Inside

All Time Top 50 News

बोस्टनमा नेपाली नयाँ वर्षको अबसरमा "बैशाखी साँझ २०६८" भब्यतापूर्वक सम्पन्न PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 26 April 2011 16:57
Article Index
बोस्टनमा नेपाली नयाँ वर्षको अबसरमा "बैशाखी साँझ २०६८" भब्यतापूर्वक सम्पन्न
More photos of GBNC's Baisakhi Saanjh 2068
All Pages

४ स्थानीय नेपाली प्रतिभाशाली ब्यक्तित्वहरु: बिष्णुमाया परियार, जेनी बुढाथोकी, दीपक शर्मा बजगाई र देबी थापा ओली सम्मानित
Updated: Exclusive: 2 videos; 48 photos:
बोस्टन- नेपाली नयाँ वर्ष २०६८ को अबसरमा ग्रेटर बोस्टन नेपालीज कम्युनिटी (जिबिएनसी) द्वारा सोमबार साँझ अमेरिकाको म्यासाचुसेट्स राज्यको क्याम्ब्रिज शहरस्थित कार्निभल चर्चमा "बैशाखी साँझ २०६८" भब्यतापूर्ण सम्पन्न भएको छ।



The artists and members of Greater Boston Nepali Community (GBNC) performing Nepali National Anthem at the Baisakhi 2068 Saanjh in Boton on April 25, 2011. Photos: eEyeCam.com

उक्त साँझको शुभारम्भ नेपाली राष्ट्र गान, राष्ट्रिय गीत "रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो" कासाथ अमेरिकि राष्ट्र गान र धुनबाट गरिएको थियो। अमेरिकि राष्ट्र गान आर्या थापा र अमेरिकि राष्ट्र धुन परमिता गुरुङ्ले प्रस्तुत गर्नुभएको थियो भने नेपाली राष्ट्र गान र राष्ट्रिय गीत जिबिएनसीका सदस्यहरुले सामुहिकरुपमा प्रस्तुत गरेका थिए।

उक्त साँझको प्रमुख अतिथिकोरुपमा न्यू योर्कबाट आउनु भएका संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य हुनुहुन्थ्यो ।

प्रमुख अतिथी राजदूत आचार्यले जिबिएनसीद्वारा सम्मानित ४ स्थानीय नेपाली प्रतिभाशाली ब्यक्तित्वहरु: बिष्णुमाया परियार, जेनी बुढाथोकी (लालचन), दीपक शर्मा बजगाई र देबी थापा ओलीलाई प्रसंशा पत्रद्वारा सम्मान गर्नुभयो।


Honorees at the GBNC's Baisakhi Saanjh 2068 in Boston. Photos: eEyeCam.com

बिष्णुमाया परियारले यस अघी डेढ दर्जन अन्तरराष्ट्रिय पुरस्कारहरु पाइसक्नु भएको छ भने हालसालै नेपालबाट सगरमाथा प्रतिस्ठानद्वारा  "नेपाल सम्मान २०६८" द्वारा सम्मानित गरिने घोषणा भएको छ। उक्त सम्मान यसअघी माइती नेपालकि अनुराधा कोइराला, एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे जस्ता ब्यक्तित्वहरुले पाइसक्नु भएको छ। परियार इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापक हुन्। (पढ्नुहोस् उनकाबारे युएस नेपाल अनलाइनको बिशेष रिपोर्ट)


Bishnumaya Pariyar recieving an honor from Ambassador H. E. Gyanchandra Acharya. Photos: eEyeCam.com

त्यसैगरी, जेनी बुढाथोकी (लालचन) न्रित्य कोरियोग्राफर हुनुहुन्छ भने देबी थापा ओली बरिस्ठ न्रित्याङगना हुनुहुन्छ।

त्यसैगरी, दीपक शर्मा बजगाईले लगातार १ सय १३ घण्टासम्म आवाज निकारेर पढेर तथा अन्य ६ बिषयमा गिनिज बुक अफ रेकर्ड होल्डर हुनुहुन्छ।

त्यसैगरी, सोही अबसरमा प्रमुख अतिथी राजदूत आचार्यले जिबिएनसीलाई निरन्तर सहयोग गर्ने संस्थाका पूर्व अध्यक्षहरु, सदस्यहरु र बर्तमान कार्य समितीका सदस्यहरुलाई उनिहरुले संस्थालाई पुर्याएको योगदानको कदर गर्दै प्रमाण पत्रद्वारा सम्मान गर्नुभयो।

त्यसरी सम्मानित हुने ब्यक्तित्वहरुमा GBNC को स्थापना कालदेखी निरन्तर सहयोग गर्ने सहयोगीहरु लोक लामा, किरण खड्का र बिष्णु कार्की हुनु हुन्छ भने संस्थाका निबर्तमान अध्यक्ष उत्सब गुरुङ र पूर्व अध्यक्षहरु सुर्य थापा, प्रेम तामाङ, जाङ्बु शेर्पा हुनुहुन्छ। त्यसैगरी, संस्थाका उपाध्यक्ष लीला राउतलाई पनि सम्मानित गरियो।

उदघाटन समरोहमा संस्थाका अध्यक्ष ध्रुब घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्दै पाहुनाहरुको स्वागत गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा जिबिएनसीको संस्थागत बिकासमा जोड दिएको र संस्थालाई आर्थिकरुपमा सबल बनाएको बताउनु भयो।


Greater Boston Nepali Community (GBNC) President Dhruba Ghimire at the event. Photos: eEyeCam.com

उहाँले पोहर साल बोस्टनमा सम्पन्न एएनए सम्मेलनमा आफ्नो सँस्थाका सदस्यहरुले खाइनखाइ अहोरात्र खटेर र आ-आफ्नो खल्टीबाट ४/५ हजार डलर खर्च गरेको र उक्त भुक्तानी आयोजकहरुले अहिलेसम्म नगरेको उल्लेख गर्दै एएनएका हर्ताकर्ताहरुले जिबिएनसीका सदस्यहरुलाई उल्टो आरोप लगाउने गरेकोप्रति आपत्ति जनाउँदै त्यस्तो गैर जिम्मेवार लान्छना नलगाउन चेतावनी दिनु भयो।

उक्त उद्घाटन समारोहमा प्रमुख अतिथी आचार्यले संस्थाले गरेको कार्यहरुको सरहना गर्दै नयाँ बर्षको शुभकामना दिनु भयो।


Ambassador Gyanchandra Acharya. Photos: eEyeCam.com

कार्यक्रममा उपस्थित अन्य अतिथीहरुमा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष तथा एनआरएन अमेरिकाका महासचिब शिवकुमार राइ, एनआरएनका बरिस्ठ उपाध्यक्ष प्रल्हाद केसी, एनआरएन अमेरिकाका प्रबक्ता भुवानी गुरुङ, इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) अध्यक्ष इभा कासेल, एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर एबं EDWON संस्थापक बिष्णुमाया परियार, हिमालयन लायन्स क्लब म्यासाचुसेट्सका अध्यक्ष शिव प्रकाश, बोस्टन तमु समाजका अध्यक्ष सुन्दर गुरुङ, बोस्टन तामाङ समाजका अध्यक्ष प्रेम तामाङ, शेर्पा समाजका अध्यक्ष काजी शेर्पा, नेपालीज एसोसिएसन कनेक्टिकट प्रेसिडेन्टका सन्तोष लम्साल, उपाध्यक्ष घनश्याम खड्का, नेपाली एसोसिएसन रोध आइल्यान्डका प्रेसिडेन्ट प्रकाश देबकोटा, न्यू ह्याम्प्सायर नेपाली कम्युनिटीका प्रेसिडेन्ट मिन गौतम, एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर ब्रिहस्पति लामा, एम्नेस्टी इन्टर्न्यासनलकि जुलिया ट, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरकि अध्यक्ष तथा पूर्व केन्द्रिय उपाध्यक्ष भारती गौतम, हर्वार्ड विश्व बिद्यालयका प्रोफेसर शिव गौतम, बोस्टन मगर समाजका अध्यक्ष चन्द्र पुन मगर, यूनाइटेड किरात राइ अर्गनाइजेसन लोकल च्याप्टरका अध्यक्ष बिष्णु राइलगायतका हुनुहुन्थ्यो।


The guests at the Baisakhi Saanjh 2068. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त बैसाखी साँझ २०६८ को बिशेष भिडियो रिपोर्ट:
GBNC Nepali New Year Baisakhi 2068 Nite, Boston, April 25, 2011




त्यसैगरी, संस्थाका कोशाध्यक्ष बिष्णुमणी आचार्यले जिबिएनसीले बिगत एक बर्षमा गरेका मानबीय कार्यहरुको उल्लेख गर्दै संस्थाको आय-ब्यय बेश गर्नुभयो। उहाँले उप्रान्त संस्थाको आर्थिक गतिबिधी यसरी नै पारदर्शीरुपमा सबैका सामू प्रस्तुत गर्ने प्रतिबद्दता जनाउनुभयो।

उद्घाटन सत्रको सन्चालन संस्थाका महासचिब तथा बोस्टन नेपाल डट कमका प्रधान सम्पादक मिलन गुरुङले गर्नुभएको थियो।

बैसाखी साँझको महत्वपूर्ण अर्को पाटो बिबिध साँस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु नलिना चित्रकार र कर्ण दासको सुमधुर स्वरसंगै स्थानीय कलाकारहरुको बेजोड न्रित्य र गीतहरुको प्रस्तुतीमा उक्त साँझमा भेला भएका झन्डै ५ सय नेपाली र अमेरिकि पाहुनाहरुले भरपुर मजा लुटेको देखिन्थ्यो।


Pop singer Nalina Chitrakar. Photos: eEyeCam.com

पप गायिका चित्रकारको "चाहिदैन हिरा र मोती" गीतमा रम्नेहरु गायक कर्ण दासका कर्णप्रिय गीत "जिन्दगी को के भरोसा" मा पनि उत्तिकै झुम्मिएका देखिन्थे।


Singer Karna Das. Photos: eEyeCam.com

"मितिनि मितिनि" गीतमा बोस्टन कि पूर्व मिस जिनियर प्री-टीन २००९ बिजेता ओसिन घिमिरे, उनकि बहिनी ५ बर्शिय ओस्मा घिमिरे, सोफी श्रेष्ठ, सेलिना श्रेष्ठ र सिवानी शेरचनको बाल सामुहिक न्रित्य प्रस्तुती नौलो र मनमोहक थियो। ओसिन र ओस्मा जिबिएनसीका बर्तमान अध्यक्ष ध्रुब घिमिरे र उहाँकी अर्धाङ्गिनी राधिका घिमिरेका सुपुत्रीहरु हुन् ।


Former Miss Junior Pre-Teen Boston 2009 winner Ocean Ghimire performing Nepali folk dance with other child artists. Photos: eEyeCam.com

उक्त साँझमा कोरियोग्राफर न्रित्यङ्गना जेनी बुढाथोकी (लालचन) को बेली न्रित्य र न्रित्याङ्गना देबी थापा ओली र ललिताको शास्त्रीय न्रित्यले कार्यक्रममा सुगन्ध थपेको थियो।


Devi Thapa Oli (right) and Laita performing classical dance. Photos: eEyeCam.com

उक्त साँस्कृतिक साँझमा आ-फ्नो न्रित्य र गीत प्रस्तुत गर्ने अन्य कलाकारहरुमा गायनतर्फ प्रबिन परियार, महेश्वर पन्त, अर्भिन केसी, बसु थापा, सुबाज एन्ड सुपोक्स, बिशाल शुभल, धीरज घिसिङ, र मनिष खड्का, जोयस गुरुङ एन्ड ब्यान्ड, उज्ज्वल धौबडेल, पुनित मास्के, समिप सुवाल, रमेश गुरुङ र माइक फेरिनो ब्यान्ड थिए।


Jeny Budhathoki (Hirachan) performing Belly dance. Photos: eEyeCam.com

Amazing belly dance performed by Jeny Budhathoki (Lalchan) at GBNC's Baisakhi Saanjh 2068 in Boston on April 25, 2011
हेर्नुहोस् जेनी बुढाथोकीको चर्चित बेली डान्स्:




त्यसैगरी, न्रित्यतर्फ अन्य कलाकारहरुमा कृपा थापा, दीपा थापा, बिभुतिका कोइराला, अनिता भण्डारी र सुजिता सिलवाल थिए।

त्यसैगरी, कार्यक्रममा भक्त गुरुङले कविता पाठ गर्नुभएको थियो ।

साँस्कृतिक साँझको सन्चालन नबिन बस्नेत र पुर्णिमा शाहले गर्नुभएको थियो।

न्यू योर्कबाट झिकाइएका डिजे नवाङ र डिजे टासीको जोशिलो संगितमा धित मरुन्जेल नाँच्ने एक नेपाली महिलाले युएस नेपाल अनलाइनसंग कुरा गर्दै समग्रमा जिबिएनसीको यसपालीको कार्यक्रमलाई मनोरन्जनको हिसाबले उपल्लो दर्जाको रहेको भन्दै आफ्नो खुशी ब्यक्त गरिन्।

-Pradeep Thapa Magar in Boston. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Photos: eEyeCam.com



GBNC General Secretary Milan Gurung. Photos: eEyeCam.com

Treasurer Bishnumani Acharya. Photos: eEyeCam.com



Emcees: Nabin Basnet and Purnima Shah. Photos: eEyeCam.com



Flutist Paramita Gurung. Photos: eEyeCam.com


Singer Arya Thapa. Photos: eEyeCam.com

Article Index
बोस्टनमा नेपाली नयाँ वर्षको अबसरमा "बैशाखी साँझ २०६८" भब्यतापूर्वक सम्पन्न
More photos of GBNC's Baisakhi Saanjh 2068

All Pages

 

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.