Inside

All Time Top 50 News

कवितामा सुन्दरताको वकालत गर्ने पहिलो नेपाली सेल्फिग्राफी कवि ममता कर्माचार्य PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 26 March 2016 12:06

Special: 4 photos: बोष्टन- संभवत: पहिलो नेपाली सेल्फिग्राफी कवि अर्थात आफैले खिचेका आफ्ना सुन्दर अनुहार फोटोहरू हरेक कवितासंगै राखेर बिसं. २०७१ सालमा प्रकाशित "मनका कुरा" मुहार कविता संग्रह र सोही साल प्रकाशित अर्को "अझै दुख्दै छ मन" कविता संग्रहको प्रकाशनपछि अमेरिकाको बोष्टन शहर निवासी ब्युटिसियन ममता कर्माचार्य कवितामा पनि सुन्दरताको वकालत गर्ने सुन्दर कविहरूको लहरमा चर्चित बन्न पुगिन्।नेपालका वरिष्ठ चित्रकार उत्तम नेपाली र मन्दिरा कर्माचार्यकि जेठी छोरी ममता आफ्नो बुबाको पदचाप पहिल्याउँदै सुन्दर रचनाहरूको सृजनामा समर्पित छिन्।

 

Poet Mamata Karmacharya's selfie photos featured in her poetry book 'Manka Kura'.

'मनका कुरा' मुहार कविता संग्रहमा ४५ कविताहरू संकलित छन् भने "अझै दुख्दै छ मन" कविता संग्रहमा ४६ कविताहरू संकलित छन्।

वरिष्ठ नाटककार अशेष मल्लले ममताको काव्य रचनाबारे भनेकाछन्- "तस्वीर आफै बोल्छ। तर त्यो मौन भाषा हो। ममताले तस्वीरको मौनता तोडिदिएकी छिन्। मौन भाषालाई शब्दको आवरण दिएर उनले जीवन दिएकिछिन्।"

Poet Mamata Karmacharya's selfie photo. Photo courtesy: Mamata Karmacharya

चर्चित साहित्यकार उषा शेरचन ममताका रचना सृजनाबारे भन्छिन्- "कवि ममताले आफ्ना कविता मार्फत आफूभित्रको आफूलाई खोज्ने प्रयत्न मात्रै होईन आफैसित खुशी हुन पनि सिकेकीछिन् र मग्न हुन पनि जानेकिछिन्। यसरी मग्न हुनु भनेको ईश्वरसँगको सामीप्य पनि हो।"

डा. विष्णुविभू घिमिरे लेख्छन्- "थोरैमा धेरै भन्ने क्षमताको एउटा राम्रो बान्की उहाँका कवितामा निसृत रहेको पाएँ। ...आफ्नो अनु-गुन्जनलाई शब्द र भाषाद्वारा अभिव्यक्ति दिने उहाँको शैली निकै राम्रो लाग्यो।"

Poet Mamata Karmacharya's poetry book "Manka Kura" (2014)

डा. बेन्जु शर्माको अभिव्यक्ति यस्तो छ- "कवियित्री रंगहरूमा हराएको, बिलाएको, आफूलाई रंगभित्र बिर्सिएको अनुभूत गर्छिन्।"

साहित्यकार मणिराज सिंह ममताको साहित्य सृजनाबारे लेख्छन्- "उनी कवितामा जीवनको सरलतालाई रोज्छिन्। या यसो भनौं जीवनका जटिलताहरूलाई पनि उनी कवितामा सरल किसिमले लिएर आउँछिन्।"

Poet Mamata Karmacharya's poetry book "Ajhai Dukhdai chha Man" (2014)

कवि ममता कर्माचार्य आफ्नो रचनाबारे भन्छिन्- "कविता जीवनको यथार्थताको मनको अनुवाद, शब्दहरूमा सिंगारिने, सम्प्रेषण जस्तो लाग्छ। ...सबैको मन कवितात्मक हुन्छ। कविता नै जीवनको परिभाषा हो।"

-Pradeep Thapa in New York. Comments? 917-570-1098, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.