Inside

All Time Top 50 News

न्यू योर्कमा पहिलो नेपाली घरेलु कामदारहरुको भेला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 10 December 2012 23:42

Special: 10 photos; न्यू योर्क- न्यू योर्कबासी नेपाली महिलाहरुबिच लोकप्रिय संस्था "अधिकार" को आयोजनामा न्यू योर्कमा नेपाली घरेलु कामदारहरुको पहिलो भेला सम्पन्न भएको छ।


 

The panelists Prava Adhikari (moderator), Devi Karki, Ang Kami Sherpa, Bharati Rai and Urmila Lama at the First Nepali-Speaking Domestic Workers Forum in New York on December 9, 2012. Photos: eEyeCam.com

आईतवार डिसेम्बर ९ तारिख  न्यू योर्क को कुइन्स उड साइड स्थित पिएस्-१२ स्कूल को सभाकक्ष्यमा आयोजित उक्त भेलामा झन्डै दुई सय पचास घरेलु कामदार नेपाली महिलाहरुको जमघट रहेको थियो।

उक्त भेलामा ४ प्यानेलिस्टहरु मध्ये ३ महिला र १ पुरुष थिए भने ति सबै घरेलु काम पेशामा संलग्न छन्। हजकर्ताको भूमिका अधिकार स्टेयरिङ्ग कमिटीकि अध्यक्ष प्रभा अधिकारीले निभाएकी थिइन्, जो घरेलु कामदार नै हुन्। प्यानेलिस्टहरु देबी कार्की, भारती राई, उर्मिला लामा र आङ कामी शेर्पा थिए।


Adhikaar's Executive Director Luna Ranjit speaking at the 1st Nepali-Speaking Domestic Workers Forum in New York on December 9, 2012. Photos: eEyeCam.com

भेलाको शुभारम्भ अधिकारकि कार्यकारी निर्देशक लुना रन्जितले भेलाबारे प्रकाश पार्दै शुरु गरेकी थिइन्। प्यानेलिस्टहरुले आ-आफ्ना घरेलु कामको अनुभब बाँडेका थिए। प्यानेलिस्टहरुलाई सहजकर्ता प्रभा अधिकारीले प्रश्नोत्तरकोरुपमा घरेलु काम सम्बन्धी बिभिन्न प्रश्नहरु सोधेकी थिइन्। प्यानेलिस्टहरुले काम बापत सन्तोषजनक तलब मिलेपनि पेड भ्याकेसन, बिरामी बिदा र ओभर टाइमबापत ज्याला पाउन नसकेको उल्लेख गरेका थिए।

The participants at the 1st Nepali-Speaking Domestic Workers Forum in New York on December 9, 2012. Photos: eEyeCam.com

भेलालाई नेसनल डोमेस्टिक वोर्कर्स एलायन्स (NDWA) कि फिल्ड डाइरेक्टर जिल सेन्कर, केन्या देशको घरेलु कामदारहरुको संस्था KUDHEIHA Workers का महासचिब अल्बर्ट ओबेडले सम्बोधन गरेका थिए।

National Domestic Workers Alliance (NDWA) Field Director Jill Shenker speaking at the First Nepali-Speaking Domestic Workers Forum in New York. Photos: eEyeCam.com

अधिकारकि संगठन र वकालत डाइरेक्टर नर्बदा छेत्रीले सहभागि प्रतिनिधीहरु र अतिथीहरुलाई आभार ब्यक्त गरेकी थिइन्। भेलाको सन्चालन बिष्णु थापा मगरले गरेकी थिइन्।

Adhikaar's Director of Organizing and Advocady Narbada Chhetry speaking at the First Nepali-Speaking Domestic Workers Forum in New York. Photos: eEyeCam.com

के हो घरेलु कामदारी? के सुबिधाको ग्यारेन्टी गर्दछ घरेलु कामदार सम्बन्धी कानूनले?

अधिकारले न्यू योर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संस्था Domestic Workers United (DWU), ANDOLAN (Organizing South Asian Workers), BEYOND CARE CHILDCARE COOPERATIVE, CIDADAO GLOBAL, DAMAYAN MIGRANT WORKERS ASSOCIATION, EL Centro del Inmigrante, Haitian Women for Haitian Refugees, Unity House Cleaners, Jewis for Racial & Economic Justice लगायत संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यू योर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक (Domestic Workers Bill of Rights Act) (बिधेयक) पास गराउन सफल भईसकेको छ। (पढ्नुहोस् समाचार) अमेरिकामा घरेलु कामदारहरुको कानून जारी गर्ने न्यू योर्क राज्य पहिलो हो।


गभर्नर प्याटर्सनका आँखा निक्कै कम्जोर छन् त्यसैले उनले सहि गर्दा निहुरिएर हेर्नु परेको हो। New York State Governor Paterson signing the bill of Domestic Workers Bill of Rights in Manhattan, New York on August 31, 2010. Photos: eEyeCam.com

यो बिधेयकले हप्तामा १ दिन अनिबार्य बिदा, ओभर टाइममा अतिरिक्त तलब, बर्षमा ३ दिन तलबी बिदाकासाथै काम लगाउने मालिकबाट सेक्सुअल र जातीय बिभेद गर्नबाट कामदारहरुलाई जोगाउँछ। घरेलु कामदार अन्तर्गत बालबच्चा हेर्ने धराले (Nanny, Babysitter), घरमा सर सफाइलगायतका घर देखभाल गर्ने र ब्रिद्दब्रिद्दाहरुको हेरचाह गर्ने कामदारहरु पर्दछन्। न्यू योर्कमा झन्डै २ लाख संख्यामा घरेलु कामदारहरु रहेको अनुमान गरिन्छ।

सन् १९३८ मा पारित Fair Labor Standards Act नामक संघिय बिधेयकले बिभिन्न ब्याबसायिक र औधोगिक क्षेत्रमा काम गर्ने कामदारहरुको अधिकार र न्युनतम ज्याला निर्धारण गरेपनि घरेलु कामदारहरु (Domestic workers) लाई उक्त कानुनको दायाराभित्र समेटिएको थिएन। हाल न्यूनतम संघिय ज्याला ७ डलर २५ सेन्टप्रति घण्टा कायम छ।

यसैबिच, अन्तरराश्ट्रिय श्रम संगठन (ILO) जुन २०११ मा सरकारी प्रतिनिधी, घरेलु कमदार र तिनको संस्थाका प्रतिनिधीहरु र घरेलु काम दिने प्रतिनिधीहरुको संयुक्त सम्मेलनद्वारा आइएलवो कन्भेन्सन १८९ (Convention 189) (पढ्नुहोस्) र घरेलु कामदारहरुको राम्रो काम सम्बन्धी सुझाब २०१ (Recommendation 201 on Decent Work for Domestic Workers) (पढ्नुहोस्) पारित गरेको छ। ILO काअनुसार विश्वभर ५३ देखि १०० मिलियन ( ५ करोडदेखि १० करोड) घरेलु कामदारहरु रहेको अनुमान गरिएको छ।

न्यू योर्क शहर जहाँ झन्डै ३० हजार नेपालीहरु बसोबास गर्ने अनुमान गरिन्छ। तर सन् २०१० को अप्रिलमा सम्पन्न जनगणनाको नतिजाअनुसार न्यू योर्क शहरमा जम्मा ६ हजार १८७ जना नेपालीहरु रहेको जनाइएको छ। न्यू योर्क शहरको उक्त जन संख्यासहित न्यू योर्क राज्यभर कूल ७ हजार ७२५ जना रहेको र अमेरिकाभर कूल ५९ हजार ४९० नेपाली रहेको तथ्याङ्कले देखाउँछ।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Kenya Union of Domestic, Hotels, Educational Institutions, Hospitals and Allied Workers (KUDHEIHA Workers) Secretary General Albert N. Obed speaking at the First Nepali-Speaking Domestic Workers Forum in New York. Photos: eEyeCam.com


Adhikaar's Steering Committee Chair Prava Adhikari speaking at the First Nepali-Speaking Domestic Workers Forum in New York. Photos: eEyeCam.com


Emcee  Bishnu Thapa Magar. Photos: eEyeCam.com






The participants at the 1st Nepali-Speaking Domestic Workers Forum in New York on December 9, 2012. Photos: eEyeCam.com

Read our exclusive reporting about Adhikaar's activities:


http://usnepalonline.com/adhikaar/

-न्यू योर्कमा 'अधिकार' को सातौं वार्षिक कार्यक्रम तथा बनभोज सम्पन्न

-न्यू योर्कमा "अधिकार" का दिदिबहिनीहरुको नेपाली नयाँ बर्षको रमाइलो दोहोरी सुनौं
"मैच्याङ है मैच्याङ डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्
सुन सुन है च्याङ्बा डम्फूले आज क्या भन्छ जाम 'अधिकार' जाम् जाम्"

-न्यू योर्कमा मानब अधिकारकर्मी नेपाली नारी नर्बदा छेत्री न्यू योर्क शहरको 'इम्मिग्रेन्ट हेरिटेज अवार्ड'दवारा सम्मानित

-न्यू योर्क शहरद्वारा १०१ औं अन्तरतराश्ट्रिय नारी दिवसको अबसरमा सन् २०१२ को मार्च ११ लाई "अधिकार दिवस" घोषणा

-न्यू योर्कमा भारतीय कुट्नितिज्ञद्वारा दासी बनाइएकी शान्ती गुरुङलाई डेढ मिलियन डलर तिर्न न्यायाधिसद्वारा फैसला

-न्यू योर्कको नेपाली संस्था 'अधिकार' लाई फेसबुकको अनलाइन भोटिङबाट पुरस्कार जिताउन छुट्नु होला है?

-न्यू योर्कमा अधिकारको नाट्य प्रस्तुती "यात्रा समुद्र सम्म" को सफल मन्चन

-न्यू योर्कमा घरेलु कामदारहरुको कारुणिक अवस्थाबारे गोस्ठी सम्पन्न

-न्यू योर्कमा नेपाली महिलाहरुले १०० औं अन्तरराश्ट्रिय नारी दिवस धुमधामसंग मनाए

-न्यू योर्कमा 'अधिकार' द्वारा सार्वजनिक दशैं उत्सब कार्यक्रम सम्पन्न

-न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

-न्यू योर्क राज्य सिनेटद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित

-न्यू योर्कमा अधिकारको ५ औं वार्षिकोत्सबमा न्यायको आवाजको उल्लास छायो

-न्यू योर्कमा नेपालीहरु अमेरिकि जनगणना २०१० (U.S. Census 2010) का लागि ताते

-अमेरिकि जनगणनामा नेपालीहरुको सहभागीताबारे गम्भिर छलफल

-न्यू योर्कमा "अधिकार" द्वारा गुरु पूजा र भजन सम्पन्न

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

न्यू योर्कमा 99 औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न

99th Int'l Women's Day photos-I 99th Int'l Women's Day photos-II

-न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?

-U.S. Domestic Workers Are Paid Lowest Wages and work without Legal Protection

-न्यू योर्कको सामाजिक न्याय पुरस्कार "अधिकार" ले पाउँदाको त्यो क्षण

-न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार'

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.