Bishnumaya Pariyar receiving Himalayan Lions Club of New England's tamrapara award to her from Anuradha Koirala. Photos: eEyeCam.com



Shiva Prakash, President, Himalayan Lions Club, New England. Photos: eEyeCam.com


Kalpana Shrestha with Anuradha Koirala. Photos: eEyeCam.com

 

Jeny Budhathoki (Lalchan) with Anuradha Koirala. Photos: eEyeCam.com








Hosts of the event: Elina Pradhan, Bishnumaya Pariyar, Pradeep Bista, Dr. Pukar Malla, Shailesh Gongal and Mabi Singh. Photos: eEyeCam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.