Inside

All Time Top 50 News

अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयरद्वारा सेप्टेम्बर २७ तारिखलाई "डा. बिष्णुमाया परियार दिवस" घोशणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijay Thapa   
Monday, 28 September 2015 00:30

Exclusive: 4 photos: वाशिंगटन डिसी- गोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्मिएकी सामाजिक अभियनता डा. बिष्णुमाया परियारलाई सेप्टेम्बर २७ तारिख (२०१५) मा उनले समाजमा पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयर ग्रेग ई फिसरद्वारा सेप्टेम्बर २७ तारिखलाई "डा. बिष्णुमाया परियार डे" घोशणा गरिएको छ ।


 

Dr. Bishnu Maya Pariyar was honored with September 27 as "Dr. Bishnu Maya Pariyar Day" by the Mayor Greg E Fisher of City of Louisville, Kentucky, USA on September 27, 2017. Louisville Metro Council Woman TinaWard-Pogh handing over the proclamation.

महिला अधिकारकर्मी तथा समाजसेवी डा. परियारलाई केन्टकीको लुईभिलका नगर प्रमुख फ़िशरले सेप्टेम्बर २७ तारिखलाई "डा. बिष्णुमाया परियार डे" घोशणा गरिएको प्रोक्लेमेसन पत्रद्वारा सम्मान गरेका हुन् । यसरी जिवित नेपाली ब्यक्तिको नाममा दिवस घोशणा गरेर सम्मान गरिएको यो सम्भवत: पहिलो एतिहासिक दिन हो ।

The Proclamation by Mayor Greg E Fisher of City of Louisville, Kentucky, USA which declared September 27 as "Dr. Bishnu Maya Pariyar Day".

उक्त कार्यक्रममा डा. परियारले नगर प्रमुख फ़िशर तथा शहरकी मेट्रो काउन्सिल वूमन टिन वार्ड-पूघ, लुईभिल बिश्वबिद्यालयका प्राध्यापक क्यारेन काईजर, मार्क होग तथा अन्यलाई सम्मानका लागि धन्यबाद ब्यक्त गरेकी थिईन् ।

सन् २०१३ मा समाजसेवी डा. बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त 'पाइन् मानोर कलेज' ले मानार्थ बिद्यावारिधीद्वारा सम्मान गरेको थियो भने उनले अमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा स्नातकोतर गरेकी छिन् ।



डा. परियारले सन् १९९८ मा आफैले स्थापना गरेको सामाजिक संस्था 'एड्वान' (ADWAN.ORG) मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरु र बालबालिकाहरुलाई उत्थान गर्दै आएकी छिन् ।

Dr. Bishnu Maya Pariyar was honored with September 27 as "Dr. Bishnu Maya Pariyar Day" by the Mayor Greg E Fisher of City of Louisville, Kentucky, USA on September 27, 2017. Louisville Metro Council Woman TinaWard-Pogh handing over the proclamation.

सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत डा. परियार ४ दर्जनभन्दा ज्यादा राष्ट्रिय र अन्तररास्ट्रिय पुरस्कारद्वारा सम्मानित भै सकेकी छिन् ।

-Bijay Thapa in Washington DC

Read related news:

-http://www.usnepalonline.com/adwan/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.