Inside

All Time Top 50 News

न्यू योर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Lab K. Budhamagar   
Saturday, 28 February 2009 21:02
Article Index
न्यू योर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए
More photos of Gyalsumdo Lhosar 2009
All Pages

Exclusive: 35 photos: न्यू योर्क- ग्याल्सुम्दो सेवा संस्था यूएसएले न्यू योर्क क्वीन्स स्थित ढाका क्लव रेष्टरेन्टमा एक मनोरन्जनात्मक विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी लोसार नयाँ वर्ष मनायो ।


 

Traditional Gyalsumdo dance performed in New York. Photos courtesy: Lab K.

औपचारिक कार्यक्रमको शुरुवात संस्थाका कोषाध्यक्ष पेम्वा लामा र वोर्ड सदस्य चुन्ती शेर्पाले अतिथीहरुलाई खादा लगाइदिएर र ग्याल्सुम्दोवासीहरु आफ्नो परम्परागत भेषभुसामा आफ्नै मातृभाषामा गेटबाट स्टेजतिर गाँउदै नाच्दै परम्परागत ढंगबाट भएको थियो। साँस्कृतिक कार्यक्रमको शुरुवात नेपालको राष्ट्रिय गीतबाट भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा संयक्त राष्ट्र्संघकालागि नेपालका स्थायी प्रतिनिधि महामहिम मधुरमण आचार्य, श्रीमति डा. गीता आचार्य र अन्य विशिष्ट अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासँघ अमेरिका फिप्ना का अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, महासचिव अर्जुन गुरुड०, फिप्ना न्यू योर्क च्याप्टरका अध्यक्ष सुवास लामा, तमु समाज न्यू योर्कका अध्यक्ष टीकाराम गुरुड०, तामाड० समाज अमेरिकाका अध्यक्ष इन्द्र बहादर तामाड०, यनाइटेड किराँत राई अर्गनिजेसन न्यू योर्क च्याप्टरका अध्यक्ष प्रभाकर राई, लाड०्घाली परिवार यूएसए का दोस्रा अध्यक्ष राजेश थापा मगर, थकाली सेवा समितिका अध्यक्ष नविन शेरचन, यल्मो समाज यूएसए अध्यक्ष डेल यल्मो उपस्थित हनहन्थ्यो ।


Dr. Dhagyalpo Punel, President of Gyalsumdo Sewa Sanstha USA. Photos: Lab K. Budhamagar

सोनु गुरुड० र याड०जीनले प्रस्तुत गरको 'क्या राम्रो स्याउवारी मार्फा गाँउमै', दिलिसा श्रेष्ठको माइतीघर मोडेल तथा नायीका सुमन पौडेलको 'रोधीघरमा नाच्न मनलाग्यो', ग्याल्सुम्दोलीहरुको महिला परुषको स्थानिय सामहिक नृत्य, धर्मवीर लामाको जादगर शो, रमेश गुरुड० र कोपीला गुरुड०को 'यो मायाको जातै नहने', रामबहादर लामा लोखर्केको हेलम्वुको वजारमा, केशवराम राई र उनको समुहको साकेला, धर्मवीर लामा र जुनु घलेको गुरुड० भाषाको गीतमा गरेको मनमोहक नृत्यले र तिलक श्रेष्ठ, रामकुमार िसंह, समृदी राई, यसोधा खालिड०, पाल्देन ओसर, राजेश थापा मगर र अन्ना स्टिरका गीतहरुले दर्शकहरुलाई न्यू योर्कको व्यस्त जीवनशैलीबाट क्षणिक भरकोलागि भए पनि नेपालका गाँउवस्तीहरुमा पुर्याएको आभास स्पष्टैरुपमा दिलाउथ्यो ।


Photos: Lab K. Budhamagar

राजेश थापा मगर र अन्ना स्टिर वीच भएको दोहोरीमा सवैले साथ दिएका थिए भने अन्ना स्टिरले महामहिम मधुरमण आचार्यलाई च्यालेन्ज गरेपछि उहाँपनि आफ्नो सिटबाट उठेर मजाले दोहोरी गाँउन थालेपछि उपस्थित सवै दर्शकबृन्दहरुलाई अझ बढी रोमान्चीत बनाएको थियो ।

औपचाचिरक कार्यक्रम टेम्वा नोर्वु लामाले र साँस्कृतिक कार्यक्रम राजेश थापा मगरले संचालन गर्नु भएको थियो भने सभापतित्व संस्थाका अध्यक्ष दावा ग्याल्मो पुनेलले गर्नु भएको थियो ।


Singers Anna Stir and Rajesh Thapa Magar. Photos: Lab K. Budhamagar

स्मरणीय रहोस, ग्याल्सुम्दो मनाड० जिल्लाको ताल डाँडा र तलेखु गाँउको वीचमा स्थायी रुपमा बसोवास गर्ने समुदाय हो । यसै ठाँउबाट विभिन्न पेसा, व्यापार र कामको सिलसिलामा अमेरिकामा बसोवास गदै आएका ग्याल्सुम्दोवासीहरुले आफ्नो मातृभाषा, संस्कृति र परम्पराको संरक्ष र संर्वद्दन गर्ने उदेश्यका साथ सन् २००४ मा न्यू योर्कमा ग्याल्सुम्दो सेवा संस्था यूएसए स्थापना गरेका थिए ।



ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) आफ्नो परिवारको प्रमुख व्यक्ती वा समुदायका जेष्ठ नागरिकबाट आर्शिवाद लिएर र साथी भाइ, आफन्तहरु वीच शुभकामनाको आदान प्रदान गरेर मनाउँने गर्दछन् । यस समुदायको लोसार तिवेतन क्यालेन्डरमा आधारित छ जुन यस वर्ष फ्रवअरीको २५ तारिकमा परेको थियो । त्यसै दिन ज्याक्सनहाइटस् स्थित हिमालयन याक रेष्टरेन्टमा साम्तक लामा जो यस समुदायका सवैभन्दा जेष्ठ नागरिक हन्, बाट सम्पूर्ण ग्याल्सुम्दोका सदस्यहरुले आर्शिवाद र शुभकामना लिएर मनाएका थिए । त्यही खुशियाली अन्य समुदायका सदस्यहरु संग पनि बाँडनकालागि यो मनोरन्जनात्मक संास्कृतिक कार्यक्रमको आयोजना ढाका क्लवमा गरिएको थियो । दर्शकले खचाखच भरिएको हलमा कार्यक्रम ९ बजे शुरु भएर २ बजेसम्म चलेको थियो ।

-Lab K. Budgamagar in New York





Ambassador Madhuraman Acharya. Photos: Lab K. Budhamagar


Singer Yashoda Khaling Rai. Photos: Lab K. Budhamagar




Singer Tilak Shrestha. Photos: Lab K. Budhamagar




Photos: Lab K. Budhamagar




Dr. Gita Acharya receiving khada.


Temba Norbu Lama welcoming the guests. Photos: Lab K. Budhamagar



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.