NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अम्रिकाबाट श्री ३ महाराज रुक्मागदलाई बिद्युतीय तार पत्र PDF Print E-mail
Share
User Rating: / 9
PoorBest 
Written by Santosh Thapaliya   
Thursday, 09 July 2009 03:27
न्यू योर्क- सुनेको थिएं, टाउकोले पुच्छर हल्लाउँछ भन्ने तर तपाईले त पुच्छरले टाउको मात्रै होइन ज्यान, हात, खुट्टा सबै हल्लाईदिनु भयो । वधाई छ । आफु अम्रिकाँ बस्नु परे पनि आफ्नो श्री ३ महाराज नेपालाँ ढलीमली गरेको देख्दा नेपालै जाउँ जाउँ हुन्छ।

श्री ३ महाराज,

नमस्कार !

धेरै भयो महाराज, फोनमा पनि कुरा हुन नसकेको हजुरसँग । तपाईको पिएले बताएअनुसार तपाईलाई त भात खाएर हात धुने फुर्सद पनि छैन रे हिजो आज । कति साह्रो खट्नु भएको देश र जनताको लागि - दुब्लाएर भाटो भैसक्नु भो तैपनि दिन रात नभनि सेवा गरेको गरै हुनहुन्छ । देश कै ऋण खानु भा' रै छ अघिल्लो जन्ममा त्यसैले त एक नेपाली पल्टन मात्रै होइन पुरै देशको जिम्मा लिएको जस्तै खटेको खटै । 

श्री ३ महाराज,

कुरो सुन्दा त मेरो शरिर लल्यालुलुक हुन्छ । वाफ रे वाफ कस्तो खटनपटन हो तपाईको ? मै हुँ भन्ने प्रचण्ड त तपाईको अगाडि टिकेनन् भने यो नेपालमा को होलान् र तपाईसँग जोरी खोज्ने ? राष्ट्र पिता डा. यादव बा'को ढाँडमा टेकेर प्रचण्ड अभिमन्युको टाउकोमा हान्दा प्रधानमन्त्रीको पद चट । देखाइदिनु भयो हगि कसरी हानिन्छ ढाँडमा टेकेर टाउकोमा भन्ने गुदी कुरा ?

कस्तो प्रताप हो तपाईको महाराज ? प्रचण्डले तपाईसँग जोरी खोज्दा सत्ता विमुख हुन पर्‍यो । तैपनि उनले तपाईलाई दोष दिन सकेनन्, प्रभुलाई पो दोष दिए त विचरा प्रचण्डले त । यी वहालवाला प्रधानमन्त्रीदेखि प्रधानन्यायधिसहरु त तपाईको अगाडि पानी पानी हुने मात्रै होइन तपाईलाई सुमेरु पर्वत ठानेर घुम्छन् रे । नाथे रक्षामन्त्री, र अन्य मन्त्रीगण त के हुन् र ? तपाईको प्रताप कै कारण तपाईको उमेर सम्बन्धि मुद्दा अदालतमा दुई तीन बर्षेखि थाँती छ । त्यसलाई कस्को छुने आँट? प्रताप नभए भद्रकालीदेखि सर्वोच्चसम्म फाइल पुग्न किन हुन्थ्यो र सिंहदरवारमा ट्राफिक जाम ?
 
Nepal Army Chief Rugmagad Katwal. Illustration: USNepalOnline. Images: sources

श्री ३ महाराज,

सेनाको काम राष्ट्रियताको रक्षा गर्ने हो भन्ने सुनेको थिएं। सिमाना मिचिएको खबर आ' को आई छ तर तपाई मेरो काम यो होइन र त्यो त नेताको काम पो भन्दै पन्छिदिनु हुन्छ बा। तपाईको राष्ट भक्तिलाई मान्नै पर्छ । तपाईको कर्तव्यपालनलाई मान्नै पर्छ । भारतदेखि अन्तराष्टिय शक्तिहरुसँगको तपाईको सुमधुर सम्वन्धलाई मान्नै पर्छ । सबै तपाईको इसारामा चल्छन् रे । सुन्छु, राजदुतहरुसँग तपाईको ककट्ल्स खुवै जम्छ रे । कहिले हो रे त्यो के जाति हो कुन्नी पिडितको उजुरी बुझ्दै हिडेको बाह ! छोटे महाराज क्या सुहाएको । अझ हाउभाउ फाइफुट्टी पनि उस्तै । ज्ञानेन्द्र प्रभुलाई पनि पछि धकेल्नु भयो । बर्दि लगाएर कसरी राजनिति गरिन्छ भन्ने कुरा मुसररफले तपाईबाट सिक्न पर्ने ।

सुन्दैछु, फेरि ३००० भर्नाको प्रकृया थालनीको लागि भद्रकालीबाट तोक आदेश सिंहदरवार गईसकेको छ रे । सिंहदरवारले मौन स्वीकृती दिइसकेको भन्ने गाँइगुँइ छ । तपाईं श्री ३ महाराजका लागि नाथे अदालत के हो र ? त्यसलाई के थाह शान्ति प्रकृया कसरी निर्कषमा पुग्छ भन्ने कुरा ? नयाँ सेना भर्ना नगरी माओवादीलाई ठिक ठाँउमा ल्याउन सकिने होइन क्यारे? माओवादीलाई ठिक ठाँउमा नल्याए शान्ति प्रकृया सफल हुँदैन होइन त? माओवादीले जंगल पसे झन् राम्रो हतियारको कमिसन बढ्ने त हो । तपाईको शान्ति प्रकृयाको यो रोडम्यापलाई मान्नै पर्छ है श्री ३ महाराज ।

श्री ३ महाराज,

सुनेको थिएं, टाउकोले पुच्छर हल्लाउँछ भन्ने तर तपाईले त पुच्छरले टाउको मात्रै होइन ज्यान, हात, खुट्टा सबै हल्लाईदिनु भयो । वधाई छ । आफु अम्रिकाँ बस्नु परे पनि आफ्नो श्री ३ महाराज नेपालाँ ढलीमली गरेको देख्दा नेपालै जाउँ जाउँ हुन्छ। तर अफ्सोच, आफु पल्टनाँ जागिरे हुन सकिएन। माफि पाउँ । अर्को जनम् मा चाँही तपाईंककै छत्रछाँयामा हुर्किउँला बढुँला। अहिलेलाई यती नै महाराज।

-Santosh Thapaliya in New York.
 
Read related news:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?