Inside

All Time Top 50 News

'म जहाँ भएपनि जहाँ गएपनि, नेपाली हूँ, म 'गैरनेपाली' (एनआरएन) हुन सक्दिन' -छेवाङ शेर्पालामा, अन्तरिम अध्यक्ष, एएनए PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Tsewang Sherpalama, Interim President, ANA   
Wednesday, 21 May 2014 16:06

Exclusive: 4 photos: न्यू योर्क- नेपालले मलाई जन्मायो, हुर्कायो र मेरो चिनारी पनि नेपालले नै दियो- पहिलो चिनारी 'नेपाली' र दोश्रो चिनारी 'शेर्पा' भनेर । मेरो शरीर नेपालको माटोले, मेरो आत्म नेपालको हावाले र मेरो रगत नेपालको पानीले बनेको छ। अनि, म आफुलाई किन भनु 'गैरनेपाली' यानेकी 'एनआरएन' ? म नेपाली हुनमा शौभाग्यशाली ठान्द छु । अहँ, म त नेपालीबाहेक अरु कुनै हुनै चाहँदिन यो जन्ममा । म 'गैरनेपाली' (एनआरएन) हैन, म नेपाली हूँ, शेर्पा हूँ । मैले अन्य कुनै मुलुकको नागरिक हुनै चाहिन, म नेपालको नागरिक मात्र भएर बाँच्न चाहन्छु- यो जन्ममा । त्यसैले म जहाँ भएपनि जहाँ गएपनि नेपाली हूँ ।

I am a Nepali, Not NRN (Non-Resident Nepali): Tsewang Sherpa, Interim president, The Association of Nepalis in the Americas (ANA). Photos by Pratha Magar for USNepalOnline

मलाई नेपाली हुनमा तेति नै गर्व छ, जति गर्व गुरु दलाइ लामालाई तिब्बेतियन हुनुमा छ, जति गर्व गान्धीजिलाई इन्डियन हुनुमा थियो, मण्डेलालाई अफ्रिकन हुनुमा थियो, चर्चिललाई ब्रिटिश हुनुमा थियो र केनेडीलाई अमेरिकन हुनुमा थियो ।

सन् १९८२ मा मातृभूमि फर्किनेक्रममा अमेरिका घुम्न आईयो । १९८३ मा अमेरिकन Permanent Resident Card अथवा 'ग्रिन कार्ड' (Green Card) पनि मिल्यो- त्यो पनि नेपाली-शेर्पा भएकै आधारमा । त्यसपछि १९८७ मा अमेरिकन नागरिक हुने अवसरको ढोका पनि खुल्यो । त्यो अबसरसंगै अमेरिकन सिटिजन भए फाइदा हुन्छ, अमेरिकाबाट खेदिदैन, मत दिन सकिन्छ, अमेरिकन रास्ट्रिय उच्च-सरकारी जागिर पाइन्छ, परिवार, नाता-कुटुम्ब अमेरिका झिकाउन पाइन्छ आदि इत्यादि थुप्रै लोभ लाग्ने कुराहरु सुझाब र सल्लाह पनि आयो- कानुनविद, सुभचिन्तक र परिवारका सदस्यहरुबाट तर आफ़ुलाई भने अमेरिकन त के, इन्द्र्लोकको नागरिक हुने पनि कहिल्यै चाहना भएन । आवश्यकता पनि देखिएन र आजसम्म भएको पनि छुईन । मलाई नेपालले सबै सहुलियत र अधिकार दिएको छ जुन आमनेपाली हुँदा पाईन्छ । अमेरिकाले पनि आफ्नो योग्यत्ताअनुसारको अवसर दिएकै छ, प्रकियगत बिधी पुर्‍याएर परिवार पनि झिकाएकै छु । मुलुकको कानुन तोड्ने तथा अन्य अपराधी क्रियकलाप नगरेपछि देश निकालामा पनि परेको छुईन । अमेरिकामा आउँदा 'वेलकम टु अमेरिका' र नेपालमा जाँदा 'वेलकम टु नेपाल' पनि पाएकै छु ।

Tsewang Sherpa, Interim president, The Association of Nepalis in the Americas (ANA) at ANA 31st New York Convention on July 4, 2013. Photos by Pratha Magar for USNepalOnline

प्रसंग हो, एनआरएन र 'दोहोरो नागरिकता' अथवा Duel citizenship को 'एक पल्टको नेपाली सधैकोलागि नेपाली' भन्ने नाराको । एनआरएन 'समाजसेवी' नेताहरुले यो मन्त्र जप्न थालेको पनि करिब १५ बर्ष भै सक्यो । तर अचम्म लाग्ने कुरो के छ भने, कसले, कहिले र कहाँ भनेको छ 'एक पल्टको नेपाली सधैकोलागि नेपाली' हैन भनेर ? विदेशिने नेपालीलाइ नेपाल सरकारले बिदेशी भनेको छ र ? नागरिकता वा राहदानी थुतेको छ र ? यदि छैन भने, यो मन्त्र जप्नुको स्वार्थ के छ ? सायद हाम्रा 'समाजसेवी' एनआरएन मित्रहरुलाई 'नागरिकता बन्चित र परिबर्तन गर्न कसैले कसैलाई दबाब दिन सकिने छैन' भन्ने संयुक्त राष्ट्र संघको घोषणापत्र छ भनेर स्मरण गराउनु पर्छ कि? अझ अमेरिकाको कुरो गर्ने हो भने त हाम्रो माग उसले पुरा गरिदिएको छ। अमेरिकाले उपलब्ध गराउने ग्रिन कार्ड वा राहदानीमा नै जन्मेको देश भनेर रातो अक्षरले स्पस्ट देखिने गरि उल्लेख गरिन्छ । अनि भएन एक पटकको नेपाली सधैको नेपाली ? व्यक्तिगत आवश्यकता, सुबिधा, फाइदा र स्वार्थको निमित्त सौतेली आमाको छोराछोरी हुने, अनि पारिवारिक अंश र अन्य अधिकार चाही आफ्नो आमासंग माग्ने ? त्यो पनि ठुलो स्वरले ! सायद मैले पो कुरो नबुझेको हो कि? हैन भने किन चाहियो नेपालीलाई 'दोहोरो नागरिकता' ? सर्बसाधरण नेपालीलाई चाहिंदै नचाहिने बिषयलाई हिमाल भनाएर भाषण गर्दै नेत्रित्व हत्याउनु 'गैरनेपाली' एनआरएन नेताहरुको गैरचरित्र पो हो कि ?

एनआरएनलाई नेपालमा 'लगानी' (Investment) गर्न 'एक कर' (Single Taxation) को सुबिधा र हक-अधिकारकोलागि 'दोहोरो नागरिकता' चाहियो भनेको पनि सुनिन्छ। दोहोरो नागरिकता हुने बित्तिकै बसेको देशले मेरो देशको पैसा निस्फिक्री भएर जहाँ लैजान मन लाग्छ लैजाउ भन्छ र ? जसले विदेशको नागरिकता लिएको छ उसले यतै परिवार बोलाएर २५/३० बर्षे ऋणमा घर किनेको हुन्छ र यहि ऋण तिर्दैमा जीवनले बिस्राम लिन्छ अनि कसरी लैजान सक्छ सम्पति नेपालमा ? अधिकांश प्रबासी नेपालीहरुको अवस्था हो यो।

हामी प्रवासी नेपालीहरु जीवनपर्यन्त नेपाली त हौं नै। यो अधिकार कसैले खोसेर लिन सक्दैन। यो जन्मसिद्ध अधिकारको कुरा हो। हाम्रा एनआरएन नेताहरु बरु प्रवासमा रहँदा नेपालीहरुले के कस्ता दु:ख झेल्नु पर्दो रहेछ र त्यसको निवारण गर्न के कस्ता कार्यक्रमहरु अगाडि सार्नु पर्दछ भनेर घोत्लिन सके र त्यसलाई कार्यान्बयन गर्नतिर लागे हामी सबैको भलो हुने थियो।

थुचिछे, धन्यबाद

-Tsewang Sherpalama

Note: लेखक 'दि एशोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए)' का वर्तमान अन्तरिम अध्यक्ष हुन्।

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिका (NRN USA) को निर्वाचनमा २ पदमा निर्बिरोध, अब अध्यक्षका ३ जना प्रतिपर्धी मैदानमा, न्यू योर्कको १,२८७ मत निर्णायक

-Update: एनआरएन अमेरिका (NRN USA) को निर्वाचनमा १९ पदकालागि ५२ जना उम्मेद्वार प्रतिस्पर्धामा, अध्यक्षमा ४ जना प्रत्यासी

 

एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेद्वारी दिने अन्तिम मिति अप्रिल १५ तारिख, मतदाता सदस्य ३,९८८, अनलाइन भोटिङ जुन ४-९ तारिखवीच हुँदै
NRN USA Final Voters List Published as of Apr 11, 2014
NRN NCC OF USA ELECTION NOTICE
All Pages

-एनआरएन अमेरिकाको ४ हजार २०२ सदस्यहरु मध्ये ९२८ जनाको विवरण अपुरो, सच्याउने समय मार्च ३१ तारिख मध्यरातसम्म, तपाईंको नाम छुट्ला है !

-एआरएन अमेरिकाको निर्वाचन दुई महिनापछि सर्ने, ७ पदाधिकारी पदकालागि २० उम्मेद्वार, सदस्यता नविकरणको म्याद मार्च ४ तारिखसम्म थप, अनलाइन भोटिङ हुने

-एआरएन अमेरिका (NRN USA) मा चुनावी भिडन्त: अध्यक्षमा ४ प्रतिस्पर्धी, सहमतीमा नेत्र्तिव चयन हुने सम्भावना

-एआरएन अमेरिकाको चुनावी सरगर्मी, आईसिसी अगुवाहरु नै लागेर नयाँ नेत्रित्व चुन्न आतुर

-एनआरएन अमेरिकाको चुनावी भाँड्भैलो: एनआरएन आईसिसीद्वारा आबद्धता तोड्ने चेतावनी, अब के होला?

-न्यू योर्कमा एनआरएन अमेरिकाद्वारा एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजक गंगाराज राईको स्वागत

-न्यू योर्कमा एनआरएन अमेरिकाद्वारा अबसर र चुनैतीबारे अन्तर्कृया सम्पन्न

-एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी र ७ जना आईसिसी प्रतिनिधीहरुद्वारा सामूहिक राजिनामा, अब के होला?

-अब सुनौं एनआरएन अमेरिका अध्यक्ष प्रल्हाद केसीको भनाई

-एनआरएन अमेरिका अध्यक्ष प्रह्लाद केसी बहुमत सदस्यद्वारा निष्कासित

-एनआरएन अमेरिकाद्वारा "एनआरएन हिरो-२०१३" पुरस्कारद्वारा ४ जना नेपाली व्यक्तित्वहरु सम्मानित

-एनआरएन अमेरिका (NRN USA) को दोश्रो वार्षिक अधिवेसन सम्पन्न, अध्यक्ष केसीद्वारा अन्तरराश्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समिती २०१३-१४ को घोषणा

-एनआरएन अमेरिका (NRN USA) को सदस्यता नबिकरण गर्ने होइन?

-नेपालमा "गैरआवासीय नेपाली दिवस" (NRN Day) यसरी मनाइयो

-Make your New Year 2012 wish by donating for charitable causes of NRN USA

-एनआरएन अमेरिका (NRN USA) र अमेरिकि राजदूत स्कट डेलिसीबिच भेटघाट

-एनआरएन अमेरिका (NRN USA) बाट ५ औं एनआरएन विश्व सम्मेलनमा ९८ जना प्रतिनिधिहरुले भाग लिने

-First NRN NCC USA Annual General Meeting sucessfully held in New York

-न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

-न्यू योर्कमा एनआरएन अमेरिका (NRN USA) को वार्षिक अधिबेशन र निर्वाचन आज हुँदै

-न्यू योर्कमा एनआरएन अमेरिकाको केन्द्रिय कार्य समितिको निर्वाचन हुँदै तर न्यू योर्कबासी बेखबर

-न्यू योर्कमा एनआरएनद्वारा "नेपालको संबिधान निर्माण प्रकृया र चुनौतीहरु" अन्तर्कृया सम्पन्न

-एनआरएन अमेरिकाका महासचिब शिवकुमार राईलाई किन जङ्गेको जङ्ग चलेको छ?

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समितिको पदस्थापनसंगै एकताको सन्देश दिने प्रयास

-एनआरएन अमेरिका (NRN USA) का प्रेसिडेन्ट सुमनराज तिम्सिनाद्वारा राजिनामा

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.