NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कका नेपालीद्वारा स्व. राजेन्द्र बस्नेतको अन्त्यस्टीकोलागि ४ हजार ८०५ डलर संकलन गरी परिवारजनलाई हस्तान्तरण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 20 February 2012 15:17

Exclusive: न्यू योर्क- गत भ्यालेन्टाइन्स डे (फेब्रुवरी १४) का दिन न्यू जर्सीस्थित क्लिफ उडबिचमा गाडीले ठक्कर दिदा घटनास्थल मै निधन हुन पुगेका राजेन्द्र बस्नेतको अन्त्यस्टीकोलागि ४ हजार ८०५ डलर संकलन गरी स्व. बस्नेतको परिवारजनलाई हस्तान्तरण गरिएको छ।


 

New Yorker Nepalese fund-raised $4,805 for late Rajendra Basnet who was killed by a speeding car on February 14, 2012 in New Jersey. Photo: eEyeCam.com

उक्त रकम "न्यू योर्कबासी हामी नेपाली आपदकालिन राहत कोष" द्वारा आईतवार संकलन गरिएको हो।

उक्त कोषबाट १ हजार ९२८ डलर प्रदान गरिएको छ भने अन्य नेपालीहरुबाट २ हजार ८७७ डलर संकलन गरी ४ हजार ८०५ डलर स्व. बस्नेतका नातेदार श्याम कार्कीलाई राहत रकम प्रदान गरिएको थियो।

राहत कोष स्थापनाकोलागि प्रति ब्यक्ती ५ सय डलर प्रदान गर्ने कोषका सदस्यहरुमा नबिन शेरचन, मुनिन्द्र नेम्बाङ, जनेश गुरुङ, नानी डि भण्डारी, यम अधिकारी, छिरिङ्ग तोप्के लामा, बिजय थुलुङ्, रोशन ढुङ्गाना, शारदा छेत्री, पम्फा भुसाल, महेश मल्ल, शान्ता घिमिरे, सिद्दार्थ गुरुङ, मनोज शर्मा, प्रमोद सिटौला, बिष्णु सुबेदी, तेम्बा शेर्पा र तिलक श्रेष्ठ छन्।

राहत कोषको स्थापना गत बर्ष सेप्टेम्बर १८ का दिन नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बिश्वेश्वरप्रशाद कोइरालाको ९८ औं स्‍मृति जयन्तीको अबसर पारेर स्थापना गरिएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 . Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:
-अमेरिकामा भ्यालेन्टाइन्स डेका दिन गाडी दुर्घटनामा निधन भएका राजेन्द्र बस्नेतको शब नेपाल पठाउन सहयोगको अपिल
-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन
-न्यू योर्कमा देउसीभैलो खेलेर आपत्कालीन राहत कोषकोलागि ७ हजार २२० डलर संकलन

Late Rajendra Basnet. Photos courtesy: Rajendra's facebook profile.

राहत कोष संकलन गरी स्व. राजेन्द्र बस्नेतको परिवारलाई हस्तान्तरण गरिएको सम्बन्धी

प्रेस बिज्ञप्ती


पूर्व सूचनाअनुसार यही फेब्रुअरी १९, २०१२ आइतवारका दिन “न्यूयोर्कवासी हामी नेपाली” नामक आपत्कालीन राहत कोषले गत फेब्रुअरी १४, २०१२ मंगलवारका दिन अमेरिकाको न्यू जर्सी राज्यमा गाडी दुर्घटनामा परी अकाल मृत्‍यु भएका नेपाल सोलुखम्बु जिल्ला कंगाल गा. बि. स. वडा नं ३ डुम्फे बस्ने राजेन्द्र बस्नेतको मृत शरीरलाई नेपाल पठाउनुको निमित्त स्थानीय थकाली किचन, ज्याक्सन हाइटमा एक आर्थिक संकलन कार्यक्रमको आयोजना गरेको थियो ।

दिवंगत आत्माको चिर शान्तिकोलागि १ मिनेट मौन धारण गरेर शुरु गरिएको उक्त कार्यक्रमलाई आपत्कालीन राहत कोषका संस्थापक सदस्य बिजयकुमार थुलुङले सञ्चालन गरेका थिए भने गाडी दुर्घटनाको सम्बन्धमासंगै बसेका उनका आफन्त श्याम कार्कीले जानकारी गराएपछि सम्पूर्ण उपस्थित महानुभावहरू भावभिभोरसमेत भएका थिए।

उक्त आर्थिक संकलन कार्यक्रम सफल बनाउन राहत कोषका संस्थापक सदस्यहरु क्रमस: रोशन ढुंगाना, महेश मल्ल, छिरिङ्ग तोप्के लामा, शान्ता घिमिरे, नानी डि भण्डारी, यम अधिकारी, चित्रकुमार बस्नेत, तिलक श्रेष्ठ, शयाम कार्की, निरकुमार मगरले स्वयंसेवकको हैसियतले पूर्णरुपमा खटेका थिए। यसकासाथै ३ बजेदेखि ६ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रमलाई US Nepal Sports and Cultural Development INC. ले सफल तुल्याउनको निमित बिशेष सहयोग पुर्‍याएको थियो।

कार्यक्रमको अन्त्यमा संस्थागतरुपमा र ब्यक्तिगतरुपमा संकलन भएको सम्पूर्ण रकमको विवरण कोषका संस्थापक सदस्य मुनीन्द्र नेम्बाङले उपस्थित समूहलाई पढेर सुनाएका थिए भने सो संकलित रकम आपत्कालीन राहत कोषकोतर्फबाट जम्मा $1,928 र अन्यबाट $2,877 समेत कुल जम्मा $4,805 डलर संस्थापक सदस्य क्रमस: जनेश गुरुङ, शारदा क्षेत्री, नविन शेरचन र राजकुमार श्रेष्ठले म्रितकको आफन्त श्याम कार्कीलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा अन्य शुभेच्छुक महानुभावहरूको ठूलो भिड थियो। सो कार्यक्रममा कोषका सदस्यहरुका अलावा आङ दावा शेर्पा, वंशलाल तामाङ, मृदुला कोइराला, खगेन्द्र जि. सि., सिता खरेल, टि.एस. राइ, शान्त ठोकर, सन्जीप श्रेष्ठ, मणी वान्देल, बिकास बिष्ट, शमर गोले, लाक्पा गेलु शेर्पा, टिकाराम गुरुङ, अङ्छिरिङ्ग शेर्पा, बिष्णु सुवेदी, प्रदीप थापामगर, अशोक पन्त, नरबहादुर दाहाल, राजकुमार श्रेष्ठ, गोर्खा तामाङ, दुर्गा भुर्तेल, राम बर्तौला, विक्रान्त बस्नेत, निलम खड्काको उपस्थिति रहेको थियो ।

निम्नलिखित संस्था तथा महानुभावहरूले निम्नानुसार आर्थिक सहयोग प्रदान गरेका छन्:

1. “न्यू योर्कवासी हामी नेपाली” आपत्कालिन राहत कोषबाट   $1928
2. US Nepal Sports & Cultural Development Inc $562
3. Himalayan Connection            $350
4. Ridgewood Nepali Society        $300
5. Janak Adhikari                  $200
6. Angdawa Sherpa                  $105
7. Nripa Bista                     $101
8. Tika Ram Gurung                 $100
9. Raj Kumar Shrestha              $100
10. Khagendra Chhetri              $100
11. Lakpa Gelu Sherpa              $51
12. Tara Kuwar Basnet              $51
13. Bikas Syangbo                  $51
14. Mridula Koirala                $51
15. Ananda Bista                   $51
16. Birendra Limbu                 $51
17. Ram Babu Panta                 $51
18. Dilip Chhetri                  $50
19. Nilam Khadka                   $40
20. Manoj Khanal                   $31
21. Bisnu Subedi                   $30
22. Bikas Bista                    $26
23. Gorkha Tamang                  $25
24. Nir Kumar Magar                $25
25. Januka Dhakal                  $25
26. Balmukunda Kharel              $25
27. Durga Bhurtel                  $25
28. Aang Tshering Sherpa           $22
29. Arjun Mainali                  $21
30. Ramesh Belbase                 $21
31. Purusottam Panthi              $21
32. Bikas Sapkota                  $21
33. Nima Pakhrin                   $21
24. Baburam Basnet                 $21
35. Aalok Rawat                    $21
36. Dilip Khadka                   $21
37. Meen Shrestha                  $21
38. Sita Kharel                    $21
39. Bikranta Basnet                $20
40. Dawa Sherpa                    $20
41. Pradeep Thapa                  $20
42. Pabira Bagchanda Pariyar       $20
43. Ashok Panta                    $14
44. Ram Bartaula                   $10

फेब्रुवरी
२०, २०१२

न्यू योर्कवासी हामी नेपाली आपत्कालिन राहत कोष
न्यू योर्क

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?