Inside

All Time Top 50 News

नेपालकि प्रतिभाशाली ११ बर्शिय बालिका तेरिया मगर भारतीय Zee TV को टप टेन डान्स ईन्डिया डान्स लिटल मास्टरमा छनौट, भोट दिने होईन? PDF Print E-mail
Share
User Rating: / 10
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 13 May 2014 23:05

Exclusive: 8 photos: 3 videos: न्यू योर्क / मुम्बई- भारतीय जी टेलिभिजन (Zee TV) को डान्स ईन्डिया डान्स लिटल मास्टर (DID Little Master) को सर्वोत्क्रिस्ट १० मध्येमा चुनिएकी ११ बर्शिय नेपाली बालिका तेरिया मगरलाई जिताउन विश्वभरका नेपालीहरुलागि परेकाछन्। को हुन् यि बालिका? हेर्ने होइन तेरियाको सवा अर्ब भारतीय र ३ करोड नेपालीलाई मोहित पार्ने न्रित्य?

Dance India Dance Litter Master Top 10 finalist Teriya Magar. Photos courtesy: Zeetv.com. Vote for her here>>

को हुन् यि बालिका?

तेरिया मगर सन् २०१२ मा काठमाडौंमा स्कूल वेल्फिल्ड्स काराभानद्वारा आयोजित एक लाख रुपैंयाँ नगद पुरस्कारको 'मेघा डान्स कन्टेस्ट' (१० बर्ष मुनिका) प्रतियोगितामा प्रथम भएकी प्रतिभाशाली नेपाली बालिका हुन्।

Dance India Dance Litter Master Top 10 finalist Teriya Magar. Photos courtesy: Zeetv.com. Vote for her here>>

यो पङ्तिकारको गाउँ गुल्मी जिल्लाको ठूलो लुम्पेक वडा नं १ बुझुङ खोला पुर्खौली घर भएकी तेरियाको हालको बसाई रुपन्देही जिल्लाको रुद्रपुर-६ हरैयामा रहेको छ। उनी हरैयास्थित एक्स आर्मी बोर्डिङ स्कूलकि कक्षा ५ कि विद्यार्थी हुन्। काठमाडौं विश्वबिद्यालयका प्राध्यापक कवि तथा मूर्तिकार भुवन थापा मगर बहुवीकाअनुसार उनका बुवा बिजय फौँजा मगर अहिले दुबईमा कार्यरत छन् भने उनकी आमा अनिता फौँजा मगर अहिले तेरियालाई लिएर मुम्बईमा रहेकिछिन्। तेरियाका बाजे कृष्णबहादुर फौँजा मगर भारतीय गोर्खाली सेना ११ गोर्खा राइफल्सका अनरेरी नाईक सुबेदार हुन् भने उनका बाजे रुद्रबहादुर फौँजा मगर परिचित समाजसेवी हुन्।

Dance India Dance Litter Master Top 10 finalist Teriya Magar. Photos courtesy: Zeetv.com. Vote for her here>>

तेरियालाई मत हाल्न यो लिन्कमा जानुहोस्:

http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/


Teriya Magar in Top 10 of DID Little Master Season 3

Teriya Magar with her mother Anita Fauja Magar. Photos courtesy: Zeetv.com. Vote for her here>>

तेरियाको अर्को न्रित्य हेर्नुहोस्:



तेरियासंगै टप टेनमा पुगेकी अर्की प्रतिभाशाली नेपाली मूलकि बालिका हुन्- दार्जिलिङ कि ८ बर्शिय अनुस्का छेत्री।

Dance India Dance Litter Master Top 10 finalist Anushka Chetri. Photos courtesy: Zeetv.com. Vote for her here>>

अनुस्कालाई मत हाल्न यो लिन्कमा जानुहोस्:

http://www.zeetv.com/did-lil-masters/contestants/anushka-chetri/


DID Little Master Anuska chetri Darjeeling Queen

Dance India Dance Litter Master Top 10 finalists. Photos courtesy: Zeetv.com. Vote for her here>>

Dance India Dance Litter Master Top 10 finalist Teriya Magar. Photos courtesy: Zeetv.com. Vote for her here>>

उसो त सन् २००७ को बहुचर्चित ईण्डियन आईडल गिती प्रतियोगितामा विश्वभरका झन्डै एक अर्ब भारतीयहरुबिच नेपाली मुलका भारतीय गायक प्रशान्‍त तामाङलाई जिताउन पनि नेपालीहरु यसरीनैलागि परेका थिए।

भारतको आधुनिक ईतिहासमा नेपालीको देन

भारतको आधुनिक ईतिहास प्रशान्त र तेरिया जस्ता प्रतिभाशाली नेपाली र नेपाली मुलका भारतीयहरुको नाम नलिने हो भने पुरा हुन सक्दैन। तपाईं हामी कतिलाई थाहा छ कि भारतको राष्ट्र गान 'जन गण मन' को संगितका सर्जक नेपालीमुलका सुपुत्र क्याप्टेन रामसिंह ठाकुर थिए भन्ने?

"म भक्त छु आफ्नो जाति (नेपाली) को, मेरो बिन्ती फालाफाल नगर
चोट लागेर दुखेको यो दिललाई, नून छरी अझ बेहाल नगर
जाति धर्म बुझें जहिलेदेखि, जाति प्रेममा जोगी भएको छु
म अलख जगाउँदै डुल्दैछु, मलाई भिक्षु भनी अपगाल नगर"
-मास्टर मित्रसेन


माथि उद्ध्रित गरिएको गीतले दिएको 'हामी नेपाली' सन्देशको सम्बाहक-सर्जक १९ औं शताब्दीका बहुचर्चित लोक गायक एबं गीतकार मास्टर मित्रसेन थापा मगर (१८९५-१९४६) नेपाली लोक गीतका पहिलो सर्जक थिए जो भारतको हिमान्चल प्रदेशको धरमशालामा जन्मिएका थिए।

उनको उबेलाको लोकगीत-संगितले पहिलो पटक नेपालका नेपाली, भारत, बर्मा र विश्वभरका नेपालीलाई एक सुत्रमा बाँध्न सफल भएको थियो।

ब्रिटिश साम्राज्यबाट मुक्तिकोलागि भएको भारतको स्वतन्त्रताको लडाईंमा हजारौं नेपाली र नेपाली मुलका भारतीय नेपालीहरुले आफ्नो प्राणको बाजीलगाएर लडेका थिए। नेपाली मुलका मेजर दुर्गा मल्ललाई सन् १९४४ को अगस्ट २४ तारिख इन्डिया गेट नजिकै मारिएको थियो भने क्याप्टेन दलबहादुर थापालाई दिल्लीको लाल किल्ला नजिकै सन् १९४५ को मे ३ तारिख मारिएको थियो। उसो त सन् १९३० मा महात्मा गान्धीले ब्रिटिश राजको बिरुद्ध प्रशिद्द नमक सत्यग्रह (साल्ट मार्च) शुरु गर्दा ७८ जना यात्रीहरु मध्ये दुई जना नेपालीहरु थिए- महाबिर गिरी र खरगबहादुर सिंह गिरी।

तेती मात्र कहाँ हो र, २५ सय बर्ष अघि शान्तीका अग्रदूत नेपालकै महामानव गौतम बुद्धले भारतको बोध गयामा बोधी ज्ञान (इन्लाइटन्मेन्ट) प्राप्त गरेका थिए र आफ्नो विश्व शान्तीको पहिलो ज्ञान भारतीय अनुयायीहरुबीच बाँडेका थिए।

भारतीयहरु हरेक साँझ आफ्नो घरमा निश्चिन्त सुत्न सक्नुको पछाडि अहिले पनि हाम्रा हजारौं गोर्खाली सेनाहरु कार्गिल र कश्मिरमा भारतीय सीमा र सार्बभौमताको रक्षार्थ अहोरात्र पहरेदारी गरिरहेका कारण होभन्दा अतियुक्त हुनेछैन।

हो, अब प्रशान्त र तेरियाहरुहरुले फेरी आधुनिक भारतको ईतिहास रचेकाछन्, रच्न गैरहेकाछन्। उनीहरुले फेरी भारतीय ईतिहासमा नेपालीको एउटा अर्को सुनौलो खाता खोल्नेछन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-अमेरिकि राजनीतिमा अर्को नेपाली छोरो एचबी भण्डारी यसरी भिड्दैछन्, सहयोगको अपिल

--अमेरिकामा नेपाली चेलीलाई सामाजिक सेवाको उच्च कदर गर्दै मानार्थ बिद्यावारिधी

-अमेरिकाको कङ्ग्रेसम्यानमा उम्मेद्वारी दिने पहिलो नेपाली बने दर्शन रौनियार

--अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको !

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

-A Son of a Priest, now Hero in a World's Best University

-Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music

-"हामी सबै जना मिलेर माया बाटौं"- Prashant Tamang, Indian Idol-III 2007 winner

-Indian Idol winner Prashant Tamang Idolized by His fans in New York

-Prashant Tamang & Other Nepalese Indian Heroes Who Made us Proud

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.