Inside

All Time Top 50 News

न्यू योर्कमा संघीयताबारे डा. भट्टचनको अर्को झटारो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 28 August 2009 20:51
न्यू योर्क- गत अगस्ट २६ तारिख साँझ न्यू योर्कको कुइन्सस्थित थकाली किचन रेस्टुरेन्टमा नेपालका चर्चित र खरा समाजशास्त्री डा. कृष्णबहादुर भट्टचन फेरी एक पटक नेपालको संबिधान सभामा बिभिन्न दलहरुबाट प्रतिनिधित्व गर्ने २१९ जनजाति आदिबासी सभासदहरुको लाचारीको कडा शब्दमा बचन बाँड हान्दै उत्रिए।

Dr. Krishna Bhattachan speaking at the event in New York. Photos: eEyeCam.com
सधैं नेपालका बाहुनबादी मानसिकताका सताधारी बर्गको धज्जी उडाउन खप्पिस समाजशास्त्री भट्टचन आजभोलि चाँही आदिबासी समुदायका अगुवा भनाउदाहरुप्रति बढ्ता खनिनुको पछि चुरो कुरो चाँही सिधा छ- नयाँ बन्ने संबिधानमा आदिबासीहरुले चाहे जस्तो संबिधान बन्न सकेन भने त्यो भन्दा ठुलो बिडम्बना अरु कुनै हुने छैन। डा. भट्टचन जनजातिका हक अधिकार सुनिचित गरिएन भने नेपालमा गृह युद्धलाई टार्न सकिने स्थिती झिनो छ भन्न कत्ती हिच्किचाउदैनन्।
अमेरिकामा नेपालका आदिबासी जनजातिहरुको महासंघ फिप्नाको आयोजनामा अपर्झट डाकिएको अन्तर्कृयामा डा. भट्टचनले २१९ जनजाति आदिबासी सभासदहरुलाई सास फेर्ने लास र दसैंमा मनाङ-मुस्ताङबाट ल्याउने भेडासंग तुलना गर्न चुकेनन्।
डा. भ ट्टचन बिगत दुई महिनादेखी कहिले हार्वार्ड त कहिले न्यू स्कुल युनिभर्सिटी, कहिले वासिङ्टन डिसी त कहिले मिचिगन पुगेर नेपालमा संघियता र आदिबासी जनजातिहरुको हक अधिकारको लडाईं, कम्जोरी र उपलब्धीकाबारे व्याख्या गर्दै ब्यस्त थिए भने २७ तारिख नेपाल फर्किनु अघी फिप्ना (FIPNA) को बिशेष अन्तर्कृयामा सहभागी बनेका थिए। उनको साथमा उनकी अर्धाङ्गिनी यशोकान्ती भट्टचन, जो आदिबासी महिला आन्दोलन कि हस्ती हुन्, पनि संगै थिइन्।
अन्तर्कृयामा डा. भट्टचनले नेपालका आदिबासी जनजतिहरुको बिशिस्ट भाषा, संस्क्रिती, धर्म र ईतिहास भएको उल्लेख गर्दै अब बन्ने नयाँ संबिधानमा नेपालका आदिबासीहरुले आफ्नो स्वायतताको माग र हक अधिकार सुनिस्चित गर्न सबै एक भएर लाग्नु पर्ने बताउनुभयो।
संबिधान सभामा २१९ जना आदिबासी जनजाति सभासदहरु भएको अवस्थामा आदिबासी जनजातीहरुको माग प्रतिबिम्बित नहुँदासम्म संबिधान बन्नबाट रोक्ने (दुइ तिहाइ रोक्ने) संख्या भएको उल्लेख गर्दै डा. भट्टचनले हामी कहाँ भएका २१९ जना लासहरु छन् उनीहरु यस्ता भेडाहरु हुन् जसलाई गिरिजा च्याङ्ग्रा, प्रचन्ड च्याङ्ग्रा, माधव कुमार च्याङ्ग्राहरुको नेत्रित्वले जता डोर्याउँछ उतै जान्छन्। यस्ता सभासदहरुबाट आदिबासीहरुले भरोसा गर्न नसकिने भन्ने तर्क राखे।
समाजमा लोभिपापीहरु जन्मिरहने बताउदै उहाँले आदिबासी जनजातिहरुको संघ संस्थाहरु सार्बभौम भएको हुँदा ति संस्थाहरुले आदिबासी समुदायलाई आफ्ना हक अधिकारका लागि सचेत र संगठित गर्न जरुरी भएको कुरामा जोड दिए।
FIPNA President Karma G. Sherpa. Photos: eEyeCam.com
कार्यक्रममा फिप्नाका अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, उपाध्यक्ष बिनोद पोमो, नब नियुक्त महासचिब आदित्य महर्जन र बिभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु लगायतका अगुवाहरुको सहभागीता रहेको थियो।
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it .
Read our related news:
डा० भट्टचनको केही Arlicles को लागी यहाँ क्लिक गर्नुस:
Read our related news at:
For more news York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.