Inside

All Time Top 50 News

न्यू योर्कमा शेर्पा किदुगको आयोजनामा गोल्फ खेल प्रतियोगिता सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Lhakpa Gelu Sherpa   
Tuesday, 25 June 2013 13:08

Special: 4 photos: न्यू योर्क- शेर्पा किदुग अमेरिकाले सन् २००७ देखि आयोजना गर्दै आएको उक्त खेल प्रतियोगिता यो बर्ष पनि पुन: सम्पन्न गरेको छ। विश्वमा लोकप्रिय रहेको गोल्फ खेल अमेरिकाका नेपालीहरुमाझ पनि लोकप्रिय हुँदै गैरहेको छ।

Sherpa Kyidug USA organized Golf Tournament in New York on June 23, 2013. Photos courtesy: Lhakpa Gelu

जुन २३, आईतवार न्यू योर्कस्थित फोरेस्ट पार्कमा आयोजना गरिएको 'छैठौ शेर्पा किदुग गोल्फ खेल प्रतियोगिता' मा नेपाली, भुटानिज र तिब्बतियन गरी ४१ जना गोल्फ खेलाडिहरुले भाग लिएका थिए।

अत्यन्त मनोरन्जनात्मक र प्रतिस्प्रधात्मक यस बर्षको गोल्फ खेल प्रतियोगितामा लो हेन्डिक्यप (Low Handicap) र हाइ हेन्डिक्यप (High Handicap) खेलाडिहरुलाई समिश्रण गराइ १० समुहमा बिभाजन गरी खेलाईएको थियो। १८ पोलको गोल्फ कोर्षमा खेलाईएको उक्त गोल्फ खेल प्रतियोगितामा लो हेन्डिक्यपतर्फ नेपालका पासाङ लामाले ग्रोस ७९ र नेट ६४ अंक प्राप्त गरी प्रथम, भुटानका देकोन वाङ्दीले ग्रोस्स ८१, नेट ६५ र ब्याक ९ अंक प्राप्त गरी दोस्रो र नेपालका छिरिङ छोपेल शेर्पाले ग्रोस ७७ र नेट ६५ अंक प्राप्त गरी तेस्रो भएका थिए। उक्त समुहमा लोङ्गेस्ट ड्रैब (longest drive) का उपाधी भुटानका सोनाम के वङ्चुक र क्लोसेट टु पिन (closet to pin) का उपाधी भुटानकै डेकोन वाङ्दीले प्राप्त गरेका थिए।


Sherpa Kyidug USA organized Golf Tournament in New York on June 23, 2013. Photos courtesy: Lhakpa Gelu

हाई हेन्डिक्यप समुहमा नेपालका ल्हाक्पा टि लामाले ग्रोस ९४ र नेट ६६ अंक प्राप्त गरी प्रथम, नेपालकै नोर्देन लामाले ग्रोस ९४ र नेट ६९ अंक प्राप्त गरी दोस्रो र नेपालका समदुप तामाङले ग्रोस ९३, नेट ६९ र ब्याक ३६ अंक प्राप्त गरी तेस्रो भएका थिए। उक्त समुहमा लङगेस्ट ड्रैवका उपाधी तिब्बतका तेन्जिङ लोसल र क्लोसेट टु पिनका उपाधी नेपालका ल्हाक्पा रिन्जी शेर्पाले प्राप्त गरेका थिए।

बिजय खेलाडी र खेलमा सहभागी खेलाडीहरुको सम्मानमा शेर्पा किदुगको भवनमा अयोजित कार्यक्रममा शेर्पा किदुगका अध्यक्ष आङ गेल्जेन शेर्पा, महासचिब सांङगे शेर्पा, किदुगका खेल संयोजक रिन्जी शेर्पा र किदुगका गोल्फ खेल संयोजाक आङछिरिङ शेर्पाले बिजय खेलाडीहरुलाई प्रमाण पत्र, ट्रफी र नगद पुरुस्कार बितारण गरेका थिए। साथै, सोही अवसरमा गोल्फ खेलमा सहभागी सम्पूर्ण खेलाडिहरुलाई खादा लगाइ सम्मान गरिएको थियो।


Sherpa Kyidug USA organized Golf Tournament in New York on June 23, 2013. Photos courtesy: Lhakpa Gelu

किदुगका अध्यक्ष आङ गेल्जेन शेर्पाले खेलमा सहभागी सम्पूर्ण खेलाडीहरु, आयोजक सदस्यहरु र स्वयमसेवकहरुलाई खेल सफलतापुर्बक संचालन गरेकोमा धन्यबाद प्रकाट गर्दै नेपाली समुदय र अन्य समुदयहरु बिच भात्रित्व, भाईचारा, परिचय र सम्बन्ध बिस्तारकोलागि किदुगले हरेक बर्ष गोल्फ खेलको आयोजना गरिदै आएको कुरा उल्लेख गरेका थिए।

किदुगका महासचिब साँङगे शेर्पाले स्वागत मन्तब्य ब्यक्त गर्दै किदुगले लामो समयदेखि बिभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरिन्दै आएको र सुरुमा गोल्फ खेलको आयोजना गर्दा केही चुनौतीहरु पनि आएको कुराको स्मरण गराउदै गोल्फ खेल आज नेपालीलगायत अन्य समुदायहरुमा लोकप्रिय खेलकोरुपमा स्थापित भएको र यस्ता प्रकारका खेलहरुको आयोजनाले नेपाली समुदायलगायत अन्य समुदायबिच मित्रताको पुल बन्ने र खेलप्रति अभिरुची बढने कुरा ब्यक्त गरेका थिए।


Ex-president of Sherpa Kyidug USA, Chhongba Sherpa playing golf at Golf Tournament in New York on June 23, 2013. Photos courtesy: Lhakpa Gelu

"गोल्फ खेल जेन्टल मेन गेम भएको र यो खेलमा अनुशासन, ध्यान, लगनशिलता, सुक्ष्मता र अभ्यासको आवश्यकता हुन्छ" किदुगका गोल्फ किदुग खेल संयोजक तथा कुशल गोल्फ खेलाडी आङछिरिङ शेर्पा भने। "नेपालीलगायत अन्य समुदायमा गोल्फ खेलप्रतीको चासो र लोकप्रियता एक दिन नेपालीहरु पनि अमेरिकाको राष्ट्रिय तथा अन्तरास्ट्रिय लेबलको गोल्फ खेल प्रतियोगिताहरुमा समेत प्रतिस्पर्धा गर्न सक्ने"  कुराको उल्लेख गर्दै आफुहरु पनि त्यसमा प्रयासरत रहेको बताए। एएनए २०१३ गोल्फ खेल प्रतियोगिताको संयोजकसमेत रहेको आङछिरिङ शेर्पाले निकट भबिस्यमा गोल्फ खेलाडी स्वर्गिय सोनाम पेम्बा शेर्पाको नाम "सोनाम पेम्बा मेमोरियल गोल्फ" खेलको आयोजना गरिने जानकारी पनि दिएका थिए।

किदुगद्वारा आयोजित यस बर्षको गोल्फ खेल प्रतियोगितामा गोल्फ खेलाडी ल्हक्पा रिन्जी शेर्पाले खेलाडीहरुकोलागि स्न्याक र हलुका पेय पदर्थको ब्याबस्था गरेका थिए भने गोल्फ खेलाडीहरु पल्देन शेर्पा, छोङ्बा शेर्पा, आङछिरिङ शेर्पा, पासाङ लामा, एन्तोनी शेर्पा र दावा तेन्जी शेर्पाले बिजय खेलाडीहरुकोलागि  नगद पुरुस्कारको ब्याबस्था गरेका थिए।

-Lhakpa Gelu Sherpa in New York

Read related news:

-http://usnepalonline.com/sherpa/

-न्यू योर्कमा शेर्पा किदुग अमेरिकाद्वारा २५५७ औं बुद्ध जयन्ती सम्पन्न

-न्यू योर्कमा समाजसेवी एबं राजनीतिक बिशेषज्ञ सोनाम छिरिङ्ग शेर्पासंग बिशेष अन्तरकृया कार्यक्रम सम्पन्न

-Sherpas, the Mountain Shepherd: What's the issue of Highest Altitude Fight ?

-न्यू योर्कमा शेर्पा किदुग युएसएद्वारा २१४० औं छुमो डुल्लो ग्याल्पो लोसार-२०१३ सम्पन्न

-न्यू योर्कको बाल्देनमा शेर्पाहरुद्वारा ल्हप्सो पुजा २०१३ भब्यतापूर्वक सम्पन्न

-न्यू योर्कमा २१३८ औं शेर्पा ल्होसार सम्पन्न

-न्यू योर्क शहरद्वारा शेर्पा किदुगलाई ल्होसारको अबसरमा सम्मान

-न्यू योर्कका शेर्पाहरुद्वारा सगरमाथाको पहिलो द्वार भनेर चिनिने नाम्चे बजारमा एक जना पनि शेर्पा छैन भनेकोमा आपत्ति

-अमेरिका जाने नेपाली महिलालाई काठमाडौं एयरपोर्टमा १ लाख १० हजार घुस माग्ने कर्मचारी निलम्बनमा परे

-न्यू योर्कमा हिमाल बचाउ अभियानकालागि गायक गम्बु शेर्पा साँझ सम्पन्न

-न्यू योर्कमा शेर्पा किदुकद्वारा चौथौ वार्षिक खेलकूद प्रतियोगिताको आयोजना

-न्यू योर्कको चौंथो डान्स परेडमा नेपाली शेर्पाहरुको सहभागिता

-न्यू योर्कमा शेर्पाहरुको जागरण गोस्ठी "Awareness Matters" सम्पन्न

-शेर्पा किदुग अमेरिकाद्वारा हाइटीको लागि राहत प्रदान

-न्यू योर्कमा शेर्पा किदुगद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न

-शेर्पा किदुग अमेरिकाद्वारा नेपाल सरकार र कान्तिपुर पत्रिकाको भत्सर्ना

-आठ हजार मिटरभन्दा बढी उचाईका विश्वका १४ वटै हिमशिखर चढी नयाँ कीर्तिमानी मिङ्गमा शेर्पा र प्रधानमन्त्रीबिच भेट

-न्यू योर्कमा फर्केका विश्व साकल यात्री फुर्तेम्बा शेर्पाद्वारा ७१ राष्ट्रहरुको भ्रमणको अनुभब सुनौं

-World Cyclist Furtemba Sherpa after 47,000 miles of Bycycle ride, what next?

-न्यू योर्कमा शेर्पाहरुद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-Greetings from United Sherpa Association (Sherpa Kyidug)

-न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.