Inside

All Time Top 50 News

न्यू योर्कमा ह्योल्मो सोसाईटी अफ अमेरिकाद्वारा २५५७ औं बुद्ध जयन्ती सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Hyolmo Society of America   
Sunday, 26 May 2013 23:51

Special: 6 photos: न्यू योर्क- ह्योल्मो सोसाईटी अफ अमेरिकाद्वारा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म, बोधिज्ञान लाभ एवं महापरिनिर्वाणको पुनित अबसरमा २५५७ औं बुद्ध जयन्ती भब्यताकासाथ सम्पन्न गरेको छ ।

Hyolmo Society of America hosted Buddha Jayanti Puja in New York on May 25, 2013. Photo: eEyeCam.com

मेई २५ तारिख शनिबार न्यू योर्कको ज्याक्सन हाईट्सस्थित नोर्लिङ रेस्टुरेन्टमा आयोजना गरिएको सो कार्यक्रममा धर्मगुरुहरु बर्ढोक क्षुसाङ रिन्पोक्षे, क्षुसाङ रिन्पोक्षे र अन्य ह्योल्मो लामा गुरुहरुद्वारा विविध पुजापाठ एवं धार्मिक कार्यक्रमहरु सम्पन्न गरिएको थियो ।

Hyolmo Society of America hosted Buddha Jayanti Puja in New York on May 25, 2013. Photo: Temba Dongba Hyolmo

धर्म गुरु बर्ढोक क्षुसाङ रिन्पोक्षेबाट उपस्थित सम्पूर्ण महानुभावहरुलाई दीर्घायू अभिषेख पनि प्रदान गरेका थिए । बुद्ध जयन्तीकै अवशरमा अर्का धर्मगुरु क्षुसाङ रिन्पोक्षेबाट बुद्ध जयन्तीको महत्व, बौद्ध धर्म, दर्शन सम्बन्धी प्रवचन दिएका थिए।

Hyolmo Society of America hosted Buddha Jayanti Puja in New York on May 25, 2013. Photo: eEyeCam.com

बुद्ध जयन्तीको शुभ अवशरमा ह्योल्मो सोसाईटी अफ अमेरिकाका नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई नेपाल ह्योल्मो समाज सेवा संघका संस्थापक अध्यक्ष कान्छा लामा ह्योल्मोले सपथ ग्रहण पनि गराउनुभएको थियो ।

The devotees at Buddha Jayanti Puja in New York on May 25, 2013. Photo: eEyeCam.com

सोसाईटीको मार्च ३१, सन् २०१३ को दिन न्यू योर्कमा सम्पन्न अधिवेशनले तेम्बा दोङबा ह्योल्मो (सेर्माथाङ) को अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको गठन गरिएको थियो ।

सोसाईटीको अन्य पदाधिकारीहरुमा तेन्जेन ढक्पा ह्योल्मो (देचेनथाङ) प्रथम उपाध्यक्ष, पेमा लामा ह्योल्मो (ताक्पखर्का) द्वतिय उपाध्यक्ष, सोनम शेर्पा ह्योल्मो (लिखर्का) महासचिब, किन्जो ल्होबा ह्योल्मो (गाङग्युल) सचिब, दावा शेर्पा ह्योल्मो (गङखर्का) कोषध्यक्ष, श्रीमती लिला लमिनी (पूणिमा) ह्योल्मो (नागी) सह कोशाध्यक्ष र कार्यसमिति सदस्यहरुमा झिमी लामा ह्योल्मो (डम्राङ), ग्याल्बो ह्योल्मो (स्युङगेन्चे), पासाङ दिण्डुप शेर्पा ह्योल्मो (घ्याङ), सुम्जो लामा ह्योल्मो (मिलिम्छिम), ल्हाटुल लामा ह्योल्मो (नाकोते), पल्साङ दोर्जे ह्योल्मो (दोजुम), जाङबु लामा ह्योल्मो (तिम्बु) र कान्छीमाया लामा ह्योल्मो (गोवागाङ) रहेका छन् ।

The newly elected executive members of Hyolmo Society of America in New York on March 31, 2013. Photo courtesy: Tashi D. Hyolmo fb profile

यसैबिच, सोसाइटीले ह्योल्मो सामाज सेवा केन्द्र, काठमाडौका भू पू अध्यक्ष केसाङ लामा ह्योल्मोलाई आदिबासी ह्योल्मो जातिको उत्थान एवं ह्योल्मो समाज सेवा केन्द्रको विकासकोलागि तीन कार्यसमितिमा अध्यक्षको पदभार सम्हाली योगदान पुर्‍याएकोमा सोसाईटीले सम्मान गरिएको थियो ।

The devotees at Buddha Jayanti Puja in New York on May 25, 2013. Photo: Temba Dongba Hyolmo

सोसाईटीका अध्यक्ष तेम्बा दोङबा ह्योल्मोले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न तवरबाट सहयोग गर्नु हुने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमको अन्तमा साँस्कृतिक ह्योल्मो स्ह्याब्रु तथा विविध मनोरञ्जन कार्यक्रमहरुकोसाथ सम्पन्न भएको थियो ।

-Hyolmo Society of America

Read related news of Hyolmo:

-http://usnepalonline.com/hyolmo/

-न्यू योर्कमा ह्योल्मो सोसाईटी अफ अमेरिकाको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न (२०१३)

-न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २१४० औं सोनाम ल्होसार २०१३ सम्पन्न

-न्यू योर्कमा ह्योल्मो आमा याङ्ग्री किदुकद्वारा २१४० औं ह्योल्मो सोनाम ल्होसार सम्पन्न

-न्यू योर्कमा ह्योल्मोहरुद्वारा विश्व शान्तीको निम्ती थ्रोमा पूजा सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २१३९ औं सोनाम ल्होसार सम्पन्न

-न्यू योर्कमा ह्योल्मो आमा याङ्ग्री किदूगद्वारा दुङ्से थिन्ले नोर्बु रिम्पोछेको स्‍मृतिमा पूजा सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २५५५ औं बुद्ध जयन्ती पूजा सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाईटी अफ अमेरिकाको सत प्रतिसत महिला नेत्रित्व रहेको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न (२०११)

-न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसारको अर्को एक रौनक

-न्यू योर्कमा २१३८ औं ह्योल्मो सोनाम ल्होसार सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो

-न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.