Inside

All Time Top 50 News

न्यू योर्कमा ह्योल्मो आमा याङ्ग्री किदुकद्वारा २१४० औं ह्योल्मो सोनाम ल्होसार सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 17 February 2013 15:15

Special: 24 photos: न्यू योर्क- ह्योल्मो आमा याङ्ग्री किदुक अमेरिकाको आयोजनामा २१४० औं ह्योल्मो सोनाम ल्होसार मनाइएको छ।


 

The 2140th Hyolmo Sonam Lhosar celebrated by Hyolmo Ama Yangri Kyidug USA in New York on Feb 16, 2013. Photos: eEyeCam.com

फेब्रुवरी १६ तारिख शनिबार न्यू योर्क शहरमा उक्त सोनाम ल्होसार मनाइएको हो।

उक्त सभामा प्रमुख अतिथीकोरुपमा संयुक्त राष्ट्र संघकालागि नेपाली स्थायी नियोगकी कार्यबाहक स्थायी प्रतिनिधि सेवा लम्साल अधिकारी उपस्थित थिईन्।

बेलुकी प्रमुख अतिथी अधिकारी आइपुग्नु अगावै दिनभर ह्योल्मो पुरुष र महिलाहरुले सभा हल वरीपरी घुम्दै ह्योल्मो स्याब्रुङ नाँचेर रमाइलो मनाएका थिए। ह्योल्मो महिलाहरु छ्युबा (बक्खु), छुरु (माला), भुरु सुर्की (खाकी), स्याहामामा सजिएका थिए भने ह्योल्मो पुरुषहरु उनबाट बनेको फुङ्स्यु, ढाका टोपी र दौरा सुरुवालमा सजिएका थिए।

Chief Guest Charge d' Affairs Sewa Lamsal Adhikari speaking at the event. Photos: eEyeCam.com

Holmo Society of America president Kabita Sherpa Hyolmo (left) with Chief Guest Charge d' Affairs Sewa Lamsal Adhikari (right) & Hyolmo Ama Yangri Kyidug president Dawa Lhoba Sherpa Hyolmo. Photos: eEyeCam.com

उक्त ल्होसार मनाउन ह्योल्मो सोसाइटी अफ अमेरिकाकि अध्यक्ष कविता शेर्पा ह्योल्मो उपस्थित थिईन्।

उक्त ल्होसार कार्यक्रममा किदुगका अध्यक्ष दावा ल्होबा ह्योल्मोले सोनाम ल्होसार र ह्योल्मो सँस्क्रितीबारे प्रकाश पार्दै पाहुनाहरुको स्वागत गरेका थिए।

Hyolmo Ama Yangri Kyidug president Dawa Lhoba Sherpa Hyolmo speaking at the 2140th Hyolmo Sonam Lhosar in New York. Photos: eEyeCam.com

समारोहमा प्रमुख अतिथी अधिकारी, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का कार्यबाहक अध्यक्ष बिनोद पोमो र ल्हाक्पा छिरिङ्ग (क्रिश लिम्बर्ग) ले शुभ-कामना मतब्य ब्यक्त गरेका थिए।

पाहुनाहरुलाई ह्योल्मो भावर रोटी, खाप्सो रोटी, फल फूल र छ्याङको सट्टा बियर र हुस्की खुवाइएको थियो।

Hyolmo youths performing Hyolmo Shyabrung dance at the 2140th Hyolmo Sonam Lhosar in New York. Photos: eEyeCam.com

नायिका मीरा गुरुङ, कामी लामालगायत ह्योल्मो कलाकारहरुले न्रित्य र गीतहरु प्रस्तुत गरेका थिए।

Hyolmo elder (meme) Kunsang Hyolmo honoring artists. Photos: eEyeCam.com

समारोहको अन्तमा ह्योल्मो समाजका अगुवा मेमे कुन्साङ् ह्योल्मोले कलाकारहरुलाई प्रसंशापत्रद्वारा सम्मान गरेका थिए।

उता उक्त ल्होसार कार्यक्रममा गत बर्ष सन् २०१२ को डिसेम्बर २७ तारिख दिबंगत भएका धर्म गुरु दुङ्से ठिन्ले नोर्बु रिम्पोछेको आत्माको चीर शान्तीको कामना गर्दै पूजा आराधाना गरिएको थियो।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो


-Pradeep Thapa Magar in New York.
Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-न्यू योर्कमा ह्योल्मो आमा याङ्ग्री किदूगद्वारा दुङ्से थिन्ले नोर्बु रिम्पोछेको स्‍मृतिमा पूजा सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २१३९ औं सोनाम ल्होसार सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २५५५ औं बुद्ध जयन्ती पूजा सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसारको अर्को एक रौनक (2011)

-न्यू योर्कमा २१३८ औं ह्योल्मो सोनाम ल्होसार सम्पन्न (2011)

-न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो (2010)

-न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन (2009)


















FIPNA VP Binod Pomo











Actress Meera Gurung.





Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.