Inside

All Time Top 50 News

न्यू योर्कमा गुरुङहरुको पितृ पूजा (खेमा) सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dhirbahadur Gurung   
Wednesday, 28 September 2011 08:32

Special: 6 photos: न्यू योर्क- प्रत्येक बर्ष असोज महिनाको सुक्ल पक्षको सप्तमीदेखि पुर्णिामासम्म हराहरी मनाएर दशौं दिनमा समापन गरिने गुरुङ (तमु) आदिबासी जनजातिहरुको खेमा (पितृ पुजा) न्यू योर्कको कुइन्स शहरस्थित थकाली किचन रेस्टुरेन्टमा एक बिशेष पूजा समारोहको आयोजना गरी सम्पन्न गरिएको छ।

Pritam Gurung inaugurating Gurung Khema puja ceremony and Dhirbahadur Gurung performing puja in New York on September 24, 2011. Photos: eEyeCam.com

गत शनिबार बेलुकी सम्पन्न उक्त पूजाको प्रितम गुरुङले उद्घाटन गरेका थिए भने संस्कृतिबिद तथा लेखक धिरबहादुर गुरुङले खेमा पूजाबारे जानकारी प्रस्तुत गर्दै पूजा बिधी सम्पन्न गरेका थिए।

Photos: eEyeCam.com








Photos: eEyeCam.com


Photos: eEyeCam.com

प्रस्तुत छ, धिरबहादुर गुरुङले आफ्नो ब्लग http://www.tamutaan.blogspot.com/ मा लेख्नु भएको खेमा पूजाबारे बिशेष लेख:

खेमा पुजाको ऐतिहासिक पृष्टभुमी

खेमा पितृ पुजा गुरुङहरुको आफनै मौलिक एबं प्राचिन पर्ब हो। यो खेमा पर्ब दशौं दिनमा समापन गरिने भएकोले यसलाई दशै पनि भन्ने प्रचलन छ। यो खेमा पर्ब मनाउने प्रचलन कहिलेदेखि आएको हो, किन आएको हो, कसरी आएको हो भन्नेबारेमा संक्षिप्त ऐतिहासिक पृष्टभुमी यस प्रकार रहेको छ।

साबिकको मुस्ताङ जिल्लाको ठिनी गाँउको उत्तरपट्टी लगभग दुइ हजार बर्ष अगाडी माउरो भन्ने तमू जातीहरुको एउटा स्वतन्त्र एबं सम्पन्नशाली ठिनी क्याल्स अर्थात राज्य थियो। त्यहाँ खदो भन्ने राजाले शासन गरेका थिए। उनले मिक्रे भन्ने नामुद झाँकि्र गुरुलाई कुलगुरु पदमा नियुक्ति गरेका थिए। शासन पद्धतीको सिलसिलमा खदो राजा र मिक्रे कुलगरुको बिचमा बैचारिक मतभेदका कारण शित युद्ध सुरु भयो। अन्ततः राजाले शक्तिको दुरुपयोग गरेर कुल गुरुलाई राजसभाबाट पदच्युत गरि दिए। आफुलाई राजसभाबाट पदच्युत गरिएकोमा मानहानी एबं गुरुकुलको अपमान गरिएको महशुस गरि कुलगुरुले राजसभामै तिम्रो राजबंशको सर्बनास् होस् भनि श्राप दिई हिमालय पर्बततिर ध्यान गर्न गए।

तमू गुरुङहरुको प्राचिन परम्परा अनुसार कार्तिक र चैत्र महिनामा ट्हो त्हे अर्थात सामाजिक पुजा गर्ने प्रचलन रहेको छ। यो सामाकि पुजा गर्नाले गाँउमा रोग ब्याग आउदैन। अनिकाल आउदैन। गाँउ र समाज सम्पन्न हुन्छन् भन्ने धार्मिक बिश्वास र मान्यता छ। त्यहि अनुरुप सामाजिक पुजा सम्पन्न भयो। तर सामाजिक पुजा सम्पन्न भएयता राज्यमा भारदारहरुबिच आपासि मनमुटाव, गुट उपगुटमा बिभाजन भइ अशान्ति मचियो। त्यसको ठिक एक महिना पछि अष्टमीको रातमा खदो राजा र कुसु भन्ने रानीको असामयिक निधन भयो। राजा रानीको निधन भएपछि राजगद्धि खालि राख्न हुदैन भन्ने सिद्धान्त मुताबिक राजसभाका प्रमुख एबं महामन्त्री नन तमूलाई राज्याभिशेष गरि राजगद्धिमा राखे। उनको पनि ठिक एक महिनापछि अष्टमीकै रातमा मृत्यु भयो। दोश्रो राजको पनि मृत्यु भए पछि नयाँ राजा बनाउना राजसभामा छलफल भयो। छलफलबाट असु भन्ने मन्त्रीलाई राज्याभिशेष गरि राजगद्धिमा राखे। उनको पनि दोश्रो राजाकै अबस्थामा मृत्यु भयो।

यसरी प्रत्येक महिना राजाको मृत्यु हुन थालेपछि राज्यमा आतंक फैलियो। भारदारहरुबिच शंक उपशंकको दुरि बढ्यो। एकले अर्कोलाई शंकाको दृष्टिले हेर्न थाले। आ-अफनो गुट उपगुटलाई मजबुत गर्न थाले। फेरि पनि नयाँ राजा चयनकोलागि राजसभामा छलफल भयो। तर यस पटक भने कुनै पनि भलादमि राजा हुन मानेनन्। किनभने राजा हुने बित्तिकै एक महिना भित्र मृत्यु हुने निश्चित थियो। तर त्यो राजा रानी कस्ले मारे, किन मारिए कसैलाई थाहा थिएन। थाहा हुनु पनि कसरि ? किनभने यस षड्यान्त्रमा मिक्रे कुलगुरुको छलकपछ थियो। अपमानको घाउ थियो। प्रतिशोधको ज्वाला थियो। त्यहि प्रतिशोध र अपमानको बदला लिन आफुलाई पदच्युत गरेको अष्टमीको मध्यरातमा हेरि हेरि नसक्ने बुझि बुझि नसक्ने अजंगको अदि्रस्यरुपमा अजिमो फजिमो भन्ने मान्छे् खाने भुतकोरुपमा आएर राजा रानीको हत्या गरेर तृप्त हुने गर्दथ्यो। जुन कुरा भारदारहरु कसैलाई पनि थाहा थिएन। त्यसैले महामन्त्रीको आदेश मुताबिक सेनापति असैर तमूको नेत्रित्वमा एउटा अनुसन्धान गर्ने टोली गठन गरि राजा रानीको मृत्युबारे अनुसन्धान गर्न थाले।

त्यस बखत ठिनी क्याल्समा बेसरि कहलिएका कर्म अप भन्ने त्रिकालदर्शी लामा नौ बर्ष नौ महिना नौ दिनसम्म गुफा बसेका थिए। गुफाबाट निस्किने दिनमा अनुसन्धानमा खटिएका टोलि गुम्बामा पुगेर लामालाई गुफा बस्न सफल भएकोमा बधाई ज्ञापन गर्दै तत्कालिन अबस्थामा राज्यमा भइरहेको जटिल समस्य राजा रानीहरुको रहस्यमयि हत्या र आतंककोबारेमा छलफल गर्यो। छलफल पछि तत्काल भइरहेको समस्यको समाधान गर्ने उपायहरुको परामर्श गर्न सेनापतिले लामा गुरुलाई अग्रह गर्यो।

लामा गुरुले केहि समय आफनो शाश्त्रको अध्यान गरेपछि यस पटकको उधौलि उभौलिको सामाजिक पुजा अर्थात ट्हो त्हें गर्दा पुरोहितहरुले बिधिबिधान नपुराई यज्ञ गरेको र त्यही अपूर्ण यज्ञलाई माध्याम बनाएर मन्त्र तन्त्र जादु टुना मुना र कुटज्ञानमा पारंगत भएका एक जना झाँक्रीले बीर र मसान जगाई हेरि हेरि नसक्ने बुझि बुझि नसक्ने अजंगको 'अजिमो फजिमो' भन्ने मान्छे खाने भूतको रुप धारणा गरेर राजासंग आफनो बिगतको हिसाब किताब पुरा गर्न अष्टमीको मध्यरातमा आएर छलछाम गरि राजा रानीको हत्य गर्ने गरेको देखिन्छ भनेर भन्नु भयो।

यो अजिमो फजिमो भन्ने अजंगको मान्छे खाने भूतलाई कसरी मार्न सकिन्छ भनेर सेनापतिले सोध्यो। लामा गुरुले एकछिन धोरिएर यो मान्छे खाने भूतलाई पच्यु क्यब्रे र लामाको बेदले पन्छाउन र मार्न सक्दैन भनेर भन्नु भयो। अब के उपाए छ त गुरु भनेर सेनापतिले सोध्दा यो 'अजिमो फजिमो' भन्ने मान्छे खाने बीर मसान तीन आँखा भएका महाप्रतापि राजाले मात्र मार्न सक्छ। तर समय बलवान छ। समयभन्दा बलवान कोहि पनि हुदैन। यस धर्तीमा कुनै पनि मानिसको जन्म हुन्छ भने त्यस्को मृत्यु पनि निश्चित छ। किनभने मृत्यु नै मानब जिबनको अन्तिम सत्य हो। अर्को कुरा प्रत्येक काल खण्डमा अधर्मीहरुको अमानबिय ब्यबहार र अत्यचारको ज्वालाले मानब समाजलाई तहश नाश गरि बिनाश गर्न खोजियो भने त्यस् अबस्थामा मानब समाजको कल्यानको लागि श्रृष्टि कर्ताले एक न एक जना शक्तिशालि महापुरुको जन्म गराउने चक्रब्यु रचाइ सकेका हुन्छन्। गणितको जोड घटाउ गरेर हेर्दा हाम्रो ठिनी राज्यामा कुनै महापुरुषको आगमान हुने समय नजिकै आइ सकेको छ भनेर भबिष्य बाणी गर्नु भयो। गुम्बामा गएका टोली त्रिकालदर्शी लामा गुरुको भबिष्य बाणी सुनेपछि आश्चर्य प्रकट गर्दै राज्यतिर फर्किए।

ठिनी क्याल्स अर्थात राज्यमा राजा नभए पनि महामन्त्री ढग तमूको नेत्रीत्वमा राजसभा बस्यो। उक्त राजसभामा अनुसन्धान आयोगका प्रमुख सेनापतिले प्रगति बिरणकासाथै त्रिकालदर्शी लामा गुरुले गरेका भबिष्यबाणी जस्ताका तस्तै सुनाए। लामाका भबिष्यबाणी सुनेपछि राजसभाका सदस्यहरु सबै जिल्ला परे। सभामा सदस्यहरुले आ-आफनो राय राखे। तर कुनै निष्कर्षमा पुग्न सकेन। सभा बिसर्जन भयो।

आज, भोली, पर्सी गर्दै समय बित्दै गयो। फेरी सामाजिक पुजा अर्थात ट्हो त्हें गर्ने समय आयो। सनातनदेखि चलि आएको परम्परा अनुसार सामाजिक पुजामा राजा रानीको उपस्थिती अनिवार्य रहेको हुनाले राजा रानीको चयन गर्न राजसभा बस्यो। तर राजसभाको सदस्यहरु कोही पनि राजा हुन मानेनन्। किनभने राजा भएपछि एक महिना मात्र उनको जिबन रहन्थ्यो। त्यसैले राज्यका लाटा, गाँडा, सोझा, सादा र निमुखाहरुलाई फकाइ फुलाई राजा बनाई गद्धिमा राखिन्थ्यो। यसरी प्रत्येक पटक सामाजिक पुजा गर्दा नयाँ राजा बनाउने कार्य आठौं पटक पुगी सकेको थियो। राज्य चारै तरफ असुरक्षित, भएभित एबं आतंकित थियो। तथापी सामाजिक पुजाकालागि नयाँ राजा बनाउने प्रयत्न भइरहेको थियो। तर राजा हुने उम्मेदवबार कोहि पनि थिएन।

तमूहरुको राजा र राजकुमारहरुले चैत्र र असोज महिनामा शिकार खेल्ने परम्परा रहेको हुनाले सोही मुताबिक सपुषती क्याल्सका राजकुमार नोचन तमू असोज महिनामा आफना सिकारी दलबल लिएर एक साताका लागि सपुषती क्याल्स अर्थात सिन्जादुन्जा सिजापति शहरबाट पूर्बदिशा हुदै सिकार खेल्दै आए। रात परेपछि एउटा खोल्सा नजिकैको बन्दोबस्तको ओडारमा क्याम्प लगाएर बास बसे। राती अचानक ऋतु बिपरित मौसम भएर भिषन हिमपात भयो। भिषण हिमपातका कारण हिमपहिरो आएर खोल्सा नजिकै क्याम्पमा बसेका सिकारी टोली सबै हिमपहिरोले बगाई दियो। राजकुमार नोचनको पुर्पुरोमा आगो ननिभेको हुनाले उनी हिमपहिरोबाट उम्केर भाग्न सफल भए। रातभर बेशुरमा भाग्दा भाग्दा कोदो बारीमा आइ पुग्यो। कोदो बारी देखेपछि अब त गाँउ पनि नजिकै रहेछ क्यारे भन्ठानेर बाटो माथीको कोदो बारीमा गएर एक छिन आराम गर्न बसे। आफना सिकारी दलबल सबै पहिरोमा पुरिएको पिडा र रातभरको थकाइले गर्दा त्यही बसेको ठाउमा भसुकै निदाए।

बिहान गाँउका गोठालाहरु भेडा बाख्रा चराउदै कोदो बारीमा आइपुगे। बाटो माथीको कोदो बारीमा भूत जस्तो अजंगको मानिस सुतिरहेको देखे। राज्यमा राजा रानी मारि आतंक मचाउने मान्छे खाने भूत त यही पो सुतिरहेको रहेछ भन्ठानेर गोठालाहरु डरका कारण चिच्याउदै गाँउ फर्केर बुढापाकाहरुलाई खबर गरे। गाँउका मानिसहरु सिठ्ठाझार पारी लाठी, मुढा, हाँसी, हथौडा, खुकरी, तरवार, भाला, त्रिशुल, धनुष आदि युद्ध सामग्री लिएर कोलाहाल मचाउदै कोदो बारीमा पुगे। तर त्यो अजंगको मानिस अझै त्यही सुतिरहेको। त्यसैले महामन्त्री ढग तमूले मन मनै सोच्यो। यो अजंगको मानिस मान्छे खाने भूत भएको भए भागिसक्नु पर्ने, लुकिसम्नु पर्ने, हराइसक्नु पर्ने तर यो त अझै सुतिरहेको छ, अलि नजिकै गएर हेर्न पर्यो भन्ठानेर जनसमुहलाई एकछिन हल्ला नगर्नु भनी इशारा गरि आफु संग ४, ५ जना भाला, त्रिशुल लिएका बलिया ठिटाहरु लिएर त्यो सुतिरहेको मानिस निर पुगेर ए तिमी को हो? मान्छे हो कि भूत हो? भनेर चर्को श्वरमा भन्यो। चर्को आवाज सुनेर त्यो मासि पनि उठ्यो र तपाईहरु को हो भनेर सोध्यो। तिमी भूत हो कि मान्छ हो? भनेर महामन्त्रीले पुन: सोध्यो। त्यस् बखत त्यो मानिसले म सपुषती क्याल्सको राजकुमार नोचन तमू हो। एक साता अघि सिकार खेल्न दलबलसहित क्याल्सबाट निस्केको थिएं । सिकार खेल्दै आउदा राती एउटा खोल्साको नजिकै ओडारमा क्याम्प लगाएर बास बसें। राती अचानक ऋतु बिपरित बेमौसम भएर भिषन हिमपात भयो। भिषण हिमपातका कारण हिमपहिरो आएर खोल्सा नजिकै क्याम्पमा बसेका मेरो सिकारी टोली सबै हिमपहिरोले बगाई दियो। मेरो पुर्पुरोमा आगो ननिभेको हुनाले म हिमपहिरोबाट उम्केर भाग्न सफल भएं। रातभर बेशुरमा भाग्दा भाग्दा कोदो बारीमा आइ पुग्यो। कोदो बारी देखे पछि अब त गाँउ पनि नजिकै रहेछ क्यारे भन्ठानेर बाटो माथीको कोदो बारीमा आएर एक छिन आराम गर्न बसेको थिएं। पहिरोको पिडा र रातभरको थकाइले गर्दा यही बसेको ठाउमा भसुकै निदाए छु। अहिले तपाईहरुको चर्को आवाज र कोलाहालले गर्दा बिउझिएं भनेर भने।

महामन्त्री ढगले राजकुमार नोचन तमूको कुरा सुने पछि त्रिकालदर्शी लामाले गरेको भबिष्य बाणीको संझना आयो। फेरि पनि यो मान्छे राजकुमार हो कि होइन भनि महामन्त्रीले शुष्म अध्यान गर्यो। महामन्त्रीको अध्यानमा नोचनको शारीरिक ढाचा यस्तो थियो। नोचन आग्लो, मोटो, टाउके, तीनआँखे, हात्तीकाने, बाघछाती, धनुष बाण भिरेका, तरवार सजाएका, कालो माला लगाएको राजकुमार नभए पनि होला होला जस्तो थियो। यस्तो अलंकारले सजिएको राजकुमारको अनुहारमा महाप्रताप, बीरता र बिजयको प्रतिबिम्ब प्रष्ट रुपमा महामन्त्रीले देखे। फेरि पनि तिमी के खान्छौ, यस्तो अजंगको भएको र तिम्रो पौरख के छ? भनि महामन्त्रीले सोध्यो। म एक छाकमा एउटा िसंगै जिबत खान्छु। मेरो पौरख भनेको माथीबाट आएको पैरो रोक्न सक्छु। तलबाट आएको आँधी तुफान रोक्न सक्छु। भूतप्रेत मार्न सक्छु भनेर नोचनले भने। नोचनको कुरा सुनेपछि महामन्त्रीले सेनापतिसंग परामर्श गरे। सेनापतिले पनि आजको घट्ना र लामा गुरुले भबिष्यबाणी गरेका कुरा मिल्दो जुल्दो भएको भनी सहमती जनाए।
त्यस्पछि त्यहाँ उपस्थित जनसमुहलाई सम्बोधन गर्दै महामन्त्रीले भने हाम्रो ठिनी क्याल्समा राजा नभको हुनाले राज्य ब्यबस्था लथालिङग भएको छ। हत्या, हिंशा, आतंक र अशान्ति फैलिएको छ। लामागुरुको भबिष्यबाणी अनुसार तीनआँखे महाप्रतापि राजाले मात्र 'अजिमो फजिमो' भन्ने मान्छ खाने भूतलाई मार्न सक्छ भनेको छ। मेरो अध्यानमा यो राजकुमार नोचन पनि तीनआँखे छ। महाप्रतापि र सुरबीर पनि देखिन्छ। हाम्रो देशमा राजा छैन। यो राजा भएर भूतप्रेतलाई मार्न सक्यो भने हाम्रो राज्य फेरि सम्पन्न र शान्ति हुन सक्छ भनेर भने। त्यहाँ उपस्थित जनसमुह सबैले हुन्छ हुन्छ भनि सर्मथन गरे।
त्यस्पछि महामन्त्रीले भने:

हे राजकुमार नोचन हाम्रो ठिनी क्याल्समा राजा छैन। राजा नभएको हुनाले हाम्रो राज्य ब्यबस्था लथािलंग भएको छ। हाम्रो राज्यमा राजा हुन तपाईलाई स्वागत् छ भनेर निबेदन गरे। नोचनले एकछिन चारै दिशातिर हेरे। त्यसपछि मन्त्रोचरण गरि त्यस् स्थानको राम्रो नराम्रो लक्षणको बिचार गर्यो। लक्षण बिचार गर्दा लक्षण राम्रो भएको देखेर नोचनले राजा हुने आसय प्रकट गरे। नोचनका आसय बुझे पछि महामन्त्रीले नोचनलाई पुजा गरी पगरि गुथाई ठिनी क्याल्सको राजा भएको घोषण गर्यो। त्यस्पछि नयाँ राजालाई ठिटाहरुले काँधमा बोकि नोचन राजा हुर्रे१ नोचन राजाको चिरायु होस्१ नोचन राजाले भूतप्रेत मार्न सफल होस्१ भन्दै फलक्दै दरबारमा लगेर राज्याभिषेक गर्यो। त्यस्पछि नयाँ राजाले राजसभा बोलाउन महामन्त्रलिाई आदेश गरे।

ठिनी क्याल्समा नोचन राजा भए पछि प्रथम पटक राजसभाको बैठक बस्यो। महामन्त्रीले ठिनी क्याल्सको बिगत र बर्तमानमा भइरहेका समस्याहरुको बारेमा राजालाई अबगत गरायो। साथै लामागुरुले गरेका भबिष्य बाणीको बारेमा पनि बताए। अब केही कुरा बाँकि छ कि भनेर राजाले महामन्त्रीतिर हेरेर भन्यो। एउटा काम बाँकि छ भनेर महामन्त्रीले भन्यो। के काम बाँकि छ भनेर राजाले सोधे। हाम्रो परम्परादेखि चलि आएको रितिरिवाज के छ भने राजगद्धिमा राजा मात्र बसेर हुदैन। रानी पनि हुनु पर्छ भनेर भने पछि अब के गर्ने त भनेर राजाले महामन्त्रीतिर फर्केर भन्यो। तपाई चिन्ता गर्नु पर्दैन भने पछि महामन्त्रीले राजसभाका सदस्यहरुलाई सम्बोभन गर्दै भने अब एक छिन पछि राजसभाका सदस्यहरुको उमेर पुगेका बिबाह नभएका छोरीहरु सबैलाई राजधारामा पठाई दिनु। त्यहाँ राजाले मन पराएका कन्यलाई रानी बनाइ ल्याउने छ भनेपछि राजसभा उठ्यो।

एकछिन पछि महामन्त्री र सेनापतिसंग राजा पनि राजधारामा पुगे। राजधारामा राजसभाका सदस्यहरुको कन्यहरु नुहाउन लागेका थिए। राजा नजिकै गएर ती सबै कन्यहरुको लक्षण बिचार गरे। तर कुनै पनि कन्यसंग पंचम लक्षण नपाए पछि राजा त्यसै फर्किए। राजा त्यसै फर्किए पछि कन्य मनपरान कि कसो भनेर महामन्त्रीले नरम स्वरमा सोध्यो। हाम्रो राज्यमा रानी हुने कन्यसंग पंचम लक्षण पनि हुन जरुरी छ भनेर राजाले भन्यो। त्यस्तो पंचम लक्षण भएको कन्य कहाँ हुन सक्छ त भनेर भन्दा सपुषती क्याल्सको दरबारको पण्डितको छोरी पाङ्ग्रेस्यो अर्थात पाङ्ग्रेस्यो भनेको निधरमा साना साना कालो दाग छिप्रेपाङ्ग्रे भएको संग मात्र पंचम लक्षण छ भने पछि महामन्त्रीले सेनापतिलाई बोलाएर तिमी आफनो सिकार खेल्ने दलबल लिएर सिकार खेल्ने बहानामा राजासंग सपुषती क्याल्स गएर पाङ्ग्रेस्योलाई रानी बनाएर ल्याउनु भन्ने आदेश दियो। सोही आदेश मुताबिक सेनापति आफना दलबल सहित राजासंग सपुषती क्याल्सा गएर पाङ्ग्रेस्यो पधेरामा एक्लै भएको बखत राजाले कुराकानी गरेपछि रानी बनाई ठिनी क्याल्स फर्किए।

राजा रानी दरबार फर्किए पछि त्रिकालदर्शी लामागुरुको अर्शिबाद लिन गुम्बामा गए। गुरुको अर्शिबाद लिनुका साथै लामागुरुलाई ठिनी क्याल्स राज्यको कुलगुरुको सम्मानित पदमा बसेर राज्य संचालनमा आबश्यक परामर्श दिन पनि निमन्त्रण दिए। गुरुले निमन्त्रण स्विकार गरेपछि भने। हे राजन यो कुलगुरु पद अत्यान्तै सम्मानित पद हो। तपाईको निमन्त्रणले म अत्यान्तै हर्षित पनि छु। अत्यान्तै गम्भिर पनि। किनभने जुन उद्देश्य लिएर तपाई यहाँ आउनु भएको छ त्यो उद्देश्य मैले पुर्ति गर्न सकेन भने म यो पदमा बस्नुको कुनै औचित्य छैन। अर्को कुरो राज्यलाई संकट परेको घडीमा यो पदले चुनौतीहरुको परवाह नगरि राज्यलाई संकटबाट मुक्ति दिन अत्यान्तै कठोर निर्णयहरु पनि गर्नु पर्ने अबस्था हुन सक्दछ। त्यस अबस्थामा राजा र कुलगुरुको बिच बैचारिक मतभेद हुन गयो भने त्यो मतभेदले राज्यमा भयंकार नराम्रो संकट निम्त्याउन सक्दछ। यस् सन्दर्भमा म एउटा कथाको रुपमा ठिनी क्याल्सको अतीतलाई स्पष्ट रुपमा बताउन चाहन्छु भनेर गुरुले भने।

पाँच बर्ष अगाडी ठिनी क्याल्समा खदो भन्ने शक्तिशाली राजा राज्य गर्दथ्यो। उनले मन्त्र तन्त्र जादु टुना र कुटज्ञानमा पारंगत भएका नमुद मिक्रे झाँकि्र गुरुलाई कुलगुरु पदमा नियुक्त गरेका थिए। शासन पद्धतीको सिलसिलमा कुलगुरु र राजाको बिचमा बैचारिक मतभेद भएको हुनाले राजाले शक्ति प्रयोग गरि कुलगुरुलाई पदच्युत गरिदिए। कुलगुरुले आफनो अपमान भएकोमा तिम्रो बंश नास होस भनि श्राप दिई हिमालय पर्बततिर ध्यान गर्न गए। राजाले गरेको अपमानको बदला लिन झाँकि्र गुरुले बीर मसानको साधना गरि 'अजिमो फजिमो' भन्ने मान्छे खाने भूतको रुप धारणा गरि अष्टमीको मध्यरातमा आई राजा रानीको हत्य गरि तृप्त हुने गरेको छ। यस् प्रकार ठिनी क्यल्समा पाँच बर्ष भित्र नौवटा राजा र सातवटी रानीको हत्य भैसकेको छ। तपाई दशौं राजा हो। तपाईले ती बीर मसानलाई मार्न सकेन भने अब आउने अष्टमीको रातमा तपाईको पनि मृत्यु निश्चित छ भनेर लामागुरुले भन्नु भयो।

संयोगले म ठिनी क्याल्सको राजा भए। अब मेरो दायित्व भनेको राज्यमा सामाजिक सुरक्ष एबं शुख शान्ति कयम गरि प्रगति र उन्नति गर्नु हो। तर यो बीर मसानलाई निर्मुल नगरि शान्ति सुरक्षाको काम संभाब छैन। त्यसैले कुलगुरुबाट यो समस्यको निर्मुल गर्ने उपाए बताई दिनु होस् भनेर राजाले निबेदन गरे।

हे राजन तिमी तीनआँख भएको सुरबीर एबं महाप्रतापि छौं। तिम्रो पराक्रममा कुनै शंका छैन। तर मिक्रे झाँकि्र मन्त्र तन्त्र, टुना मुना, कुटज्ञान, छलछाम र बीर मसानको साधना गर्न निपुन भैसकेका छन्। तथापी झाँकि्रको बीर मसानलाई निर्मुल गर्न महाकालको महायज्ञा गरेर काल मोचन गर्ने मोहिनी जाल प्राप्त गर्नु पर्छ। कुनै पनि बीर मशान त्यो माहिनी जालमा प्रबेश भैसके पछि कुनै पनि प्रेतात्मा त्यो माहिनी जालबाट मुक्त हुन सक्दैन। त्यसै बखत टिमुर र खुसा्रनीको धुप दिए पछि प्रेतात्माको शाक्ति क्षिन हुदै जान्छ। त्यसै अबस्थामा अग्निबाण चलाउनु पर्छ। अग्निबाणबाट बीर मसानको पे्रतात्माको अस्तित्व समाप्त भए पछि त्यहाँ मिक्रे झाँकि्र गुरुको मृत शरीर मात्र रहनेछ भनेर गुरुले बीर मसान मोचनको भेद खालिदिए र आबश्यक शक्तिको बारदान पनि दिए।

गुरुको परामर्श अनुसार अष्टमीको रातमा महाकालको महायज्ञा गरि यज्ञाबाट प्राप्त माहिनी जालमा बीर मसानलाई बशमा पारि अग्नि बाण चलाउने बेलामा राजा नोचनले भन्यो - हे मिक्रे झाँकि्र महागुरु तपाई मन्त्र तन्त्र जादु टुना र कुटज्ञानमा पारंगत भए तापनि तपाईको समपूर्ण कर्महरु मानब कल्याण र धर्म बिरुद्ध भएको हुनाले अब तपाईको अन्त्य निश्चित छ भनेर अग्नि बाण चलाए पछि 'अजिमो फजिमो' को रुपमा रहेको बीर मसानको अस्तित्व सदाकोलागि समाप्त भयो।

'अजिमो फजिमो' भन्ने मान्छे खाने भूत माथी बिजय भएको खुसियालीमा राज्यमा दिपावली गरि उत्सव मनाइयो। उत्सव मनाउदा दिवंगत भएका नौ राजाको नौवटा दुना र सात रानीहरुको संझनामा सातवटा दुनामा भोजन राखि पितृहरुको स्मरणमा पुजा गरि उत्सव मनाउने कार्य सम्पन्न भयो। यस प्रकारको उत्सव ठिनी राज्यमा प्रत्येक बर्ष असोज महिनाको शुक्लपक्षको सप्तमीदेखि पुर्णीमासम्म नियमित रुपमा मनाउने प्रचलन हुदै आयो। यो प्रचलन गुरुङ समुदयमा आजसम्म पनि जिबितै छन्।

२। खेमा पुजाको बिधिबिधानः
१। सप्तमीको दिनमा कोदो बारीबाट नोचनको संझना गरेर फुलपाती ल्याउने।
२। अष्टमीको राती पच्यु क्यब्रे वा लामाबाट ुअजिमो फजिमोु मार्ने भनेर कालरात्री पुजा गर्ने।
३। नवमीको राती खेकु माङिको नाउमा दुनाको थान बनाई चोखो भोजन राखी खेमा पुजा गर्ने। दाहिने
पट्टीको दुनामा दुईवटा असला माछा अनिवार्य राख्नु पर्ने।
४। दशमीको दिनमा आफु भन्दा बुढापाकाहरुको हातबाट सेतो टिका गहण गरि आर्शिबाद लिने।
५। घरबार भइसकेका चेलीबेटीहरुलाई आफनो औकात अनुसार सगुन बनाई भाग पुराउने।

३। खेमा पुजा कसरी गर्नेः
खेमा पुजा गर्ने अष्टमीको रातमा एकान्त हुनु पर्छ। घरमा बिरालो भए डोकोले छोप्नु पर्छ।
१। सब भन्दा पहिले घरको एउटा कुनामा लिपपोत गर्नु।
२। त्येस् माथी केराको पात ओछ्याउनु।
३। सब भन्दा दाहिनेतिर कुल देउताको नाउमा एउटा दुना राख्नु।
४। केराको पात माथी नौ पितृको नाँउमा नौवटा दुना राख्नु।
५। त्येसको ठिक पछि सात मातृको नाँउमा सातवटा दुना राख्नु।
६। सब भन्दा बाया पट्टी अतिथि देबो भब भनेर दुईवटा दुना राख्नु।
७। कुल देउताको दुनाबाट चोखो भात पानी राख्दै आएर अतिथिको दुनामा सकाउनु।
८। सब भन्दा दाहिने पट्टीको मातृ पितृको दुनामा एक एकवटा असला माछा राख्नु।
९। दैलोनिर स्युरी धुप हाल्नु।
१०। कुल देउताको दाहिने पट्टी एउटा ध्युको दियो बाल्नु।

अब खेमा पुजाको थान तयार भयो। सब भन्दा पहिले खे र माको नाउमा दुइ पटक ढोग गर्नु। ढोग गरिसके पछि आज २०६८ सालको खेमा पुजा लमजुङ बाग्लुङपानी गा। बि। स। वडा नं ५ नजरे गाँउ निवासी म धिर बहादुर गुरुङले मातृ पितृहरुको नाँउमा पिण्डा पुजा गरेको छ। मातृ पितृहरु जुनसुकै स्थान र अबस्थामा भए तपनि पिण्डा पुजामा आउनु होला भनेर आफनो खलकको दौथर निकालेर पढदै जाने। यसरी पढदै जाँदा मालु खे अप्रुछे… धनबीर खे अप्रुछे… काली मा अप्रुछे… भन्दै पढ्दै पुच्छारमा पुगे पछि एक पटक धुप हल्ने। धुप हालीसके पछि पुनः पुच्छारबाट पढ्दै माथी आउने। सबभन्दा सिरानको नाम पढेर दौथरको बिर्को हाल्ने। बिर्को हालीसके पछि तपाई मातृ पितृहरु खानपान गरि सकेपछि आ-आफनो स्थानमा फर्किनु होला। अर्को पटक फेरि बोलाउने छु भनेर धुप हाले पछि खेमा पुजाको बिधिबिधान समाप्त भएको मानिन्छ।

४। खेमा पुजामा असला माछा किन राख्ने
गुरुङहरुको खेमा अर्थात पितृ पुजा गर्दा असला माछा किन राख्नु पर्छ भन्ने बिषयमा एउटा कथाको सान्दर्भ यस् प्रकार उठान भएको छ। हिजो ख्होल सों थारमा हाम्रो एउटा परिवारको बाबा आमा खेतमा काम गर्न गएको थियो। घर पर्किने बेलामा एउटा खोला तरेर आउनु पर्ने थियो। त्यो दिन दिनभर झरी परॆर खोलानाला बढिरहेको थियो। साँझ खोल तर्ने बेलामा अचानक बाढी आएर आमा बाबा दुबैलाई बाढीले बगाएर लग्यो। राती अबेरसम्म पनि बाबा आमा घर नफर्किए पछि केटाकेटीहरु चिन्तित भए। खेतबाट बाबा आमा नफर्किएको खबर गाँउको भलादमिलाई जनाउ दिए पछि गाँउ सबै उठेर खोज्न गए। खोज्ने मानिसहरुले ती बाबा आमा दुबैको कपडाको चिनो खोलाको छेउमा पाए पछि बाबा आमा दुबै खोलाले बगाएर लगेको बिश्वास भयो। खोलाले बगाए पछि सिनु पनि माछाले खाईसकेको होला भन्ठानेर त्यही खोलाबाट आमा र बाबाको संझनामा दुइवटा असला माछा समातेर लगि पए अर्थात अर्घो गरेको हुनाले त्यही परम्पराबाट पितृ पुजा गर्दा दुइवटा असला माछा राख्ने प्रचलन चली आएको भन्न्ने श्रुती परम्परा रही आएको छ।

५। खेमा पुजाको सकारात्मक पक्षः
१। मातृ पितृहरुको संझनामा पिण्डा अर्पण गर्न पाइने।
२। आफु भन्दा मान्यजनहरुबाट टिका ग्रहण गरि अर्शिबाद प्राप्त गर्न पाइने।
३। परिवारजन र इष्टमित्रहरु भेटघाट हुने।
४। मनपेट नमिलेका परिवारहरु बिच पनि संगै खानपान गरे पछि मनपेट मिल्ने।
५। परिवारहरु बिच सामुहिक भेटघाट र रमाइलो कार्यक्रम गरेर मनोराजन गर्न पाइने।

६। सारंशः
गुरुङहरुको आदिम राजधानी ख्होल सों थर छत्रभंग भए पछि गुरुङहरु ख्होलदेखि दक्षिणी भेगमा बसाइ सराइ गर्दै आए। तल तल झर्दै आए पछि गुरुङहरुको अलिखित संस्कृति र संस्कारहरु ब्रह्मानबादको हिन्दु संस्कारले अतिक्रमण गर्यो। फलस्वरुप गुरुङहरु आफनो संस्कृति र संस्कारहरु जोगाउन बिबश भए। तर अब हामी अत्तिनु पर्दैन। हामी स्वतन्त्र छौं। स्वतन्त्र परिबेशमा रहेर हामीहरुले हाम्रो संस्कति र संस्कार जोगाउने फलाउने फुलाउने कार्य गर्नका लागि मलजाल गर्न आबश्यक छ। यो पर्ब ठिनी क्याल्सबाट सनातन चल्दै आएको राष्टिय पर्ब हो। यो पर्बको ब्यापक प्रचार प्रसार गर्न सम्पूर्ण गुरुङहरुले आ-आफनो क्षेत्रबाट योगदान गर्न सकेमा बास्तबिक अर्थमा हाम्रा मातृ पितृ प्रति श्रदा र श्रद्धान्जली अपर्ण गरेको ठहर हुने छ।

-Dhirbahadur (DB) Gurung in New York

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.