Inside

All Time Top 50 News

न्यू योर्कबाट नेपाल फर्किदै गरेका मिनिस्टर कन्सुलर अमृतबहादुर राईको भावपूर्ण बिदाई PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 02 October 2012 23:52
Article Index
न्यू योर्कबाट नेपाल फर्किदै गरेका मिनिस्टर कन्सुलर अमृतबहादुर राईको भावपूर्ण बिदाई
More photos of Farewell to Amrit B Rai 2012
All Pages

Special: 36 photos: न्यू योर्क- संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोगमा मिनिस्टर कन्सुलरकोरुपमा बिगत ४ बर्षदेखि कार्यरत उपसचिब अमृतबहादुर राईको न्यू योर्कका नेपालीहरुले भावपूर्ण बिदाई गरेकाछन्।


Goodbye ! Minister Consular Amrit B Rai accepting a token of love from United Kirat Rai Organization of America (UKROA) president Milankumar Rai during his farewell program in New York on September 30, 2012. Photos: eEyeCam.com

सेप्टेम्बर ३० तारिख आईतवार न्यू योर्कको कुइन्सस्थित थकाली किचन हलमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा संयुक्तरुपमा गरिएको उक्त बिदाई समारोहमा न्यू योर्कका नेपालीहरुले परम्परागत खादा र मायाको चिनो दिदै नेपाल फर्किदै गरेका मिनिस्टर कन्सुलर राई, उनकी श्रीमती मन्जु राई र दुई कलिला छोरीहरु अनुशिला (५) र अनुश्रुती (२) को भावपूर्ण बिदाई गरेका हुन्।

Minister Consular Amrit B Rai (in black suit) with his wife Manju Rai, daughters Anushilan (5), Anushruti (2) and FIPNA president Shivakumar Rai (L to R), Dr. Shibakumar Rai and UKROA president Milankumar Rai. Photos: eEyeCam.com

उक्त बिदाई समारोहमा आयोजक संस्था UKROA का अध्यक्ष मिलनकुमार राईले मिनिस्टर कन्सुलर राईलाई मायाको चिनो अमेरिकि राष्ट्रिय पंक्षी इगलको प्रतिमूर्ती प्रदान गरे भने UKROA न्यू योर्क च्याप्टर अध्यक्ष हेमबहादुर राईले मिनिस्टर कन्सुलर राई र उनकि श्रीमती मन्जु राईलाई संस्थाको क्याप (टोपी) प्रदान गरे।

Minister Consular Amrit B Rai and his wife Manju Rai receiving UKROA Cap at their farewell. Photos: eEyeCam.com

मिनिस्टर कन्सुलर राई र उनको परिवारलाई बिदाई गर्न उपस्थित नेपाली संघ संस्थाका प्रतिनिधीहरुले मिनिस्टर कन्सुलर राई दम्पत्ती र उनिहरुका दुई छोरीहरुलाई परम्परागत खादा पहिर्याएर हार्दिक बिदाई गरेका थिए।

न्यू योर्कका मकरबहादुर राईले चाँही किराती राई संस्क्रितीको परम्परागत सजावत धजुरा फुर्का मिनिस्टर कन्सुलर राईको कोटमा पहिर्‍याएर बिदाई सम्मान गरेका थिए।

Makarbahadur Rai presenting Dhajura Phurka, a traditional Kirati Rai decorative flower-like artifact to Minister Consular Amrit B Rai at the farewell. Photos: eEyeCam.com

बिदाई समारोहमा बोल्ने बिभिन्न बक्ताहरुले मिनिस्टर कन्सुलर राईको कार्यकुशलाता र म्रिदुभाशी स्वभाबको प्रसंशा गर्दै उनी आदिबासी समुदायको चम्किलो तारा भएको र उनले देशकोलागि अझ ठुलो जिम्मेवारी निभाउनकोलागि शुभकामना ब्यक्त गरे।

Minister Consular Amrit B Rai and his family with Nepalese American in New York at his farewell program. Photos: eEyeCam.com

यसरी शुभकामना ब्यक्त गर्नेहरुमा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष तथा एनआरएन महासचिब शिवकुमार राई, अमेरिका भ्रमणमा रहेका राष्ट्रिय योजना आयोगका सदस्य डा. शिवकुमार राई, एशोसियसन अफ नेपालीज तराइयन इन अमेरिका (एन्टा) अध्यक्ष डा. बिनोद शाह, फिप्ना महासचिब दिपेश लिम्बु, न्यू योर्क नेवा गुठी अध्यक्ष आदित्य महर्जन, एनआरएन इज्राइलका पूर्व महासचिब बिआर लामा, फिप्ना बोर्ड सदस्य भोजराज थोकर, सिन्धु युएस वेल्फेयर सोसाइटी अध्यक्ष बंशलाल तामाङ, नेपाल अमेरिका पत्रकार संघ (नेजा) अध्यक्ष आङ छिरिङ्ग शेर्पा, तामाङ सोसाइटी अफ अमेरिका (TSA) अध्यक्ष साङ्गे रुम्बा लामा, TSA पूर्व अध्यक्ष ईन्द्रबहादुर तामाङ, युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभ लप्मेन्ट सेन्टर अध्यक्ष नरबहादुर दाहाल, युएस नेपाल अनलाइन प्रधान सम्पादक तथा प्रबासी नेपाली पत्रकार सन्जाल उपसंयोजक प्रदिप थापा मगर, नेजा महासचिब किशोर पन्थी, जय राई (कनेक्टिकट) र बन्दना राई थिए।

Minister Consular Amrit B Rai speaking at his farewell. Photos: eEyeCam.com

मिनिस्टर कन्सुलर राईले बिदाई समारोहलाई सम्बोधन गर्दै आफू र आफ्नो परिवारको बिदाई कार्यक्रमको आयोजना गरेकोमा आयोजकहरुलाई आभार ब्यक्त गरेका थिए। नेपाल र नेपाली जनताकोलागि आफू संधै निस्ठापूर्वक सेवा गरिरहने प्रण गरेका उनले सबै नेपाली जनता र समुदाय आफ्नोलागि समान रहेको बताए।

समारोहमा सुरेश चाम्लिङ राईले मिनिस्टर कन्सुलर राईको परिचय प्रस्तुत गरेका थिए भने UKROA महासचिब प्रभाकर राईले कार्यक्रमको सन्चालन गरेका थिए। कार्यक्रम अध्यक्ष मिलनकुमार राईको सभापतित्वमा सम्पन्न भएको थियो।

Minister Consular Amrit B Rai and his wife Manju Rai receiving traditional khada at their farewell. Photos: eEyeCam.com

पब्लिक एड्मिनिट्रेसन, पब्लिक म्यानेज्मेन्ट र बिजिनेस एड्मिनिस्ट्रेसन गरी ३ वटा बिषयमा स्नातकोत्तर (एमए) गरेका मिनिस्टर कन्सुलर राई हाल उपसचिब पदमा बहाल छन्। उनको जन्म संखुवासभा जिल्लामा भएपनि हाल झापा जिल्लाको सनीश्चरेमा उनको स्थाई बसोबास रहेको छ। न्यू योर्कमा सन् २००८ मा मिनिस्टर कन्सुलर भई आएपछि उनी छिट्टै नेपाली समुदायमा एक मिलनसार र बौद्धिक ब्यक्तित्वकोरुपमा स्थापित हुन सके।

उनी केही दिनपछि नेपाल सरकारको परराश्ट्र मन्त्रालयमा पुन: फर्किदैछन्। हामी पनि मिनिस्टर कन्सुलर राईको उत्तरोउत्तर प्रगतिको कामना ब्यक्त गर्दछौं।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Minister Consular Amrit B Rai wearing Dhajura Phurka, a traditional Kirati Rai decorative flower-like artifact at the farewell. Photos: eEyeCam.com

Amrit B Rai with his family.






UKROA General Secretary Prabhakar Rai moderating the farewell program. Photos: eEyeCam.com



Dr. Shibakumar Rai. Photos: eEyeCam.com



FIPNA president Shivakumar Rai speaking at the farewell. Photos: eEyeCam.com

UKROA president Milankumar Rai speaking at the farewell. Photos: eEyeCam.com

न्यू योर्कबाट नेपाल फर्किदै गरेका मिनिस्टर कन्सुलर अमृतबहादुर राईको भावपूर्ण बिदाई
More photos of Farewell to Amrit B Rai 2012
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.