NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 08 February 2010 18:56

Exclusive 53 photos: न्यू योर्क- तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा नेपालका दुई चर्चित गायकहरु रोज मोक्तान र प्रेम लोप्चनको बेजोड सांगितिक प्रस्तुतीसहित 'डम्फु साँझ-२०१०' गत शनिबार साँझ अर्थात फेब्रुवरी ६ तारिख बेलुकी ढाका क्लब कुइन्समा सम्पन्न भएकोछ।


Singer Roj Moktan. Photos: eEyeCam.com


Singer & dance director Prem Lopchan performing Jhaakri dance. Photos: eEyeCam.com

कार्यक्रमको शुरुवात बुद्ध र उहाँको शान्ती सन्देश बोकेको बुद्ध बन्दनाको रोचक प्रस्तुतीबाट शुरु गरिएको थियो।

नायक अमृत लामाको कोरियोग्राफी रहेको उक्त बन्दनाको बौद्ध स्तुपाको निर्माण बोस्टनका TSA संयोजक जोनी योन्जनले गर्नु भएको थियो भने नाटकमा सुकुमाया तामाङ, लामा टासी लामा, भरत लामा, बिनोद तामाङले पनि अभिनय गर्नु भएको थियो।

 


Actor Amrit Lama and other artists performing Buddha pooja for peace as the opening of Damphu Saanjh.

कार्यक्रमका मुख्य अतिथी संरासंका लागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य हुनुहुन्थ्यो भने अन्य बिशिस्ट अतिथी हरुमा न्यू योर्क शहरका कम्प्ट्रोलर जोन लिउ, काउन्सिलमेन डानिएल ड्रम हुनुहुन्थ्यो।

कार्यक्रममा बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु र अन्य अमेरिकि राज्य र क्यानाडाबाट झन्डै ५०० तामाङहरुको जमघट रहेको थियो।


Nepalese Ambassador to the UN Gyan Chandra Acharya. Photos: eEyeCam.com

साँझमा मुख्य अतिथी राजदूत आचार्य, कम्प्ट्रोलर लिउ, काउन्सिलमेन ड्रमले ल्होसारको आ-आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।


New York City Comptroller John Liu. Photos: eEyeCam.com

राजदूत आचार्यले तामाङ समुदायले सानो नेपाल नै बोकेर अमेरिका आएकोमा गर्ब ब्यक्त गर्नु भएको थियो भने कम्प्ट्रोलर लिउले एक पटक नेपाल जाने धोको रहेको उल्लेख गर्दै त्यसका लागि राजदूत आचार्यलाई भिसाको ब्यबस्था मिलाउन अनुरोध गरिसकेको बताउँदा उपस्थित नेपालीहरु दङ्ग परेका थिए।


New York City Councilman   Daniel Dromm.

कार्यक्रममा स्वागत मन्तबी सोसाइटिका संस्थापक अध्यक्ष सुबाश लामाले गर्नु भएको थियो भने ल्होसारबारे सोसाइटिका सल्लाहकार बंशलाल तामाङले प्रकाश पार्नु भएको थियो।


Indra Tamang, President, Tamang Society of America (TSA).

कार्यक्रममा हाइटीका भुकम्प पीडित जनताका लागि उठाइएको रकम ४६६ डलर र अध्यक्ष तामाङ र उहाँकी धर्मपत्नी राधिका तामाङबाट ५०० डलर गरी जम्मा राहत रकम ९६६ रेड्क्रस कि प्रतिनिधिलाई सोसाइटिका अध्यक्ष ईन्द्र तामाङले हस्तान्तरण गर्नुभएको थियो।

TSA President Indra Tamang and his wife Radhika Tamang handing over their $500 donation check to Red Cross representative for Haiti Earthquake victims.


TSA President Award winner artists with the Chief Guest Ambassador Acharya and TSA members. Photos: eEyeCam.com

त्यसैगरी, कार्यक्रममा कलाकारहरु रोज मोक्तान, प्रेम लोप्चन, फिरोज स्याङ्देन, श्रीजना लामा र सोमु माया थकाली (तामाङ) लाई प्रेसिडेन्ट अवार्डबाट सम्मान गरिएको थियो भने अन्य कलाकार र प्रायोजकहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।



डम्फु साँझका अन्य कलाकारहरुमा संजोक योन्जन, धरमबीर लामा, गोमा लामा गुरुङ, गणेश घलान, पासाङ् शेर्पा, पवन मोक्तान, गौतम गुरुङ, रिन्चेन वाङ्गेल, सेन्तुन लामा, रोशना मोक्तान, जिना तामाङ, सिद्धार्थ तामाङ, सजिता लामा, सबिता लामा, आयुस्मा लामा, अस्मिता लामा, आशिश लामा, आशिस तामाङ, अनिश मोक्तान, डोल्मा लामा, जेनी तामाङ, श्वेता लामा, निशा गुरुङ, रिया तामाङ, निमा बल तामाङ, छिमी शेर्पा, एलिशा प्रधान, डोना शेर्पा, तेर्छेन लामा, जेनी योन्जन, अल्फा लामा, सोफिला तामाङ, पुनम थजाली र एलिसे लामा हुनुहुन्थ्यो।

Special: "डम्फु साँझ" को युएस नेपाल अनलाइनले तामाङ सोसाइटी अफ अमेरिकाको संयुक्त प्रयासमा प्रत्यक्ष प्रसारण (live broadcast) गरेको थियो, हेर्नुहोस्:

Damphu Saanjh Live: Part-I, II & III



कार्यक्रमको संचालन सोसाइटीका सचिब लक्यान लामा र निमा लामाले गर्नु भएको थियो। उद्घोशिका निमा कान्तिपुर टिभी कि पूर्व संचालिका (VJ) र टाइम्स एफ एम कि होस्ट (RJ) हुन्।

Read related news: न्यू योर्कमा "हिउँ पर्‍यो फुरुरु मैच्याङ" का गायक रोज मोक्तान र प्रेम लोप्चनको सांगितिक कोशेली

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Singer Phiroj Shyangden. Photos: eEyeCam.com


Singer Sanjo Yonjan Lama.


Dance Director Dharambir Lama. Photos: eEyeCam.com


Singer & dance director Prem Lopchan


Subhas Lama, founding President, TSA


TSA Advisor Bangshalal Tamang. Photos: eEyeCam.com




The Guests. Photos: eEyeCam.com




Singer Goma Yonjan Gurung


Jeni Yonjon








Singer Roj Moktan. Photos: eEyeCam.com


Singer & dance director Prem Lopchan performing Jhaakri dance. Photos: eEyeCam.com




Singer & dance director Prem Lopchan and Sentun Lama performing Jhaakri dance. Photos: eEyeCam.com






Ganesh Ghalan and Somu Maya Thakali.




Nima Bal Tamang.


Photos: eEyeCam.com






Ambassador Acharya handing over appreciation letter to Miss Junior Teen Boston 1st Runner up and Miss Photogenic sweta Lama. Photos: eEyeCam.com




Kantipur TV VJ & Times FM RJ and Emcee Nima Lama. Photos: eEyeCam.com


TSA Secretary and Emcee Lakyan Lama




Musician Pasang Sherpa. Photos: eEyeCam.com


Gautam Gurung.



Pawan Moktan




Singer Phiroj Shyanden. Photos: eEyeCam.com






Photos: eEyeCam.com


Guitarist Rinchen Wangel with Singer Phiroj Moktan. Inside stage! Photo: Rajesh Thapa Magar


USNepalOnline's video contributor Shambhu Moktan (MoktanDigital.com). Photo: Rajesh Thapa Magar


Singer Rajesh Thapa Magar assisting us for live broadcasting. Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?