NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा नेपालमा आदिबासी जनजाति आन्दोलन र संघियताबारे गम्भिर अन्तर्कृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 27 April 2010 04:54

Exclusive: 10 photos & audio archive: न्यू योर्क- अमेरिकामा रहेका नेपालका आदिबासी जनजातिहरुको साझा संस्था 'नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा आईतवार बेलुकी न्यू योर्कको कुइन्सस्थित थकाली किचन रेस्टुरेन्टमा नेपालमा आदिबासी जनजाति आन्दोलन र संघियताबारे अन्तर्कृया कार्यक्रम सम्पन्न भएकोछ।



The guests & organizers at the the interaction which was organized by Federation of Indigenous Peoples of Nepal in America (FIPNA). Photos: eEyeCam.com

नेपालबाट संयुक्त राष्ट्र संघको आदिबासी सम्बन्धी स्थाई फोरुम (UNPFII) को नबौं बैठकमा भाग लिन न्यू योर्क आएका नेपाली आदिबासी प्रतिनिधिहरु बिच राखिएको उक्त कार्यक्रममा आदिबासी नेताहरुले नेपालमा आदिबासी आन्दोलनले गति लिन नसकेकोमा दुखेसो पोखे पनि उपलब्धीहरुको चर्चा गर्दै त्यसकालागि अमेरिकामा रहेका नेपाली आदिबासीहरुले आ-आफ्नो डम्फु ठटाउने नेपालका आदिबासी नेताहरुलाई झक्झक्याउनु पर्ने कुरामा जोड दिए।

कार्यक्रममा नेपालबाट आउनु भएका सभासद तथा पुर्बी नेपालमा झन्डै ३६ हजार सदस्य रहेको माइक्रो फाइनान्स कार्यक्रमबाट चर्चित संस्था 'ग्रामीण महिला उत्सुकता बिकास केन्द्र' (Forum for Rural Women Ardency Development-FORWARD) कि अध्यक्ष भागअवती चौधरी, पूर्व सांसद, आदिबासी अनुसन्धाता तथा 'आदिबासी जनजाति उत्थान केन्द्र' का सचिब फटिक थापा मगर, नेपाल आदिबासी जनजति संरक्षण संघ (Nepal Indigenous Nationalities Preservation Association-NINPA) का कार्यकारी अध्यक्ष नवाङ सोनाम शेर्पा र 'गैर सरकारी आदिबासी तथा जनजाति महासंघ नेपाल' (NGO-Federation of Nepalese Indigenous Nationalities-NGO-FONIN) का कार्यकारी सदस्य धिरेन राइ वाहिङले नेपालमा आदिबासी जनजाति आन्दोलन र संघियताबारे आ-आफ्नो धारणा राख्नु भएको थियो।

उक्त कार्यक्रमको अडियो रेकर्ड सुन्नुहोस्:

अडियो रेकर्ड सौजन्य: लब के बुढामगर

सभासद चौधरीले नयाँ संबिधान निर्माण गर्ने संबैधानिक समितीहरुमा आदिबासीहरुको हक अधिकार सुरक्षित गर्न निक्कै संघर्श गर्नु परेको खुलासा गर्नु भएको थियो।

उहाँले तराइका आदिबासी थारु समुदायको बारेमा बोल्दै पहाडी र मधेसीको चेपुवामा कसरी थारु समुदाय परेकाछन् भन्ने बताउनु भयो।


CA Member Bhagbati Chaudhari. She also serves as the Chairperson of Forum for Rural Women Ardency Development (FORWARD). Photos: eEyeCam.com

उहाँले राजनीतिक पार्टीहरु बिच संघियतामा बिबाद रहेको उल्लेख गर्दै संबिधान समयमै बनाउनु पर्ने कुरामा जोड दिनु भयो। सभासद थारुको भनाइ थियो- 'हामी संक्रमणको अवस्थामा कति बस्ने? जनता शान्ती चाहन्छ, अशान्तीलाई कतिसम्म राख्ने? त्यसैले संबिधानको घोषणा हुनै पर्छ।"

उता पूर्व सभासद तथा आदिबासी सम्बन्धी अनुसन्धाता फटिक थापा मगरले आफ्नो मन्तब्यमा अमेरिकि नेपाली जनजातिहरुलाई नेपालका आदिबासी नेताहरुको चालामाला मिलेर जानेभन्दा आ-आफ्नो डम्फु बजाउन ठीक्क हुने गरेकोप्रति सचेत गराउँदै बिदेशबाट दबाब दिनु पर्ने कुरामा जोड दिनु भयो।


Former MP & Indigenous intellectual Fatik Thapa Magar. He is also serves as the Secretary of Indigenous Nationalities Development Center, Executive Member of Multi-lingual Education Nepal & Magar Studies Center. Photos: eEyeCam.com

उहाँले फिप्ना जस्तो संस्थाले संयुक्त राष्ट्र संघमा नेपाली आदिबासीहरुको लबिङ गर्न सके र नेपाल र संरासं बिच समन्बयको काम गर्न सके नेपालबाट आउने प्रतिनीधिहरुको आवाज अन्तरराष्ट्रिय फोरमहरुमा एक मुस्ट लान सकिने सुझाब दिनु भयो।

उहाँले २१९ आदिबासी जनजाति सभासदहरु नेपालको संबिधान सभामा भएपनि र उनिहरुको सभासद ककस बनेपानि ति सभासदहरु बिच आदिबासीहरुको मागहरुको बारेमा एक मत नरहेको बताउनु भयो।


Nepal Indigenous Nationalities Preservation Association (NINPA)  Executive Chairman Ngwang Sonam Sherpa. Photos: eEyeCam.com

उक्त कार्यक्रम का अर्का बक्ता NINPA का कार्यकारी अध्यक्ष नवाङ सोनाम शेर्पाले आदिबासी जनजातिले गुमाउनु पर्ने केही छैन भन्दै अब हामीले त आफ्नो गुमेका हक अधिकारहरु कसरी प्राप्त गर्ने भन्ने मात्र एक सुरो मेसो रहेको उल्लेख गर्नु भयो।


NGO-Federation of Nepalese Indigenous Nationalities (NGO-FONIN) Executive Member Dhiren Rai Wahing. Photos: eEyeCam.com

NGO-FONIN का कार्यकारी सदस्य धिरेन राइ वाहिङले जनजाति आन्दोलनको चर्चा गर्दै अधिकार प्राप्तिका लागि संघर्सको बिकल्प नभएको बताउनु भयो।


FIPNA President Karma G. Sherpa. Photos: eEyeCam.com

कार्यक्रममा न्यू योर्कका आदिबासी नेता बंशलाल तामाङ र सभापतिको आसनबाट फिप्ना अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले सम्बोधन गर्नु भएको थियो। अध्यक्ष शेर्पाले नेपालमा जसले कानुन बनाएको छ उसैले तोड्ने गर्छ भन्दै भारतमा जातिय राज्य भएको तथ्य नदेख्ने शासकहरुको संघियता बिरोधी बिचार को कडा शब्दमा प्रतिबाद गर्नु भयो।


IP leader Bangshalal Tamang. Photos: eEyeCam.com

आदिबासी नेता बंशलाल तामाङले जनजति आन्दोलनको चर्चा गर्दै आदिबासीहरु बिच एकताको खाँचो भएको बताउनु भयो।

कार्यक्रममा फिप्ना न्यू योर्क च्याप्टर कि उपाध्यक्ष कबिता शेर्पाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने फिप्ना महासचिब तथा नेवा गुठी न्यू योर्कका अध्यक्ष आदित्य महर्जनले कार्यक्रमको संचालन गर्नु भएको थियो।

कार्यक्रममा पत्रकार र उपस्थित आदिबासीहरुद्वारा आदिबासी आन्दोलन, संघियता र नयाँ संबिधान निर्माणबारे सोधिएका बिभिन्न प्रश्नहरुको जवाफ आदिबासी नेताहरुले दिनुभएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read our related news at:

http://www.usnepalonline.com/indigenous/

http://www.usnepalonline.com/federalism/



Former Pember of Parliament of Nepal & IP intellectual Fatik Thapa Magar




Photos: eEyeCam.com

Comments

avatar Bijay
+1
 
 
Excellent interaction program. Keep it up.

Bijay
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?