Inside

All Time Top 50 News

गोर्खाको विधालयलाई अमेरिका निवासी डा. विष्णुमाया परियारको परिवार र साहित्यकार दीपा राईबाट रु डेढ लाख अनुदान, भूकम्पबाट विस्थापितहरुलाई लत्ताकपडा वितरण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sapana Pariyar   
Friday, 26 February 2016 19:14

Updated: Special: 15 photos: काठ्माण्डौं/न्यू जर्सी-  गोर्खा जिल्लाको ताक्लुङ गाबिस वडा नं.-२ स्थित गत वर्षको भूकम्पबाट क्षतिग्रस्त सिंजाली मा. बि. विधालयलाई अमेरिकाको न्यू जर्सी निवासी डा. विष्णुमाया परियारको परिवारबाट रु. एक लाख र बोस्टन निवासी साहित्यकार दीपा राई पुन मगरले रु ५० हजार नगद अनुदान प्रदान गरिएको छ । त्यसैगरी, डा. परियारले आफ्नो बाबा स्व. रुपबहादुर परियारको ४५ औं दिनको पून्य तिथिको अवसरमा भूकम्पबाट विस्थापित ताक्लुङ गाबिसका परिवारहरुलाई २०० वटा कम्बल लत्ताकपडा वितरण गरिएको छ ।

Bimala Rai, mother of author Deepa Rai Pun Magar handing over Rs. 50,000 cash donation to Bal Narayan Shrestha, Principal, Sinjali High School, Taklung, Gorkha on February 26, 2016. Photos courtesy: Bindu Thapa Magar Pariyar

शुक्रवार सिंजाली मा. बि. ब्यावस्थापन समितिद्वारा आयोजित अनुदान हस्तान्तरण समारोहमा एड्वान (Adwan.Org) कि अध्यक्ष डा. विष्णुमाया परियारले आफ्नो परिवारको तर्फबाट उक्त विधालयलाई रु एक लाख नगद अनुदान हस्तान्तरण गरिन् । डा. परियारले सोही विधालयमा आफ्नो प्रारम्भिक शिक्षा हाँसिल गरेकी हुन् ।

The guests with students and teachers of the Sinjali High School, Taklung, Gorkha on February 26, 2016. Photos courtesy: Bindu Thapa Magar Pariyar

त्यसैगरी, साहित्यकार राईकि आमा बिमला राईले उक्त विधालयका प्रधानाध्यापक बलनारायण श्रेष्ठलाई रु ५० हजार रुपैँया नगद अनुदान हस्तान्तरण गरिन् ।

Dr. Bishnu Maya Pariyar speaking in a donation distribution function at Sinjali High School where she donated Rupees 1 lakh to school in Taklung, Gorkha on February 26, 2016. Photos courtesy: Bindu Thapa Magar Pariyar

उक्त विधालयमा अहिले कक्षा १ देखि १० सम्म ५२२ विध्यार्थीहरु अध्यायनरत छन् । उक्त विधालयको दुई तल्लाको कंकृटबाट बनेको नयाँ भवन गत वर्षको महाभूकम्पमा हुन पुगेको थियो । नेपाल सरकारको भूकम्प क्षती अनुगमन टोलीले २०७२/०३/०३ मा उक्त भवन असुरक्षित घोशणा गरी भवन भित्र अध्यायन/अध्यापन गर्न/गराउन प्रतिबन्ध लगाएको थियो । हाल विध्यार्थीहरु आस्थाई टहरा कक्षा कोठाहरुमा अध्ययन गर्न बाध्य भएकाछन् ।

Author Deepa Rai Pun Magar speaking in a donation distribution function at Sinjali High School, Taklung, Gorkha on February 26, 2016. Photos courtesy: Bindu Thapa Magar Pariyar

साहित्यकार दीपा राई पुन मगरले समारोहलाई सम्बोधन गर्दै आफूले भूकम्प प्रभाबित क्षत्रमा आएर प्रतक्ष भूकम्पको क्षती देख्न र अनुभूत गर्न पाएको बताउँदै भविश्यमा विधालयको लाईब्रेरी प्रोजेक्टमा सहयोग गर्ने उल्लेख गरिन् ।

Earthquake damaged part of Sinjali High School, Taklung, Gorkha. Photo courtesy: Paradeep Pariyar Thapa Magar

उता एड्वानकि अध्यक्ष डा. विष्णुमाया परियारले आफूले बाल्यकालमा प्राथमिक शिक्षा यसै विधालयबाट गरेको उल्लेख गर्दै आफ्नो परिवार र एडवानले निकट भविश्यमा अरु ठोस काम गर्ने योजना गरेको बताईन् ।

Earthquake damaged part of Sinjali High School, Taklung, Gorkha. Photo courtesy: Paradeep Pariyar Thapa Magar

उनले एड्वान नेपालले अमेरिकास्थित इड्वन, अमेरिकन जेविस वर्ल्ड सर्भिस, वोमन फर कज, फ्रेन्ड्स अफ एड्वनलगायत संस्थाहरु र बिभिन्न अनुदानदाताहरुको सहयोगबाट एडवान नेपालका गोर्खा जिल्लास्थित ७ गाबिसका भूकम्प प्रभावित ३७ महिला समूहका परिवारहरुलाई राहत वितरण गरिसकेको, ११४ वटा सेमी पर्मानेन्ट घरहरु निर्माण गरिसकेको र ४५ वटा घरहरु छिट्टै निर्माण गरिने जानकारी गराईन् ।

Principal Bal Narayan Shrestha and School Management Committee President Resham BK. Photo courtesy: Paradeep Pariyar Thapa Magar

एड्वानकि अध्यक्ष डा. परियारको गाउँ ताक्लुङ गाबिसमा उनको आफ्नो परिवारको घर सहित ११४ घर भूकम्पबाट पूर्ण रुपमा ध्वस्त भएको थियो भने १२० घरहरु आधा क्षती हुन पुगेको थियो ।

A semi-temporary house built by ADWAN Nepal. ADWAN has built 114 such building for earthquake effected people. Visit www.adwan.org for more info

एड्वान नेपालले गत वर्शको अप्रिल २५ मा गएको महाभूकम्प पछि उद्दार, उद्दार ब्याबस्थापन र पुनर्निमाणको कामलाई तीब्र गतिमा अगाडी बढाई रहेको छ ।

Earthquake affected people in Taklung, Gorkha on February 26, 2016. Photos courtesy: Bindu Thapa Magar Pariyar

भूकम्पबाट विस्थापित परिवारहरुलाई लत्ताकपडा वितरण

यसैबिच, डा. परियारबाट आफ्नो बाबा स्व. रुपबहादुर परियारको ४५ औं दिनको पून्य तिथिको अवसरमा भूकम्पबाट विस्थापित ताक्लुङ गाबिसका परिवारहरुलाई २०० वटा कम्बल लत्ताकपडा वितरण गरिएको छ ।

Dr. Bishnu Maya Pariyar and her mother Kan Maya Pariyar handing over blankets to earthquake affected people in Taklung, Gorkha on February 26, 2016. Photos courtesy: Bindu Thapa Magar Pariyar

समाजसेवी स्व. रुपबहादुर परियारको गत जनवरी १२ तारिख निधन भएको थियो । निधन पछि अमेरिकामा रहेका डा. परियारका साथीहरुबाट प्रदान गरिएको दान रकमबाट लत्ताकपडा वितरण गरिएको उनले जानकारी गराईन् ।

-Sapana Pariyar in Kathmandu

Bimala Rai handing over blankets to earthquake affected people in Taklung, Gorkha on February 26, 2016. Photos courtesy: Bindu Thapa Magar Pariyar

Author Deepa Rai Pun Magar handing over blankets to earthquake affected people in Taklung, Gorkha on February 26, 2016. Photos courtesy: Bindu Thapa Magar Pariyar

Sinjali High School's temporary classroom in Taklung, Gorkha. Photo courtesy: Paradeep Pariyar Thapa Magar

During blankets distribution program to earthquake affected people in Taklung, Gorkha on February 26, 2016. Photos courtesy: Bindu Thapa Magar Pariyar

Read related news:

-In a Dark Kitchen, a Taboo is Broken: Three Courageous Women Change the Rules in Nepal

-भारतीय दलित साहित्य एकेडेमीद्वारा ७ जना नेपाली दलित अधिकारकर्मीहरु र चलचित्र निर्देशक तुल्सी घिमिरे सम्मानित

-अमेरिकाकि समाजसेवी डा. विष्णुमाया परियारलाई नेपालमा सम्मान, बिद्यालयलाई एक लाख नगद प्रदान

-अमेरिकि विश्वबिद्यालयद्वारा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान

-A Happy Valentine's Day for Sunita !

-अमेरिकामा नेपाली चेलीलाई सामाजिक सेवाको उच्च कदर गर्दै मानार्थ बिद्यावारिधी

-अमेरिकि नेपाली संस्था "एड्वन" (EDWON) को सहयोगमा महिला सशक्तिकरण, अधिकार र स्वालम्वन अभियान

-"विश्व परिक्रमा" पत्रिकाको १०० औं अंक प्रकाशनको अबसरमा दुई समाजसेवी ब्यक्तित्व बिष्णुमाया परियार र अर्जुनप्रशाद मैनाली सम्मानित

-डिसीमा विश्व बैक फ्यमिली नेटओर्कको MMMF पुरस्कार बिजेताहरुद्वारा महिला हक, अधिकार र समानताको कुरामा जोड

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.