NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकामा ध्रुब थापाका कविता र गीतको नोबेल पुरस्कार विजेतावाट विमोचन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Govinda Giri 'Prerana'   
Friday, 14 May 2010 13:04

क्यालिफोर्निया- बर्कलीस्थित नेपाली रेस्टराँ 'टेस्ट अफ द हिमालयज' र योगाकुलाको हलमा सोमबार मे १० को साँझ एक विशेष कार्यक्रममा ध्रुब थापाका कविता र गीतको संग्रह नोबेल पुरस्कार विजेता डा. चार्लस टाउन (Charles H. Townes, winner of Nobel Prize in Physics in 1964) र डा. मैथली ऐयरले संयुक्तरुपमा विमोचन गर्नु भयो ।

Nobel laurates Charles H. Townes Dr. Maithli Air releasing Poet Dhruba Thapa's poetry book. Photos courtesy: Govinda

नेपाली साहित्यमा संभवत: पहिलो पल्ट नोबेल पुरस्कार विजेताहरुको हातबाट विमोचित कृति "ध्रुव थापाका कविता र गीत" को सम्पादन साहित्यकार गोविन्द गिरी 'प्रेरणा' ले गर्नु भएको हो ।

टेस्ट अफ द हिमालयजका राजेन थापा र डेविड सिबोर्गको विशेष पहलमा सम्पन्न यस कार्यक्रमको पहिलो चरणमा ध्रुब थापाका कविता र गीतको विमोचन, नोबेल पुरस्कार विजेताहरुको मन्तव्य, वहाँहरुसित फोटो खिच्ने, भलाकुसारी गर्ने र विशेष रात्रिभोज थियो भने दोस्रो चरणमा योगाकुलाको हलमा विशेष साहित्यिक तथा साँगीतिक कार्यक्रमसहित सम्पन्न भएको थियो ।

कार्यक्रमको पहिलो चरणमा डा. चाल्स्र टाउनले आफुले जीवनमा गरेका अनुशन्धान तथा नोवेल पुरस्कार पाउँदाका अविस्मरणीय क्षणको बारेमा जानकारी गराउनु भएको थियो । वहाँलाई भौतिक तथा खगोल शास्त्रमा गरेको अमुल्य योगदानेबापत सम्मानित गरिएको थियॊ । वहाँको विशेष अविष्कारहरु माइक्रो बेभको लेजर विम्व, व्लाक होलको, घनत्वको नाप, अन्तरिक्षको पहिलो कम्प्लेक्स मलिक्युलरको अध्ययन तथा अनुसन्धान हुन् । वहाँ नोबेल पुरस्कारको साथ साथै विज्ञान तथा आध्यात्म शास्त्रमा गरेको योगदानबापत टेम्पल टन पुरस्कारलेसमेत सम्मानित हुनुहुन्छ ।



त्यस्तै, अर्की शान्तिका लागि नोबेल पुरस्कार सह-विजेता डा. मैथली ऐयरले भने जलबायु परिवतर्नको युएन प्यानेलमा ग्रीन हाउस इफेक्टको बारेमा जनचेतना जगाउन गरेको विशेष योगदानको कारणले नोबेल पुरस्कार पाउनु भएको हो । वहाँले आफनो मन्तव्यको क्रममा विश्वको बदिलंदो जलवायु परिवर्तन र यस्को परिणामकोबारेमा जानकारी गराउनु भएको थियो । वहाँले अमेरिकामा बसेर पनि नेपाली साहित्यमा योगदान पुर्याउने कवि थापालाई विशेष शुभकाना व्यक्त गर्नुभएको थियो ।

त्यसैगरि, अर्का विशेष वक्ता जीव बैज्ञानिक तथा कवि डेविड सिबोर्गले आफनो कविता संग्रहबाट केहि कविताहरुको बाचनसमेत गर्नु भएको थियो । वहाँले पनि कार्यक्रममा नेपाली तथा अंग्रेजी कवि, बैज्ञानिक, पत्रकार तथा विभिन्न पेशाका विद्धवानहरुको माझमा ध्रुब थापाको कविता संग्रहको विमोचन यस बर्कली सहरमा भएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।

भर्जिनीयाबाट आउनु भएका विश्व परिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी 'प्रेरणा' ले आफनो मन्तव्यको क्रममा ध्रुब थापाका कविता तथा गीतहरुको सम्पादन गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो भने यो पुस्तक प्रकासन गर्न सधै प्रेरणा दिने राजेन थापाको सहयोग र प्रयास नभएको भए सायद यो किताव यहाँहरुको समक्ष आउन नसक्नेसमेत जानकारी गराउनु भएको थियो ।

वहाँले यस पुस्तकले अमेरिकाका इस्ट कोस्ट र वेस्ट कोस्ट विच एउटा पुलको काम गर्ने जानकारी गराउनु भएको थियो ।

उक्त कार्यक्रममा मणि नेपाली पनेरुले विमोचित कविता संग्रहको बारेमा समिक्षात्मक जानकारी गराउनु भएको थियो भने हरिहर दाहालले कवि तथा गीतकार थापाको परिचय गराउनु भएको थियो ।

मन्तव्य तथा शुभकामना दिने क्रममा न्यान्सीका यान राई, तमु समाजकी विष्णु गुरुंग, लायन्स क्लवका रामचन्द्र ढकाल, ज्ञान पन्थ लगायत अन्य केहि बक्ताहरु र शुभचिन्तकहरुले शुभकामना दिदै थापाको कविता संग्रहको प्रशंसा गर्नु भएको थियो साथै वे एरियामा यस्तो भव्य कार्यक्रममा एउटा नेपाली कविता संग्रहको विमोचन नोवेल पुरस्कार विजेताहरुको हातबाट हुनु भनेको हामी विश्व भरि छरिएर बसेका सबै नेपालीहरुको लागि गर्वको विषय भएको वताउन भएको थियो ।

कार्यक्रममा गीतकार तथा कवि थापाले आफनो कविता संग्रहबाट र अंग्रॆजीमा लेखिएका कविता बाचन गरेका थिए भने नेपालबाट हालै अमेरिका भ्रमणमा आउनु भएका प्राध्यापक डा. बद्री विशाल पोखरेल र बरिष्ठ गीतकार बासु ढकालले आ-आफना कवितासमेत बाचन गर्नु भएको थियो ।

कवि थापाले आफनो कविता संग्रह प्रकासन गर्न विशेष योगदान दिने सबैलाई धन्यवाद िदंदै यस्तो गरिमामय कार्यक्रममा आफनो कविता संग्रहको विमोचन गर्न पाउनु आफैलाई अत्यन्त भाग्यमानी भएको जानकारी गराउदै यो सपना हो कि विपना हो आज मेरो कविता संग्रहको विमोचन विश्वका महान व्यतित्वको हातबाट भएको छ भन्दै भाव विवहल भएर आफनो खुशी व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संगति सेन्टरको गौतम तेजास तथा साथीहरुले सास्त्रीय संगीत प्रस्तुत गरेका थिए भने राधिका रोच, शिव कल्याणी, भेमी रेड्डी, रुथरी शुव्रमन्यम र ज्योति रेनेके सेल्डमेनको समुहले उत्कृष्ट भारत नाटयम् प्रस्तुत गरेका थिए ।

कार्यक्रम बडो शिष्ट शैलीमा लगभग एकसय साठी जनाको उपस्थितिमा अनौठो जमघटको रुपमा सम्पन्न भएको थियो । उपस्थित दर्शकहरु विभिन्न समुदायका प्रतिनिधित्व गर्दै आएका थिए जस्मा धेरै अमेरिकन दर्शकहरु थिए भने भारतीय, भुटानी मूलका र नेपाली दर्शकहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो ।

-Govinda Giri 'Prerana' in Virginia

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?