Inside

All Time Top 50 News

अमेरिकामा रहेका सवा करोड कागज नभएका आप्रबासीहरुको अधिकारको माग गर्दै लाखौंको जुलुश प्रदर्शन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 11 April 2013 00:16
Article Index
अमेरिकामा रहेका सवा करोड कागज नभएका आप्रबासीहरुको अधिकारको माग गर्दै लाखौंको जुलुश प्रदर्शन
More photos from Immigration Reform Rally DC April 10, 2013
All Pages

अन्तत: सवा करोड कागज नभएका आप्रबासीहरुले कानूनी मान्यता पाउने सम्भावना
Special: 27 photos:
वासिङ्गटन डिसी- अमेरिकि राज्यको दुई संसदहरु सिनेट र हाउसअफ रिप्रिजेन्टेटिभ्सबाट अमेरिकामा रहेका सवा करोड कागज नभएका आप्रबासीहरुलाई कानूनी बैध्यता दिने सुधारिएको आप्रबासी बिधेयक (Immigration Reform Bill) पारित गर्न दबाब दिन उक्त साँसद भवनको अगाडि लाखौंको दबाब मूलक जुलुशको प्रदर्शन गरिएको छ।


Time Is Now: Immigrants and activists gathered in front of U.S. legislative building Capitol Hill to press Senators and House of Representatives for immigration reform bill being tabled at the joints parliament on April 10, 2013. Photos: eEyecam.com

अप्रिल १० तारिख बुधवार दिउँसो आयोजना गरिएको उक्त दबाब जुलुश प्रदर्सनमा अमेरिकाको ५० वटै राज्यका झन्डै सवा लाख आप्राबासीहरु र मानव अधिकारबादी संघसंस्थाका प्रतिनिधीहरु भेला भएका थिए।

न्यू योर्कबाट नेपाली संस्था "अधिकार' को नेत्रित्वमा ४८ जना नेपाली प्रतिनिधीहरुले उक्त उक्त जुलुशमा भाग लिएका थिए। सहभागिहरुमा लुना रन्जित, नर्बदा छेत्री, नम्रता प्रधान, प्रार्थना गुरुङ, रुशिल शाक्य, डा. तारा निरौला, प्रदीप थापा मगर, उशा तामाङ, शामी रेग्मी, राम लक्ष्मी श्रेष्ठ, श्री हरी रेग्मी, निर्मला गुरुङ, दीपक ढकाल, कृष्ण घले, परेश बर्देवा, श्रीमाया लामा, अर्जुन थापा, श्रीजना लामा, गौरी मल्ल, पेमा शेर्पा, रम्बा रेग्मी, जाग्रिती लामा, श्रीजना तुलाधर, कुन्ता रावत, अनिता शाक्य, श्रिकमल शाक्य, बसन्ता श्रेष्ठ, शान्ता पोख्रेल, पुनम राना मगर मल्ल, लक्ष्मी अर्याल, शारदा छेत्री, भिम गुरुङ, दिब्या स्वोरी शाक्य, जनेश गुरुङ, अर्बिन्द पौडेल, मोहन बिष्ट, फुर्बा शेर्पा, शुभद्रा लावती, युगेश लिम्बु, रविन विश्वकर्मा, धनीराम सापकोटा, चोक्पा लामा, ल्हेमी शेर्पा, मानबहादुर राना मगर, प्रदीप घले, भारती राई र सुर्य रन्जितकार थिए।

The 48-members-strong representatives of Adhikaar, a Nepali NGO in New York, before leaving to Washington DC for Immigration Reform rally on April 10, 2013. Photos: eEyecam.com

आप्रबासी बिधेयकको मस्यौदा कर्ता सिनेटरहरु को को हुन्?

अमेरिकि सिनेटमा प्रतिनिधित्व गर्ने दुई दलहरु डेमोक्रेटिक र रिपब्लिकन पार्टीकातर्फबाट ४ / ४ जना सिनेटर सम्मिलित समूहले तयार गरेको आप्रबासी समस्या समाधान सम्बन्धी बिधेयकलाई अमेरिकि संसदको दुई सदनमा पेश गर्ने सहमति भएपछि अमेरिकामा रहेका सवा करोड कागज नभएका आप्रबासीहरुले अन्तत: कानूनी मान्यता पाउने सम्भावना बढेको हो।

डेमोक्रेटिक साँसद डिक डर्बिनकाअनुसार, उक्त आप्रबासी बिधेयक सिनेटमा आगामी मंगलबार छलफल र मतदानकोलागि पेश गरिने जनाइएको छ। उक्त बिधेयक मस्यौदा तयार गर्ने सांसदहरुमा डेमोक्रेटिक पार्टीका माइकेल बेनेट, बब मेनेन्डेज, चक सुमर र जेफ फ्लेक हुन् भने रिपब्लिकन साँसदहरुमा जोन म्याककेन, मार्को रुबियो, डिक डर्बिन र लिन्ड्से ग्राहम हुन्।

L to R: Republican senators: John McCain, Marco Rubio, Dick Durbin, Lindsey Graham and Democrats senators: Michael Bennet, Bob Memendez,  Chuck Schumer & Jeff Flake. Photos AP via Politico.com

अमेरिकि राज्यको दुई संसदहरु मध्ये सिनेटमा १०० साँसद (सिनेटर) र हाउस अफ रिप्रिजेन्टेटिभ्समा ४३५ जना गरी संयुक्त सदनमा ५३५ सभासदहरुको प्रतिनिधित्व रहन्छ। हाल सिनेटमा डेमोक्रेटे साँसद ५३ जना, रिपब्लिकन साँसद ४५ जना र २ जना स्वतन्त्र साँसद छन् भने हाउस अफ रिप्रेजेन्टेटिभमा रिपब्लिकन साँसद २३२ जना, डेमोक्रेट साँसद २०१ र दुई सिट खाली रहेको छ। डेमोक्रेयाटहरुको बहुमत रहेको सिनेटबाट उक्त बिधेयक सजिलै पास हुने देखिएको छ भने रिपब्लिकन साँसदहरुको बहुमत रहेको हाउस अफ रिप्रिसेन्टेटिभ्समा चाँही केही बिरोध हुने सम्भावना रहेको राजनीतिक पन्डितहरुले लख काटेकाछन्।

Estimated one hundred thousand immigrants and activists gathered in front of U.S. legislative building Capitol Hill to press Senators and House of Representatives for immigration reform bill being tabled at the joint parliaments on April 10, 2013. Photos: eEyecam.com

आप्रबासी बिधेयकको मस्यौदामा  के के ब्याबस्था गरिएको छ?

समाचारहरुकाअनुसार उक्त बिधेयकमा अबैधानिकरुपमा रहेका अनुमानित ११ मिलियन अर्थात सवा करोड आप्रबासीहरुलाई हालसम्म बसेको समयको निश्चित हर्जाना (जरिवाना) तिर्ने ब्यबस्था गरी कुनै अपराधीक गतिबिधीमा नलागेको ठहर भएको खन्डमा बैधानिक मान्यता दिलाउने ब्यबस्था गरिएको छ। समाचारअनुसार उक्त बिधी पुरा गरी ग्रिन कार्ड या नागरिकता पाउन भने झन्डै १३ बर्ष लाग्ने जनाइएको छ।

Immigration reform rally in Washington DC on April 10, 2013. Photos: eEyecam.com

उता बिधेयक पारित भएमा उक्त बिधेयकलाई राष्ट्रपति बाराक ओबामाले हस्ताक्ष्यर गरेपछि कानूनको मान्यता पाउनेछ। बिधेयकले कानूनी मान्यता पाएको ६ महिनापछि बिना कानूनी कागजपत्र अबैधानिकरुपमा रहेका आप्रबासीहरुले बैधानिकताकोलागि निबेदन हाल्न पाउने छन्।

हालै एनबिसी न्यूज् र वाल स्ट्रिट जर्नल पत्रिकाद्वारा गरिएको सर्वेक्ष्यणअनुसार ६४ प्रतिशत अमेरिकि जनताले अबैधानिक आप्रबासीहरुलाई बैधानिकता दिनु पर्ने जनाएकाछन् भने अबैधानिक बसेजति जरिवाना तिर्ने र ब्याक ग्राउन्ड चेक पुरा गरेको खन्डमा चाँही ७६ प्रतिशत अमेरिकनले बैधानिकता दिलाउन सकिने मत जनाएकाछन्।



अमेरिकामा नेपाली आप्रबासी जनसंख्या कति?

सन् २०१० को अप्रिल महिनामा सम्पन्न अमेरिकि जनगणनाअनुसार अमेरिकाभर कूल ५९ हजार ४९० नेपाली रहेको तथ्याङ्क छ। न्यू योर्क राज्यभर कूल ७ हजार ७२५ जना नेपालीहरु जनगणनामा देखाइएकोछ।

उसो त अमेरिकामा नेपालीहरु डेढ-दुइ लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ भने न्यू योर्क शहरमा मात्र २० देखि ३० हजार नेपाली रहेको अनुमान गरिन्छ। सन् २००० को जनगणनाअनुसार चाँही अमेरिकि नेपालीहरुको संख्या जम्मा ११ हजार ७१५ रहेको थियो। अमेरिकामा अबैधानिकरुपमा रहेका नेपाली आप्रबासीहरुको यकिन संख्या नभएपनि ४०-५० हजारको संख्यामा हुन सक्ने अनुमान गरिन्छ।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।

-Pradeep Thapa Magar in Washington DC. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-न्यू योर्कमा 'अधिकार' द्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवसको अबसरमा आप्रबासी अधिकारकोलागि महिला नेत्रित्व सम्बन्धी संगोस्ठी सम्पन्न

-न्यू योर्क शहरमा जम्मा ६ हजार १८७ नेपाली जनगणनामा दर्ज भएको नतिजा सार्वजनिक, अमेरिकाभर कूल ५९ हजार ४९० नेपाली

-http://usnepalonline.com/adhikaar/

Adhikaar's Executive Director Luna Ranjit and Director of Advocacy & Organizing Narbada Chhetri briefing members before leaving for Washington DC for immigration rally on April 10, 2013. Photos: eEyecam.com















Actress Gauri Malla. Photos: eEyecam.com

अमेरिकामा रहेका सवा करोड अबैधानिक आप्रबासीहरुको अधिकारको माग गर्दै लाखौंको जुलुश प्रदर्शन
More photos from Immigration Reform Rally DC April 10, 2013
All Pages
Page 1 of 2


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.