Inside

All Time Top 50 News

न्यू योर्कमा गुरु हजुरको सन्देश: "खुशी भएर बाँच्नकोलागि प्रेमिलो आँखाले हेर्नुहोस्, समस्यालाई मित्र बनाउनुहोस्" PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 17 June 2012 00:51

Exclusive: 1 video; 6 photos: न्यू योर्क- "सुप्रिम मास्टर गड एन्जेल" को नामबाट सुपरिचित नेपाली बाल तपस्वी "गुरु हजुर" ले न्यू योर्कका नेपाली भक्तजनहरुलाई समस्याबाट मुक्तीको उपाय सुल्झाएकाछन्- "तपाईंहरु समस्यालाई मित्र बनाउनुहोस्", कसरी? भित्र गुरु हजुरद्वारा प्रस्तुत बिशेष प्रबचन सुन्नुहोस्।


Guru Hajur aka Supreme Master God Angel in deep meditation prior to his discourse on miseries and lovism in New York on June 16, 2012. Photos: eEyeCam.com

शनिबार जुन १६ तारिख न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्सस्थित हेबन्ली पाथ युएसएको ध्यान शिविरमा प्रबचन दिदै प्रेमबाद (Lovism) लाई आफ्नो मुलमन्त्र मान्ने गुरु हजुरले अगाडि भने- "प्रेमिलो आँखाले हेर्न थाल्नु भो भने सबै कुराहरु मित्र बन्न थाल्छ। यहाँहरुको समस्या पनि साथी बन्न थाल्छ र यदी समस्या साथी बन्न थाल्यो भने समस्याले समस्या दिदैन।"

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट:

Guru Hajur Supreme Master God Angel Discourse in New York, June 16, 2012



मानिसले जीवनमा अनेकन समस्या भोग्ने प्रकृयालाई स्वाभाबिक प्रकृया भन्दै मान्छे खुशी हुने उपदेश उनले यसरी दिए- "खुशी भएर रहनकोलागि, बाँच्नकोलागि एउटा कुराको आवश्यकता हुन्छ त्यो हो- प्रेमिलो आँखा, प्रेमिलो कार्य। यदी कसैलाई घ्रिणा गर्न छाड्नु भो भने तपाईं खुशी हुनु हुनेछ। यदी तपाईं कसैको भूललाई क्ष्यमा गर्न सक्नु भो भने अझ खुशी हुनु हुनेछ। यदी तपाईंले सबै कुरालाई प्रेमको नजरले हेर्नु भो भने तपाईं संसारको सबैभन्दा खुशी मान्छे हुनु हुनेछ।
"
के हो हेवन्ली पाथ? को हुन् सुप्रिम मास्टर गड एन्जेल (गुरु हजुर)?

हेवन्ली पाथका प्रबर्तक सुप्रिम मास्टर गड एन्जेललाई त्यसका उपासक एन्जेलहरुले माया र सम्मान गरेर "गुरु हजुर" भनी सम्बोधन गर्दछन्।

हेवन्ली पाथकाबारे आफ्नो "अमरवाणी" पुस्तकमा गुरु हजुरले लेखेकाछन्- "हेवन्ली पाथ धर्म होइन तर सबै धर्मको सार हो। हेवन्ली पाथको मुख्य उद्धेश्य आत्माको उद्धार हो। धर्महरु बिचको शत्रुतापूर्ण सम्बन्धमा सेतु (पुल) को काम हेवन्ली पाथले गर्दछ।"

Guru Hajur is being welcome in New York on June 16, 2012. Photos: eEyeCam.com

आत्मा (Soul), इश्वर (God) प्रेम (Love) र विश्व शान्तीकालागि प्रेमबाद (Lovism) हेवन्ली पाथको मुल उद्देश्य भएको पनि गुरु हजुरले बताए। उपचार पद्दति "आ-म-स" (आत्मा+मन+शरिर) (Aamasha Healing) हेवन्ली पाथको अर्को पाटो हो, जुन रोगीहरु बिच निक्कै प्रभावकारी र लोकप्रिय बन्दै गएकोछ।

उनको असली नाम के हो? उनी कहिले, कहाँ जन्मेका थिए?

गुरु हजुरकाअनुसार उनलाई "सुप्रिम मास्टर गड एन्जेल" (Supreme Master God Angel) नाम सन् २००४ मा भारतको मुम्बईमा भएको जोराश्ट्रियन (Zoroastrian) धर्मालम्बीहरुको विश्व शान्ती सम्मेलनमा आयोजकहरुले प्रदान गरेको हो। त्यस यता उनलाई यही नामले पुकार्न थालियो।

विश्वका ७० भन्दाबेशी मुलुकमा भ्रमण गरी सकेका गुरु हजुरको पासपोर्टमा कुन नाम होला? यो जिज्ञासामा उनले आफ्नो नाम नेपालको सबैभन्दा लामो भएको बताउँदै आफ्नो पासपोर्टमा भएको पुरा नाम यो पङ्क्तिकारको नोटबुकमा टिपाए- "Honorable Supreme Master Godangel Bal Tapaswi Satguru Om Nand"

उमेरको हिसाबले गुरु हजुर नेपालका सम्भबत: सबैभन्दा कलिलो उमेरका चर्चित बाल तवस्वी हुन्। गुरु हजुरको जन्म बिसं २०३७ चैत्र १७ गते नेपालको उदयपुर जिल्लाको मैनामैनी गाउँ बिकास समितीको वडा नं २ माङ्तेन गाउँमा भएको थियो। उनका बुवा जयबहादुर वान्तवा राई र आमा पञ्चेस्वेरी राई हुन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-न्यू योर्कमा गुरु हजुरद्वारा प्रबचन र आमस उपचार सेवा सम्पन्न

-न्यू योर्कमा स्वर्गिय सन्देशको अपार सफलतापछि फेरी मैइ १ तारिख साधना

-न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो



Guru Hajur aka Supreme Master God Angel in deep meditation prior to his discourse on miseries and lovism in New York on June 16, 2012. Photos: eEyeCam.com





The devotees of Heavenly Path USA in in New York on June 16, 2012. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.