NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishna Pokhrel & Gyanu KC   
Sunday, 14 March 2010 03:34

Special 7 photos: न्यू योर्क- नेपाली जनसम्पर्क समिति अमेरिकाको महाधिबेशन तयारी समितिद्वारा मार्च १२ बेलुकी नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागतमा भेटघाट कार्यक्रम सम्पन्न भयो ।

 



Nepali Jana Samparka Samiti America organized a reception to Nepali Congress CA Members Dhanraj Gurung and Mohammadi Siddiqui in New York on 12th March, 2010. Photos courtesy: Janesh Gurung

कार्यक्रम जनसम्पर्क समिति अमेरिकाको एकता बिषयमा केन्द्रित थियो । महाधिबेशन तयारी समिति संयोजक खगेन्द्र जिसीको सभापतित्व तथा सभासद तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष धनराज गुरुडको आतिथ्यमा जनसम्पर्कको आफनै कार्यालय सनीसाइड, कुइन्समा सम्पन्न भयो ।


CA Member and former President of Nepal Students Association Dhanraj Gurung. Photos courtesy: Janesh Gurung

कार्यक्रममा नेपालबाट संरासंको महिला सम्बन्धी बैठकमा भाग लिन आउनुभएकी महिला सभासद मोहमद सिद्दिकी, दिदी-बहीनी संस्थाकी अध्यक्ष सलोनी सिंह तथा Women Development Self-Employment Training Center कि उपाध्यक्ष बिष्णुमाया परियार, नेपाल मानब बिकास एबं भ्रस्टाचार बिरोधी समुहका अध्यक्ष भगवान त्रिपाठीको पनि उपस्थिति थियो ।


CA Member Mohammadi Siddiqui. Photos courtesy: Janesh Gurung

कार्यक्रममा बिघटित जन सम्पर्क समितिका पदाधिकारीहरु जनसंपर्क समिती न्यू योर्क च्याप्टरका पूर्व अध्यक्ष सोमनाथ घिमिरे, हरिश हमाल, मुनिन्द्र नेम्बाङ, रोशन ढुंगाना, ज्ञानु केसी, तिलक श्रेष्ट लगायत नेपाली काँग्रेसमा आस्थावान साथीहरुको उपस्थिति थियो ।

मौसमी प्रतिकुल बाताबरणका बाबजुत कार्यक्रम ढिलो शुरु भएपनि कार्यक्रम आशातीत थियो । कार्यक्रमको थालनी सभासदहरुलाई खाता ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमको सचालन कृष्ण पोखरेलले गर्नु भयो भने स्वागत मन्तब्य जनसंपर्क समिती न्यू योर्क च्याप्टर कि पूर्व उपाध्यक्ष जनेश गुरुडले गर्नु भयो । स्वागत मन्तब्यका क्रममा उपाध्यक्ष गुरुडले नेपालमा लेखिदै गरेको सबिधानमा महिला, जनजाति, दलित लगायत मानव अधिकारको रक्षा हुनु पर्छ भन्ने मन्तब्य राख्नु भयो ।

Former Jana Samparka Samiti NY Chapter Vice-President Janesh Gurung.

अन्य बक्ताहरुमा सभासद मोहमद सिद्दीकी, नेपालीज डेमोक्रेटिक युथ काउन्सिल अमेरिकाका अध्यक्ष प्रमोद सिटौला, शुभास लामा, भगवान त्रिपाठी, सलोनी सिंह र बिष्णुमाया परियारले बॊल्नु भयो । बक्ताहरुले नेपाली काग्रेस शसक्त पार्टी बनाइ फुट होइन जटनुपर्छ भन्ने सन्देश दिएभने अमेरीकामा ब्यस्त जीबन बिताउदै पनि मातृभुमी र देशमा राष्ट, राष्टियता, प्रजातन्त्र र समाजबादलाई दिगो राख्न अमेरीकाबाट ठूलो भूमीका निभाएकोमा गौरव ब्यक्त गर्नु भयो ।


Didi-Bahini President Saloni Singh. Photos courtesy: Janesh Gurung

कार्यक्रमका प्रमुख अतिथि सभासद धनराज गुरुडले आफनो भ्रमणबाट अमेरीकामा कार्यकर्ताको यथार्थ र बास्तबिक भावना बुझेको र आफु बिद्यार्थी राजनितीबाट नेपाल बिदार्थी संघ केन्द्रिय अधयक्ष तथा तरुण दल महासचिव हुदै आज सभासद बन्न पुगेको र आफुले एक जुझारु नेता तथा कार्यक्रताको प्रतिधित्व गरी पार्टी तथा सदनमा आवाज उठाउने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।


Development Self-Employment Training Center Vice-President Bishnumaya Pariyar. Photos courtesy: Janesh Gurung

उहाँले राजनितिक अभ्यासका क्रममा आज बुढालाई मान सम्मान र युवालाइृ काम भन्ने नारामा जान सबैलाई आग्रह गर्नुपर्छ भन्दै आज गाउबाट बिस्थापित युवा शक्ति सात समुन्द्र पारी कोही पनि आफनो स्वालम्बन देखाउन पककै आएका छैनन्, बाध्यताको भुमरीबाट आफनो जीउ ज्यान तथा जीबन संरक्षणका लागी यहा आइपुगेका छन् र पनि पार्टीप्रतिको गहिरो माया, ममता र देशमा रहेर संघर्ष गरी रहेका पार्टीका कार्यकर्तालाई अमेरीकामा बसेर पनि सहायोग गरेकोमा धन्यबाद दिदै दोहोरो नागरीकताको सन्दर्भमा तडकारो आवाज उठाउन अनुरोध गर्नु भयो । अन्तमा महाधिबेसन सफलताको लागी बिष पिएर भएपनि अमृत बमन गर्नु पर्छ । संयोजकले सानो तिनो समस्यालाई मिलाएर लग्नुपर्छ भन्नु भयो ।


Photos courtesy: Janesh Gurung

कार्यक्रमको समापनमा महाधिबेशन तयारी समिति संयोजक तथा सभापति खगेन्द्र जीसीले महाधिबेसन तयारीको जिम्मेवारी पार्टीले आफुलाई दिएको र यसलाई अगाडी बढाउन सबैले आफनो क्षेत्रबाट हातेमालो गरी अगाडी बढनुपर्ने आबस्यक छ भन्नु भयो ।

उहाँले हामीले नेपाली काँग्रेसको बास्तबिक भावना बुझी सफलताको थालनी गरेमा हामी एकतामा आउनेछौं । यसमा सबै साथीहरुको सहयोगको जरुरी छ, सबैले आ-आफनो क्षेत्रबाट सोच्नु पर्दछ भन्ने धारणा राख्नु भएको थियो।

-Krishna Pokhrel & Gyanu KC in New York

Read related news about Nepali Jana Samparka Samiti America:

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?