Inside

All Time Top 50 News

न्यू योर्कमा लोक दोहोरी भाका घन्कियो, शिला र क्रान्तिसंग झुमे नेपालीहरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Prathaa Magar   
Monday, 05 May 2008 02:26



"बनमा काँडा छ तिमी उता म यता ज्यानको टाढा छ तर बिरानो नसम्झ माया गाढा छ"
"आँ‌धी खोला उर्लेर आयो आउने थिइन मायाले बोलायो"
"छुट्टी छोटो छ मायाको सम्झना दिलमा फोटो छ"
"छोरी माग्न जाँदा बिहे गर्छु भन्दा ससुरा परे दोधारे, ए भन्छन्‌ तिम्रो छर के भर खोजी आउ पहिले सरकारी जागिर"
"ए होइ भनी बोलाको मैले ए होइ..."


Chief guest Nepalese Ambassador to UN, Madhuraman Acharya, Nepalese artists Shila Ale Magar and Kranti Ale Magar and members of Langhali Association USA at Langhali Dohori Nite on May 3, 2008. Photos: eEyeCam


न्यू योर्क: 25 photos:- हिजो साँझ र आज बिहानसम्मै न्यू योर्कको आर्मेनियन चर्च, म्यानहटनमा भएको दोहोरी साँझमा लाङ्घाली एसोशिएसन यूएसएले नेपालबाट झिकाएका दुई चर्चित कलाकारहरु दोहोरी गायिका शिला आले र लोक पप गायक क्रान्ति आले मगरले यि माथिका गीत लगायत अरु थुप्रै मिठा गीतहरु गाएर न्यूयोर्क शहर मात्र होइन अन्य अमेरिकि राज्यबाटसमेत आएका नेपाली दर्शकहरुको मन जित्न सफल भए।

 

Folk singer Shila Ale Magar. Photos: eEyeCam

दोहोरी गायिका शिला आलेले यो पन्क्तिकारसँगको एक भेटमा भनेकी थिइन्‌- "खोइ को होला कुन्नी मेरो जोडी दोहोरी खेल्ने न्यूयोर्कका दाजुहरु? तर उनले जोडी फेला पारिन्‌ बोष्‍टोनबाट आएका लोक गायक मिन केसी।

Singer Kranti Ale Magar. Photos: eEyeCam

अझ उनले दोहोरी साँझका प्रमुख अतिथी नेपालका लागि सङ्युक्त राष्ट्र सङ्घका स्थाई प्रतिनिधि महामहिम राजदुत मधुरमण आचार्यलाई गीतै गीतले छड्‍के हाने पछि महामहिम आचार्यले आफ्नो "हिडन्‌‌ ट्‍यालेन्‍ट" (लुकेको/ लुकाइएको प्रतिभा) देखाउदै गायिक आलेको जवाफ गीतैबाट दिन थाले पछि अघी देखी नै उत्कर्शमा उकालीदै गरेको दर्शकहरुको घुइचोमा दोहोरी साँझको रौनकता अरु बढेको थियो।


Look, who's shaking the legs! Ashok Gurung, Director, New School University, Anil Shahi, President, Alliance for Democracy and Human Rights in Nepal USA, Arjun Gurung, Coordinator, USNepalOnline.Com, Nima Lama Yalmo, Friegn Secretary, Nepal Federation of Indigenous Nationalities (NEFIN) and Luna Ranjit, Executive Director, Adhikaar, New York. Photos: eEyeCam

उता लोक पप गायक क्रान्ति आलेको गीतमा नझुम्मिने को थिएन होला र !
न्यूयोर्क शहरका नेपाली युबा-युबती मात्र होइन यहाँ कृयाशिल नेपाली संस्था र नाम चलेका नेपाली ब्यक्तित्वहरु समेत नाच्न तम्सिएको देख्दा नेपाली लोक संस्‍कृति प्रबासमा उत्तिकै लोकप्रिय रहेको आभास हुन्थ्यो।


Folk singer Min KC. Photos: eEyeCam

यो साँझमा गायिका शिला, गायक द्वय क्रान्ति र मिन केसी बाहेक गायिका द्वय यशोदा खालिङ र सुनिता लोप्चन, गायक राजेश थापा मगरले पनि गाएका थिए।


Dancer Devi Oli Thapa Magar. Photos: eEyeCam

न्रित्य तर्फ Bimal Budhathoki, Devi Oli Thapa (Boston), Bindu Thapa Magar (New York), Rajkumar Pun Magar (Dance Director, Verginia), Nilam Thapa Magar, Bishnu Thapa Magar, Maya Gurung, Sarju Gurung, Rajendra Tilija Magar, Rita Tilija Magar, Arun Roka Magar ले आ-आफ्ना मनमोहल न्रित्यहरु देखाए।

Dancer Bindu Thapa Magar. Photos: eEyeCam

त्यसै गरी बाल कलाकारहरु Inju Tilija Magar, Indu Tilija Magar and Usha Purja Magar ले पनि राम्रा न्रित्य प्रस्तुत गरे। संगीत तर्फ Nhuchchhe Dangol, Deniel Karthak, Pasang Sherpa, Rajesh Khadgi, Ranjan Budhathoki, and KB Thapa ले प्रस्तुत गरेका थिए।


Folk singer Rajesh Thapa Magar and his chorus team. Photos: eEyeCam

सो साँझको सभापतित्व महेन्द्र थापा मगरले गर्नु भएको थियो भने धन्यवाद ग्यापन मानबहादुर राना मगरले गर्नु भएको थियो।

दोहोरी साँझ लोक गायक तथा कबि टिका पुन मगरको रशिलो उद्घोषणमा सन्चालन भएको थियो। सो साँझको उद्‍घाटन समारोहको सन्चालन चाँही यस अललाइनका प्रधान सम्पादक प्रदिप थापा मगरबाट गरिएको थियो।

स्मरण रहोस्, यस संघले सन्‌ २००६ र २००७ मा नेपाली दोहोरी साँझको सफलतापुर्बक आयोजना गरी सकेको छ।

सन्‌ २००३ को राष्ट्रिय दोहोरी प्रतियोगितामा प्रथम भएकी दोहोरी लोक गायिका शिला आले 'सुन्तला र स्याउ', 'गोर्खा कालिका' जस्ता ८ वटा दोहोरी एल्बमहरु र २०० भन्दा बेसी लोक गीतहरुकी प्रतिभाशाली गायिका हुन्‌।

त्यसै गरी, लोक पप गायक क्रान्ति आले सन्‌ २०००, ०२, ०३, ०५, ०६ र ०७ मा क्रमश: उत्कृष्ट ब्याण्‍ड (Dr. Pilots), उत्कृष्ट गीत (ए होई), उत्कृष्ट स्वर (ए होई), उत्कृष्ट गीत (सरकारी जागिर), उत्कृष्ट एल्बम (सरकारी जागिर), र उत्कृष्ट स्वर (च्याङ्बा होइ) छानिएका प्रतिभाशाली युवा गायक हुन्‌।

गायिका शिला आले र गायक क्रान्ति आलेसँगको भेटबार्ता पछि प्रकासित गरिनेछ।

-Prathaa Magar in New York



Pop Folk singer Kranti Ale Magar.
Photos: eEyeCam


महामहिम आचार्यको "हिडन्‌‌ ट्‍यालेन्‍ट" (लुकेको/ लुकाइएको प्रतिभा) : पहिले भाषण पछि दोहोरी. Photos: eEyeCam


Hidden Talent: Ambassador Acharya singing dohori with Shila Ale.


Singer Yashoda Khaling Rai.
Photos: eEyeCam


Nepalese Ambassador to UN Madhuraman Acharya, Dr. Gita Acharya, wife of Ambassador Acharya and Sita Gurung, Member of Constitution Assembly in Nepal.


Singer Sunita Lopchan.
Photos: eEyeCam














Volunteers/organizers at the event.


Dr. Albert Rossi, Dr. Nancy Holland and Margaret Carne-Thapa, MSW.
Photos: eEyeCam


Magars in traditional Magar dress.




Chanda Pun Magar, Treasurer, Pewa Nepal and Anil Shahi, President, Alliance for Democracy and Human Rights in Nepal USA.
Photos: eEyeCam


Stephine Vanden Bos, MSW and Bill Armburster, Editor, Shipping Digest.
Photos: eEyeCam


Lyricist Anita Thapa and singer Sapana Shree. Photos: eEyeCam

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.