Inside

All Time Top 50 News

न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनमा नेपालका चर्चित हाँस्य जोडी 'मह' द्वारा प्रहसन गरिने, हेर्ने होइन त? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 31 May 2013 02:32

सम्मेलनमा अरु के के हुँदैछ?
Exclusive: 3 photos:
न्यू योर्क- नेपालका चर्चित हाँस्य जोडी 'मह' अर्थात ख्यातिप्राप्त हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले यही जुलाई ४, ५ र ६ तारिख हुन गैरहेको ३१ औं एएनए सम्मेलनमा बिशेष प्रहसन प्रस्तुत गर्ने टुङ्गो लागेको एएनएले जनाएको छ।


Famous Nepalese comedian duo Madan Krishna Shrestha and Hari Bansha Acharya will perform at 31st ANA Convention in Rye Brook, Westchester, New York between July 4, 5 and 6, 2013. Photo courtesy: ANA

न्यू योर्क शहरदेखि झन्डै एक घण्टाको दूरिमा रहेको वेष्ट चेस्टरस्थित हिल्टन होटलमा आयोजना गरिने उक्त प्रहसन हेर्न नेपालीहरुको भीड लाग्ने अपेक्षा गरिएको छ। मह जोडीले जुलाई ४, ५ र ६ को सास्कृतिक कार्यक्रममा आधा, आधा घण्टाको फरक प्रस्तुती पेश गर्ने जनाइएको छ। झन्डै १० बर्षको अन्तरालपछि हुन लागेको मह जोडीको यो अमेरिकि साँस्कृतिक यात्रा भने शिर्फ एएनए सम्मेलनमा प्रस्तुती गरेपछि टुङ्गिने जानकारी प्राप्त भएको छ।

Association of Nepalis in Americas (ANA)'s 31st Convention will be held at Hilton Hotel, Rye Brook, Westchester, New York between July 4, 5 and 6, 2013. Animation: USNepalOnline

न्यू योर्क शहरको कुइन्स, ज्याक्सन हाइट्सबाट हरेक घण्टा उक्त सम्मेलन स्थल राएब्रुक, वेष्ट चेस्टरसम्म आउन-जान सटल बसको ब्याब्स्था गरिएको ३१ औं एएनए सम्मेलनका संयोजक समिर महर्जनले युएस नेपाल अनलाइनलाई जानकारी गराए।

ANA 31st Convention Coordinator Samir Maharjan. Photo courtesy: ANANY2013.org

उता बिशिस्ट अतिथीकोरुपमा नेपालकालागि अमेरिकि राजदूत पिटर बोडे काठमाडौंदेखि न्यू योर्क आउने निधो भएको पनि एएनएले जनाएको छ।

उक्त एएनए सम्मेलनमा खेलकूद, साँस्कृतिक झाँकी, साँगितिक साँझ, फेसन शो, ट्यालेन्ट शो, विश्व कृतिमानी कार्यक्रमहरुका अलावा नेपाल प्रबर्धन, एनआरएन र महिला सम्बन्धी बिभिन्न संगोस्ठीहरुको आयोजना गरिने छ।

सम्मेलनमा झन्डै ५ हजार नेपालीहरु सहभागी हुने अनुमान गरिएको छ।

एएनएको यस अघी सम्पन्न सम्मेलनहरु

एएनएको यस अघी सम्पन्न सम्मेलनहरुमा क्रमश: कोर्निङ, न्यू योर्क (१९८३); लान्कास्टर, पेन्सल्भानिया (१९८४); वासिङ्टन डिसी (१९८५); बाउलिन ग्रिन, ओहायो (१९८६); टोरोन्टो, क्यानाडा (१९८७); लङ आइल्यान्ड, न्यू योर्क (१९८८); बोस्टोन, मासाचुसेट्स (१९८९); ओर्लान्डो फ्लोरिडा (१९९०); फेयरमोन्ट, वेष्ट भर्जिनिया (१९९१); रोचेस्टर, न्यू योर्क (१९९२); क्लेयरमोन्ट, क्यालिफोर्निया (१९९३); अर्लिङ्टन, भर्जिनिया (१९९४); डेन्भर, कोलोराडो (१९९५); न्यू योर्क- न्यू जर्सी (१९९६); बोस्टन, मासाचुसेट्स (१९९७); ग्रिन्सबोरो, नर्थ क्यारोलिना (१९९८); हार्टफोर्ट, कनेक्टिकट (१९९९); एट्लान्टा, जर्जिया (२०००); भ्यालिफोर्ज, पेन्सल्भानिया (२००१); च्यान्टिली, भर्जिनिया (२००२); डेन्भर, कोलोराडो (२००३); फोनिक्स, अरिजोना (२००४); डालस, टेक्सास (२००५); न्यू योर्क- न्यू जर्सी (२००६); लसएन्जेलस, क्यालिफोर्निया (२००७); बाल्टिमोर, मेरिल्यान्ड (२००८); बोस्टोन, मासाचुसेट्स (२०१०), डिसी-मेरिल्यान्ड (२०११) डालस, टेक्सास (२०१२) मा सम्पन्न भईसकेकोछ।

थप जानकारीकोलागि एएनए ३१ औं सम्मेलनको आधिकारिक वेबसाइट हेर्नुहोस्:
www.anany2013.org

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read ANA related news:

-http://usnepalonline.com/ana/

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनको मूल नारा 'नेपालकोलागि ३१ औं एएनए सम्मेलन' किन?

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलनमा नेपालीले ''गिनिज वर्ल्ड रेकर्ड्स'' तोड्ने

-न्यू योर्कमा हुने ३१ औं एएनए सम्मेलन (जुलाई ४-६) को मूल समारोह समितिको गठन

-एएनए-ग्रामिण नेपाल विकास परियोजनाको शुरुवात पुर्वि नेपालबाट गरिदै

एएनए (ANA) को ३० औं सम्मेलन यस्तो रह्यो, सम्मेलनबाट २७ हजार २९६ डलर मुनाफा !
ANA 30th Convention Video Reporting (16) (13+ Hours)
List of 30th ANA Convention Forums/Side events 2012
Opening Ceremony Photos (40)
Closing Ceremony & Mega Cultural Nite photos (30)
ANA Cultural Nite Photos (7)
Supernova Talent Show photos (19)
Women Forum photos (15)
NRN Forum photos (5)
Investment in Nepal Forum photos (5)
Nepal Development Forum photos (6)
Entrepreneurship Forum Photo (1)
Sports Forum photos (4)
Tourism Forum photos (8)
Swami Haridas Discourse photos (2)
International Nepali Poetry Festival 2012 photos (16)
Nepali Literature Seminar photos (9)
ANA Poetry Competition photos (24)
Quiz Contest photos (9)
Exhibition, Stalls photos (10)
All Pages

-एएनएको अधिकारिक प्रेस बिज्ञप्ती: ३० औं एएनए टेक्सास सम्मेलन $. २७,२९६.७३ आर्थिक लाभ गर्न सफल !

-ANA Official Press release on 30th ANA-Texas Convention 2012

-एएनए (ANA) ३० औं सम्मेलन भब्यतापूर्वक सम्पन्न, अर्को सम्मेलन न्यू योर्क शहरमा हुने
अमेरिकि राष्ट्रपति बाराक ओबामाद्वारा सम्मेलनको सफलताको कामना गर्दै शुभकामना ब्यक्त

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.