Inside

All Time Top 50 News

न्यू योर्कमा ग्याल्सुम्दो सेवा संस्थाद्वारा कार्यालय स्थापना, नेपालमा बिद्यालयकोलागि १८ लाख सहयोग प्रदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 22 September 2012 19:24

Special: 3 photos: न्यू योर्क- ग्याल्सुम्दो सेवा संस्था अमेरिकाद्वारा न्यू योर्क शहरको कुइन्स ज्याक्सन हाइट्सस्थित ४०-०८, ७६ स्ट्रिट, इल्म्हर्स्ट, न्यू योर्क ११३७७ मा संस्थाको कार्यालय स्थापना गरेको छ। साथै नेपालको मनाङ् जिल्लाको थोंछे गाउँमा स्थापित श्री प्रकाश ज्योति उच्च माबिले ५० बर्ष पुरा गरेको अबसरमा १८ लाख ८१ हजार ९६० रुपैयाँ संकलन गरी अनुदान गरेको छ।


 

Gyalsumdo Sewa Sanstha (GSS) USA opened its office in New York on September 16, 2012. Photos courtesy: GSS

संस्थाले उक्त बिद्यालयको स्वर्ण जयन्तीको अबसर पारेर अमेरिकामा सङ्कलन गरिएको रकमबाट एक अक्षयकोश स्थापना गरी त्यसबाट आउने ब्याजबाट गरीब र जेहेन्दार विद्यार्थीहरुलाई छात्रब्रित्ती प्रदान गरिने संस्थाकाका अध्यक्ष डा. धाग्याल्पो पुनेलले युएस नेपाल अनलाइनलाई जानकारी गराएकाछन्। उनकाअनुसार १ लाखभन्दा बढी अनुदान गर्नेको नाममा छुट्टै अक्षयकोश स्थापना गरिने छ।

Gyalsumdo Sewa Sanstha (GSS) USA president Dr. Dhyagyalpo Punel speaking at the opening ceremony of its office in New York on September 16, 2012. Photos courtesy: GSS

संस्थाले सन् २००७ देखि मनाङ् जिल्लाबाट एसएलसि परिक्षामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीलाई नगद क्रमश: ३००, २०० र १०० डलर रकदर पत्र प्रदान गर्दै आएको छ भने बिसं २०६९ को एसएलसि परिक्षामा मनाङ जिल्लाबाट उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरु क्रमश: प्रथम: सुप्रिया गुरुङ (७४.२५ %), टासी कर्साङ् लामा (७२.५ %) र तेश्रो हुने मेलिना श्रेष्ठ (७१.५%) लाई नगद र कदर पत्र प्रदान गर्न नेपालमा चाँजो मिलाइएको छ।



यता सेप्टेम्बर १६ तारिख स्थापित संस्थाको कार्यालय (समाज घर) सन्चालन गर्न हेरेक सदस्यहरुबाट महिनाको ५ दलर लेबीस्वरुप उठाउने निर्णय संस्थाले गरेको छ। उक्त कार्यालयको स्थापनापछि संस्थाको बिबिध सामाजिक कार्य गर्न सजिलो हुने छ। उक्त समाज घरमा ग्याल्सुम्दो संस्क्रितीमा आधारित गीत, न्रित्यको तालिम सन्चालन गरी नयाँ पुस्तालाई आफ्नो संस्क्रिती सिकाउने संस्थाले योजना बनाएको छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://usnepalonline.com/gyalsumdo/

-न्यू योर्कमा ग्याल्सुम्दो समाजद्वारा २१३९ औं ल्होसार भब्यतापूर्बक सम्पन्न

-न्यू योर्कमा ग्याल्सुम्दो सेवा संस्था युएसएमा पुन: डा. ध्यागाल्पो (दावा) पुनेल निर्बाचित

-न्यू योर्कमा ग्याल्सुम्दो समाजको २१३८ औं ल्होसार सम्पन्न

-न्यू योर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.