Inside

All Time Top 50 News

न्यू योर्कमा दशैंको रमझम र न्यू योर्क कला मन्चको मन्थन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 09 October 2010 18:58
Article Index
न्यू योर्कमा दशैंको रमझम र न्यू योर्क कला मन्चको मन्थन
More photos of Dashain Ramailo Saanjh New York 2010
All Pages

Special 44 photos, 1 video: न्यू योर्क- अमेरिकामा बसेका नेपाली कलाकारहरुको संस्था 'न्यू योर्क कला मन्च' द्वारा बिगत ११ बर्षदेखी मनाइदै आएको दशैंको रमाइलो साँझ शुक्रबार बेलुकी न्यू योर्क शहरको कुइन्सस्थित ढाका क्लबमा भब्यता पूर्वक सम्पन्न भयो।



Panch Kanya performing pooja to Devi Durga at Ramailo Saanjh by New York Kala Manch in New York on October 8, 2010. Photos: eEyeCam.com

दुर्गा भवानी पूजाको कर्तल ध्वनी र पन्च्कन्याहरुद्वारा पूजासंगै शुरु गरिएको उक्त साँझमा नेपालका बरिस्ठ संगितकार, गायक तथा नेपाल नाट्य तथा संगित प्रज्ञान प्रतिस्ठानका कुलपति अम्बर गुरुङ, कोलोराडो निवासी गायिका निर्मला श्रेष्ठ र न्यू योर्ककि चिरपरिचित न्रित्यङ्गना बसन्ती राइलाई मन्चद्वारा सम्मान गरियो।


Dancer Basanti Rai receiving award from H.E. Ambassador Gyanchandra Acharya. Photos: eEyeCam.com

सम्मानित र सहभागी कलाकारहरुलाई कार्यक्रमका बिशिस्ठ अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले सम्मान पत्र प्रदान गर्नु भएको थियो।


Singer and honoree Nirmala Shrestha. Photos: eEyeCam.com

मन्चले यस अघी नेपालका संगितकार तथा अभिनेता प्रेमदेब गिरी, गायिका स्व. कोइली देबी, गायक भक्तराज आचार्य, अभिनेत्री शुभद्रा अधिकारी, शान्ती मास्के, संगितकार तथा गायक कमल छेत्री, संगितकार संगितकार स्व. न्हुछेनारायण डङ्गोल, द्वन्द निर्देशक गोपाल भुटानी, अभिनेता पवन मैनाली, अभिनेता जयचन्द सिंह ठाकुर, निर्देसक स्व. दिपक आलोक, निर्देसक भैरबबहादुर थापा, निर्देशक, गायक, अभिनेता हरीप्रशाद रिमाल, गोरखापत्र सम्पादक रामचन्द्र पौडेल, मुना डङ्गोललाई नगद र कदल पत्रले सम्मान गरिसकेको छ ।

त्यसै गरी, मन्चद्वारा अमेरिकामा सम्मानित कलाकार र समाजसेवीहरुमा कलाकार ध्रुब वन्त (Baltimore), राम नगरकोटी (VA), फुलबारी क्लब (VA), Dance Theater of Nepal (Sherry Ona Handline), नारायण श्रेष्ठ (CO), गायक तथा संगितकार नरबहादुर (एन बि) दाहाल (NY), गायिका गोमा गुरुङ (NY), गायक संजोग लामा (NY), गायक सानु शेर्पा, नायक सरोज खनाल, कलाकार देबी थापा वली, निर्देसक बिनोद वली, नायिका सारङ्गा श्रेष्ठ, बरिस्ठ अभिनेत्री बसुन्धारा भुसाल, सुप्रसिद्ध न्रित्य निर्देसक बसन्त श्रेष्ठ, गायिका देबिका 'बन्दना' प्रधान र गायिका प्रधानका श्रीमान तथा उद्दमी महेशमान सिंह हुनुहुन्छ।

यस सम्बन्धी समाचार पढ्नुहोस्:
-http://www.usnepalonline.com/new-york-nepalese-community-news/dashain-celebrated-in-new-york-by-nepali-kala-manch.html
-http://www.usnepalonline.com/new-york-nepalese-community-news/new-york-kala-manch-honoured-basanta-shrestha-a-devika-pradhan.html


Senior Actor Ramraj Chhetri, Key figure & founding member of New York Kala Manch. Photos: eEyeCam.com

सन् १९९८ मा न्यू योर्क शहर कुइन्समा स्थापित गरिएको उक्त कला मन्चका संस्थापकहरुमा रामराज छेत्री, न्हुछेनारायण डङ्गोल, शिर्शिर श्रेष्ठ, नायिका सुबर्णा छेत्री, गायिका गोमा गुरुङ, कर्मा जि. शेर्पा, राम नगरकोटी र नरबहादुर दाहाल हुनुहुन्छ।

मन्चसंग आबद्ध अन्य कलाकार सदस्यहरुमा सुर्यमाला शर्मा खनाल, सुनिल उप्रेती, रोशनप्रताप राना मगर, निर्देसक कृष्णमुरारी ढुङ्गेल, निर्देसक नबिन केसी, न्रित्य निर्देसक लुना केसी, गायक सानु शेर्पा, गायक कर्ण दास, गायिका सपना श्री, संगितकार बिमल बुढाथोकी, गायक रोशन गुरुङ, गायक राजेन्द्र राइ र सहयोगीहरु जीत गुरुङ र दिपक श्रेष्ठ हुनुहुन्छ।

यता यसपालिको दशैँ पर्बको रमाइलो साँझलाई नेपालकि बरिस्ठ नायिका गौरी मल्ल र नायक बिक्रान्त बस्नेतको अमेरिका भ्रमणमा रहेको साँगितिक टोलिका कलाकारहरु र न्यू योर्कका प्रतिभाशाली नेपाली कलाकारहरुको बेजोड प्रस्तुतिले अबिस्मरणीय बनाएको छ।

Famous actress Gauri Malla performing at Ramailo Saanhj in New York. Photos: eEyeCam.com

उक्त रमाइलो साँझको भिडियो अर्काइभ हेर्नुहोस्:



चर्चित न्रित्य निर्देशक बिजय नकर्मीद्वारा न्रित्यहरुको निर्देशन र कोरियोग्राफ गरिएको उक्त साँझमा आ-आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुमा न्रित्यङ्गनाहरु अनुपमा सापकोटा, प्रज्ञा सापकोटा, बसन्ती राइ, सालीना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सुबर्ण छेत्री, रोजी शेर्पा र देबी ओली हुनुहुन्थ्यो। (न्रित्य निर्देशक नकर्मीको न्यू योर्कमा स्थापित न्रित्य प्रशिक्षण केन्द्रबारे पढ्नुहोस्)


Dance Director Vijay Nakarmi with dancer Rosy Sherpa. Photos: eEyeCam.com

उक्त साँझमा गायिका निर्मला श्रेष्ठ, न्हुछे नारायण डग्ङोल, गोमा गुरुङ, राजेन्द्र राइ, नरबहादुर दाहाल र सानु शेर्पाले आ-आफ्ना सुमधुर गीतहरु गाएर श्रोताहरुलाई मनोरन्जन दिलाउनु भएको थियो।

उता हाँस्य कलाकार कृष्णमुरारी ढुङ्गेल, लक्ष्मी श्रेष्ठ र सुबर्ण छेत्रीको सभासद सम्बन्धी प्रहसन मार्मिक थियो ।


Krishnamurari Dhungel, Suvarna Chhetri & Lakshmi Shrestha. Photos: eEyeCam.com

दशैंको रमाइलो साँझको मैझारो भने बिसं २०३१ मा तत्कालिन नेपाल राजकिय प्रज्ञा प्रतिस्ठानद्वारा मन्चन गरिएको पश्चिम नेपालको मगर समुदायमा अत्यन्त प्रचलित लोक गितिन्रित्य सोरठीको सुरिलो गीतको घन्काइ र मनमोहक न्रित्यद्वारा गरिएको थियो। सोरठी न्रित्यका कलाकारहरुमा कृष्णमान तुलाधर, सुबर्ण छेत्री, लक्ष्मी श्रेष्ठ, गौरी मल्ल र देबी ओली हुनुहुन्थ्यो।


Sorathi, famous Magar folklore dance performing by Gauri Malla, Lakshmi Shrestha, Krishnaman Tuladhar, Devi Oli & Suverna Chhetri. Photos: eEyeCam.com

लाइभ संगित प्रदान गर्ने संगितकारहरुमा शिशिर श्रेष्ठ, न्हुछेनारायण डङ्गोल र नरबहादुर दाहाल हुनुहुन्थ्यो।


Actor & emcee Shailesh Shrestha. Photos: eEyeCam.com

मन्चका संस्थापक तथा नेपाली रंगमन्चका बरिस्ठ कलाकार रामराज छेत्री र रंगमन्चका बरिस्ठ कलाकार शैलेश श्रेष्ठले कार्यक्रमको सन्चालन गर्नु भएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

 

Actors Gauri Malla & Bikrant Basnet. Photos: eEyeCam.com


Anupama Sapkota & Pragya Sapkota. Photos: eEyeCam.com

 

Shalina Shrestha. Photos: eEyeCam.com

 

Basanti Rai. Photos: eEyeCam.com


The guests enjoying Dashain celebration. Photos: eEyeCam.com

 

Photos: eEyeCam.com

न्यू योर्कमा दशैंको रमझम र न्यू योर्क कला मन्चको मन्थन

More photos of Dashain Ramailo Saanjh New York 2010 All Pages

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.