Inside

All Time Top 50 News

न्यू योर्कमा दोहोरो नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्" PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 02 July 2013 23:53

"एक पटकको नेपाली संधैको नेपाली भनेर भन्या छु, त्योभन्दा मैले अरु केही कुरा भन्या छैन"
Exclusive: 1 video, 2 photos:
न्यू योर्क- नेपाली काँग्रेसका ७८ बर्शिय अविवाहित नेता तथा पार्टी सभापति सुशिल कोईरालाले न्यू योर्कमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सन्त नेता भनेर सम्बोधन गर्दा आफूलाई सन्त नभन्न अनुरोध गरेकाछन्। नेता कोइरालाले अघिल्लो दिन मात्र काँग्रेस पार्टीको अमेरिकि भात्री संगठन नेपाली जनसंपर्क समिती अमेरिकाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा एनआरएनहरुको मागलाई आफ्नो पार्टीको आगामी चुनावी घोषणा पत्रमा राख्छु भनेर प्रतिबद्धता जनाएको कुरालाई उक्त नारा दोहोरो नागरिकतासंग पर्यायवाची बनेको हुँदा पत्रकारहरुले व्याख्या गर्न आग्रह गर्दा सिधै इन्कार गरे।

Nepali Congress party president Sushil Koirala speaking at the Meet-the-Press with Nepalese journalists in New York on July 1, 2013. Photos: eEyeCam.com

जुन १ तारिख सोमबार कुइन्स ज्याक्सन हाइट्सस्थित थकाली किचनमा आयोजित नेपाली पत्रकारसंगको भेटमा सभापति कोईरालाले उक्त कुरा बताएका हुन्।

पढ्नुहोस् उक्त पत्रकार सम्मेलनमा काँग्रेस सभापति कोईरालासंग पत्रकारहरुले गरेको कुराकानी र उनको जवाफको केही अंश:

पत्रकार: तपाईंले 'एक पटकको नेपाली संधैको नेपाली' भन्ने एनआरएनहरुको मागलाई पार्टीको चुनावी घोषणा पत्रमा राख्न प्रतिबद्ध छु भन्नु भएको थियो, त्यसको अर्थ दोहोरो नागरिकता हो कि?

कोईराला: मैले जे भनेको छु त्यो कुरा मात्र राख्नुस्। 'एक पटकको नेपाली संधैको नेपाली' भनेर भन्या छु, त्योभन्दा मैले अरु केही कुरा भन्या छैन।

पत्रकार: तेसको अर्थ के नि?

कोईराला: अब त्यसको अर्थ तपाईं आँफैले लगाउनुस्।

पत्रकार: अब त्यसको व्याख्या त हुनु पर्‍यो नि?

कोईराला: व्याख्या मैले हैन, तपाईं हरु व्याख्या कार हरु हुनुहुन्छ। त्यो भन्दा बढी अहिले मलाई केही भन्नु छैन।

पत्रकार: दोहोरो नागरिकअता को सवाल मा नेपाली काँग्रेस को के नी ति छ त?

कोईराला: मैले भनी सकें फेरी तपाईंहरु रिपिट गर्दै हुनुहुन्छ। मेरो जवाफ त्यही हुन्छ- 'एक पटकको नेपाली संधैको नेपाली'।

अरु प्रश्न गरौं न?

पत्रकार: एनआरएनले भनेको दोहोरो नागरिकताको कुरा भन्ने बुझिन्छ...

कोईराला: मलाई त्योभन्दा बढी केही भन्नु छैन।

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त पत्रकार सम्मेलनबारे बिशेष भिडियो रिपोर्ट:

Meet-the-Press with Sushil Koirala, president, Nepali Congress in New York, July 1, 2013



पत्रकार: आगामी चुनावमा नेपाली काँग्रेसको के हुन्छ? एब्सोलुट मेजोरिटी आउँछ या के हुन्छ?

कोईराला: हैन, दुई तिहाइ बहुमत आउँछ। किनभने प्रजातन्त्रप्रति जनता यती आतुर छन्। र जनताको त्यो चिन्ताले पटक पटक जब जब नेपालमा क्राइसिस आएको छ, जनताले प्रजातन्त्र र प्रजातान्त्रिक पार्टीलाई रोजिराखेकाछन्। र नेपालको सबैभन्दा ठूलो र जेठो पार्टी नेपाली काँग्रेस हो। त्यसकारण नेपाली काँग्रेस दुई तिहाई मत लिएर आउँछ। र जनताको आकांशा के हो भन्दाखेरी प्रजातान्त्रिक संबिधान आवोस् र मुलुकमा अमन चैन कायम होस् र मुलुक सम्रिद्धीको बाटोमा जावोस भन्ने चाहना छ।

पत्रकार: तर शंका गर्ने ठाउँ त प्रशस्त छन् नि, जस्तो कि नेपालको सबैभन्दा ठूलो पार्टी माओवादीको हरेक एजेन्डाहरुमा तपाईं सहयात्री जस्तो देखिनु भा'को छ। उनिहरुले एजेन्डा अगाडि ल्याउने तपाईंहरुले सहिछाप लगाउने जस्तो भएको छ।

कोईराला: त्यो तपाईंलाई लागेको कुरा हो। मैले के देखेको छु भने नेपाली काँग्रेसले जे भनेको छ त्यै भईराखेको छ।


Nepali Congress party president Sushil Koirala smiling after he was called 'Saint leader' at the Meet-the-Press with Nepalese journalists in New York on July 1, 2013. Photos: eEyeCam.com

पत्रकार: तपाईं जस्तो सन्त नेता जसले चाहेको भए ०४६ सालको आन्दोलनपछि बनेका सरकारमा उपप्रधानमन्त्री, प्रधानमन्त्री बन्न सक्नु हुन्थ्यो तर अहिले आएर तपाईं जस्तो सन्त नेता अहिले आएर त्यो पनि आफ्नो पार्टी ४ औं स्थानमा पुगेको अवस्थामा र कुनै पनि इक्वेसनले बहुमत पुर्याउन नसकी आफ्नै पार्टीका युवा नेताहरु १८ औं पटक हारेको अवस्थामा यो उमेरमा आएर किन प्रधानमन्त्रीको दाबेदार बन्नु भयो? फेरी मंसिरमा दुई तिहाई आयो भने फेरी तपाईं आँफै बन्न खिज्नु हुन्छ कि? कसरी त्यो सन्त नेतालाई त्यो जागरण कसरो पैदा भयो?

कोईराला: तपाईंले सन्त नेता भनेर (हाँस्दै) मानिसलाई फुर्याउनु हुन्न क्या ! (गललल हाँसो), मानिस भन्या मानिस नै हो, हगी? (फेरी गललल हाँसो)
त्यस कारणले सन्त नेता नभन्नुस्। (फेरी हाँसो)। मैले एउटै कुरा के भन्छु भन्दा खेरी, वास्तबमा हो, मलाई आफू के हुन्छु भन्ने मैले कहिले पनि सोचाई राखिन।

पत्रकार: चाहेको भए सक्नु हुन्थ्यो होला?

कोईराला: सक्ने को कुरा होइन, मेरो कहिलै आकांशा भएन। मेरो एउटै कमिट्मेन्ट के छ भनेदेखि मुलुकको बिकास निर्माणमा बिपी कोईरालाले जुन बाटो देखाएर जानु भएको छ, तेल्लाई कसरी लागु गर्ने। नेपालमा राष्ट्रियता, प्रजातन्त्र र प्रजातान्त्रिक समाजबादको रक्षा कसरी गर्ने, त्यो मेरो मूल कुरा हो। मलाई त्यो प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो टाँग्ने मेरो आकांशा होइन।

पत्रकार: तर तपाईंले अहिले आएर जुन प्रधानमन्त्री बन्ने चाहना राख्नु भयो।।

कोईराला: होइन, होइन, मेरो त्यो चाहना होइन, त्यो पार्टिको निर्णय हो। त्यो मेरो इच्छा होइन। पार्टिले युनानीमसले डिसिजन गर्‍यो। ...वास्तवमा गिरिजा बाबुले मलाई फरेन मिनिस्टर भएर आइदिनु पर्‍यो भन्नु भएको थियो। तर मैले पार्टी मै हिड्छु, पार्टीलाई कसरी इन्स्टिचुसनाइज्ड गरेर लैजाने र मजबुत बनाएर जान म लाग्छु भनेको थिएं।

Note: पत्रकार सम्मेलनमा सभापति कोईरालासंग भएको प्रश्नोत्तरको पूर्ण पाठकोलागि माथिको भिडियो रिपोर्ट हेर्नुहोस्।

सहकर्मी सहभागि पत्रकारहरु: किशोर पन्थी (खसोखास साप्ताहिक), बिजय पौडेल (बिश्व सन्देश साप्ताहिक), आङछिरिङ्ग शेर्पा (एभरेस्ट टाइम्स पाक्षिक), प्रशान एलुङ राई (प्रेस चौतारी डट कम), दिनेशजङ्ग शाह (कान्तिपुर दैनिक), सुर्य थापा (ह्वाईट हिमाल टिभी), प्रदीप थापा मगर (युएस नेपाल अनलाइन डट कम) आदी ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा १९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.