Inside

All Time Top 50 News

न्यू योर्कमा "हेभन्ली पाथ युएसए" द्वारा नेपाली अनाथ बालबालिकाहरुको सहयोगार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 17 December 2012 17:49

Special; 15 photos; न्यू योर्क- नेपाली धर्म गुरु सुप्रिम मास्टर गड एन्जेलका अनुयायीहरुको संस्था "हेभन्ली पाथ युएसए" द्वारा नेपाली अनाथ बालबालिकाहरुको सहयोगार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।


 

Heavenly Path USA organized cultural program in New York to fundraise for orphanage home in Nepal run by Heavenly Path Nepal on December 16, 2012. Photos: eEyeCam.com

डिसेम्बर १६ तारिख न्यू योर्कको चियान फेडेरेसन हलमा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा संस्थाकि प्रेसिडेन्ट सुकु राई र बोस्टन शहरबाट आएका सेमिङ गुरु सिरी राईले हेभन्ली पाथ अर्थात स्वर्गिक मार्ग संस्थाको उद्देश्य र कार्यक्रमबारे प्रकाश पारेका थिए।

Heavenly Path USA president Suku Rai speaking at its cultural program in New York.

"हेभन्ली पाथ नेपाल" ले काठमाडौंमा "लबिङ होम" नामक अनाथालय सन्चालन गर्दै आएको छ भने तनहुँ जिल्लाको दमौलीमा उक्त अनाथालयको भवन निर्माण गरिदैछ।

Heavenly Path USA performing bhajan at its cultural program in New York to fundraise for orphanage home in Nepal run by Heavenly Path Nepal on December 16, 2012. Photos: eEyeCam.com

कार्यक्रममा संस्थाकि ममता तामाङ भट्टराईले स्वागत मन्तब्य राखेकी थिइन् भने सन्चालन तिलक श्रेष्ठले गरेका थिए।

सामूहिक भजनबाट शुरु गरिएको उक्त साँस्कृतिक कार्यक्रममा संजोक लामा, दीपा थापा, तिलक श्रेष्ठ, यशोदा खालिङ राई, राजु खड्का, मिना राई लगायतले भजन प्रस्तुत गरेका थिए भने यशोदा खालिङ राई, जारा रित प्रसाई, निम्निमा राई, नित्य भट्टराई, लीला राई, मिनु राई, आरती राईलगायतका कलाकारहरुले न्रित्य प्रस्तुत गरेका थिए।

के हो हेवन्ली पाथ? को हुन् सुप्रिम मास्टर गड एन्जेल (गुरु हजुर)?

हेवन्ली पाथका प्रबर्तक सुप्रिम मास्टर गड एन्जेललाई त्यसका उपासक एन्जेलहरुले माया र सम्मान गरेर "गुरु हजुर" भनी सम्बोधन गर्दछन्।

Guru Hajur aka Supreme Master God Angel in deep meditation prior to his discourse on miseries and lovism in New York on June 16, 2012. Photos: eEyeCam.com

हेवन्ली पाथकाबारे आफ्नो "अमरवाणी" पुस्तकमा गुरु हजुरले लेखेकाछन्- "हेवन्ली पाथ धर्म होइन तर सबै धर्मको सार हो। हेवन्ली पाथको मुख्य उद्धेश्य आत्माको उद्धार हो। धर्महरु बिचको शत्रुतापूर्ण सम्बन्धमा सेतु (पुल) को काम हेवन्ली पाथले गर्दछ।"

आत्मा (Soul), इश्वर (God) प्रेम (Love) र विश्व शान्तीकालागि प्रेमबाद (Lovism) हेवन्ली पाथको मुल उद्देश्य भएको पनि गुरु हजुरले बताए। उपचार पद्दति "आ-म-स" (आत्मा+मन+शरिर) (Aamasha Healing) हेवन्ली पाथको अर्को पाटो हो, जुन रोगीहरु बिच निक्कै प्रभावकारी र लोकप्रिय बन्दै गएकोछ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-न्यू योर्कमा गुरु हजुरको सन्देश: "खुशी भएर बाँच्नकोलागि प्रेमिलो आँखाले हेर्नुहोस्, समस्यालाई मित्र बनाउनुहोस्"

-न्यू योर्कमा गुरु हजुरद्वारा प्रबचन र आमस उपचार सेवा सम्पन्न

-न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो

Seming Guru Siri Rai. Photos: eEyeCam.com




Mamta Tamang Bhattrai. Photos: eEyeCam.com

Zara Reeta Prasai. Photos: eEyeCam.com



Sanjok Yonjan Lama. Photos: eEyeCam.com

Yashoda Khaling Rai. Photos: eEyeCam.com


Raju Khadka.

Tilak Shrestha. Photos: eEyeCam.com







Nitya Bhattarai. Photos: eEyeCam.com

Read our exclusive reporting on:

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.