Inside

All Time Top 50 News

बोष्टनमा नेपाली नयाँ बर्षको ऊपलक्ष्यमा अप्रिल १५ तारिख "बैसाखी साँझ" को आयोजना गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Wednesday, 06 March 2013 20:50

Special: 3 photos: बोष्टन- अमेरिकाको बोष्टन शहरस्थित २२ बर्षदेखिको नेपालीहरुको साझा सँस्था "ग्रेटर बोष्टन नेपालीज कम्युनिटी (जिबिएनसी) ले नेपाली नयाँ बर्षको ऊपलक्ष्यमा आगामी अप्रिल १५ तारिख "बैसाखी साँझ" को आयोजना गर्ने निर्णय गरेको छ।


 

Milan Gurung, president of Greater Boston Nepalese Community (GBNC) speaking at the fundraising dinner party in Sommerville, Boston, MA on March 3, 2013. Photos: BostonNepal.com

आईतवार मार्च ३ तारिख सोसाइटीले डाकेको बैठकबाट तयारी समिति गठन गरिएको छ भने सो साँस्कृतिक साँझ सफल पार्न फण्डराईजिङ डिनरको आयोजना गरी १,९२२ डलर सङ्कलन गरिएको छ ।

बिगतका बर्षहरुमा सँस्थाको प्रमुख आयश्रोत भैलिधौसी हुने गर्थ्यो, यस बर्षदेखि भैलिधौसीको रकम एकातर्फ पशुपतिनाथको मन्दिर र अर्कातर्फ बुद्द स्तुपासहित नेपाली कम्युनिटी सेन्टर निर्माणमा जाने भएकोले पहिलोपटक बैकल्पिक फण्डराईजिङ प्रोग्राम आयोजना गरिएको सँस्थाका अध्यक्ष मिलन गुरुङले जनाए ।

बैठकमा सँस्थाका कोषाध्यक्ष भक्त गुरुङले जिबिएनसीको बर्तमान कोष र आर्थिक अवस्थाबारे बैठकलाई जानकारी गराए ।

वैठकमा समरभिल आर्ट काऊन्सिलको स्पोन्सरमा मार्च ९ देखि फ्रि नेपाली भाषा कक्षा सँचालन हुने कुरा बिमला थापाव्दारा प्रकाश पारिएको थियो ।

वैठकमा रँजन थापा, काजी शेर्पा, ध्रुव घिमिरे, माया कडायतसमेतका पदाधिकारीले जिविएनसी तथा "बैसाखी साँझ" कार्यक्रमकाबारे बिभिन्न सुझाव राखेका थिए । यसपटक नेपाली खानासहितको "बैसाखी साँझ" कार्यक्रमकोको टिकट अग्रिम बुकिङ २० र ढोकामा २५ डलर लिने निर्णय भएको छ ।

Bishnumani Acharya, VP of Greater Boston Nepalese Community (GBNC) speaking at the fundraising dinner party in Sommerville, Boston, MA on March 3, 2013. Photos: BostonNepal.com

फण्डराईजिङ प्रोग्राम थालनी गर्दै सँस्थाका ऊपाध्यक्ष बिष्णुमणी आचार्यले अमेरिकाको ईष्टकोष्ट ग्रेटर बोष्टन क्षेत्रमा नेपालीप्रति भैपरिआऊने कुनैपनि समस्यामा सँस्थाले पिठ्यु फर्काएर नहिडेको र त्यसो कहिल्यै नगर्ने बचनबद्दता दोहोर्याऊदै सम्पुर्ण नेपालीको दु:खसु:खको छाता सँस्थालाई परिआएका बखत दिल खोलेर सहयोग गर्न अनुरोध गरेका थिए ।

सँस्थाको फण्डराईजिङलाई समर्थन गर्दै कार्यक्रममै नगई ५० डलर पठाऊने दिपा राई पुन मगर, सबै कार्यसमितिका साथीहरुलाई इमेल लेखी ५० डलर शुरुमै सहयोग गर्ने जिविएनसीका सचिब अर्जुनजँङ्ग कुवर, नेपालबाट आएको १० दिन मात्र भएका रामचन्द्र के.सी. २० डलर, ४ महिना मात्र भएका देबिलाल खनाल ५१ डलर, सँस्थाकी सल्लाहकार डा. ऊषा शर्मा २०१ डलर, १०१ डलर सहयोग गर्ने सँस्थाका ३ जना महानुभाव अध्यक्ष मिलन गुरुङ, सल्लाहकार बिष्णु धौराली र सदस्य हजुरी सिँसहित ४६ जनाबाट १,९२२ डलर सङ्कलन गरिएको थियो।

Boston Lok Susheli Samuh artists performing at the fundraising dinner party in Sommerville, Boston, MA. Photos: BostonNepal.com

समरभिलको मसाला रेष्टुरेण्टमा आयोजित फण्डराईजिङ डिनर रमाईलो नेपाली साँस्कृतिक कार्यक्रम रमाईलोगरि सम्पन्न भयो। बोष्टन लोक सुसेली समुहको कार्यक्रम जोडदार थियो। बोष्टनमा हालै आएका कलाकार शुसिल गौतमको मिठो सारँगीको धुनसगै प्रख्यात लोक गायक झलकमान गन्धर्वका मनै छुने गितले कार्यक्रममा रौनकता थपेको थियो । समुहका प्रमुख धनकुमार गुरुङले आफुहरु नेपाली सँस्कृतिको जगेर्ना र नेपाली कम्युनिटीकोलागि बढी महत्वकासाथलागि परेको कुरालाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिए । कलाकार रँजन बुढाथोकीव्दारा सँचालित सो कार्यक्रममा कलाकारहरु हरिमाया खतिबडा, सागर खतिवडा, राम थापा, निलम खतिवडा, प्रविन परियार, बासुदेव थापा, महेश्वर पन्तका फरक फरक प्रस्तुती रहेका थिए भने भुटानी कलाकार मनिराज लामिछानेको मार्मिक नेपाली गितले पनि धेरै नेपालीलाई छोयो ।

कार्यक्रमको अन्तिममा सँस्थाका प्रथम ऊपाध्यक्ष राम थापाले सबैलाई धन्याबाद दिए ।

बैठकमा कलाकार मिन केसीकि मुमाको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । त्यसैगरि, हालै नेपाली कम्युनिटीले सहयोग गरेका बिमला महर्जनको स्वर्गबासप्रति कार्यक्रममा गहिरो दु:ख ब्यक्त गर्दै हार्दिक समबेदना ब्यक्त गरियो ।

सहयोगदाताहरुको नामावली:

नाम                चन्दा सहयोग (डलर)

दिपा राई पुन मगर         ५०  
अर्जुन जङ्ग कुँवर          ५०
सुर्य थापा                    २५
बिष्णुमणि आचार्य         ५०
यम पौडेल                  २५
भक्त गुरुङ र परिवार      ५५
गोपाल राज कडेल          ५०
(ऊहाव्दारा पशुपतिनाथ बुद्द फाऊण्डेशनलाई पनि ५०० डलर दिने बचनबद्दता)
बिष्णु धौराली             १०१
डा. ऊषा शर्मा             २०१
काजी शेर्पा                ४०
ध्रुव घिमिरे                ५१
ऊत्सव गुरुङ              ३०
निलम जङ्गम\मधु जङ्गम ५०
सुधिर श्रेष्ठ\सुष्मा श्रेष्ठसमेतले
देवी ओली                ३१
हजुरी सिँ                 १०१
माया कडायत            ५०
मधुकर अधिकारी        ५१
माधव दाहाल             ४१
आजाद प्रधान            २५
निर्मला दिक्षित           २५
सुलोचना सिँ              २५
कृष्ण कडायत             ३१
महेश्वर पन्त              ३०
आसु राजभण्डारी          २०
डेला तामाङ                २०
देविलाल खनाल           ५१
बिमला थापा               ५१
मिनेश श्रेष्ठ               २५
दिनेश पाण्डे               ४०
रँजन थापा                २५
राम ‌थापा \ माया थापा  १०१
भिम थापा                  ५१
मिलन गुरुङ               १०१
पदम गुरुङ \ सेती गुरुङ  ४०
बन्दना बुढाथोकी          २१
रामचन्द्र के.सी.           २०
रामेश्वर तिवारी           २०
अखण्ड श्रेष्ठ              ३०
शिव श्रेष्ठ                 ३०
किरण खडका             ५१
डिना पाइजा मगर        १७
(आफुलाई प्राप्त टिप्स रकम जिबिएनसीलाई)               
शिव मिश्र                २०  

-Yem Poudel in Boston

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.